Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
ओझेलमा राजकुमार (शिव शर्मा) - [2007-11-16]

पोखरा, भन्नु नभाको आमा रातो सारी चुरापोते किन नलाको, यो गीत नसुन्ने संगीतप्रेमी विरलै होलान । यो गीत दिनेश काफ्ले र गीता देवीले गाएका हुन् भनेर पनि सबैलाई कण्ठस्थै होला । गीतबाटै गायक गायिकाले छिन्नलता पुरस्कार हात पारे । तर जन जिब्रोमा झुन्डिएको यो गीत लेख्ने तन्नेरी को हुन भन्नेचाहिँ कमैलाई मात्र थाहा होला ।



गायक गायिका लाई बढी प्राथमिकता दिने संस्कार भएकाले होला' उनै गीतकार राजकुमार बगर एक साँझ भनिरहेका थिए-'त्यसैले लेख्नेहरू ओझेलमा परेका छन् । तर उनले चासो राख्नेले गीतकारको नाम खोज्ने गरेको अनुभव सुनाए । ०५५ मा रेडियो नेपालको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा प्रथम भएको उडेर जुन छुन्छु भन्ने गीत लेख्ने स्रष्टा पनि यिनै हुन ।



उनले कोरेका गीतहरू नाम चलेको गायक गायिकाले आवाज भरिसकेका छन् । अहिलेसम्म उनका लोकदोहोरीतर्फ १ सय र आधुनिकतर्फ ६० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनले गीत मात्र लेखेका छैन स्वर पनि भरेका छन् । दशकअघिदेखि लेखनमा सक्रिय बगरले उचित पारिश्रमिक पाएका छैनन् ।





शिव शर्मा

Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम