Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
सम्झना हरिभक्तको - [2007-12-01]

डिग्बोई -आसाम, उनी सार्‍है जिद्दी थिए । अन्याय नसहने र दीघसत्य बोल्ने † तिनले दुनियाका लागि गरे तर परिवारका लागि केही गरेनन् ।



सत्तरी लाग्न लागेकी जयकुमारी एकोहोरो बोलिरहेकी थिइन्, दिवंगत पति हरिभक्त कटुवालबारे । सिंगो आसाम र पूर्वोत्तर भारतभर \'मिथ\' झैं बनेका हरिभक्तबारे उनको मूल्यांकन बढी नजिकको लाग्थ्यो । ४४ वर्षो उमेरमा सन् १९८१ मा आसाममा बितेका हरिभक्त संगीतका पनि जानकार थिए भनेर सुनाइरहेकी थिइन् उनी । डिग्बोईमै भेटिएका कलाकर्मी जुद्धवीर राणाले अझ बढेर सुनाए- \'यो देशको माटोले भन्छ/यो देशको ढुंगाले भन्छ... गीतमा संगीत निर्देशन दिने उनै हरिभक्त थिए ।



\'उनका गीत र कविता सम्झेर बा“चेकी छु,\' खाद्य नलीको क्यान्सरले अशक्त जयकुमारी भनिरहेकी थिइन्- \'सारा नेपाली संसारले आज हरिभक्त चिनेको छ, म यसैमा खुसी छु ।\' पाच लाख भारु भए उपचार हुने भनिए पनि आफू पैसा जुटाउने अवस्थामा नरहेको उनले सुनाइन् ।



\'साझालगायत प्रकाशनबाट उनका पुस्तक आएका छन् भन्ने सुनेकी छु,\' छोरी कविताले भनिन्- \'रोयल्टीबारे अहिलेसम्म थाहा छैन ।\'



डिग्बोईमै भेटिएकी गायिका मीरा थापा रवीन्द्र संगीतझैं \'कटुवाल संगीत\' हुकाउने धुनमा थिइन् भने गुवाहटीकै संगीतकर्मी भुपेन हजारिका हरिभक्तलाई सधैं \'मिस\' गरिरहने आफन्तहरूलाई बताइरहेका हुन्थे । \'उनी सबैका मुखमा झुन्डिएका छन्, यो परिवारको के कुरा गर्नु -\' जयकुमारीले भनिन्- \'काठमाडौं जादा अम्बर गुरुङ, नगेन्द्रराज शर्मा, दैवज्ञराज न्यौपाने, अविनाश श्रेष्ठहरूलाई सम्झेको छ भन्दिनू । ती बालमुकुन्ददेव पाण्डे कता छन्, तिनलाई पनि सोधेको छ भनिदिनु †



कत्रो दुःखको कुरा श्रीमती कटुवाललाई \'बादेपा\' बितेको तीन वर्षभइसक्यो भन्ने पनि खबर थिएन ।





Kantipur koseli







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम