Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
कवि युद्धप्रसादको शताब्दी वर्ष (मोदनाथ प्रश्रति) - [2007-12-29]

म योद्धा

म झुक्न नजानेको कंकाल



म देशवासीको प्रतीक



म आगो बाल्ने मन्त्र



म स्वतन्त्र



भोगिसकेको सुख-दुःख



म सुकेको रूख ।



जीवनको उत्तर्रार्द्धमा सुकेको रूखलाई प्रतीक बनाएर आफ्ना जीवनको ध्येय प्रस्तुत गर्ने कविवर युद्धप्रसाद मिश्रका शब्द हुन् यी । युद्धप्रसाद अर्थात् सामन्तवाद र निरंकुश राजतन्त्रविरुद्ध सबभन्दा सशक्त कलम चलाउने बूढो पुस्ताका कवि । कठिन जेलयात्रा र लामो निर्वासनको हन्डर खा“दै लोकतन्त्र, गणतन्त्र र समाजवादका पक्षमा निरन्तर आवाज घन्काउने स्रस्टा । जनताको विजयप्रति अटल र अपराजेय भावनाका उद्घोषक युगद्रष्टा । राणाकालदेखि ०४६ को आन्दोलनमा अथक संर्घष्ा गर्ने उनका टक्करको अर्को साहित्यकार को छ र -



विसं १९६४ मा जन्मी ८३ वर्षो संर्घष्ामय जीवनका योद्धा मिश्रको शताब्दी वर्षहो यो । अहिले गणतन्त्रका नारा घन्काउने युवा र अधवैंसेहरू जुनबेला जन्मेकै थिएनन् या भर्खर गुच्चा खेल्दै थिए, उनले लेखे-



वितण्ड ढोल वेसुरा फुटाउने म दण्ड हू“



विनाशको जरो उखाड्ने महा प्रचण्ड हू“



बनेर अग्नि युद्धको ढलाइदिन्छु विक्रम



मिशाल हू“ म पक्रने बिना लगामको हय ।



-भावी सहिद, २०२२)



आकांक्षाले नृपतिहरूका लाउने मुण्डमाला



ऐलेलाई बुझ अभयको हू“ म यौटा दिवाला



देख्ने यौटा विपरीत दिशा आजको नेत्र ताजा



तोड्ने ताला महलहरूका झोपडीको म राजा ।



-आए“, २०२८)



यसखाले कविता उनले त्यसबेला लेखे, जहिले उनको सिंगो परिवार भारत निर्वासनमा थियो । दर्ुइ छाक गुजाराको साधन नहु“दा छोरा अरुणप्रकाश र भाइबहिनी मिली वनारसका सडक र चोकमा चटक देखाई आफूले बनाएका दन्तमन्जन र घरेलु औषधि बेचेर वर्षौंसम्म संकट टारे । क्रान्तिकारी पिताको स्वाभिमान र ध्येय निम्ति त्यस्तो हिम्मत गर्ने सन्तति धन्य हुन् । अरुणप्रकाश पनि बाबुजस्तै स्पष्ट दृष्टिकोणका साहित्यकार हुन् । उनका दर्ुइ पुस्तक प्रकाशित छन् ।



युद्धप्रसादले कुनै स्थापित विद्यालयमा उच्चशिक्ष्ँाको अवसर पाएका थिएनन् । उनले आमाबाट अक्ष्ँर चिनी मावली हजुरबा र घरमै आउने शिक्षकबाट संस्कृत पढे । संस्कृतका उत्कृष्ट काव्य नाटक अध्ययनले उनको भाषा सुसंस्कृत हु“दै गयो । डेढ वर्ष उमेरमै बाबु गुमाएका मिश्र, बाइस वर्षा आमा गुमाउ“दा ठूलो पीडा र संवेदनाको भु“मरीमा परे । पारिवारिक जीवन अस्तव्यस्त भयो । यी सबैले उनको चिन्तन र प्रवृत्ति साहित्य सिर्जनातिर अघि बढ्यो ।



आर्थिक संकटले उनले नँैसिन्दाको जागिर खाए । भीमशमशेरको दरबारमा बहिदार बने । त्यसले कुनै भरथेग नभएपछि घरकै सम्पत्ति सञ्चालनबाट काम चलाउन थाले । राणाशाही व्यवस्थाको हिंसात्मक चरित्र र समाजका पण्डितहरूको पशुबलि- प्रवृत्ति देखेर बाइसको उमेरमा मिश्रले \'अहिंसा पर््रार्थना\' खण्डकाव्य रचे । हिंसाविरोधी विचारलाई खतरा ठान्ने राणाशाहीले काव्यको मूल प्रति खोसेर जलाइदियो । आफ्नो पहिलो कृति त्यसरी सहिद हु“दा उनले केही समय कलमै बिसाए ।



१९८७ को पुस्तकालय काण्डमा लक्ष्मीप्रसाद देवकोटालगायतका युवा दण्डित भएको र ८८ मा प्रचण्ड गोर्खाको दमनपछि जागरुक व्यक्तिमा नया“ तरंग देखापर्न थाल्यो । युद्धप्रसादको कलम पनि सल्बलायो । गोरखापत्रमा \'विद्यार्थी शिक्षा\' शर्ीष्ाक उनको कविता पहिलोपालि छापियो । जागरणको नया“ परिवेशमा केही कवि लेखक परम्परागत आदर्शवादी सोचबाट मुक्त भई स्वतन्त्र चिन्तन र कल्पनाप्रधान स्वच्छन्दतावादतिर मोडिन थाले । देवकोटा र सिद्धिचरण आदि समाहित त्यसै धारामा युद्धप्रसाद पनि सामेल भए । त्यस चरणमै उनका \'चरखण्डीको खोंच\', \'जावीको चरा\', \'कवि\', \'र्सर्ूयघाटमा\' जस्ता कविता चर्चित हु“दै गए । \'नौ बज्यो\' कवितामा उनको त्यो नया“ शैली यसरी व्यक्त भयो-



जगत सुन्दर यो दरबार छ



हृदय सुन्दरले भरमार छ



विभवको कटुता तरबार छ



म कविको कविता सरकार छ ।



१९९७ को सहिद काण्डले कवि, कलाकार, बुद्धिजीवीको चिन्तन र चेतनालाई ठूलो झट्का दियो । कल्पनावादी स्वच्छन्दतावादबाट उनीहरू यथार्थवादी कटु संसारतिर उत्रन थाले । मिश्रको कलमले पनि नया“ बाटो समाउ“दै लेख्यो- \'खोजी गर्दछ एक विश्व अरू नै पागल बनेको कवि ।\' त्यसपछि लेखिएको \'पुनर्मिलन\', \'शुक्रराजको फा“सी\' जस्ता कथामा सामाजिक यथार्थवाद र व्रि्रोह भावना व्यक्त भएका छन् ।



कथा-कविताले कविको भावनात्मक भोक त मेटिन्थ्यो तर परिवारको भोक मेटि“दैनथ्यो । वाध्यतावश कवि फेरि २००० सालमा वीरगन्ज र्सकल अफिसमा सुवेदारको जागिरमा पुगे । उनको भावना लोकतान्त्रिक आन्दोलनतिर गा“सिंदै गएको थियो । फलस्वरूप २००४ देखि उनी दर्ुइ वर्षकठोर कारागारमा राखिए । २००८ पछि उनले खरदार र सुब्बा पदमा जागिर खाए । तर २०१७ को काण्डपछि उनले नोकरीमात्र छोडेनन्, निरंकुश व्यवस्थाविरुद्ध ०१८ मा सपरिवार वनारस गई निर्वासित जीवन बिताउन थाले । त्यसपछि उनको कलम निर्भीक भएर ढोंगी पञ्चायती व्यवस्थाविरुद्ध मात्र होइन निरंकुश राजतन्त्रविरुद्ध खनि“दै गयो । सुरुमा उनी त्यहा“ नेपाली कांग्रेसका निकटवर्ती थिए । तर नेताहरूमा राजास“ग सम्झौताका प्रवृत्ति बढ्दै गएको देखेपछि उनी स्वतन्त्र लेखकका रूपमा कमल चलाउन थाले । अध्ययन र व्यवहारको क्रममा उनको वाम झुकाउ बढ्दै गयो र ०२८ मा उनी पुष्पलाल समूहको सांस्कृतिक मोर्चा \'नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघ\' का अध्यक्ष निर्वाचित हुन पुगे ।



त्यस समयतिर उनले \'मुक्तिरामायण, अरण्य काण्ड\' र \'मुक्ति सुदामा\' दर्ुइ खण्डकाव्य लेखे । राम वनवासलाई प्रतीक बनाएर लेखिएको मुक्तिरामायण निरंकुश व्यवस्थाद्वारा निर्वासित क्रान्तिकारीहरूको भावनात्मक प्रतिबिम्ब थियो । पौराणिक सुदामा कृष्णले दिएको महलमा बसेका थिए तर मिश्रका सुदामा पत्नीले कति आग्रह गर्दा पनि त्यस महलमा जान मान्दैनन् । युद्धप्रसादजस्ता हस्तीलाई पनि फकाउने दुस्साहस गर्दै राजाका दूतहरू वनारस पुगेर ठूलो सम्मान र प्रज्ञाप्रतिष्ठान देखाउ“दै मिश्रलाई लोभ्याउन चाहन्थे । तिनैलाई लोप्पा ख्वाउन रचिएको थियो \'मुक्त सुदामा\' । मिश्रले कडा जवाफ दि“दै भने- \'म राजाका तबेलामा बा“धिएर घा“स खाने घोडा हैन ।\' त्यसपछिका युद्धप्रसाद आफ्नो समकालीन पुस्ताका कुनै पनि साहित्यकारले सोच्नसम्म नसक्ने गरी सामन्ती राजतन्त्र र साम्राज्यवादविरुद्ध खुलस्त रूपले कलम चलाउन र बोल्न थाले । उनको जोस पौराणिक रणचण्डी महाकालीको जस्तो स्वरमा गर्जन थाल्यो- \'आकांक्षाले नृपतिहरूका लाउने मुण्डमाला...\' आदि ।



उनले दार्शनिक रूपमा मार्क्सवादी भाषा बोल्न थाले-



\'निकै पुरानो इतिहासमा समाजमा वर्गहरूको उदय भएपछि जनशोषण गरेर मालिक वर्गको स्वार्थ पूरा गर्ने प्रक्रिया चालू राख्नकै निम्ति धर्मका नियम बा“धिएका हुन् र मानवको सृष्टिप्रतिको अज्ञान र सपनाका कल्पनालर्ेर् इश्वरलाई जन्माएको हो ।\' \'अचेल आधुनिकताको नाममा \'उद्देश्यहीन\' साहित्यको बाढी आएको छ । तर त्यस्ता साहित्यको उद्देश्य जनतालाई अन्योलमा पार्नु हो । आजको युगमा निम्नवर्गका जनतालाई राजनीतिक र आर्थिक पीडाको दलदलबाट मुक्त गराउने भूमिकामा भाग लिनु जनपक्ष साहित्यको उद्देश्य हो ।\'



समाजवादी ध्येयलाई लक्ष्य बनाएर कवि यसरी बोल्न थाले-



\'म भन्दछु समाजको गगन् पवन् बसुन्धरा



करोडको भलाइमा म तोड्दछु परम्परा ।\'



बाइस वर्षो निर्वासनपछि ०४० मा मिश्र नेपाल फर्के । बूढा कविको युवा साहित्यकार कलाकार र बुद्धिजीवीहरूको उत्साह बढ्दै गयो । उनले नेताहरूलाई फुटबाट मुक्त भई एकताबद्ध भएर निरंकुशतन्त्रविरुद्ध संर्घष्ा गर्न आग्रह गर्न थाले । उनलाई भेटेपछि समकालीन कवि, लेखक पनि जम्जमाउन थाले । प्रगतिशील लेखक संघले उनको भव्य अभिनन्दन गर्‍यो । \'शृङ्खला\' \'गरिमा\' लगायतका पत्रपत्रिकाले उनको विशेषांक निकाले । मिश्र सबैतिर लोकप्रियता र आदरको शिखरमा पुगे ।



०४६ चैत ३ मा मुखमा कालोपट्टी बा“धेर लेखकहरू धर्ना बस्दा उनी अग्रिम पंक्तिमा थिए । बयासी वर्षा ती जोदाहा लेखकलाई लतार्दै ट्रकमा हालेर थुना लगेको दृश्यले जनतामा ज्वारको सृष्टि भयो । ०४६ को संयुक्त जनआन्दोलनलाई विजयसम्म पुर्‍याउन सघाएर सांस्कृतिक साहित्यिक क्रान्तिका ती महान् अगुवा ०४७ फागुन ६ मा पञ्चतत्वमा विलीन भए । शवयात्राले लाखौं नेपालीलाई उनको अनुसरण गर्न प्रेरित गर्‍यो ।



०५२ मा सरकारले उनको सम्मानमा रु. ३ को हुलाक टिकट प्रकाशित गर्‍यो । उनको जन्मस्थल सिरुटारमा साहित्यकारले मिश्र स्मृति भवन र सालिक बनाएर क्रान्तिकारी प्रेरणाको अजस्र स्रोत स्थापित गरेका छन् ।





from

Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम