Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
शुभ साइतको प्रतीक्षामा (सीताराम नेपाल) - [2007-12-20]

म यात्राको भोको हुँ तर तपार्इँ पत्याउनुहुन्छ के - टेबुल रुङ्दारुङ्दै, जुम्रा हेर्‍या जसरी फाइल केलाउँदा केलाउँदै बित्यो मेरो जीवनको उर्वरता । साँच्चै भन्ने हो भने उमेरको डाँडामाथि बुढ्यौलीको पारो चढेर मलाई जीवनबाट घोक्रेठ्याक लगाउन कसरत गरिरहेको छ । सङ्र्घष्ाको क्रममा दिन प्रतिदिन म हार्दै गइरहेको व्यहोरा तीलचामले हुँदै गएको केशले चस्मदिद गवाह दिइरहेको छ । गन्ने नै हो भने गालाका चाउरिएका धर्सर्ााले उमेर चढेको बिनासङ्कोच परिचय दिन्छ होला ! तर आजसम्म मैले न यात्राको भोक मेटाउन सकेँ, न जीवनभरका प्यासी मेरा यी दर्ुइ आँखाले प्रकृतिका नवयौवनामाथि दृष्टि बिछ्याउन पायो । त्यस अर्थमा म साँच्चैको काकाकुल हुँ । घुम्न कसलाई मन लाग्दैन होला - एकनासे पट्यारिलो काम, उराठलाग्दो परिवेश, सायद गर्भैदेखि दैनिकी रुटिङ बनेर रहेको गरिबी र अभावको चक्रव्यूह तोडेर व्यक्तिगत, पारिवारिक र सामाजिक झन्झटबाट मुक्त भई स्वच्छन्दमा स्वतन्त्रतापर्ूवक रमाउन को चाहँदैन होला - हाम्रो देशजस्तो सानो संसारमा अटेको- तर्राई, पहाड, भित्री मधेस, उपत्यकाहरू, भञ्ज्याङहरू र विश्वमै प्रसिद्ध एवम् दुरुह हिमालय श्रृङ्खलाहरूका विभिन्न बान्कीका अनुपम रूप, रङ र सौर्न्दर्यमाथि मौका पर्नासाथ दृष्टिपात गर्न को पछि पर्ला र - एउटा सानो स्थानमा यस प्रकारका प्रकृतिका नयाँनयाँ छटामाथि नयन ओछ्याउन कसलाई रहर हुन्न र - भौतिक शरीरले नसके पनि भित्री मनले हिमालसँग अङ्कमाल गर्न कसलाई रहर नलाग्ला र - संसारभरिका मेसिनसँग खेलेर अघाएका, भौतिक विकासका कृतिम यन्त्रहरूको एकोहोरो करकस आवाज वरिपरि रहेर वाक्क दिक्क भएका मानिसहरू, पैसाको लागि अहोरात्र काममा जोतिएर जीवनदेखि नै विरक्तिन पुगेका, कारणवस मानसिक तनावमा डुब्दै गएका समेत संसारको जुनसुकै कुनाका जस्तासुकै मानिस किन नहुन् ती पनि नेपाली प्रकृतिका प्यारा छन् । हाम्रो प्रकृतिको कुमारीरूपी हरियाली डाँडाकाँडा र पाखापर्वतका चुचुरा चुम्न, विश्वकै सर्वोच्च अग्लो सगरमाथा, कञ्चनजङ्गा, मकालु, अन्नपर्ूण्ा, धवलागिरि, गौरीशङ्कर, मनास्लुलगायत विश्वमै चर्चित आठवटा उच्च हिमशिखरहरूको शिर चुम्न, रम्न र तिनकै काखमा विश्राम लिन, असङ्ख्य पिरामिडयुक्त हरियाली घुम्टो ओडेका पहाडका कापकापबाट मूल फुटेको अति चिसो र चोखो झर्नामा नुहाउन पाउँदा परमानन्द र परम् सुखानुभूति कसलाई नहोला - भौगोलिक क्षेत्रफलको दृष्टिले आँखाभन्दा सानो क्षेत्रमा संसारकै अति दर्ुलभ वस्तुहरूसमेत सबैथोक समेटिएर जतनकासाथ पालनपोषण गरिएका निख्खार चोखो कचौरारूपी काठमाडौँ, पोखरा, बनेपा, पाँचखाल, अरूणलगायतका उपत्याकाहरू, नागबेली परी उत्तरपर्ूवबाट निःसृत भई दक्षिणपश्चिम बगेका कोशी, गण्डकी, कर्ण्ााली, बागमतीजस्ता नदीहरूमा र्‍याफ्टिङ गर्न, पौडी खेल्न, पोखरी, दह, तर्राईका छातीमा भरिएका घना वनजङ्गलहरू रमण गरी, विश्वबाट हराउन लागेका जनावरहरू, चराचुरूङ्गीहरू र वनस्पतिहरूसँग साक्षात्कार गर्दै यस्ता अमूल्य निधिहरूको जन्मदाता, भण्डारक, पालक र संरक्षक रहेको यो देश मेरो हो भन्न पाउनु कम गौरवको कुरा होइन । संसारमा उहिल्यै नै ख्याति कमाउन सफल बुद्धभूमिको नागरिक हुन पाएको गौरव कसलाई नलाग्ला - तर खै त्यतातिर दृष्टि पुर्‍याउने समय मेरो - के मलाई समयले हेला गरेको हो - के म समयको सौतेनी छोरा हुँ त - अहँ आजसम्म मैले अफिसबाट घर, घरबाट अफिस लख्रकलख्रक एघार नम्बरको आफ्नै स्वचालित यानमा सवार हुनु सिवाय अर्थोकमा मैले आफूलाई उभ्याउन सकिनँ । यात्रा गर्नु त राम्रो लाग्यो भन्दैमा अर्काकी स्वास्नीलाई हर्ेर्नु जत्तिकै भएको भएकै छ मेरो जीवनमा । आफ्नै देश त हो नि । यही माटोसँग कहिले लुटपुटिँदै, कहिले लाप्पा खेल्दै भोक लाग्दा कहिलेकहीँ यही माटो -कमेरो) चाख्दै हर्ुर्केको हुँ नि भनेर कतै मैले आफ्नै माटोको अवमूल्यन गर्दै आफ्नै मनभित्र टाँस्सिएको आफूलाई केही नदेख्ने बानीले ग्रस्त भई यात्रा गर्ने सुअवसरबाट वञ्चित गराइरहेको छु कि क्या हो - 'नजिकैको तर्ीथ हेला' भन्ने ग्रन्थीले कस्ताकस्ता मै हुँ भन्ने दिग्गजहरूसमेत बसीभूत भइरहेको यो बेलामा मेरो मथिङ्गलको अँध्यारो र ठूलो भाँडोको अवचेतनामा माथिको वाक्यले घर गर्‍यो होला भनौँ भने, साँच्चै भनेको, सत्य धरोधर्म झूट बोल्या होइन, म यात्राको भोकै हुँ । यात्राको सर्न्दर्भमा कुरा गर्दा म हरिलÝक छिप्पिएर टाउकाको भुत्ला खुइँलिदै गएको, विभिन्न रोगको घर भएर परैदेखि ठुस्स गन्हाउने, जीवनभर बाख्रीको प्रतीक्षामा तड्पिइरहेको भद्रकालीको बोकोजस्तै हुँ तर छाडा हुन पाएको छैन, डामेर छाडेको साँढेझैँ । मौकै मिल्या छैन । मौका मिल्या भए पो मौकामा चौका हान्नु । श्रीमती र छोराछोरीहरू जहिले पनि नन्दीभृङ्गी बनेर नपुगी नागहरू गलामै बाँधिएर रहेका शिवजीजस्तै भएको छु तर उनी त देवहरूको पनि महादेव थिए र पो पार्वतीलाई छलेर मन लागेको बेला लुसुक्क अन्तरध्यान भई इच्छा लागेको रोज्जा स्थानमा यात्रा गर्न सक्ने पुरुषार्थ राख्थे ।



कहिले कृषिवालासँग रोजीरोजी पर्वतहरूका चुचुरा, थुम्का र काखमा, कहिले उपत्यकाका नागबेली परेका कन्चन, सफा नदीनाला र ताल तलैयाहरूमा डुबुल्की मार्दै, हरियाली फाँटहरूमा बर्ुर्कुसी मार्दै, त कहिले हिमशिखरका चुचुराहरूमा आउजाउ गर्न सकेका थिए । भाले खोज्न कुतकुतिएकी रोज्जा पोथी राजहाँससँग सेफोक्सुण्डो, रारा, फेवा, टौदह, नन्दभाउजुलगायतका ताल तलैयामा जलक्रीडा गर्दै रासलीला गर्न भ्याउँथे । श्रीमतीसँग बिरक्तिएको बेलामा श्लेस्मान्तककी सुन्दरी नवयौवना मृगिणीसँग पशुलीला गर्न शिवपुरीको जङ्गल साँघुरो भएमा चितवनको राष्ट्रिय निकुन्ज, शुक्ला फाँट, बर्दिया राष्ट्रिय निकुन्ज, कोशीटप्पु, सगरमाथा वा लाङटाङ राष्ट्रिय निकुन्ज आदि मनमोहक एवं परम् आनन्दित स्थानहरूमा मनमौजी ढङ्गले विचरण गरी मनलाग्दो आसनमा मोज गर्न भ्याउँथे । तर आफू त परियो कलियुगे, पिलन्धरे र हरिकङ्गाल, त्यसमा बालापनदेखि नै रोगले स्थायी बसोबास गरेको जर्ीण्ा शरीरमा एकाउन्न वसन्तले बाईबाई गरिसकेको डाँडामाथिको जीवनवाला । मानमाथि भुक्तमान भन्याजस्तो पैत्रिक आडभरोसा केही नभएको पारिवारिक जिम्मेवारी बडेमानको फलामे सिक्री बनेर, हातखुट्टादेखि गलामा मात्र होइन दिमागमै समेत पासो भएको भएकै छ । त्यतिले नपुगेर छ्यास्स छुस्स सामाजिक कामले पनि कहिलेकाहीँ यात्रा गर्ने मेरो पवित्र भावनामा ठेस लाग्ने गरेको छ । अरूका आँखामा एक भद्र मर्द, बाहुनबाजे, बजारुमैया र तिनका दलालका आँखामा घरपरिवारबाट एकोहोरिएको कहीँ नभएको बज्रस्वाँठ ! यात्राको रहरबाट थालिएको गन्थनमा श्रीमतीको कहर किन कोट्याएको होलाजस्तो लागेन तपार्इँलाई - मेरो मनखुसी भ्रमण गर्ने महìवाकाङ्क्षामा तातोपानी खन्याउने नाइका उनी नै हुन् । अनि उनको महिमा नगाई कसको गाउनु मैले । अझ खाँट्टी कुरा 'जता ओरालो उतै पानी' भनेझैँ बाटाघाटामा स्कुले मिनिर्स्कर्टमा सजिएका स्कुले नानीहरूले आँखा झिम्क्याएझैँ महिनावारी खल्तीमा भित्रिन नपाउँदै पसलमा उधारो भर्न पुगिहाल्ने आम्दानीले ब्रेक लगाएको लगायै छ । कस्तो बुद्धु परियो भने- न त वहाना बनाउन नै सकियो, न नभएको कुरा बनाउने कला नै जानियो । कतै यसो काजसाज मिलाएर ठाउँ र्सन सकिन्थ्यो कि - तर माथिको दर्ुर्गुणले घर गर्‍या भुत्ते दिमागमा कोइलीको फुल चोर्ने कागको अक्कल कहाँबाट पसोस् - दिमागमा त्यस्तो चङ्ख बन्ने तìव छिराउन सक्ने औषधि र अप्रेसन गर्न पनि यतिन्जेल असम्भवकै कुरा पर्‍यो । 'सोझै रोजै' जहिले पनि घाम डुब्यो कि सडकका दोबाटा चौबाटामा बिछ्याइएका भोका आँखाहरूलाई प्रतीक्षा गरे एक दिन फल अवश्य पाइन्छ भन्दै लमक्लमक् घरतिर लुखुरलुखुर लाग्ने नामर्द पुरुष भइयो । त्यसैले मेरालागि यात्रा गर्ने कुरा त पेरुङ्गाले मुख थुनिएको भोको गोरु चरेर अघाउनेजस्तै भयो । हुँदाहुँदा अब त यात्रा गर्ने मनको रहर बन्यो कष्टकर कहर । अनि यात्रा गर्ने कुराको बाह्रसत्तरी गफ गरे पनि अधुरो सपना छातीभरि पालेर कुवाको भ्यागुतोझैँ कुवामै थच्चिएर रहन बाध्य भएको छु । फेरि बात चाँहि नलागोस् नि ! म काठमाडौँ भ्याली नछोड्ने व्यक्ति चाहिँ होइन है । आफ्नो घर नै भ्याली बाहिर पर्‍यो । अनि त कसरी काठमाडाँैंमै लिसोझैँ टाँसिएर रहन सकियो र ! काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने पनि र्सर्ूयविनायक, गोदावरी, दक्षिणकालीजस्ता कुनाकाप्चा एकाध पटक बिटुल्याइयो होला नत्र त सुन्दरीजल कुन चराको नाम हो थाहा छैन । बागमती नदीको पवित्र मुहान् बागद्वार कहाँ पर्छ त्यसको अत्तोपत्तो छैन । एकपटक नगरकोट र नागार्जुनको टुप्पाको जामाचो छोइयो । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिमको भौगोलिक सीमास्तम्भ बनेको चम्पादेवी, चन्द्रागिरि, थानकोटडाँडा, उत्तरी किल्लाशिवपुरी, पर्ूवदक्षिणको फुलचोकीले नपुङ्सक रहेछस् भनेर मलाई खिज्याइरहेका छन् । पटकपटक साँगाभन्ज्याङ र नागढुङ्गा ओहोरदोहोर गरेर नागढुङ्गाको नजिकै रहेको भीमढुङ्गा र साँगाभन्ज्याङको सहोदर जुम्ल्याहा नाला भन्ज्याङले अरूले सम्झेको भए पो तैँले सम्झन्थिस् भनेर बडो उपेक्षा भावले व्यङ्ग्य हानिरहेका छन् । विदेशीले बनाइदिएका हाइवे सडकमा मोटरबाट ओहोरदोहोर गर्न थालेपछि युगौँयुगदेखि पुस्तौँपुस्ताले नेपाल खाल्डो आउजाउ गर्ने यी र यस्तै काठमाडौँ उपत्याकाका अन्य भन्ज्याङहरू मर्नेबेलामा आफ्नो प्यारो सन्तानले छाडेर गएको एक्लो बूढोमान्छेजस्तो रुनसमेत नसकेर शोकमग्न भइरहेझैँ देखिएका छन् । मलाई भने यो सबै महसुस गर्ने कहाँ हुन्छ र फर्ुसद ! काठमाडौँको उत्तर कुनामा रहेको ऐतिहासिक स्थल जीतपुरफेदी त कसले सम्झया होलान् र मेरो दिमागमा चढोस् । त्यही डाँडानेरको टोखा बजारको चाकुले काठमाडौंं भ्याली मात्र होइन बाँकटे हानेर बाहिरसमेत मानिसहरूका मुख स्वादिलो बनाइरहेको छ एकोहोरो तर हामीमध्ये कतिलाई त्यस्तो मीठो चाकु कहाँ बन्छ भनेर सोच्ने, सोध्ने फर्ुसद होला र ! कतिलाई टोखाको नाम थाहा भए पनि बारम्बार बूढानीलकण्ठ नारायणस्थानको यात्रा गर्नेले त्यही नजिकको डाँडाको नाकैनेरको टोखा बजार नटेक्ने गरेको देख्दा टोखाको मन कति भाँच्चिएको होला हामीप्रति ! मैले चाँहि एकाधपटक काठमाडौँको दक्षिणको सिमाना छैमलेसँग साक्षात्कार गरेको भए पनि निक्कै स्वादिष्ट कहलिएको दक्षिणकालीको खुवा चाख्ने स्वास्थ्य रहेन मेरो । त्यस्तै उहिल्यै पढ्दा मुखभरि पानी आएको फर्पिङको नासपातीको स्वाद लिने समय नै छुट्याउन सकिन मैले । दक्षिण सीमालाई धाप मारेकोदेखि काठमाडौँकै उत्तरपर्ूर्वी सिमाना लप्सीफेदीले आफूलाई सौताको छोरो ठानेर ठुसुक्क ठुस्किरहेकोझैँ लागेको छ । बरु धर्मभीरुको सन्तान भएकोले होला साँखु -साली नदी), त्यहीँको बज्र जोगिनी, ललितपुरको बज्र वाराहीँचाँहि गएको छु । यी स्थानहरू कतै देवीको दर्शन गर्न र पिकनिक मनाउन त कतै वनभोज खान गएको मात्र हो । दिमागमा कुनै न कुनै बोझ लिएर हिँडेको मात्र हो । सबैबाट फुक्का भएर निस्पिmक्रीसँग यात्राको रसास्वादन गर्न होइन । त्यस्तै वर्षो एकाधफेर काठमाडौँबाट चितवन उपत्यका ओहोरदोहोर त गर्‍या छु नि ! सानो कचौराको पानी ठूलो कचौरामा पर्‍याजस्तै । त्यसैले यो सम्झनाले त मलाई भोको पेटमा अमिलो खाँदा झन् भोक जाग्या जस्तै हुने गर्छ । यो त माइतीघरबाट कर्मघर, कर्मघरबाट माइती गएको जस्तै भयो, होइन त ! नाकमा नत्थी लगाई कर्तव्यको बोझ बोकेर आउजाउ गरेको मात्र न हो । यसले यात्रा गर्न नपाइ भोकाएको तिर्सनामा झन् प्यास थपिदिन्छ मलाई । नाकको सोझो यति घुमाइलाई यात्रा गरेको परिभाषामा घान हाल्नु त मलाई सोह्रै आना घोर अन्याय गर्नु ठहरिन्छ है । यो एक्काइसौँ शताब्दीको जमानामा माखाको पित्कोमा समेत गणना नहुने पानी पँधेरो बनेको घुमाइ केको घुमाइ - त्यसैले यात्रामा निस्कन शुभ-साइतको प्रतीक्षा गरिरहेको छु । '





सीताराम नेपाल

from: Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम