Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
मधुपर्क सम्मानको सेरोफेरोमा (तुलसीहरि कोइराला) - [2007-12-09]

नेपाली साहित्यिक पत्रकारिताको निरन्तर प्रकाशनको भरपर्दो इतिहास खोतल्ने हो भने त्यो गोरखापत्रमा पुगेर ठोक्किन्छ । गोरखापत्र प्रकाशनको एक सय आठ वर्षो इतिहास साहित्यक पत्रकारितासँगसँगै सिङ्गो नेपाली पत्रकारिताको जननीका रूपमा स्थापित छ । गोरखापत्रको इतिहास जति पुरानो छ, यसका सह-प्रकाशनहरूको इतिहास पनि त्यसैअनुरूप पुरानिँदै जाँदो छ । वि.सं. २०२५ साल जेठ ३० गते पहिलो अङ्क प्रकाशित भएको साहित्यिक मासिक पत्रिका मधर्ुपर्कले पनि आफ्नो चालीस वर्षो आयु तय गरिसकेको छ । आफ्नो प्रकाशन समयमा प्रशस्त चर्चा बटुल्न सफल भएका 'शारदा', 'रूपरेखा' जस्ता साहित्यिक पत्रिकाहरू बन्द भएका अवस्थामा निरन्तर अर्थात् एक अङ्क पनि नबिर्राई प्रकाशन हुँदै आएको मधर्ुपर्कका ४६१ अङ्क प्रकाशित भइसकेका छन् । मधर्ुपर्कको यति लामो इतिहासलाई पछाडि फर्किएर हर्ेर्ने प्रयासस्वरूप नै प्रारम्भ गरिएको हो मधर्ुपर्क-सम्मान । वि.सं. २०५९ सालबाट आफ्नो प्रकाशनको ३५ औँ वर्षप्रवेशको अवसर पारेर मधर्ुपर्क-सम्मान अर्पण गर्न थालिएको हो । सम्मान अर्पण गर्नेक्रममा यो पटक छैटौँ वर्षो सम्मान अर्पण कार्यक्रम यही भदौ २१ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको थियो । विशेष कारणवश अघिल्लो अङ्कमा समेट्न नसकिएको मधर्ुपर्क-सम्मान कार्यक्रमलाई केही ढिलै भए पनि आफ्ना पाठकसमक्ष सम्प्रेषण गर्ने जमर्को गरेका छौँ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष ओम शर्माको सभापतित्वमा आयोजित, 'मधर्ुपर्क-सम्मान-२०६४' कार्यक्रमका प्रमुख अतिथि तत्कालीन माननीय सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा हुनुहुन्थ्यो । यसपटकको सम्मान प्राप्त गर्ने वरिष्ठ साहित्यकारद्वयमा धुस्वाँ सायमी र मोदनाथ प्रश्रतिलाई प्रमुख अतिथिबाट दस हजार एक नगद राशिसहित सम्मानपत्र अर्पण गरिएको थियो । गद्य र पद्य गरी दर्ुइ विधामा अर्पण गरिँदै आएको यो सम्मान मूलतः स्रष्टाको साहित्यिक लेखनको सिङ्गो व्यक्तित्वको सम्मान हो तर पर्ूण्ातः विवादरहित होस् र अग्रजपुस्ताको सम्मान क्रमशः हुँदै जाओस् भन्ने उद्देश्यले प्रारम्भमै केही आधारहरू तय गरिएका छन् । जस अनुसार मधर्ुपर्कका प्रारम्भिक अङ्कहरूदेखि निरन्तर रचनाहरू प्रकाशित हुँदै आएका, साहित्यिक लेखनमा विधागत विशिष्टता कायम गरेका, निरन्तर सिर्जनारत एवं विवादरहित व्यक्तित्व हुनुपर्नेजस्ता केही मूलभूत र्सतहरू तय गरिएका थिए । स्रष्टाको चयन गर्दा बढी निस्पक्ष होस् भन्ने उद्देश्यले एक जना वरिष्ठ साहित्यकारसहित मधर्ुपर्कका सम्पादकीय मण्डलका सदस्यहरू रहेको 'मधर्ुपर्क सम्मान चयन उपसमिति' गठन हुँदै आएको छ । उपसमितिले चयन गरेका गद्य र पद्य गरी दर्ुइ विधाका दर्ुइजना स्रष्टाको नाम गोरखापत्र प्रकाशनको जन्मोत्सवका अवसरमा वैशाख २४ गते घोषणा गरिने र मधर्ुपर्कको प्रथम अङ्क प्रकाशन भएको जेठ ३० गते अर्पण गरिने व्यवस्था तय गरिएको भए पनि विविध कारणबाट यो समय नियमित हुन सकिरहेको छैन । आशा छ, आगामी वर्षेखि सोही समयमा अर्पण कार्यक्रम सम्पन्न हुनेछ । यसपटकको 'मधर्ुपर्क सम्मान चयन उपसमिति'को संयोजकमा वरिष्ठ साहित्यकार प्रा. राममणि रिसाल हुनुहुन्थ्यो । यसैगरी उपसमितिका अन्य सदस्यहरूमा मधर्ुपर्कका तत्कालीन सम्पादक उद्धव उपाध्याय, नायव कार्यकारी सम्पादक श्रीओम श्रेष्ठ 'रोदन' र उपसम्पादक तुलसीहरि कोइराला हुनुहुन्थ्यो । सम्मानित हुने स्रष्टा धुस्वाँ सायमीको मधर्ुपर्कमा पहिलो रचना वि.सं. २०२५ सालको वर्ष१ अङ्क ३ को साउन अङ्कमा 'डलरको देश अमेरिका भोको छ' शर्ीष्ाकमा यात्रा-संस्मरण र वि.सं. २०२५ कै वर्ष१ अङ्क ५ को असोज अङ्कमा- मोदनाथ प्रश्रतिको 'सत्य ! तँलाई अभिवादन !' शर्ीष्ाकमा कविता प्रकाशित भएको थियो । यसैको आधारदेखि वर्तमानसम्मको साहित्यिक निरन्तरतालाई मूल्याङ्कन गर्दै धुस्वाँ सायमीलाई गद्यतर्फो र मोदनाथ प्रश्रतिलाई पद्यतर्फो मधर्ुपर्क सम्मान अर्पण गरिएको हो । धुस्वाँ सायमी कविता र उपन्यासका क्षेत्रमा साधनारत हुनुहुन्छ भने मोदनाथ प्रश्रति उपन्यास काव्य र विचार-विवेचनाका क्षेत्रमा निरन्तर साधनारत हुनुहुन्छ । सम्मान भन्नासाथ त्यसको महìव र गरिमा आफैँमा विशिष्ट हुन्छ तर सम्मानमा राखिएको नगद राशि यसभन्दा अघि रु. पाँच हजार मात्र भएकोमा गत सालको कार्यक्रममा सहभागी स्रष्टाहरूबाट नगद रकम बढाउनुपर्ने सुझावहरू आएका थिए । संस्थानको व्यवस्थापन पक्षले यसलाई मनन गर्दै यसै वर्षाट उक्त रकमलाई बढाएर दोब्बर बनाएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री महराले मधर्ुपर्कको साहित्यिक योगदानको चर्चा र स्रष्टाहरूको सम्मान गर्ने परम्पराको सह्राहना गर्नुभएको थियो । उहाँले स्रष्टाहरूलाई आ-आफ्ना सिर्जनाहरूमार्फ लोकतन्त्र र नयाँ नेपालको निर्माणमा अग्रसर हुन आहृवान गर्नुका साथसाथै संविधानसभाको निर्वाचनलाई सफल पार्न स्रष्टाहरूले पनि लाग्नुपर्नेमा जोड दिनुभएको थियो । सम्मानित स्रष्टा धुस्वाँ सायमीले सम्मानबाट आफूमा थप ऊर्जा प्राप्त भएको र निरन्तर साहित्यमा लागिरहन प्रेरणा मिलेको बताउनुभएको थियो । त्यसैगरी अर्का सम्मानित स्रष्टा मोदनाथ प्रश्रतिले आफ्नो त्यतिबेला मधर्ुपर्कमा प्रकाशित भएको कविता यतिबेला पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै वाचन गरेर सुनाउनुभएको थियो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष ओम शर्माले सभापतिको आसनबाट बोल्नुहुँदै नयाँ नेपालको निर्माणमा गोरखापत्र संस्थान पनि आफ्नो क्षेत्रबाट लागिपरेको र यसैको प्रमाणस्वरूप सबै जातजाति र भाषाभाषीको साझा बनाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सम्पर्ूण्ा साहित्यकारहरूलाई आ-आफ्ना सिर्जनामार्फ लोकतन्त्र र नयाँ नेपालको निर्माणमा जुट्न आग्रह पनि गर्नुभयो । मधर्ुपर्कका नायव कार्यकारी सम्पादक श्रीओम श्रेष्ठ 'रोदन' ले उपस्थित सम्पूण्ा अथिति, साहित्यकार र पत्रकारहरूलाई हार्दिक स्वागत गर्नुका साथै सम्मानका लागि चयनमा अपनाइएका आधारहरूका बारेमा बताउनुभएको थियो । मधुपर्क सम्मानबाट यसभन्दा अघि मोहन कोइराला, कमल दीक्षित, कालीप्रसाद रिजाल, डा. धु्रवचन्द्र गौतम, कृष्णचन्द्रसिंह प्रधान, रत्नशमशेर थापा, रमेश विकल, उपेन्द्र श्रेष्ठ, क्षेत्रप्रताप अधिकारी र गोविन्दबहादुर मल्ल 'गोठाले' लगायतका वरिष्ठ साहित्यकारहरू सम्मानित भइसक्नुभएको छ ।





तुलसीहरि कोइराला

Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम