Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
ओझेल भित्रका अमर बिभुती स्व.खगेन्द्र बहादुर बस्नेत” को संक्षिप्त जीवनी। (हस्त गौतम मृदुल) - [2007-11-19]

बाच्नलाई त हरेक प्राणी बाचेकै हुन्छन्, तर अरुलाई समेत जीवनको अस्तित्व बोध गराएर बाच्ने र बाच्ने प्रेरणा दिने व्यक्तिहरुलाई नै महापुरुषको संज्ञा दिन सकिन्छ । समाज सेवाको क्षेत्रमा निस्वार्थ भावले लागी सबैले सधै सझंनयोग्य त्यस्तै महानपुरुषमा स्व.खगेन्द्र बहादुर बस्नेतलाई लिन सकिन्छ । उनले समाजमा अभिशापपूण्ा जीवन ब्ययतित गरिरहेका अपांगहरुमा आत्मसम्मान जगाउन मात्र सफल भएनन्, प्रत्येक व्यक्तिको मनमा मानिस भएपछि केही गर्नु पर्छ भन्ने पाठ सिकाउन समेत सक्षम भए ।



यस्तै केही व्यक्तिहरुको प्रयासले अपांगहरुलाई पनि सपांङ्ग सरह जीउने अधिकारको प्रत्याभूति दिएको छ, आफ्नो बुद्धि र विवेकको प्रयोग गरी सम्मानपूवक जीवन यापन गर्ने बाटो देखाएको छ ।

नेपाल अपांग संघको स्थापनाको परिकल्पना पनि यस्तै महानव्यक्ति स्व.खगेन्द्रबहादुर बस्नेतबाट भएको हो । उनले गरेका निःस्वार्थ कार्यहरु आज समाज, राष्ट् र सचेत नागरिक सबैका लागि मार्गदर्शक बनेको छ। उनको सम्मानार्थ राज्यले राष्टि्ष्य खगेन्द्र अपांग सेवा पुरस्कारको स्थापना गरिदिएको छ । यस्ता कालजयी समाजसेवीको बारेमा केही जानकारी गराउने उद्देश्यले उनको मेहनत, परिश्रम योगदानका साथै व्यक्तिगत जीवनबारे केही प्रसंगहरु यहँा उल्लेख गरिएका छन् ।





बाल्यकाल र पारिवारिक जीवन



वि.सं. १९८५ साल माघ ५ गते -सन् १९२९ जनवरी १८) विष्णु बाबु -घरमा बोलाउने नाम) कर्नेल इन्द्रबहादुर बस्नेत र बेदराज कुमारीका माइला सन्तानका रुपमा जन्मिएका थिए । सानै उमेरदेखि अति मिलनसार, सरल मिजास र उदार स्वभावका विष्णु सबैका लागि प्रशंसाका पात्र थिए । सानै उमेरदेखि महाकवि लक्ष्मी प्रसाद देवकोटाको संगत पाएका विष्णु साहित्य, दर्शन र खेलकुदमा उत्तिकै अभिरुची राख्दथे । ११ बर्षो उमेरमा आमाको मायाबाट टाढिए पनि उनले सानीआमा कोमलकुमारीको स्नेह र मातृत्वबाट टाढा हुनु परेन ।





शारीरिक समस्या र अपांगपन



१६ वर्षो उमेरमा आफ्नो बाबुको समेत मृत्यु भएपछि विष्णु माथि एक पछि अर्को कठिनाईहरु आइनै रहे । विष्णुले २००२ सालमा प्रवेशिका परिक्षा उत्तिर्ण्र्ाारेपछि त्रिचन्द्र कलेजबाट प्रमाणपत्र तह पुरा गरे । त्यसपछि कृषि विषयमा स्नातक गर्न भारतको इलाहबाद पुगे । खेलकुदमा सक्रिय २२ वषीय विष्णुमा विस्तारै शारीरिक पिडा पैदा हुन थाल्यो । भाइको अवस्थाबाट दुःखी बनेका दाइ नरेन्द्रबहादुर बस्नेतले उपचारका हरसम्भव प्रयासहरु गरे । तर उनको ब्यथा बीसको उन्नाइस भएन । रोगको पहिचान नभएपछि अन्त्यमा घर फर्केर बसेपछि २००८ सालमा उनको कम्मरदेखि तलको भाग पुण्ा रुपमा नचल्ने भयो ।



आफ्नो हातखुटृा नचलेपछि विष्णुका दिनहरु विछ्यौनामा पल्टेर वित्न थाले । तर पनि उनी कसैमाथि बोझ बनेनन् । आफू रोएर पनि विष्णु अरुलाई हसाउथे । आफूमा भएको ज्ञान अरुलाई बाड्थे । आत्मनिर्भरताका लागि विष्णुले पढाउने कार्य गर्न थाले । उनी शरीर अपांग भएपनि जीवन र मन अपांग बनाउनु हुन्न भन्दै अरुलाई हौसला दिन्थे । जीवन देखि हरेश नखाई उनी अपांगहरुका हकहितका लागि कार्यहरु गर्दै गए ।





संघको स्थापना र विस्तार



उनका मनमा अपांगहरुको हक, हितका लागि एउटा संस्थाको अभाव खट्कीरहेको थियो । एउट उचित आश्रय निर्माण गरी अपांगहरुलाई रोजगारमुलक सीप दिई सम्मानपूवक बाच्न दिने वातावरण सिर्जना गर्न उनी दिनरात लागिरहे । उनको निरन्तर प्रयासको फलस्वरुप २०२५ सालमा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष श्री ५ अधिराजकुमारी प्रिन्सेप शाहको सरंक्षकत्व र खगेन्द्रबहादुर बस्नेतको अध्यक्षतामा नेपाल अपांग अन्ध संघ नवजीवन गृहको स्थापना भयो । संघको कार्यालय बानेश्वरमा संकरदेव पन्तको (संकरदेब क्यामपसका संस्थापक) घरमा भाँडा लिएर संचालन गरिएको थियो ।



संघको उद्देश्यलाई बुझी आवश्यक सहयोग गर्ने क्रममा कृष्ण शम्सेर तथा श्री ५ अधिराजकुमारी तारा राज्यलक्ष्मीदेवी राणाबाट आफ्नो दिवगंत अपाङ्ग छोरीको संझनामा रु. एक लाख प्रदान भयो । यसरी आर्थिक सहयोग समेत प्राप्त भएपछि २०२६ सालमा नवजीवन गृहले अपांग पुरुषहरुको लागि आवसीय व्यस्थाको सुरुवात गर्‍यो । यसलाई विस्तार गर्ने क्रममा महिलाहरुका लागि अर्को घर भाडामा लिई २०३१ सालदेखि आवास व्यवस्थाको समेत सुरुवात गरियो ।





दरवार र संघसंस्थाबाट प्राप्त सहयोग



संस्थाको प्रारम्भिक चरणमा स्वास्थ्य मन्त्रालयले थप आर्थिक सहयोग प्रदान गर्न थाल्यो । सो क्रममा नेपालका अपांगहरुका लागि शिक्षा, स्वास्थ्य र व्यवसायिक तालीमको आवश्यकता महशुष गरी नयाँ शिक्षा नियमावली २०२८ अनुरुप विशेष शिक्षा परिषद गठन गरियो । २०३० सालदेखि कार्यान्वयनमा आएको विशेष शिक्षा परिषद अन्तरगत अपांगहरुलाई शैक्षिक, व्यवसायिक तालीम प्रदान गर्न थालियो ।



देशका धेरै भागबाट नेपाल अपांग संघमा भर्ना हुनेहरुको क्रम बढ्दै गयो । अन्तरारष्टि्य क्षेत्रमा समेत यसको प्रचारप्रचार हुन थाल्यो । अन्तरराष्टि्य स्तरमा जापानमा पहिलो पटक आयोजित अपांगहरुको एशिया फेस्ािपLmक गेममा नेपालले सहभागी हुने मौका प्राप्त गर्‍यो । संघले आफ्ना प्रशिक्षित अपांगहरुलाई सो खेलमा सहभागी गर्राई अभूतपूव सफलता हासिल गर्‍यो ।



अपांगहरुले विदेशमा समेत राष्ट्को गौरव बढाएपछि उनीहरुको सबैका लागि चासोको विषय बन्न पुगे । सोही क्रममा शाही परिवारबाट सो खेलमा सलंग्न खेलाडीहरु सहित संघका अध्यक्ष बस्नेत र प्रो गणेशराज सिंहलाई दर्शनभेट बक्स्यो । सोही अवसरमा अध्यक्ष बस्नेतले राष्ट्को गौरव र इज्जत राखेर फर्केका अपांगहरुको आफ्नो आश्रय नभएको जानकारी गराए । उनको अनुरोधलाई स्वीकार गरी संघ आफैले खरिद गरेरको ५६ रोपनी जग्गामा भवन निर्माणको जिम्मा दरवारले लियो । जोरपाटी स्थित नारायणटारमा रु.३ लाखमा सो जग्गा खरिद गरिएको थियो ।



संघको भवन निर्माण भएपछि अध्यक्ष बस्नेतको पहलमा विभिन्न अन्तरराष्टि्य क्षेत्रबाट सहयोग प्राप्त हुन थाल्यो । सन् १९७६मा एक अन्तरराष्टि्य संस्थाका संस्थापक विश्व प्रसिद्ध समाजसेजक समुह क्याप्टेन लियो नार्द चेसायरसंग भेट भएपछि अध्यक्ष बस्नेतले आवश्यक सहयोगका लागि अनुरोध गरे । सो समुहले १९८३ मा चेसायर गृहको स्थापना गरिदियो। सो गृहबाट अति अशक्त अपांगहरुले सेवा प्राप्त गरी रहेका छन् । १५ वर्षमाथिका अपांगहरुका निमित्त संचालित सो गृहमा ३२ बेडको क्षमता रहेको छ । जस मध्ये अति अशक्तका लागि २५ प्रतिशत र अन्यका लागि ७५ प्रतिशत सिट छुट्याइएको छ ।



त्यसैगरी विश्वका टुहुरा, अनाथ बालबालिकाको सेवामा जुटेको विश्व प्रसिद्ध संस्था एस ओ एस बालग्रामका संस्थापक डा. हरमन माइनर नेपाल भ्रमणमा रहदा अध्यक्ष बस्नेतले भेट गरी उहँाबाट समेत सहयोग प्राप्त गर्नुभयो । सो संस्थाबाट प्राप्त सहयोगबाट आहिले सयौं अपांगहरुले नवजीवन केन्द्र हाता भित्र भौतिक चिकित्सा सेवा, शिक्षा एवं व्यवसायिक तालीम प्राप्त गरिरहेका छन् ।



शारीरिक अशक्तताका बावजुद अध्यक्ष बस्नेत हरेक क्षेत्रमा कर्मठ व्यक्ति थिए । मन, वचन र कर्मलेले समाजसेवामा लागेका बस्नेतले आफ्नो सम्पूण्ा सम्पत्ति आपांगहरुकै हक हितका लागि र्समर्पण गरे । अबिभाहित बस्नेतले देशका समग्र अपांगहरुलाइ नै आफनो सन्तानको रुपमा स्थापित गरे। अति अशक्त भएर पनि उनमा रहेको लगनशिलता र साहसप्रति दरवारको समेत चासो रहन्थ्यो । यसै क्रममा स्व. श्री ५ ऐर्श्वर्य तथा श्री ५ मुमाबडामहारनाीबाट नवजीवन केन्द्रमा भएका विभिन्न कियाकपाको निरीक्षण भैरहन्थ्यो ।

नेपालको १४ वटै अञ्चलमा नै स्तरीय नेपाल अपाङ्ग संघ खोल्ने र उत्कृष्ट स्तरको शिक्षा र आधारभूत सिप सिकाउने योजना थियो। त्यसरी नेपालका समग्र अपाङ्गहरुको भाग्यरेखा कोर्ने सपना पूरा गर्न पाएनन्।



यसरी नेपाल अपांग संघको संस्थापक अध्यक्ष तथा सम्पूण्ा अपांगहरुको आस्थाका प्रतिक खगेन्द्र बहादुर बस्नेतको २०३४ साल पौस १ गते निधन भयो । उनको निधन पश्चात उहाँको स्मानार्थ नेपाल अपांग संघमा उहँाको नाम जोडी नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र राखियो । स्व. खगेन्द्रले आफ्नो जीवन समयमा अपांगहरुका लािग जुटाइदिनु भएको गास, बास र कपासबाटै आज हजारौ अपांगहरु आत्मगौरवका साथ जीवन यापन गरिरहेका छन् ।





संघको कार्य विस्तार



खगेन्द्र नवजीवन केन्द्रले आफ्नो सेवाहरु विस्तार गर्ने क्रममा अध्यक्ष बस्नेत पछिका अर्का कर्मठ अध्यक्ष ब्याक्तीत्व प्रो.गणेशराज सिंहको सवल नेतृत्व प्राप्त गर्‍यो । प्रकृतिले दिएको कठोर यातना र पीडालाई सहज रुपमा स्वीकार गरी आफ्नो अठोटलाई पूण्ा लक्ष्य प्राप्तीका लागि निरन्तर अगाडि बढीरहनु उनको अदम्य साहसको प्रतिक हो । उनको जीवनलाई गहिरिएर हेर्ने हो भने उनी जसरी शारीरिक रुपमा अशक्त भए, त्यो अशक्तताको कारणले नै आज यो देशका अपांगहरुले नयाँ जीवन पाएका छन् ।



कुण्ठित मानव अधिकारबाट अभिशापूण्ा जीवन गुजार्नु नेपालका समग्र अपांगहरुको अहिलको बास्तविकता हो । एकातर्फमानवोचित ब्यवहारबाट पर पन्छाइन्छ भने अर्कोतर्फअनउत्पादक सामाजिक बोझ निसारको रुपमा हेरिन्छ । राजनैतिक, दैविक, सामाजिक, भौतिक र प्राकृतिक र जनयुद्ध जस्ता विविध दुघटनाबाट अपांग बन्नु पर्ने अवस्था एकातिर छ भने अर्कोतर्फउपचारको उचित अब्यवस्था, सामाजिक संरक्षणको अभाव, आर्थिक कठिनाई, जनचेतनाको कमी, स्वास्थ्यप्रति उपेक्षा, अज्ञानता, कुपोषण र पोलियो जस्ता अनेक कारणबाट अपांग बन्नु पर्ने अवस्था छ । यिनै कारणबाट एउटा नागरिक आँखा देख्न सकेन, बोल्न सुन्न सकेन र शारीरिक रुपमा हिडडुल गर्न सकेनभने हाम्रो समाजले पूव जन्मको फल भन्दै घृणाको दृष्टिले हेछ,। सरकारले नागरिक रुपमा समेत हेन कन्जुस्याई गर्छ । बर्तमाण राजनीतिले त अपांगहरुलाइ dmन dmन ओझेलमा पारेको छ। यसरी अचानोको पीर अचानोलेनै बुझ्छ भन्ने सास्वत सत्यलाई ह्रदयंगमन गरी त्यसलाई सत्यतामा परिणत गरेर छोड्नु कम महानता होइन। आज नेताहरुले देशलाइ नै अपाङ्ग बनाइ रहेका अबस्थामा उन्ले गरेको योगदान अतूलनिय नै हो। अपांग माथिएको लादिएको विवशतालाई तोडेर सम्पूण्ा अपांगहरुका लागि नयाँ जीवनको सूत्रपात गर्नु सजीलो थिएन र छैन पनि । आफ्नो घरको सानो कोठामा अपांगहरुको संस्थालाई संगठित रुप दिएर त्यसको समुद्घाटन श्री ५ अधिराजकुमारी प्रेक्षाबाट गराइ वि.सं. २०२५ मा नव जीवन गृहको औपचारिक रुपमा सुरुवात भएको थियो ।





हरेस कैलै खानू हून्न, आफनो जीवन सीत।

मनले हारे हार हून्छ, मन्ले जीते जीत।

भन्ने नै उन्को महान सन्देश हो। नेपाल जस्तो अर्घे सामाजिक परिवेशमा समाज सेवाको गोरेटो निर्माण गर्न सजिलो छैन। आफूले निरन्तर टिउशन पढाएर आत्म निर्भर मात्र नभै कैयौ जीवनको खातिर नयाँ जीवन ल्याइदिनु भयो । यहाँ अरुको जीवनमा हूमत लूटेर राज्य चलाउनेहरुबाट कहिलै पनि मानवीय हैशियत सम्म प्रदान गरेनन। बि.स.२०२६ सालदेखि बानेश्वरमा डेरा लिएर विविध पक्षका ५ जना अपांगलाई समेटेर ब्यवसायिक सीप प्रदान गर्दै सेवागत रुपमा अत्यन्त हौसलाका साथ नव जीवन गृहलाई अगाडि बढाउदैं आज त्यो रुपमा पूगेर सेवा प्रदान गरिरहेको छ। सोही समयमा श्री ५ अधिराजकुमारी प्रेक्षा नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष होइबस्केकोले मौसुफको निगाहबाट सवारी साधन समेत प्राप्त गर्नुभयो । सोही समयमा गृहका उपाध्यक्ष चन्द्रधर उप्रेतीको नेतृत्वमा जापान गएको अपांगहरुको एक टोलीले राम्रो सफलता प्राप्त गरेपछि बल्ल अपांगहरुको पनि चर्चा शुरु भयो । अपाङ्गहरु प्नि मान्छे हून भन्न थाले।



सो सफलता पछि श्री ५ मुमाबडामहारानी रत्न र श्री ५ बडामहारानी ऐर्श्वर्यबाट अध्यक्ष बस्नेतलाई दर्शनेभेट बक्स भई सो संस्थाको बारेमा जानकारी लिइबक्स्यो । उहँाको जोश र जाँगरबाट अत्यन्त प्रभावित भई सरकारबाट नवजीवन गृहका लागि जोरपाटीमा ४२ रोपनी जग्गा प्राप्त भयो । संस्थाले ४२ रोपनी जग्गा प्राप्त गरेपछि अपांगहरुका लागि आवासीय भवन, प्रशिक्षण कक्ष, साधारण शिक्षा औषधी उपचार, कृतिम अंगको निर्माण जस्ता कार्यहरुको शुरुवात गरियो । वि.सं. २०३१ सालमा नेपाल अपांग अन्धसंघ नवजीवन गृह नाममा उक्त संस्था बैधानिक रुपमा स्थापना भयो ।



छातीमा रुमाल ओछ्याइ, त्यसमाथि थाल राखेर खाने, अरुले ओल्र्टाई पल्र्टाई गरिदिनु पर्ने दयनीय स्थितिका मान्छेबाट राष्ट्रले अमूल्य योगदान पायो र हजारौ अपांगहरुले नवजीवन पाए। आत्मा सबको समान हो, सुख शान्ति र समृद्धिको चाहना सबैमा निहित हुन्छ । अवसरबाट बञ्चित गर्नु निरंकुशता हो” भन्दै समाजलाई चेतनाको आभाष छरिदिनु कम पूरुषार्थ होइन । आफ्ना वरिपरी रहेको अपांग सन्तानलाई प्रेरणा दिदै पौरखी भई बाच्ने हौसला दिइने रहे ।



यसरी देशका समग्र अपांगहरुको भाग्यरेखा कोर्दाकोर्दै ४९ वर्षो उमेरमा २०३४ साल पोष १ गते निधन भयो । स्व. खगेन्द्रले जन्माएको संस्थालाई हुकाउने जिम्मा प्रो.गणेशराज सिंहले पाए। अध्यक्षको रुपमा सिंहले खगेन्द्रले बनाएको गोरेटोलाई केही विस्तार गर्दै लगे । स्व. खगेन्द्र बहादुर बस्नेतले अपांगहरुका लागि आश्रयस्थल मात्र निर्माण गरिदिएनन् आफ्नो सम्पूण्ा धनसम्पत्ति सोही संस्थालाई सुम्पिएर अपांगहरुलाई आत्मनिर्भर बनाउने प्रयास पनि गरे।



यसरी आफ्नो खोट सहनु त छदैछ त्यसमाथि सरकार र समाजको उपेक्षामा अझ अपांग बनाएको दयनीय अवस्था प्रत्यक्ष भोग्दै आएका १० प्रतिशत अपांगहरुको आफनै कथा र ब्यथा छ । अन्तररतष्टि्य क्षेत्रमा अपांगहरुलाई विकासको हरेक क्षेत्रमा पहिलो प्राथमिकथा दिएर अगाडि बढाइन्छ । आज सम्म पनि, खेर गइरहेको विशाल जनशक्तिलाई सदुपयोग गरी राष्टि्य विकासको मुल प्रवाहमा समेट्ने कुने ठोस र दीघकालीन पूवाधारहरु तर्जुमा हुन सकिरहेका छैनन् । सुयोग्य नागरिक अपांग बन्छन भनेर कहिल्यै कसैको भावना जागेको पनि पाइएन । बरु भाग्यलाई धिकार्दै उपेक्षित रुपमा जीवन भर धिक्कारेर बस्नु बाहेक अरु कुनै विकल्प रहेन ।



अपांग बनेकै कारण अझै पनि कतिपय सुयोग्य र सवल ब्यक्तिहरुलाई मानिसको रुपमा समेत सामेल गरिदैन । कुनै मानवताको आधारमा हेरिन्न र कमजोर हुनुको अर्थ समाजबाट मिल्काइन्छ र पञ्चदेवलमा लगेर फालिन्छ। मानवीय उपहास र सिंगो दुदशा भित्र जाकेर सामाजिक यातना दिइन्छ र तमाम विकृति र विडम्वनाको अवशेष भित्र पुरिन्छ । आफू भित्र केही गर्ने इच्छा र जागर हुदाहुदै पनि अवसर नपाएपछि कुण्ठित भएर बाच्न बाध्य छन् ।



बर्तमाण अबस्थामा अरु धेरै खगेन्द्र बहादूरहरु जन्मेर अपांग त के राष्ट्रकै आँशू पूछने बेला आएको छ। हष्टपूष्ट खाइलाग्दो शरीर हूनेहरुले अर्काको बाँच्न पाउने नैसगिक अधिकार समेत छिने तर उन्ले बाँच्ने अधिकार सहित ब्यक्तिगत स्वतन्त्रतालाइ पनि अक्षूण्ा राखे।



अन्ततः अपांगहरुले भोग्दै आएको ज्यादती तर बिवस्थालाइ आफ्नै ह्रदयले बुझेर, मर्माहित भएर स्वयं अपांग श्री खगेन्द्र बहादुर बस्नेतले यो समग्र स्थितिबाट अपांगहरुलाई मुक्ती दिलाउन मुठी कस्नु भयो। तमाम सामाजिक षडयन्त्र र सरकारको गलत दृष्टिकोणलाई हटाएर स्वच्छ जीवन निर्वाह गर्ने बातावरण तयार गर्न कम्मर कसेर लाग्नु भयो । सबै मानिसले आफ्नो आत्मसम्मान सहित बाच्न पाउनु पर्ने महशुष गर्नुभयो। अपांग पनि सामाजका अभिन्न अंग हून भन्ने भावनाको विकास गराउनु भयो ।



फुटेको माटोको खपटोले पानी उघाएर आफू मात्र नपिई अरुको समेत तिर्खा मेट्ने कार्य गरेका स्व. खगेन्द्रबहादुर बस्नेतको जीवन कथाले सबैलाइ आत्मसम्मापूवक बाच्ने प्रेरणा दिएको छ। अदम्य साहास र लक्ष्य दिएको छ।











साभारः अप्रकासित कृति ओझेल भित्रका अम्मर बिभूती स्व.खगेन्द्र बहादूर बस्नेतको संक्षिप्त जीवनी”बाट लिइएको हो। लेखक मृदूल राष्ट्रीय अपांग महासंघ-नेपालका सस्थापक र खगेन्द्र नवजीवनबाट नयाँ जीवन प्राप्त एक सृजनशील ब्यक्तित्व हून।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम