Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
असी बर्षीय लाहरे मुन्धुम खोज्दै (राजशे राई) - [2007-11-05]

\'\' सन् १९५९ सालमा निबन्ध संग्रह हसिमा प्रकाशित गरेका थिएँ, त्यसपछि साहित्यवाट गुप्तबास लिए सरह भएं, कलम छोडेर बन्दुक लिएपछि कस्तो भाते निन्द्राले आधाकाम भइन्जेल सुतिएछ, निद्राबाट ब्यूँझिदा संगैको साथीहरु कहाँ पुगेछन् कहाँ, म पनि ब्यूँझिएर किराँती लोककथा र मुन्धुम खोज्दैछु।”





लामो समय लाहुरमा बसेर फर्किएपछि मुन्धुम खोज्दै गरेका ८० वर्षीय धनाहाङ सुब्बाले आफ्नो कहानी सुनाउँदै भने। दार्जिलिङमा जन्मिएका यि लाहुरेले धेरै दशक अघिदेखि कलम चलाएका हुन्। प्रसिद्ध साहित्यकारहरु इन्द्रबहादुर राई, राधिका राय, लैनसिंह वाङदेल, काँशीबहादुर श्रेष्ठका सहकार्मी लेखक हुन् यिनी। यी साहित्यकारहरुले जस्तै परिस्कृत साहित्य लेख्थे त्यो ताका यी लाहुरेले पनि। ब्रिटिस सेनामा भर्ती भएपछि उनको लेखनीलाई असर गर्‍यो। ब्रिटिस सेनामा लेप्टेनेन सेना भएर पेन्सन पकाएर आए पनि लामो समय ब्रिटिसकै जागिरे भए।लाहुर र लाहुरेको जिवन सम्बन्धित कथा संग्रह सलामत जलान प्रकाशन गरेपछि यतिबेला लिम्वु संस्कृतिसँग सम्वन्धित लोक कथा र लिम्बु मुन्धुम खोजिरहेकाछन्। पूर्वको तेह्रथुम, संखुवासभा, इलाम, धनकुटा, ताप्लेजुङ जिल्लाहरु घुमेर उनले ६० जति लिम्वु संस्कृतिसँग सम्वन्धित लोककथा खोजीसकेकाछन् । दार्जिलिङ्ग स्थायी बसाई भए पनि यि लाहुरे यतिखेर धनकुटा बसेर लिम्बु सँस्कृतिको खोजी गरिरहेकाछन्। सबै लाहुरे पेन्सनपछि भोक विलासमा डुब्छन् तर त्यसो गर्न मेरो मनले मानेन, सास छउन्जेल लेखिरहन्छु उनी भन्छन्। त्यसो त यतिखेरका दार्जिलिङका चर्चित साहित्यकारहरु डा. जीवन नामदुङ, हरेन आले, मनप्रसाद सुब्बाहरु उनका साहित्यकाका विद्यार्थी थिए। दार्जिलिङका ‘दियालो’ भएका यी लाहुरे ८० वर्षको उमेरमा १६ वर्षको जोश बोकेर लिम्बु संस्कृति खोज्दै पहाडका गोठ र लिम्बु यावा फेदाङमाहरुको ओठ चहारी रहेकाछन्। लाहुरे भएर जीवनको उर्व समय विताएको उनलाई कहिलेकाँही पश्चताप लागेर आउँछ। यो जीवन बन्दुक बोकेर धेरै विताइयो, फेरी अर्को जिवन पाएँ, जिवनभर लेख्थे विगतलाई सम्झिएर उनी भन्छन्। जीबनप्रति यति ठूलो मोह भएका यी लाहुरे रातदिन सँस्कृति र मुन्धुमको खोजी गर्छन् उनलाई सुत्ने फुर्सद छैन। धेरै लाहुरेका घरमा महंगा रक्सी र सामान सजिएका पाइन्छन् तर उनको घर पुस्तकालय जस्तै छ। उनको एउटा गुनासो छ- लाहुरे भएर पैसा कमाइयो तर त्यो पैसाले आत्मा सन्तुष्टि दिएन, यो मर्न आएको जिन्दगीमा बाँच्ने काम गरेर जानु पर्ने रहेछ। लिम्बु हाक्पारे गीतहरु पनि धेरै खोजीसकेका छन् उनले। यी लाहुरेलाई लाहुरेप्रति एउटा गुनासो छ, हाम्रा लाहुरेहरु ५० रुपैयाको किताव किन्दैनन् बरु त्यसको साटो ५ सयको वियर खान दिन्छ। लाहुरेहरु पनि सृजनात्मक काममा लाग्नु पर्ने उनको तर्क छ।











राजशे राई

धनकुटाबाट

साभार - एचके नेपाल डटकम्







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम