Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
डम्बरी कथा संग्रह भित्रको अन्तर्दाह (टंक वनेम) - [2007-12-06]

दशैं सकिएपछि तिहार नजिकिदै थियो । ड्युटीकै दौरानमा एउटा अपरिचित ब्यक्तीबाट तिहार विशेष शुभकामना समाचार आई पुग्यो । हेरेँ चिने जस्तो कतै नचिने जस्तो । कतै पल्टन तिरकै चिने जानेका दाजु भाई होलान् भनेर धन्यवाद दिदैँ औपचारिकता निभाएँ । अन्तमा प्रयोग गरिएको मोबाईल नं.को नेर्टवर्क पनि सोधि पठाएँ । नेर्टवर्क कम्पनीको पोलिसीलाई उलंघन गरेर बिलको उकाली चुल्याउनु थिएन । उताबाट जवाफ आयो टी टु टी आफ्नो पर्‍यो भी टु भी (भोडा टु भोडा) कुरा मिलेन । घरको टेलिफोन भए आफूले गर्न सक्ने भएपछि उताबाट स्वागतको साथ घरको टेलिफोन नं. आयो टेक्स मेसेजबाट । शुभचिन्तकलाई चिन्ने उत्सुकताको साथ डायल गरी सक्दा एउटा नारी स्वरले नमस्कार दाई म फलाना हो भनेर जबाफ दियो । म अलि सम्हालिएर आफ्नो हुस्सुपनालाई सराप्दै जबाफ दिएँ । ए तपाई उही जया बहिनी हुनु हुन्छ ? जस्ले राम्रा राम्रा कथा र स्मरणहरु लेख्नु हुन्छ । कुरा के परेछ भने रोमन अग्रेजीमा लेखिएको जया र्राई लाई जय र्राई मात्र पढेछु । कुराको शिलशिला अघि बढ्यो ।



गएको हप्ता ९९ औं महाकबि देबकोटा जन्म जयन्ती, २० औं कबि गोष्ठी र पुस्तक बिमोचन आदि मिस्रित कार्यक्रमको अवसरमा वेष्ट लण्डन एक्टन स्थित क्विन्सल्याण्ड कलेजमा कबि काङमाङ नरेश र्राई र जया बहिनी बीच भलाकुसारी भएको रहेछ । त्यही बेला केहि स्रष्टाहरुको र्सर्म्पक नं. लिने अवसर पाउनु भएकोले यो संयोग जुरेको रहेछ । हङकङबाट प्रकाशित पत्र पत्रिका र नेपाली सन्देशद्वारा साहित्यिक भेटघाट त भई सकेको थियो । तर प्रत्यक्षरुपले कुराकानी गर्ने मौका भने यो पहिलो भएकोले कुराकानीको थालनी पनि साहित्यिक गनथनबाट नैं अघि बढ्यो । हङकङको साहित्यिक माहोल, वेलायतको दिनचर्या, नेपालको राजनीति, रक्त कुण्ड, पर्दाफास उपन्यास हुँदै प्रकाशित कृतिहरुको बारेमा पुगेर टुंगियो । यती नेपाली एशोसियसन युकेद्वारा उहाँको कथा संग्रह डम्बरी प्रकाशित भई सकेको रहेछ । पर्ठाई दिने वाचा गरेको ३ दिन पछि २ वटा पुस्तक आई पुग्यो, डम्बरी र पर्दाफास ।



हप्ता दिन लगाएर दुवै पुस्तक पढि सके पछि डम्बरी कथा संग्रह बारे केहि नलेखी मनै मानेन । स्वदेश होस् या विदेश, मान्छेलाई अपुग समयले दौर्डाई रहेको हुन्छ हतारमा । भनौं वर्षा याममा निस्केका छिछिमिराहरु खान हतार भएको भ्यागुतालाई जस्तै भएको छ हाम्रो वर्तमान । शायद यही सन्दर्भिक समयसंग मेल खाने दोभान हो यो डम्बरी कथा संग्रह । समय यति अगाडि बढिसकेको छ कि लामा लामा कथा पढ्ने समय र कथाका पात्र पात्राहरुले बोलेका घुमाउरो संवादलाई केलाएर कन्सेरी तताउँदै पर्ुर्पुरोमा हात राखौं र शितल दिमागले त्यसको गहिर्‍याई सम्म पुगेर घोत्ली रहुँ । यसरी साँघुरो समयको ग्यापमा ठिक्क मिल्ने २२ वटा कथाहरुले डम्बरीको गलामा सून्दर माला उनिएको छ । ठूल-ठूला सपनाको महल र राजनीतिको डिङ हाँक्ने पात्र पात्राहरुको उपस्थिति गरिएको छैन । २२ वटा कथाका पात्र पात्राहरु वास्तविक धरातलमा उभिएर आ-आफ्नो दुःख सुःख बोलेका छन् । भन्नुको अर्थ तपाई हामी जस्तै वर्तमान भोगेर बाँच्ने पात्र पात्राहरुले कथाको मञ्चमा आफ्नो भूमिका निर्वाह गरेका छन् ।



तर कथा यति मिहिन सन्दर्भिक र सन्देश मुलक छकि कतै न कतै पाठकहरुको मन छोई रहेको हुन्छ । उखान-टुक्का, जीवन्त संवाद, भाषा, शैली र विचारको तालमेल मिलाएर कलात्मक ढंगको प्रस्तुतिले डम्बरी साँच्चीकै उत्कृष्ट कथा संग्रहको रुपमा प्रस्तुत हुन सकेको छ । कथा संग्रह भित्र दश बर्षो द्वन्द्वले सिर्जना गरेको देशको राजनीतिक विश्लेषण, विस्तारवादले कोपरेको जर्जर देश, विवशताको पराकाष्ठा, गरिबीका दर्दनाक चित्रण, समाजको बन्धनमा चिमोटिएको महिला स्वाभिमान, आधुनिक युगको बिहानीमा प्रदेश लाग्नु पर्ने बाध्यता जस्ता वर्तमानको ऐना बनेको छ डम्बरी । डम्बरीले स्वैर कलपनामा उन्ने गरिएका दन्त्य कथा भन्दा भिन्नै दोहोरो अर्थ लाग्ने कलात्मक शब्दहरुको धरातलमा उभिएर आफ्नै खालको अनुहार तयार गरेको छ । जस्को अनुहार मान्छे जस्तो भए पनि त्यहाँ भित्रका पात्र पात्राहरुको अनुहार भने समाजले भोगे जस्तै छ । बिश्वले भोगे जस्तै छ र हामीले भोगेको समय जस्तै छ । भनौं आकाशको अनुहार जस्तै छ, आजको आकाशको अनुहार र भोलीको आकाशको अनुहारमा भिन्नता देख्छौं ।



कुनै कुनै कथामा प|mायडको मनोविश्लेषणात्मक यौनवादी पात्र पात्राहरुको उपस्थिति गर्राईएकोछ । त्यतिखेर कथाकार पुरुषको रुप लिएर आफ्नो चरित्र बारे आत्म बिश्लेषण गरी रहेका हुन्छन् । भनौं कथामा \"म\" पात्र-पात्राले प्रमुख भूमिका खेल्ने पुरुष म पात्रले छोरा नजन्मिएकोमा निराश हुँदै छोरा पाउन इश्वरसंग प्रार्थना गर्दछ । भाडामा बस्ने एउटा नारी पात्राले गरिबीको संवेदना पोख्छिन् । म पात्र बालशुलभताको अतितमा लुटपुटिएर पिङ खेल्छ । नौंलो दुलही डम्बरी प्राण भन्दा प्यारो श्रीमानको प्रतिक्षामा धुमधुम्ति एकान्तको रात बिताउँछिन् । कसैको नन्द भएर स्वदेशबाट बिदेशमा आई पुगेकी भाउजुसंग समाचार सोध्दै परम्पराको पर्खाल भत्किएकोमा पीडाले छट्पटाउँछिन् । क्युरियो पसलमा बानु बनेर ती निर्लज्ज स्वार्थी र ढोंगी नेताहरुको नाङ्गै चित्र बेचिरहेकी हुन्छिन् । एउटा प्लेटोनिक प्रेमी सबै थोक आफै बनेर बिबाहको आयोजना गरेर बेहुली अन्माई रहेका हुन्छन् । परदेशिएका पुरुषहरुको स्वतन्त्रताले जन्माएको अबैध बच्चाहरुको पुकार सुनेर आफ्नै बीर्यसंग डराउने डरछेरुवा बीर गोर्खाहरुसंग त्रि्रो पुरुषत्व खोई - भनेर प्रश्न सोधि रहेकी हुन्छिन् । यौन स्वतन्त्रताले निम्त्याएको परिणाम कति भयानक हुन्छ । कथाको पात्र-पात्राहरुले भोगी रहेका हुन्छन् ।



सम्पतिको दम्भले मातिएर आफ्नो लोग्नेको अनुहार भन्दा पर्राई अनुहारको छोरा जन्माउने पातकी समाजलाई तिखो व्यंग्य बाण प्रहार गर्न पनि त्यतिकै सफल छिन् । पुरुषहरुको आँखाले नारीहरु प्रति हेर्ने गिद्धे दृष्टि र असूरक्षा साथै वर्तमान द्वन्द्वले सिर्जना गरेको वास्तविकताको जगमा उभिएर कथाहरुको यात्रा उकाली ओराली गरेको छ । कथाकार जहाँ जहाँ पुग्छिन् त्यहाँ कथाको जन्म भएको छ । चाहे हङकङको अण्डर ग्राउण्ड रेलमा होस् या वेलायतको सेताम्मै हिउँमा अथवा वाल्यकालमा बितेका खेतका राजकुलोमा, वातावरण र समयले मान्छेको जीवन डोर्‍याए झैं त्यहींको वास्तविकतालाई बुझेर आफ्नो कथाका पात्र पात्राहरुलाई आफ्नो भूमिका निर्बाह गर्न लगाएकी छिन् । बीच बीचमा बीपीका यौनवादी कथा जस्तै प्रेम र यौनका रङहरु मिसाइएको छ, सान्दर्भिक र प्राकृतिकरुपले । जसरी हाम्रो सृष्टिक्रमको निरन्तरतालाई छाडा भन्न सक्देनौं । कथाकार नारी भएकोले स्वतः नारी प्रति गरिने अन्यायमा ब्रि्रोहको भावनाले ओतप्रोत नहुने त कुरै भएन । तर कथाका पात्र पात्राहरुले खोक्रो बिद्रोहको भाषण गरेका छैनन् ।



कथाका सन्देशहरुले मात्र ब्रि्रोह गरेका छन् । यो कथाकारको कथा बुन्ने सुन्दर कलात्मक र सटिक प्रस्तुति हो । उनले समस्त पाठकहरुले बुझने गाउँ घरमा प्रयोग हुने धेरै झर्रो नेपाली शब्दहरुलाई कथा भित्र संग्रह गरेकी छिन् । उनको सबै कथाहरु पढि सक्दा जीवन साँच्ची कति धेरै रङले रंगिएको हुँदो रहेछ एब्सट्रयाक चित्र जस्तै बुझेर बुझनै नसकिने भन्ने भान हुन्छ । समस्तमा नेपाली माटो र नेपाली मनको यर्थाथ चित्र नै डम्बरीको सक्कली अनुहार हो । डम्बरीको अन्तर्दाहहरुलाई बुझन सकियो भने हाम्रो वर्तमानको ऐना आफ्नै अगाडी र्छलङ्ग देखिन्छ । जयाको पहिलो कथा संग्रह भईकन पनि उनका कथाहरुले पाठकहरुको मन सम्म पुग्न सक्नु उनीबाट भविश्यमा अरु धेरै कथाहरुको जन्म हुने भविश्य बाँकी नैं रहेको छ ।





tankawanem@yahoo.co.uk







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम