Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
संविधान सभा कुन चराको नाम हो भनेजस्तै नहोस (दयाकृष्ण राइ/वेल्स, कार्डिफ) - [2007-12-25]

म कुनैपनि राजनीतिक विश्लेषक होईन र कुनै राजनीतिज्ञ पनि होईन । कुनै समयमा राजनीतिक पार्टी आवद्ध भएर काम गरेतापनि अहिले भने कुनै पार्टी सक्रिय भएर लागेको र्छुइन । तर पनि देशको बिद्यमान अवस्थाप्रति गम्भिर रुपमा चासो राख्ने ब्यक्ति हुँ । म साहित्यकार भएको नाताले पत्रिकाका सम्पादक मित्रहरुले साहित्यिक लेख रचनाहरु माग्नु हुन्थ्यो । तर कहिले काहिँ सहित्यिक विधालाई छाडेर देशको राजनैतिक अस्थिरता र कुर्सी मोहले नेताहरु बीच एक आपसको खिचातानीले देश अन्योलग्रस्त मार्गमा उन्मुख हुन्छ त्यस वेला केहि आफनो बिचारहरु लेखी टोपल्ने गर्छु ।



हुन त मेरो बिचारमा कुनै दर्शन छैन । नितान्त व्यत्तिगत धारणा मात्रै भएकोले प्रवुद्ध पाठकहरुलाई हल्का फुल्का हुन सक्छ । मैले कोट्टयाउन लागेको सर्न्दर्भ चाहि आगामी चैत्र महिनामा सारिएको संविधान सभाको बारेमा हो । संविधान सभा भनेको म जस्ता समान्य व्यक्तिहरुको लागि ठोस पदार्थ हो या तरल पदार्थ हो अथवा खाद्य पदार्थ हो यसबारे अनभिज्ञ छौं । कतिपय संविधानविद र बुज्रुकहरुको पनि आफनै आफनै विश्लेषण छ । उहाँहरुको विश्लेषणपनि अन्धाहरुको जमातमा हातीलाई छामेर हातीकोबारे वर्णन गरेझैं लाग्न थाली सकेको छ । इण्डियन आईडलको ब्यापक चर्चाले संविधान सभाको चुनावलाई ओझेलमा नपारेको पनि हैन । संविधान सभाको चुनाव कहिले सम्पन्न हुनु पर्ने र यो कति पटक सरियो भन्नेबारे हामी सबैलाई सर्वविदितै छ । २००९ सालमा राजा त्रिभुभनले संविधान सभाको घोषणा गरेर २०१७ सालमा राजा महेन्द्रले नयाँ कोशेलीको रुपमा निरङ्कुस पञ्चायती व्यवस्था जनताहरुको हातमा थमाई दिएझैं यस्तै अनिष्ट हुने त हैन - भनेर हामी सवै नेपालीहरुमा आशंका उत्पन्न हुनु स्वभाविक हो । जनआन्दोलन भाग दुइको सफलता पछि नेपाली राजनैतिक क्षितिजमा नयाँ बिहानी उदाएको महसुस गरेका हामी नेपालीहरु मIओवादी प्रति ज्यादै आशावादी थियौं । र अझैपनि आशावादीनै रहनु पर्छ । माओवादीहरु भुमिगत अवस्थाबाट सतहगत भए पछि उपत्यकामा प्रथमपल्ट बृहत आमसभा सम्पन्न भयो । म पनि त्यो विशाल आमसभाको जनसागरमा सहभागी थिए । रत्नपार्क देखि टुडिखेल सबै खुल्ला थियो घोडे जात्राको बेला सैनिक बर्दीले सुसज्जित शाही सेनाका छोटे सरकारहरुको तडक भडक देखिने टुडिखेल भित्र समान्य हामी जस्ता भाषण श्रवण गर्ने श्रोताहरुले पाईला टेक्ने मौका मिलेकोले त्यो दिन म कता कता आन्तरिक्षमा पाईला टेके जतिकै हषिर्त थिए ।



राजा आशिन भएर शाही सलामी ग्रहण गर्ने सहिद मञ्चमा आक्रोसित हुल चढेर राजदण्ड भएको झण्डा लगायत अन्य शाही निशानी भएका चिजहरु तोडफोड गर्न लागेपछि माओवादीकै स्वयम सेवकहरुले त्यो मञ्च तर्फ जानाका लागि रोकावट गरेर सुरक्षा गरिरहेका थिए भने बर्दीमा सजिएका नेपाल प्रहरीका जवानहरु पनि हामी जस्तै दर्शकको रुपमा टुलु-टुलु हेरिरहेका थिए । सधै एक आपसमा भेट भएपछि बन्दुक उर्ठाई हाल्ने यो दुइ समुहले त्यस दिन सहकर्मी भएर बृहत आमसभा सम्पन्न गर्न तल्लीन थिए । प्रहरी जवानहरु निश्चित ठाउँमा मात्रै खटिएका थिए भने माओबादीका स्वयम सेवकहरु यत्रतत्र छरिएर कसैले पानी बितरण गरिरहेका थिए भने कसैले भिड नियन्त्रणका लागि बाटो देखाई रहेका थिए । यो कृयाकलाप देखिपछि मलाई ज्यादै सुखानुभुति र देशमा शान्ति छाएको अनुभुत भएको थियो । त्यस बृहत आमसभाका प्रमुख बत्ता कामरेड महरा थिए । र उनले आफनो भाषणमा साथीहरु हो अव हाम्रो देश नेपाललाई हाम्रा श्रद्धेय कामरेड प्रचण्डको नेतृत्व खोजेको छ । र उहाँको नेतृत्वमा हामीले हाम्रो देशको मुहार फेरेको देख्न पाउने छौं भनेका थिए । जुन बेला कमरेड प्रचण्ड भने र्सार्वजनिक भएका थिएनन । कामरेड प्रचण्ड कस्ता होलान कहिले र्सार्वजनिक हुने होला मलाई मनमा जिज्ञासा जागेर आयो । केहि दिनको पर्खाई पछि २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा र्सार्वजनिक भए । टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रसारण गरकोले मैलै आखा चिम्म नगरि प्रचण्डलाई हेरे अन्तमा उनले पत्राकारहरुलाई अन्तरवार्ता दिएको प्रथम पल्ट सुनेपछि म उहाँको अभिव्यत्ति र व्यत्तित्वले ज्यादै प्रभावित भए । कामरेड महराले भाषणमा भनेको कुरा स्मरण गरे, हाम्रो देश नेपाललाई कामरेड प्रचण्डको नेतृत्व खोजेको छ । यो कुरा शत प्रतिसत सत्य लाग्यो मैले पनि र्समर्थन जनाए । नेता भनेको त यस्तो पो हुनु पर्छ अव भने नेपाल देशले पक्कै सच्चा नेता पाएछ भन्ने लागेको थियो ।



तर अन्तरिम सरकार गठन भएपछि माओवादीको पनि सरकारमा सहभागीता भयो । त्यस सरकारको नेतृत्वको लागि गिरिजा वावुकै नेतृत्व अपरिहार्य भएको बताएपछि म दङग परे । जो व्यत्तिले आफु भुमिगत भएको बेला रेर्डकर्नर नोटिसमा नाम दर्ता गराएर टाउकोको मुल्य तोकेका थिए । उनै व्यत्तिको नेतृत्व अपरिहार्य हुनुमा मलाई लाग्यो सधै प्रचण्डजीको बत्तव्यमा विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको कडा बिरोधमा बोल्ने गरेपनि यीनीहरुकै त्रासले गिरिजा वावुलाई नेतृत्व प्रदान गर्न उपयुत्त ठानेको हुनु पर्छ । माओवादीको सांसदबाटै गणतन्त्र घोषणा गर्ने माग पुरा नभए पछि सरकारबाट बाहिरियो । अहिले फेरि प्रचण्डजीले संविधान सभाको निर्वाचन आगामी चैत्र महिनामा हुने आश्वासन दिईरहनु भएको छ । फेरिपनि माओबादीको संबिधान सभा र गोलमेच सम्मेलनको पुरानै माग दोहर्‍याउन थालेका छन । यहि दुइवटा बिषयलेनै दुइ दुइ पटक बार्ता भङ्ग भएर माओवादी जङ्गल पसेका थिए । मैले सुनेको थिए सन १९४७ सालमा भारत ब्रिटिश सम्राज्यबाट स्वतन्त्र हुने बेला गान्धीलाई च्यगलम त्बदभि ऋयलाभचभलअभ मा बेलायत बोलाईएको थियो । र गान्धी बेलायतमा आएर च्यगलम त्बदभि ऋयलाभचभलअभ मा सहभागी भएर भारत स्वतन्त्रको लागि छलफल गरि भारत स्वतन्त्र भएको थियो रे । मलाई लाग्छ यहि च्यगलम त्बदभि ऋयलाभचभलअभ लाई नेपालीमा रुपान्तर गरेर गोमेच सम्मेलन भनिएको हुनु पर्छ । गान्धीजीले त च्यगलम त्बदभि ऋयलाभचभलअभ मलेर भारत स्वतन्त्र गराएर पनि ६० वर्षपार गरिसक्यो । अव हाम्रा श्रद्धेय कामरेड प्रचण्डजीले गोलमेच सम्मेलन गरेर सारा नेपाली जनताहरुलाई लोकतान्त्रिक गणतन्त्रको उपभोग गराउने हुन या के गर्ने हुन गर्भमै लुकेको छ । अहिले सम्मको माओवादीको कृयाकलापलाई सुक्ष्म विश्लेषण गर्दा सतहगत भए पश्चात सतहमै तैरिरहेको अनुभुत हुन्छ । यसरि जनभावनालाई कदर नगरि यहि क्रम जारी रहेमा गोलमेच सम्मेलन, संविधान सभाको निर्वाचन नेपाली जनताहरुको लागि कुन चरिको नाम हो भनेझैं नहोस ।





दयाकृष्ण राइ

वेल्स कार्डिफ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम