Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
राजकुमार दिक्पाल दाइलाई आतङ्कको छायामुनि पढेपछि (राजेश राई) - [2007-12-31]

धेरै पुस्तक किन्नेहरु मध्येमा म पनि हुँ। तर धेरै पुस्तहरु किनेर धेरै पढ्नेहरुमा चाहि म पर्दिन। कथा संग्रह मात्र करिव म सँग सयवटाको हाराहारीमा छ तर ती सवै अलि अलि पढेर थान्काएको छु। कुनै पनि संग्रह पुरा पढेको छैना। तर भर्खरै पत्रकार दाई सिद्धराज राईबाट एउटा कथा संग्रह हातमा पर्‍यो। अलि अलि पढेर छोड्ने वानी परे पनि त्यसलाई भने पुरै पढेर सिध्याए।



कुनै कुनै कथाहरु त तीनपटकसम्म दोहोर्‍याएर पढे। जीन्दगीमा पहिलो पटक कोर्ष वाहिरको कथा संग्रह पुरौ पढेर सकाए। यतिसम पढे कि म त्यही पुस्तक पढेर कुनै परीक्षा दिन लागिरहेको छु। जुन पुस्तक हो युवा पुस्ताका एउटा गर्विलो कवि तथा कथाकार राजकुमार दिक्पालको १४ कथाहरुको संग्रह आतंकको छायाँमुनिको छाया।



दिक्पाल दाइ पेशाले स्थापित पत्रकार हुनुहुन्छ। लामो समयदेखि अन्पुर्णपोष्टमा रहेर काम पत्रकारिता गरिरहनु भएको छ। दिक्पाल दाईसगँ व्यक्तिगत रुपमा चिनजान पछि भए पनि सिर्जनाका हिसाबले म उहाँलाई धेरै अघि देखि पढ्दै आएको हु। राष्ट्रिय स्तरका साहित्यिक पत्रपत्रिकाहरुमा उहाँका राम्रा र सशक्त रचनाहरु पढ्दै आएको थिए। पच्छिलो समयमा े एउटा कवि भन्दा पनि स्थापित पत्रकारका रुपमा चिने। पत्रकारिताकै दौरानमा पत्रकार दाइ सिद्धराज राई माफर्त दिक्पाल दाइसँग औपचारिक चिनजान भएको हो। सिद्धराज राई जो मेरो पत्रकारिता क्षेत्रमा आदरणीय अभिभावक हुनुहुन्छ । दिक्पाल दाई एउटा राम्रो कवि हुनुहून्छ त्यस रुपमा उहाँलाई म सम्मान गछु अम्क त्यो भन्दा बढी पत्रकारिता क्षेत्रमा उहाँ मेरो आदरणीय हुनुहुन्छ। धनकुटामा नै बसेर सिर्जना क्षेत्रमा लागेको हुनाले उहाँ माथिको चासो भएकोले होला आतङ्कको छायामुनि धेरै चोटी पढें। यिनै कारणहशरुले गर्दा दिक्पाल दाईका कथाहरु थेरै चोटी पढे।



कथाहरु सबै सशक्त र मी ा छन्। कथाहरु पढ्न शुरु गरेपछि नसकी छोढ्न मन लाग्दैन पुरै पढिसकेपछि फेरी दोहोर्‍याएर पढुँ लाग्छ। अझ यसो भनौं कुनै राम्रा फिल्म हेर्दा छोड्न मन लाग्दैन। आतङ्ककको छायामुनिको छाया काथा संग्रहका सबै कथाहरु पनि त्यस्तै छन्। यद्यपि यहाँनेर मेरो एउटा स्पष्टीकरण छ, यहाँ यसरी लेखिरहँदाम म कुनै समालोचक समीक्षक भएर दिक्पाल दाइको संग्रह बारे समालोचा या समिक्षा गरिरहेको छैन।खाली दिक्पाल दाईको कथा सगं्रह बारे साहित्य मन पराउने सर्जकहरुलाई एउटा जानकारी तथा सुचना बाढीरहेको छु। धनकुटामा नै दाईको घर भएकोले धनकुटा बसेका सर्जकहरुमा जानकारी दिक्पाल दाइ र दाइको सिर्जनासँगको सामीप्यताका साइनाहरु मात्र लेखेको छु।

निर्भिक, स्पष्टवक्ता र स्वाभिमानी दिक्पाल दाइको परिचय हो उहाँको कथाहरु पनि त्यस्तै छ। त्यतिकै सशक्त छन्। जसरी उहाँ व्यावहारिक जीवनमा स्पष्ट रुपमा विचार राख्नुुहुन्छ, कुरा लुकाउनुहुन्न उहाँका कथाहरु पनि त्यस्तै छन्। का माँडौ भए पनि धनकुटालाई बिर्सिनुभएको छैन। कथाहरु पढिरहँदा सबैलाई धनकुटा घुमेको महशुस हुन्छ।



उहाँको कथाहरुले धनकुटाको तल्लो कोप्चे,माथिल्लो कोप्चे घुमाउँछ, बिहीबारे डुलाउँछ भने ताङ्खुवा बञ्चरेकी रसमायाको संघर्षको कथा र पिडाको कथाले आँखावाट आँशु म्कारिदिन्छ। समग्रमा उहाँका कथाहरुमा धेरै स्थान र प्रसंगहरु जोडिएका छन्। शसस्त्र जनयुद्धताका राज्य र माओवादी पक्षबाट जनताले भोगेका पिडाका चित्रहरु रुकुबुङ्ग कथामा छ भने लिवाङ्ग २०६३ मा जनयुद्धका असरले सर्वसाधारण माथि परेको असरको क्यानभाष उतारेको छ। डुब्दो घामले प्रेम र विछोडको पीडाको अनुभूति उतारेको छ। जे होस सबै कथाहरु एकचोटी पढेपछि पटक पटक दोहोराएर पढु पढु लाग्छ। कथाहरु पढीरहदा साच्चैको सजिव जिवनको अनुभूति हुन्छ। भाषा शैली अत्यन्त मि ो छ। समग्रमा दिक्पाल दाइका कथाहरु मानवीय प्रेम, पीडा लिङ्गीयप, वर्गीय विभेदका कारणले उत्पन्न हुने समस्या, पीडा, द्वन्द्वले उब्जाएका समस्या नेपालीहरुको,आर्थिक,सामाजिक, राजनैतिक घाउहरुलाई चित्रण गरेर लेखिएको एक सशक्त दस्तावेज हो।

आतङ्कको छायामुनि कथा संग्रहले दिक्पाल दाइको सुन्दर भविष्य लागि उज्यालाृ बाटो कोरेको छ। उज्यालो सुन्दर भविष्य निर्माण लागि यो संग्रह कोशेढुङ्गा सावित भएको छ। दिक्पाल दाइलाई यो सुन्दर भविष्य र बाटो प्राप्तिका लागि बधाइ भन्दै आगामी दिनहरुमा यस्ता राम्रा,मी ा र सशक्त सिर्जनाहरुको लागि शुभेच्छ प्रकट गर्दछु। हामी पा कहरु यस्ता सशक्त सिर्जना पढ्ने चाहनाको दिपावली सल्काएर सँधै बस्ने छौं।





Janavishwas







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम