Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
राजधानी पस तर घरजम गरेर नबस (साहित्यकार झमक घिमिरे) - [2007-12-19]

चर्चित साहित्यकार झमक घिमिरेको जन्म वि.स. २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको हो । शारीरिक अशक्तताका बावजुद सिर्जित उहाँका साहित्यिक रचनाहरु सँधै जनपक्षीय हुनेगर्छन् । उहाँका संकल्प' कविता संग्रह (२०५५), आफ्नै चिता अग्निशिखातिर' कविता संग्रह (२०५७), मान्छेभित्रका योद्धाहरु कविता संग्रह (२०५७),अवसान पछिको आगमन क्वाँटी संग्रह (२०५७), सम्झनाका बाछिटाहरु लेख संग्रह (२०५७), नौलो प्रतिविम्ब कविता संग्रह (२०६०), 'पर्दा, समय र मान्छेहरु कथा संग्रह (२०६२) पुस्तकहरु प्रकाशित छन् । बेमौसमका आस्थाहरु निबन्ध संग्रह उहाँको भर्खरै प्रकाशित पछिल्लो कृति हो । उहाँलाई प्रबल गोर्खा दक्षिण बाहु चौथो, अस्वीकृत विचार साहित्य पुरस्कार, क्या.स्व.गोपालप्रसाद जनकल्याण पुरस्कार, डा. विमल वाणी पुरस्कार,अपाङ्ग प्रतिभा पुरस्कार लगायत ५० बढी पुरस्कार, पदक र अभिनन्दन प्राप्त छ । उहाँ कान्तिपुर दैनिकको नियमित स्तम्भकार पनि हुनुहुन्छ । साहित्य सिर्जनामा समर्पित आफ्नो जिन्दगीको लक्ष्यबारे उहाँको भनाइ छ- म आफु बाँचेको जिन्दगीलाई अर्थपूर्ण बनाउन चाहन्छु । उहाँसँग निराजन बतासले धनकुटामा लिएको अन्तर्वाता यहाँ प्रस्तुत छ:



१) बेमौसमका आस्थाहरु कस्तो कृति हो ?



- बेमौसमका आस्थाहरु कस्तो कृति हो भन्ने जवाफ जान्न तपाई स्वयं पाठकले एक चोटि हेर्नैपर्छ । मैले लेखकको तर्फाट भन्नुपर्दा बेमौसमका आस्थाहरु त्यस्तो समयमा लेखिएको कृति हो जुन समयमा जनताको मुख बन्द गर्न खोजिएको थियो । बन्द गर्नेहरुको बिरुद्ध र जनताको पक्षमा लेखिएको कृति हो जसमा पूराना जातीय, भाषिक,वर्गीय,धार्मिक,लैङ्गकि पर्खालहरु भत्काएर नयाँ आधारहरु निर्माण गर्न खोजिएको छ ।



२) तपाईको विचारमा साहित्य के हो र कस्तो हुनुपर्छ ?

- साहित्य भनेको कला र विचारको सुन्दर संयोजन हो । साहित्य समाजको ऐना मात्र हैन,समाजलाई सही रुपमा मार्गदर्शन गर्ने एउटा सशक्त माध्यम पनि हो ।



३) स्रष्टाहरु देशमा चलेका आन्दोलनमा सशरीर पनि उपस्थित छन्, राष्ट्र परिवर्तनमा वर्तमानका सिर्जनाहरु कति प्रभावकारी छन् ?

- हो, राष्ट्रका प्रायः सबै आन्दोलनमा स्रष्टाहरु सशरीर र सिर्जनाहरुबाट दुवै रुपमा सहभागी भएका छन् । वर्तमानका सबै स्रष्टाका सिर्जनाहरु समसामयिक धारबाट अलग छैनन् । बर्तमानका सिर्जनाहरु प्रभावकारी नै छन् भन्ने मलाई लाग्छ ।



४) राष्ट्रको लागि स्रष्टाहरुको वर्तमान भूमिका कति पर्याप्त हो ?

- राष्ट्रको लागि स्रष्टाहरुको वर्तमान भूमिका सबै अर्थमा पर्याप्त नभए पनि एक हदसम्म पर्याप्त नै छ भन्नुपर्छ ।



५) स्रष्टालाई राष्ट्रले उपेक्षा गरिरहेको थुप्रै कुरा उठ्छन्, तपाइले चाँहि आफ्नो सिर्जनाको मूल्याङ्कन कतिको भएको पाउनुभएको छ ?

- स्रष्टाहरुलाई राष्ट्रले उपेक्षा गरेकै हो । हिजोसम्म र आज पनि उपेक्षा गरेको हो । स्रष्टाहरुले अझै पनि लेखेर बाँच्ने अवस्थाको सिर्जना भएकै छैन । बाँचे पनि दुइ चार जना औंलामा गन्न सकिने छन् । तर मेरो सर्न्दर्भमा चाँहि राज्यले एउटा जिन्दगी बाँच्नेसम्मको वृति दिएको छ । यसलाई मैले राज्यबाट पाएको सम्मानको रुपमा लिएकी छु ।



६) तोकिएको मितिमा संविधानसभाको चुनाव नहुने भएको छ, तपाइको विचारमा यसो हुनुमा के कारण मुख्य हो ?

- तोकिएको मितिमा संविधानसभाको चुनाव हुन नसक्नुको मुख्य कारण राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति नहुनु नै हो । आपसमा सत्ताकै लागि खिचातानी हुनु, जनताप्रति दलहरु संवेदनशील नहनु नै सबैभन्दा मुख्य कारण हो ।



७) स्रष्टा र राष्ट्रको भविश्य कस्तो देख्नुहुन्छ ?

- स्रष्टा र राष्ट्रको भविष्य सही नेतृत्व पाउन सक्यो भने उज्ज्वल नै छ । म त्यति निराश भै हाल्नुपर्ने स्थिती देख्दिनँ ।



८) सिर्जनामा र्सजकका अहिलेका विषय सामाग्री के-के हुन् ?

- देशको समसामयिक यथार्थ नै प्रधन विषय हो । सिर्जनाका हरेक विषयसँग वर्तमान छोइएको छ ।



९) साहित्यका वाद र धारहरुमा तपाईँ कहाँनेर हुनुहुन्छ - तपाईँ आफ्नो लेखनीको आदर्श केलाई मान्नुहुन्छ ?

- साहित्यका वाद र धारमा म कहाँनेर छु थाहा छैन । म वाद र धारलाई त्यति पछ्याउँदिनँ । म आफ्नो लखनीको आदर्श मानववाद र जनतन्त्र, स्वच्छन्द प्रगतिशील नै हो । म साहित्यका वाद र धारमा त्यहीँनेर छु जस्तो लाग्छ ।



१०) तपाई नोबल शान्ति पुरस्कारको लागि पनि नोमिनेशनमा पर्नुभयो, शान्ति कै कुरा गरौं, देशमा शान्ति स्थापनाको लागि र्सजकहरुको पनि सिर्जनात्मक मोर्चाको आवश्यकता छैन ?

- हो, म नोवल शान्ति पुरस्कारको लागि मनोनयन भएकी थिएँ । देशमा शान्ति स्थापनाको लागि साँचो मन भएका र्सजकहरुको मोर्चा नै हुनर्ुपर्छ भन्ने होइन, र्सजक आफैंमा मोर्चा हो, उनीहरुको सिर्जनाले शान्ति ओकल्छ र जनताले चाहेको शान्ति वास्तविक रुपमा उनीहरुको कलमले बोक्छ भने उनीहरुको वीचमा सिर्जनात्मक मोर्चा र एकता आफैं बन्छ ।



११) राजधानी र मोफसलको दुरी लम्बिदैछ कि छोटिदैछ ?

- राजधानी र मोफसलको दुरीको कुरा गर्दा हामी स्वयंले बढाइरहेका छौं कि - एक पटक हामी मोफसलका र्सजकहरुले सोच्नर्ुपर्छ । मलाई लाग्छ, दुवै पक्षले एक अर्काको अस्तित्व नस्वीकारेकै कारण मोफसल र राजधानीको दुरी लम्बिएको हो । अबको पुस्ताले एउटा पुल बनेर त्यसलाई जोड्ने काम गर्न आवश्यक छ । तर नव पुस्ता त्यो खालको काम गर्ने पक्षमा छैन, ऊ आफैं ठूलो जान्ने ठान्छ । समस्या त्यहाँनेर पनि छ । त्यसैले सबै युवा पुस्ताहरुलाई म आहृवान गर्छुतिमी राजधानी पस तर घरजम गरेर त्यहाँ नबस किनभने विकेन्द्रित हुनुपर्छ ।



१२) तपाई पछिल्लो समयमा गजल सिर्जना र चित्रकारिताप्रति नजिक देखिनुहुन्छ,यसका प्रेरणा र आकर्षा के हुन् ?

- म एउटी साहित्यकी र्सजक हुँ, गजल पनि साहित्यकै एउटा विधा हो । मैले यो विधालाई पनि पछिल्लो समयमा अरु विधा जस्तै समात्नु कुनै अनौठो कुरा होइन । रहृयो चित्रकारिता, मान्छेका विभिन्न सौंखहरु हुन्छन् मेरो पनि चित्रकारिता एउटा सौंख बनेर आएको छ ।



१३) झमक घिमिरे साहित्यकला प्रतिष्ठान धनकुटामा भर्खरै स्थापना भएछ प्रतिष्ठानको उद्देश्य के हो ?

- हो, झमक घिमिरे साहित्य कला प्रतिष्ठान धनकुटामा स्थापित भएको छ । यसको मूल उद्देश्य मोफसलमा बसेका साहित्य, कलाका र्सजकहरुलाई एकै ठाउँमा ल्याएर साझा मञ्चको रुपमा स्थापित गर्ने नै हो । साथमा झमक घिमिरेको व्यक्तित्व र कृतित्वलाई व्यावस्थित गर्ने, मोफसलमा साहित्यिक र सांस्कृतिक गतिविधी गर्ने नै हो ।



१४) तपाईको भावी योजना र जीवनको लक्ष्यबारे केही जान्न सकिन्छ कि ?

- मेरो भावी योजना सबै पाठक, स्रोताहरुको सामु स्पष्टै छ म एउटा सिर्जना लागेर आफ्नो जिन्दगी बिताउन चाहने मान्छे हुँ । त्यसैमा समर्पित हुनु मेरो धर्म हो, अब जीवनको एउटै मात्र लक्ष्य छ कसरी आफु बाँचेको अर्थपर्ूण्ा बनाउने -



१५) अन्त्यमा, पाठकलाई के भन्नुहुन्छ ?

- नविनको निरन्तरताको कामना छ । राम्रा-राम्रा र्सजक र सिर्जना जन्माओस् शुभकामना । आम पाठकहरुलाई यही भन्न चाहन्छु तपाइहरुको गाली र ताली दुवै झमकलाई चाहिन्छ । तपाईहरु झमकबाट के चाहनुहुन्छ - प्रतिक्रिया अवश्य दिनुहोला । मनको कुरा खोल्न दिनुभएकोमा तपाइलाई धन्यवाद ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम