Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
प्रसङ्गवश : नेपाली भाषामा विद्यावारिधि गर्ने बेलायती (श्रीओम रोदन) - [2007-09-21]

"मलाई सुरुदेखि नै कुनै एकजना कविको बारेमा गहिरो अध्ययन गर्न मन लागेको थियो । कविवर मोहन कोइराला र पारिजातको बारेमा पनि सोचेको थिएँ तर भूपी शेरचनको जीवन र कविता पनि रोचक भएकोले उनैको बारेमा अनुसन्धान गरिरहेको छु । प्रज्ञाप्रतिष्ठानको प्रकाशनमा भूपीले वनारस हिन्दु विश्वविद्यालयमा पढेको भन्ने लेखिएको छ, जुन गलत रहेछ । मैले गरेको अनुसन्धानमा भूपीले वनारसमा आइएसम्म मात्र पढेको पाएको छु ।" उपरोक्त भनाइ नेपाली साहित्यका कुनै समालोचक वा शोधकर्ताको नभएर सात समुद्रपारिको मुलुक बेलायतका डा. माइकल हटको हो । हालै उनी भूपी शेरचनको व्यक्तित्व र कृतित्वको बारेमा थप अध्ययन अनुसन्धान गर्न दर्ुइ हप्ताको लागि नेपाल आएका थिए । यस पटक उनले भूपीका परिवार, भूपीसँगै रुस जानुहुने कानुनविद् कृष्णप्रसाद भण्डारी, निर्मल लामाका घर मालिक चन्द्रवदन नेवा, पारिजातकी बहिनी सुकन्या वाइवालगायत अन्य साहित्यकारहरूसँग भेटघाट गरेका छन् । उनी भूपीका बारेमा करिब २०० पृष्ठको पुस्तक एक वर्षभत्रमा प्रकाशित गर्ने तयारी गर्दैछन् । यसबाट नेपाली भाषा र साहित्य नेपालीहरूको मात्र भाषा होइन भन्ने पुष्टि हुन्छ । नेपाली भाषा र साहित्यको विकास जुनरूपमा भइरहेको छ त्यही गतिमा विस्तार पनि भइरहेको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति आदिबाट प्रभावित भएका विदेशीहरूले नेपाली भाषा सिक्ने गरेका छन् । यसैमध्ये नेपाली भाषा विकासमा साहित्यको बेलायती नागरिक माइकल हटको ठूलो योगदान रहेको छ । उनी आजभन्दा ५० वर्षपहिले बेलायतको सुदूर पश्चिममा जन्मिएका हुन् । उनले लण्डन विश्वविद्यालयमा ६ वर्षम्म हिन्दी भाषा र साहित्यको अध्ययन गरेर सन् १९७८ मा तीन महिनाको लागि भारतको वृन्दावनमा आइपुगेका थिए । त्यहाँ उनी एकजना प्राध्यापकको शोध संस्थामा बसे । त्यतिबेला वृन्दावनमा पुराना मन्दिरका ऐतिहासिक सामग्रीको संरक्षण गर्ने कार्य भइरहेको थियो । त्यसैको सिलसिलामा नेपाली कागज लिन पहिलोपटक नेपाल आइपुगेका थिए । आजभन्दा ३० वर्षघि काठमाडौँ आइपुगेका माइकल हटलाई काठमाडौँ अत्यन्त मन पर्‍यो । पोखराले झनै मोहनी लगायो । भारतको वृन्दावनमा बस्दा गोरो छाला भएका उनी एकजना मात्र थिए । त्यसैले उनलाई सजिलो महसुस भएको थिएन तर नेपाल आएपछि कुनै अप्ठेरो भएन, आफ्नै देश पुगेको जस्तो अनुभूति भयो । त्यतिबेला उनी न्युरोडको पारस होटलमा बसेका थिए । आजभन्दा ३० वर्षघिको काठमाडौँ अहिले पनि सम्झन्छन्- "त्यतिबेला वसन्तपुर असाध्यै फोहर थियो तर छ्याङ्गै हिमाल देखिन्थ्यो । फोहर भए पनि मलाई आफ्नै ठाउँजस्तो लागेको थियो । डा. माइकल हटको घर नजिकै चाइनिज क्लेको खानी थियो । त्यहाँ उनले तीन महिनासम्म रातिराति मजदुरी गरेर कमाएको पैसाले २०३६ मा नेपाल आए । त्यतिबेला नेपालमा चलिरहेको सडक कविता क्रान्तिलाई नजिकबाट हर्ेन पाए । त्यहीँबाट उनलाई नेपाली कविताप्रति मोह जाग्यो । राजनीति र साहित्यको सम्बन्धको बारेमा बुझ्ने चासो राखेर केही साहित्यिक कृतिहरू किनेर पढे । यसरी उनी क्रमश नेपाल, नेपाली भाषा र साहित्यसँग नजिकिँदै गए । डा. माइकल हटले आफ्नो देश फर्केको दर्ुइ वर्षछि सन् १९८१ मा विद्यावारिधिका लागि तीन वर्षो छात्रवृत्ति पाए । लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अप्रिmकन स्टडिजमा एशिया र अप्रिmकाका तीस भाषाको अध्यापन हुने गर्दछ । यही क्रममा उनले डा. तारानाथ शर्माको 'नेपाली साहित्यको इतिहास' र बालकृष्ण पोखरेलको 'राष्ट्रभाषा' लाई आधार बनाएर अध्ययन गरेका थिए । विद्यावारिधिको क्रममा उनी दोस्रो वर्ष६ महिनाको लागि नेपाल आए । त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा वल्लभमणि दाहाल, दयाराम श्रेष्ठ, अभि सुवेदी, चूडामणि वन्धुहरूले गरेको सहयोगलाई बिर्सर्ेे छैनन् उनले । डा. हटले सन् १९८४ मा स्कुल अफ ओरियन्टल एण्ड अप्रिmकन स्टडिजबाट राष्ट्रभाषाको रूपमा नेपाली भाषाको विकास विषयमा विद्यावारिधि गरे । जुन विश्वविद्यालयबाट उनले विद्यावारिधि गरेका थिए त्यहीँ उनले १७ वर्षम्म नेपाली भाषाको अध्ययन गराएर र हाल डा. हट सोही विश्वविद्यालयको डिन पदमा कार्यरत छन् । सन् १९८७ मा डा. माइकल हटले फेरि ब्रिटिश एकेडेमीबाट पोष्ट डक्टरेट फेलोसिप पाए । नेपाली भाषा र साहित्यलाई नेपाल बाहिर चिनाउन उनले सिद्धिचरण, भूपी शेरचन, मोहन कोइराला, वानिरा गिरि, पारिजात, कृष्णभक्त श्रेष्ठ आदिका एकसय पचासवटा कविता र तीस वटा कथालाई अनुवाद गरेर 'हिमालयन भ्वाइसेस एण्ड इन्टरडक्सन टु मोर्डन नेपाली लिटरेचर' सन् १९९१ मा प्रकाशित गरेका थिए । यस पुस्तकले नेपाली साहित्यलाई विश्व बजारमा पुर्‍याउन ठूलो सहयोग पुगेको छ । यसबाहेक उनले महाकवि देवकोटाको 'मुनामदन' लगायत अन्य कथा, कविताका अनुवाद गरिसकेका छन् । हालसम्म उनले नेपाली साहित्यका अतिरिक्त नेपाली कला, राजनीति, जनयुद्ध र भुटानी शरणार्थीसम्बन्धी एक दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् । नेपालको वातावरण र नेपालीहरूको व्यवहारबाट निकै प्रभावित भएका डा. माइकल हटले नेपाली भाषा साहित्यलाई विदेशमा प्रचारप्रसार गर्न सदैव लागिरहेका छन् । उनले अमेरिकाबाट प्रकाशित हुने पुरानो प्रसिद्ध त्रैमासिक पत्रिका 'जनरल अफ साउथ एसियन लिटलेचरको मोडन नेपाली लिटरेचर विशेषाङ्क -सन् १९९०) को सम्पादन पनि गरेका छन् ।



त्यसपर्ूव यस पत्रिकामा नेपाली साहित्यको एउटा रचनाको पनि अनुवाद प्रकाशित भएको थिएन । नेपाली साहित्य आफैँमा पर्ूण्ा भएकोले अन्य साहित्यसँग तुलना गर्न नमिल्ने डा. हट बताउँछन् । उनको विचारमा भूपी शेरचनको 'हल्लैहल्लाको देश', पारिजातको 'शिरीषको फूल', देवकोटाको 'मुनामदन', वीपी कोइरालाको 'मधेशतिर', मोहन कोइरालाको 'जाँदाजाँदै' जस्ता रचनाहरू उद्देश्यअनुरूप पर्ूण्ा छन् । एउटा कथा वा कविताको उद्देश्य र अर्को कथा, कविताको उद्देश्य फरक हुने भएकोले कुनै पनि रचना अर्को रचनासँग तुलना हुननसक्ने बताउँछन् । स्पष्ट नेपाली भाषा बोल्न र लेख्नसक्ने डा. माइकल हट नेपाली साहित्यको विकास र विस्तार गर्ने कुरामा स्पष्टसँग भन्छन्- नेपाली साहित्यको पाठक बढाउनैपर्छ र त्यसका लागि अनुवादमा जोड दिन जरुरी छ ।







श्रीओम रोदन







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम