Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
नोबेल विजेता बूढीआमै - [2007-10-16]

पर्सियामा जन्मेकी, रोडिसियामा हर्ुर्केकी र लन्डन बस्ने उपन्यासकार डेरिस लेस्सिङको घटना चित्रित लेखन सबै महादेशमा फैलिएको छ । उनका कृतिमा उनको समयको सामाजिक-राजनीतिक घटनाको प्रतिविम्ब छ । त्यसै निम्ति उनले गएको बिहीबार सन् २००७ को साहित्यतर्फो नोबेल पुरस्कार जितिन् ।

स्टकहोममा पुरस्कार विजेताको घोषणा गरिरह“दा स्वीडिस एकेडेमीले उनलाई यसरी प्रस्ट्यायो- 'उनका काव्यिक उपन्यासमा महिला अनुभव छ, शंका, क्रोध र कल्पनाशील क्षमताबाट सभ्यता र सूक्ष्मपरीक्षणका विषय बनेका छन् ।' पुरस्कार विजेतालाई करिब १६ लाख अमेरिकी डलर प्रदान गरिनेछ ।



लेस्सिङ यसै महिना ८८ वर्षा प्रवेश गर्दैछिन् । उनले कहिल्यै माध्यमिक पढाइ पुरा गरिनन्, तर पनि धेरै प्रकारका पुस्तकको स्वअध्ययनले उनलाई शिक्षित बनायो । दर्जनौं आख्यानात्मक पुस्तक र नाटकका लेखिका लेस्सिङको दर्ुइ आत्मकथा समेत प्रकाशित छन् । साहित्यतर्फो नोबेल पुरस्कार पाउने उनी संसारकै ११ औं महिला हुन् ।



अस्पताल पुगेर छोरास“ग र्फकंदै गरेकी लेस्सिङले घरबाहिर जम्मा भएका पत्रकारको भीडबाट आफू नोवल पुरस्कार विजेता भएको पत्तो पाएकी थिइन् । 'केही बेर त आर्श्चर्यमा परे“, किनकि वास्तवमा मैले नोबेलबारे बिर्सिसकेकी थिए“', उनले भनिन्- 'यत्ति लामो समयसम्म पनि मेरो नाम छनोट सूचीमा रहेछ †'



घर भित्र फोनको घन्टी लगातार बजिरहेको थियो । लेस्सिङको दोस्रो विचारमा उनी अचम्मित थिइनन्, 'किनकि यो पाउने सम्भावना ४० वर्षति भइसकेको छ ।' उनले नोबेल पुरस्कारमा चासो देखाएको समयलाई संकेत गर्दै उनले भनिन्- 'कि उनीहरू म मर्नुभन्दा केही अघि मलाई पुरस्कार दिन चाहन्थे, कित कहिल्यै नदिन ।'



केही बेरपछि, मोटी, चलाख तर केही कम सुन्ने लेस्सिङले घर भित्र जानुपरेकोमा क्षमा माग्दै भनिन्- 'अब म टेलिफोनको उत्तर दिन भित्र जा“दैछु', उनले भनिन्- 'म वाचा गर्छर्ुुम केही सुहाउ“दा वाक्य खोज्न माथिल्लो तला उक्लि“दैछु, यसपछि त्यही प्रयोग गरु“ला ।'



यद्यपि लेस्सिङमा सामाजिक र राजनीतिक अनुभूतिको जोडदार प्रस्तुति छ, यसअघि दर्ुइ विजेता र्टर्कीका ओर्हान पामुक र ब्रिटेनका हारोल्ड पिन्टेरजति उनी विवादास्पद बन्ने छैनन् । स्वीडिस एकेडेमीले अघिल्ला दर्ुइ लेखकलाई गैरसाहित्यिक विचारको अडानका लागि प्रदान गरेको भन्दै धेरैले आलोचना गरेका थिए ।



लेस्सिङको गहन अठोटबाट सिर्जित चर्चित उपन्यास 'दि गोल्डेन नोटबुक'ले महिलामा उत्प्रेरणा प्रदान गरेको हुनसक्छ । यस उपन्यासलाई उद्धरण गर्दै स्वीडिस एकेडेमीले भनेको छ- 'कलिलो महिलावादी आन्दोलनले पुस्तक पहिलो हो भन्ने देखाउ“छ र एक सानो किताबले २० औं शताब्दीको महिला-पुरुष सम्बन्धबारे प्रस्ट्याउ“छ ।'



लेस्सिङले महिलाको आत्मकथा लेखेकी थिइन् र राज्यले महिलाले आफ्नो जीवन विवाह र बच्चामा सीमित गर्नुपर्छ भन्ने अस्वीकार गर्‍यो । स्वतन्त्र भएर बस्ने चाहना भएकी मिल्ने साथी एन्ना उल्फको जीवनमा आधारित भएर लेखिएको पुस्तक 'दि गोल्डेन नोटबुक' सन् १९६२ मा प्रकाशित भयो ।



पुस्तकमा महिलामा रहेको रिस र आवेगलाई प्रस्ट रूपमा चित्रण गरेकाले उनलाई 'महिला विरोधी'को आरोपसमेत लगाइएको थियो । यसको प्रतिक्रियामा लेस्सिङले लेखिन्- 'सा“च्चै बहुसंख्यक महिलाको सोच, भावना र अनुभव आर्श्चर्य लाग्नेगरी आएछ ।'



वास्तवमा लेस्सिङ पहिलो महिलावादी नायिकाको रूपमा प्रस्तुत भएकी थिइन्, तर पछि उनी स्वयम्ले महिलावादी नभएको भन्दै यसलाई अस्वीकार गरिन् । अस्वीकारस“गै उनले केही बेलायती समालोचक प्राज्ञिकहरुको व्यङ्ग्यको सामना पनि गर्नुपर्‍यो ।



लेस्सिङ हालको इरानमा पर्ने डोरिस मे टायलरमा १९१९ मा जन्मिएकी हुन् । बैंकमा र्क्लर्क रहेका बाबु र नर्सको प्रशिक्षण पाएकी आमाको कोखबाट लेस्सिङको जन्म भएको थियो । धनी किसानले देखाएको धन कमाउने लोभको पछि लागेर उनको परिवार जिम्बावेमा सरेको थियो, जहा“ लेस्सिङको बाल्यावस्था दुःखमा बितेको उनी बताउ“छिन् ।



१५ वर्षो हु“दा घर छाडेकी लेस्सिङ सन् १९३७ मा दक्षिण रोडेसियाको सालिस्बुरी -हालको हरारे) तिर लागिन्, त्यहा“ उनले टेलिफोन सञ्चालक र धाईआमाको काम पाइन् । १९ वर्षा पहिलो विवाह गरेकी लेस्सिङका दर्ुइ बच्चा थिए । परिवारमा कैदी महसुस भएपछि उनले परिवार त्यागिन् । पछि 'लेफ्ट बुक्स क्लब'का केन्द्रीय सदस्य गोटप|mाइड लेस्सिङस“ग विवाह गरिन्, उनीहरूले एउटा छोरो जन्माए ।



अप्रिmकामा एकताका लेस्सिङ कम्युनिष्ट पार्टर्ीी संलग्न थिइन्, त्यती नै बेला उनी तीव्र विवादमा परिन् । १९५६ को हंगेरी संकटमा मार्क्सवादी सिद्धान्तलाई उनले खण्डन गरेकाले वामपन्थीहरुवाट तीव्र आलोचित भइन् ।



दोश्रा पति लेस्सिङस“ग पनि उनको सम्बन्धविच्छेद भयो । त्यसपछि छोरा पिटरस“ग उनी लन्डनतर्फलागिन् । लन्डनमा बसाइ“ नै उनको शैक्षिक पृष्ठभूमि सुरुवात भयो । पहिलो उपन्यास 'दि ग्रास इज सिङगिङ' १९५० मा प्रकाशित भएको थियो । उपन्यासमा गोरा किसानकी श्रीमती र काला नोकरको सम्बन्ध ऐतिहासिक रूपमा प्रस्तुत गरिएको छ । उनका सुरुका कृतिमा औपनिवेशिक रोडेसियामा काला र गोराको सांस्कृतिक बेमेल र जातीय अन्यायबारे बाल्यावस्थामा समेटिएका प्रसस्त अनुभव छन् ।



समाजमा विचार स्थापित र फैलाएका कारण रोडेसिया र रंगभेदवादी दक्षिण अप्रिmकी सरकारले सन् १९५६ मा उनलाई 'निषेधित व्यक्ति' घोषणा गरे । अमेरिकामा पहिलोपटक 'दि गोल्डेन नोटबुक' प्रकाशित हु“दा त्यहा“ लेस्सिङलाई कसैले चिन्दैन थिए । 'सिमोन एन्ड चुस्टार' र पछि 'अल्प|mेड ए क्नुफ'का सम्पादक भएका रोबर्ट गटलिबले सुरुमा ६ हजार प्रति पुस्तक बजारमा ल्याइएको बताए । '६ हजार प्रति पुस्तकमात्र प्रकाशन गर्न स्वीकृत थियो', गटलिबले न्युयोर्कबाट टेलिफोन सर्म्पर्कमा भने- 'ती पाठक जसले यो पुस्तक पढे, यसबाट प्रभावित भए साथै अमेरिकामा लेस्सिङलाई लेखिका भनेर स्थापित ग-यो ।'



'महिला र साहित्यका लागि, डोरिस लेस्सिङ हामी सबैकी आमा हुन्', २० वर्षेखि अमेरिका र बेलायतमा लेस्सिङको पुस्तक प्रकाशन गर्दै आएको 'हार्पर कोलिन'का अध्यक्ष तथा प्रमुख कार्यकारी जाने प|mाइडम्यानले वाषिर्क अन्तर्रर्ााट्रय पुस्तक पर््रदर्शनीमा भनेका थिए । लेस्सिङका अन्य उपन्यास 'दि गुड टेरोरिष्ट' र 'मार्ता क्वेष्ट' हुन् । उनको पछिल्लो उपन्यास 'दि केल्फ्ट' हार्पर कोलिन्सले जुलाईमा प्रकाशित गरेको थियो । उनका सुरुका कृतिमा धेरै बहस र आलोचना भए पनि जीवनको पछिल्लो पहरमा प्रकाशित कृतिको खासै आलोचना भएन ।



लेस्सिङका एक साथी लाइन ब्रायनले केही समय लेखिकाको घरमा बिताएका थिए, उनले भीडलाई मद्त गरेका थिए । ब्रायनले आफूले लेस्सिङलाई यस वर्षो पुरस्कार विजेता बन्दा कस्तो लाग्यो भनेर सोधे । 'मलाई केही पनि थाहा छैन', ब्रायनले लेखिकाको प्रतिक्रिया उद्धरण गर्दै भने- 'म सा“च्चै आर्श्चर्यमा परेकी छु, किनकि यसबारे उनीहरूले वर्षौंअघि अस्वीकार गरिसकेका थिए ।' फोन फेरि बज्यो, ब्रायनले भने- 'यो अर्को साथी थियो, जसलाई लेस्सिङले त्यस सा“झ एक चाइनिज रेष्टुरेन्टमा भेट्नु थियो । लेस्सिङले ऊस“ग माफी मागिन् र आफू आउन नसक्ने बताइन् । किनकि उनले भर्खरै नोबेल पुरस्कार जितेकी थिइन् ।'





Courtesy : दि न्युयोर्क टाइम्स







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम