Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
सुकरातका पाइला र मेरो प्रतिध्वनि - [2008-01-03]

आफ्नै गतिमा गुडिरहेको पृथ्वीलाई धेरै पाइलाहरूले टेक्छन, छोडछन् । कोही किसान, कोही कर्मचारी, कोही शिक्षक, कोही डाक्टर कोही इन्जिनियर भएर जीवनको भूमिका समाप्त गर्छन । तर पृथ्वीमापर्दापण भएका साह्रै थोरै पाइलाहरूले मात्र पृथ्वीको गतिलाई छिटो पार्न सक्षम हुन्छन । यस्तै एक सत्यवादी दार्शनिक थिए सुकरात । यिनै महान दार्शनिकको नाममा डा. गोविन्दराज भट्टर्राईले लेख्नुभएको नौलो उपन्यासको नाम हो सुकरातका पाइला । बाँचेर त हरेक मान्छे मर्छ तर सयौ बर्षअघि मरेर पनि आजसम्म बाँचीरहने दार्शनिक सुकरातजस्तै नेपाली साहित्यको एउटा अमर उपलब्धि हो सुकरातका पाइला ।



उपन्यास मार्फत सुकरातको भूमिका पाएका विश्वविद्यालयका प्राध्यापक बोल्छन् यो जीवन प्रत्येक मानवको आफ्नै भारी हो, फेरि उसको आफ्नै गहना, यो प्रत्येकको आफ्नै रोग हो, फेरि उसको आफ्नै सुगन्ध पनि । जगतको चित्र केवल अध्यारो छैन । यो उज्यालो पनि छ ।



यस्तै उज्यालोको खोजीमा नेपाल अधिराज्यबाट स्वणिर्म सपनालाइ उर्जागर पार्न आइपुग्ने �� ाउँ हो कीर्तिपुर । कीर्तिपुर भाजंगलतिर कालुपाण्डेको सँ मात्र रूङदैन बरू टयाङलाफाँट तिर धेरै चिन्तनहरू पनि हुर्काउछ । नयाँ बजारमाथिको नीलो पहाड र बादलको लुकामारी मात्र हेदैन भत्केकोपाटी तिर बिद्यार्थी सपनालाई टालटुल पार्ने कोशिश पनि गर्छ ।



नेपाल अधिराज्यका धेरै पहाडी बस्तिझै नफक्रि गाँउको बासिन्दा अनन्त सुन्दर भविष्यको खोजमा एम.ए पढन का�� माण्डौ छिर्छ । ऊ का�� माण्डौ छिर्दा उसको पहाडी मन मात्र छिर्दैन त्यो मन भित्र राखेको पूणिर्माप्रतिको चोखो माया सँगै छिर्छ । धेरै-धेरै गर्नुपर्ने कुराहरूको लामो लिस्ट पनि उपत्यका छिर्छ । त्यो सुन्दर नर्फोक गाउँबाट उज्यालो भविष्यको खोजीमा निस्केको अनन्त कसरी प्लेटोले भनेसरी मान्छे हुनुको भ्रान्ति बाँच्छ्। कथित बिद्यार्थी राजनीतिको चंगुलमा कसरी फस्दै जान्छ । विस्मयका बोझहरू बिसाउने �� ाउँ नहुदा कसरी धरापमा पर्छ मान्छे । युद्धले कसरी उब्जाउँछ जीवनका वितृष्णाहरू । यी सबै कुराको लोभलाग्दो फेहरिस्त हो, \'सुकरातका पाइला । काल्पनिक पात्रहरू वास्तविक घटना दुघटनासँग उपन्यासमा यसरी बग्छन, कुनै उपन्यासको पाना होइन कुनै सुन्दर वृत्तचित्र हेरीरहेजस्तो अनुभूत हुन्छ ।

अनन्त: मसँग सधै रहने एउटा मन छ र चिन्तन गर्ने बानी परेको यो मस्तिष्क । यो कोरोपनलाई कहाँ कस्ले किनिदेला - म खेती गर्न चाहन्न , म पशु पाल्न चाहन्न, म अलैँची, सुन्तला, जुनार फलाउन चाहन्न, म यी कर्मबाट उम्किन चाहान्छु ।



सुकरात: यो देशमा को रहला यस्ता प�� ित जनशक्तिले माया मारेपछि ।



अनन्त, अब जीवन पनि मृत्यु सरह छ त्यसैले म यो देश छोडन चाहान्छु ।

अनन्त र \'सुकरात यी दुइ मुख्य पात्र मार्फ गोविन्द सरले समय र संभावना, अध्यारो र उज्यालो, चिन्ता र चिन्तनलाई अगाडि ल्याउनु भएको छ । अनन्त समयको वास्तविक डोब हो सुकरात सर उज्यालोको संभावना । तर उज्यालोभन्दा अँध्यारोले घेरेपछि,कसरी मृत्यु-पथ प्यारो हुन्छ मान्छेलाई उदाहरण बनेकी छिन पूणिर्मा । पूणिर्मा अन्ततः माओबादी छापामारमा लागेर युद्धमा जीवन गुमाउन पुग्छिन ।

अनन्त तिमी का�� माण्डौ जाने साल बरडाँडामाथि कति राम्रो लालपाती फुलेको थियो । त्यो देखेर तिमी सधै भन्थ्यौ - कति राम्रो लालुपाते फुलेको । हाँगाका टुप्पामा रातारात पातहरू उँभोतिर र्फकेर झुप्पो नुहेको हुन्थ्यो, बीचमा एउटा केन्द्रिय पराग कोषको पहेँलो टीका हुन्थ्यो । म सम्झन्थेँ म ती उदात्त र्फकेका रातापात हुँला तिमी अथवा तिमीजस्तै एक युवक त्यसमा सौर्न्दर्य थप्ने पहेँलो टीका ।

त्यो साल दसैताका आफ्नै आँगनमा एउटा लालपातीको सानो बोट रोपेकी थिएँ । कुनै बेला तिमी हेरौला जस्तो �� ानिरहेँ । आमाको रातो सारी देख्ता पनि त्यसकै झझल्को लाग्छ । तर म आज बरडाँडामा आफै सुकेकी लालपाती भएँ - हावाले हल्लाइरहयो, पानीले चुटिरहयो, घामले डढाइरहयो । सातपल्ट फेल भएँ, अब कहिल्यै हाम्रो भेट हुदैन होला ।



मेरो विचारमा कुनै पनि कृति अमर त्यतिखेर बन्छ जतिवेला आफ्नै अनुहारको छायाँ त्यो कृतिको अक्षरमा पा�� कले देख्न सक्छ । सुकरातका पाइला एउटा आकर्षक कथा भित्र उदधृत गरिएको त्यो समय हो जहाँ भन्दा पर केही पुग्न सक्दैन । मान्छेले चाहेर पनि समयलाई संपादन गर्न सक्दैन बरू समयले मान्छेको धेर-धेरै सपनाहरूको संपादन गरीरहेको छ । यही समयको साक्षी पात्र हो अनन्त । अनन्तको जीवन भोगाइ मसँग मिल्छ कि मेरो अनन्त सँग थाहा छैन । तर धेरै-धेरै मैले भेटेका साथीहरूले अनन्तको भोगाई आफ्नो भएको दाबि गरेको सुनेको छु । म सँग अपरिचित अरू कति-कतिले अनन्त आफू भएको घोषणा गरीरहेछन, म अनुमान मात्र गर्न सक्छु । यो उपन्यास पढेर जति पटक भावुक भएको छु, त्यति पटक गम्भिर पनि । आफ्नै कथा जस्तो लागेर कति पटक रोएको छु र धेरै पटक खुसीसाथ उपन्यास सिरानी हालेर निदाएको पनि छु ।

११ बर्षलामो माओबादी जनयुद्धको अवधि नेपालका खोलाहरूमा पानी मात्र बगेन, धेरै-धेरै आँसु र रगत पनि बग्यो । यही जनयुद्ध, दरबार हत्याकाण्ड, इराक घटना पछिको हिंसा, जुन हामी सबैले भोग्यौ त्यहि रेखाचित्र भित्र अनन्त, पूणिर्मा, बिक्रम, सुकरात, चित्राखर, भक्तमान, निशा, गोपी, निला, डेभिड जस्ता पात्रहरू उभिन्छन । उनीहरूले हाम्रै मन मष्तिस्कका कुराहरू बोलिरहेको प्रतीत हुन्छ ।



आजभोली बन्दुक पड्कन छोडेपनि, बारूदका गन्ध अझै छ माटोभरी । देशको नक्सामा आगोहरू बल्दै-निभ्दै गरेका छन अझै पनि । अनन्तको स्वरमा स्वर खापेर जीवन मृत्यु सरह छ त्यसैले म यो देश छोड्न चाहान्छु भन्नेहरू अझै कत्ति हो कत्ति छन् यो मुलुकमा । अहिलेका लाखौ युवाहरूमा स्वदेशभित्र केही गर्न सकिएला भन्ने विश्वास घटदो छ । भर्खरै प्रकाशित एक आँकडामा एक दिनमा नेपाल छाडेर विदेश जाने युवाको संख्या ५६१ जना पुगेको छ । तपाई म्यानपावर कम्पनि, एजुकेसन कन्सलटेन्टी वा त्रिभुवन विमानस्थल जहि जानुहोस् अनन्त नै अनन्त भेटनु हुनेछ ।



यस्तै हुनु र नहुनु, बनिनु र भत्किनु, जिउनु र मर्नुको नौलो ब्याख्या हो सुकरातका पाइला । युद्ध साहित्यजस्तो गंभिर विषयको जग्गामा उभिएर यो उपन्यास आर्श्चर्यपूर्ण तर आनन्दायी बनेको छ । शब्दमा शक्ति छ, शब्दमा संसार । यीनै मोहनी लाग्दा शब्दहरूको अभिब्यञ्जनाले सुकरातका पाइला अमर कृति बनेको छ । सिर्जनशिल ओज र उत्तरआधुनिक चेतनाले यो उपन्यासलाइ निकै अग्लो उँचाइ दिएको छ । उपन्यासको उत्तर्रार्धतिर अलिक बढि दर्शनको अंश परेकोले साधारण पा�� कलाइ फलामको च्यूरा बन्ला भन्ने डर बाहेक अन्य कमी कमजोरी केहि देखिदैन । गोविन्द सरका पूर्ववत कृतिहरू मुगलान र मणिपुरको चि�� ्�� ी ले झै यो उपन्यासले \'नारीलाई उच्च सम्मान दिएको छ । नारी यौवन र सौर्न्दर्यको पर्याय मात्र होइन चेतना र गाम्भिर्यको प्रतीक हो भन्ने कुरा उपन्यासमा पाइन्छ ।



एउटा लेखकलाई समयले लेख्छ, ऊ आफै त केही लेख्तैन भनेर डा. गोविन्दराज सरले भन्नुभएजस्तै हामीले भोगेका भोगाइहरू, हाम्रा जिजीविषा र आरोह-अवरोहका समीकरणलाई सरको शक्तिशाली कलमले आगामी दिनहरूमा सुकरातका पाइला सँगै पछ्याइरहनेछन् भन्ने विश्वास र तिब्र अभिलाषा प्रकट गर्दछु ।







उमेश अंकिचन

umeshakinchan@hotmail.com



---------------------------------------------------









नेपाली उपन्यास सुकरातका पाइला





निराशा सबै विषहरूमध्येको भयङ्कर डरलाग्दो प्राणघातक विष हो । यो उपद्रव मच्चाइरहने माओवादी र यस्ता दृश्य हेररिहने सरकार दुवै नालायक हत्यारा हुन्," नेपाली उपन्यास सुकर ातका पाइलाका यी हरफहरूले मलाई अझै पनि पछ्याइरहेका छन् । गोविन्दराज भट्टर्राईको पछिल्लो उपन्यास हो यो । नेपालको कहालीलाग्दो दसवर्षो द्वन्द्वका क्रममा विभिन्न साहित्य लेखिएका छन् । तर, यसलाई म युद्ध साहित्यको उत्कृष्ट नमुना भन्न रुचाउ“छु ।



सुकरातका पाइलामा धेरै पात्रहरू छन् । घर, पढाइ, विदेश र जागिर यी चौबाटामध्ये कही“कतै पुग्न नसकेको तर पुग्न प्रयास गररिहेको पात्र हो अनन्त । गाउ“देखि कर्ीर्तिपुरमा पढ्ने, जागिर खाने वा विदेश जाने सपना बोकेर बाबुआमा, दाजुभाइ, दिदीबहिनीका साथै प्रेमिका पूणिर्मालाई छाडेर आएको यो पात्र जङ्गल पस्न मान्दैन ।



गोपी मलाई अर्को असल पात्रजस्तो लाग्छ । रमाइलो के भने गोपी चितवनका मेरा साथी धनराज गिरी हुन् । उनका गजलहरू ठाउ“ठाउ“मा आइरहन्छन् । जीवित पात्रको उपस्िथतिले बेग्लै मज्जा दिएको छ । समग्रमा यो उपन्यासमा सिङ्गो मुलुक बोलेको छ, जनजीवन बोलेको छ । यसमा सामान्य नेपालीका सपना समेटिएको छ । बेरोजगारी, युद्ध अनि विदेश पलायनका मार्मिक प्रसङ्ग अँएका छन् ।



प्रख्यात् ग्रीक दार्शनिक सोक्रेटस अर्थात् सुकरात संसारकै उत्कृष्ट पात्र हुन् । तर, उपन्यासको मुख्य भूमिकामा रहेका सुकरात त्रिभुवन विश्वविद्यालयको प्राध्यापक बनेका छन् । सारा विश्वले मर्ूर्तिकार सुकरातलाई सत्यको खोजी गर्ने सच्चा विचारक मान्दै आएको छ । ७० वर्षपुगिसकेका सुकरातमाथि सरकारले राष्ट्रिय देवतालाई नमानेको, नया“ देवताहरूमाथि विश्वास राखेको र कलुषित विचारद्वारा एथेन्सका युवाहरूलाई शासनविरुद्ध उक्साएको आरोप लगायो । उनले अदालतमा भने, "म आपmनो भाषणमा सधै“ सत्य कुरा बोल्छु । सत्य कुरा बोल्ने मान्छे मृत्युदेखि डराउ“दैनन् ।" आखिरमा उनलाई विषपान गराएर मारयिो ।



नेपालमा बर्से सयौ किताब छापिन्छन् । कतिपय वेस्ट सेलर पनि भएका छन् । तर, धेरै हल्ला भएका किताब पनि अल्छीलाग्दा भेटिन्छन् । नेपालमा पछिल्लो समय उत्कृष्ट किताबको अभाव भइसकेको छ । तर, सुकर Iतका पाइला सफल उपन्यास हो ।







-नेपालबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम