Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
लाहुरे दाइको संग्रह-सोख - [2007-12-26]

ललितपुर, एक युवक सोमबार बिहान कुसुन्तीस्थित घरको बुइ“गलमा पेन्टिङ सरसफाइमा तल्लीन थिए ।

त्यसमा कैफियत रहलाझैं गरी नजिकैबाट नियालिरहेका थिए- मानबहादुर बुढा ।



५१ वर्षो पूवलाहुरे सरसफाइ नियाल्ने जागिर खाइरहेका थिएनन् । उनी आपmना संग्रहका ती कृति टल्काउन भान्जाको सहयोग लिइरहेका थिए । बुइ“गलमा र्



दर्जनौं पेन्टिङ र तस्बिर छन् जुन उनले विभिन्न प्रदर्शनीबाट किनेका हुन् ।



रोल्पा जेदबाङ गाउ“का मानबहादुरको सोख पेन्टिङ र तस्बिर संग्रहमा मात्रै सीमित छैन, पुस्तक पनि घरमा उत्तिकै थुपारेका छन् । पेन्टिङ, तस्बिर र पुस्तकप्रेमको यो यात्राले दस वर्षपार गरिसकेको छ । सन् १९७४ देखि २२ वर्षबेलायती सेनामा रहेका बेला कला-सभ्यता संरक्षण सिकेको उनी बताउ“छन् ।



कुसुन्ती घरमा मात्रै होइन, पुलचोकस्थित दुइ कार्यालय पनि उनको यो संरक्षणमोह देख्न सकिन्छ ।



उनका संग्रहका सयौं पेन्टिङ र तस्बिरका विषय बालबालिका र महिलाकेन्द्रित छन् । सोख पूरा गर्न १५ हजार रुपैया“सम्म लगाएर चित्र किनेको उनी बताउ“छन् ।



स्रष्टालाई प्रोत्साहन गर्न पनि किनेको, उनी भन्छन्- सहयोगका लागि आयोजित प्रदर्शनीबाट बेसीजसो किन्ने गरेको छु ।



अहिले ब्रिटिस गोर्खा ओभरसिज म्यानपावर र गोर्खा मल्टिस्किल प्रालिका सञ्चालक रहेका मानबहादुरका संग्रहमा सानी नानीले आफूभन्दा ठूलो डोकामा घा“स ल्याएको, भाइलाई बोकेको, गिट्टी कुट्दै गरेका लगायत पेन्टिङ छन् ।



संग्रहका कतिपय तस्बिरलाई उनले हासेको फोटो शीष्ाकमा राखेका छन् । तिनमा संगीतकार नातीकाजी, राष्ट्रकवि माधव घिमिरे, गायिका आनी छोइङ डोल्मा र कविता आले, लोक संगीतमा सक्रिय सुवि शाहलगायतका मुहारचित्र छन् । 'फोटो कवि कुमार आलेको मुस्कान तस्बिर प्रदर्शनीबाट यी ल्याएको हु“, उनी सुनाउ“छन् ।



घरको दोस्रो तलालाई उनले पुस्तकालयको बान्की दिएका छन्, जसमा विभिन्न विधाका ७ सयभन्दा बढी कृति छन् ।





प्रतिमा बाँस्कोटा

kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम