Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
गहिराइ (देवेन्द्र सुर्केली) - [2008-01-05]

लगभग १० बर्षको भूमिगत जीवन बाँचेपछि तेनाहाङ गाउँमा अचानक झुल्किए ।

यो बिचको समयमा धेरै कुरा सुनिएको थियो उनको बारेमा, कामरूपमा भएको युद्धमा शहादत प्राप्त गरे रे, त्रिशुलीमा जिउँदै बगाइयो रे । कुन जेलमा सडिएर बसेका छन् रे । जिउँदै गाडियो रे, इत्यादी इत्यादी । परिवारसँग सर्म्पर्क हराएपछि यस्तै यस्तै आशंकाहरू जन्मिदा रहेछन्, भन्ने भयो सबैलाई । किनभने उनी सकुशल गाउँमा झुल्किए ।



उनी मात्र झुल्केनन्, धेरै साथीहरूमाझ भुल्किए । उनलाई भेट्न गाउँभरीका मानिसहरू भेला भएका थिए । उनीहरुको जोश जाँगर देखेर उनका साथीहरू आफैआफैलाई नामर्द सम्भिmरहेका हुनसक्लान् । किन भने सँगैका साथी तेनाहाङले युद्ध जितेर आएका थियो, अब मुलुकमा शोषक सामन्तीहरूको अन्त्य भयो भनेर घोषणा पनि गरिरहेका ए ।



हुन पनि १० बर्षको अन्तरालमा मुलुकको पूरै भागलाई आफ्नै पाइतालाले चुमिसकेको थियो । मुलुकलाई कुन ाउँमा कस्तो विकासको आवश्यकता छ भनेर मुखेञ्जी हुन नै भयो । ाउँअनुसार शिक्षाको आवश्यकता, ाउँअनुसार विकासको आवश्यकता केके हो केके - गाउँमा केही भयो भने पनि उनलाई सोध्ने नयाँ परिपाटीको जन्म पो हुन थाल्यो । उनी लेकवेशी गरिरहँदा मान्छेहरू डराउने समेत गर्दथे ।



उनका साथीहरू धेरैजना नै थिए, मुलुकका विभिन्न ाउँका हौ भन्ने गर्थे । विभिन्न जातिका थिए । विभिन्न जातिका भएका कारण लिम्बूवानमा उनीहरू अनौ ा पनि देखिन्थे । हरेक क्रियाकलापहरू उनीहरूको लागि जिज्ञासाको विषय बनेको थियो ।



गाउँमा हल्ला चल्यो, अब फेरि पोक्लाबाङमा दीपेन्द्र मेला लाग्ने भयो । जनयुद्धका कारण लामो समयदेखि मेला स्थगीत थियो । मेला लाग्ने भएपछि गाउँका युवायुवतीहरू फुरुङ्ग भएका थिए । तेनाहाङलाई मेला भनेपछि पुरानो कुराको याद आउन थाल्यो । त्यही मेलामा फुङलोतीसँग भेट भएको थियो, फुङलोती गाउँकै एकजना दिदीको नन्दपर्ने भएकोले गर्दा धाननाच्ने क्रममा भेट भएको थियो ।



लजालु फुङ्लोतीको ज्यादै मि ो स्वर थियो । समय अध्यारो भएपनि मि ो स्वरको कारण तेनाहाङले फुङ्लोतीलाई चन्द्रमा झै उज्यालो देखेको थियो । पालामी सवाल जवाफको क्रममै उनीहरूका एकार्कामा परिचित भए । विस्तारै पालामबाट हृदयको कुरा बक्न थाले, किन किन उनीहरूका भावनाले एकार्कामा जित्न थाले । प्रेमका विज अंकुराउन थाले । साथीहरू कता पुगे कता तर उनीहरू रातभरी धान नाचिरहे । बिहान हुँदासम्म उनीहरूमा भावना साटासाट सिद्धिएको थिएन । साथीहरू खोज्दै आए, घर जाने तयारीको लागि । फुङ्लोतीको पनि मान्छेहरू आए । उनीहरूको धाननाच नसिद्धिएको देखेर भन्न थाले -\"सु िसारो त गर्न भएन नि कुङ्वाहरू । आँट भए लगे भइहाल्छ नि ! किन हाम्रो चेलीलाई तल न माथिको बनाइराख्नु भएको ।



यतापटि्टका जवाफ दिए -\"हाम्रो त खानदानै यस्तो पर्‍यो हौं कुङ्वाहरू । तपाईहरूको चेलीले घर गरिखान सक्छ कि सक्दैन भनेर जाच्या नि ! रातभरी िङ्ग्रयाएर ।



हाम्रो खानदानमा कहिल्यै पनि छोरीले अर्काको घरमा गएर कमारी हुँदैन, बरु घरज्वाई बनाउँछ । यतापटि्टकाले पनि गजबकै उत्तर दिए । फुङ्लोती र तेनाहाङले एकार्कामा हेराहेर गरे । केही छिन् गमेर तेनाहाङले पालाममा भाका हाल्यो -

ए... फलामे साँघु तर्दाखेरी

मायाले हजुर गर्दाखेरी

कि आँट गरौ, कुटुम्बसामू

रिती रिवाजमा छिर्दाखेरी ।

फुङ्लोती पनि एकछिन् गमिन् र प्रत्यूत्तरको भाका हाल्न थालिन् ।

ए... फलामे साँघु खिया लाग्ला,

मुटुको माया, मुटुमै जाग्ला

के बित्या छ र, दुइ बारको जुनी

हाजिरै हुन्छु, मायाले माग्ला ।

तेनाहाङले कुरा बुझ्यो र भन्यो -

ए... पहेँली मकै भुँटक्यारे

त्यसो भए कान्छी छुँटुक्यारे

चाडै नै आउला पुषे मेला

मन भए कान्छी भेँटुक्यारे ।

अनि दुवैजनाले स्वर हाले -

ए... सिमसिमे पानी रहिगयो नि

छुटिने बेला भइगयो नि

पुषेनी नभए माघेनी होला

सम्झना नजिक आइगयो नि ।



दुवैजनाले झण्डै भुइँसम्मै छोएर नमस्कारसहितको ढोग गरे र छुटि्टए । फुङ्लोतीको माइतीले फुङलोतीलाई लगे र तेनाहाङलाई साथीहरूले ल्याए । केही वर आएपछि तेनाहाङ फर्केर हेर्‍यो । डाँडा कट्नै लागेका रहेछन् फुङ्लोतीको जत्थाले । तर फुङ्लोतीको आँखा भने तलै थियो ।



\'के सोचि राख्या\' -\' साथीहरूको घच्घच्याईले उ तरङ्ग भयो विस्तारै पुरानो कुरा विस्मृतिबाट हट्न लाग्यो । अनि भन्यो -\'मेलाको कुरा सुन्दा पहिलेको याद आयो । र, आउने मेलामा पुनः त्यो दोहोरिन्छ कि दोहोरिदैन होला भन्ने सोचिराख्या\' ।\' उसले फुसफुसाएको शैलीमा भन्यो ।



---------------



लामो समयदेखि बन्द रहेको मेला लागेको कारण होला प्रत्येक युवायुवतीमा हर्षोउल्लास ज्यादा थियो । तर देशको परिवर्तित अवस्थाले गर्दा कसरी मेला चल्ने हो भन्ने कुराले त्रसित पनि उत्तिकै थिए । गाउँघरमा लामोसमयसम्म नयाँ अनुशासनको शैलीले गाँजेको थियो । त्यसैकारण नजान्दा नजान्दै पनि केही अनुशासनका पालना गरिरहेको प्रतित हुन्थ्यो ।



सोल्टीनीसँग गहिरिएर धान नाच्ने मन हुँदा पनि केही पो भइहाल्ने हो कि भन्ने पीर रहेको थियो । खुलेरै गफ गर्नसमेत सकिरहेका थिएनन् । कमैमात्र जाडरक्सीको पसलहरू रहेको थियो भने लङ्गुरवुजा खेलाउनको लागि युवाहरूले ल्याए पनि थापिहाल्न भने सकेका थिएनन् ।



तेनाहाङ पनि उसका साथीहरूसँग मेला भर्न आएको थियो । उसको साथमा धेरै गाउँलेहरू पनि थिए । तेनाहाङ साथमा भएकोले गर्दा होला उनीहरू केही निडर देखिन्थे । फुर्तिफार्ती ज्यादा थियो ।

उनीहरूले तेनाहाङसँग सोधे -हामी धान नाच्न सक्छौ नि ?

तेनाहाङले भन्यो -किन नसक्नु । यो त हाम्रो रितिरिवाज हो । यसलाई कहिलै भुल्नुहुन्न । लामो समयदेखि रोकिएको मेला आज लागिरहेको छ । त्यसैकारण जतिसक्दो धित मरुञ्जेल धान नाचेर जानुपर्छ ।



तेनाहाङको यो कुरा सुनेपछि गाउँले साथीहरू उत्साहित भए । चाडै नै आफ्ना सोल्टीनीका हात समातेर धान नाच्नको लागि अनुमति माग्न थाले । उनीहरूले धान नाच्न शुरु गरेपश्चात नाच्नेहरूको हुल बढ्यो । मि ा र गहिरा पालामका भाकाहरू हाल्दै ।



तेनाहाङलाई पालाम सुनेपछि पुरानो यादले झन् झस्काउन थाल्यो । यो ूलो भीडमा कतै फुङ्लोती त आएकी छैनन् भन्ने पनि भयो र आँखाले परपरसम्म खोजिरहेको थियो । उ पुरानो ाउँ खोज्न थाल्यो । लामो जनयुद्धको कारण पुराना घरहरू भत्किएर म्याउन मुस्किल भइरहेको थियो ।



उ त्यो ाउँको खोजीमा थियो अनवरत । भित्ताहरू ग्राउण्डमा परिणत भइसकेका थिए । बाटोमा ूल ूलो तोरणहरू देख्यो, जनयुद्धका नाराहरू देख्यो । चौताराहरू देख्यो -शहिदका स्मृतिमा बनाइएको । देशको ढाँचा फेर्ने नाममा आफ्नो गढको विनास भएकोमा उसको हृदय भर्मराएर आयो ।



टाढासम्म पालामको गुञ्जन आइरहेको थियो -

वर्षौको विछोड, के छ नि निचोड

बल्ल पो था\'भो, मायाको ति चोट

आजसम्म बाँचे,तिम्रै नाम लिई

कि सुन्यौ लुङा, मायामा खोट ।

तेनाहाङ अलिकति हास्यो, समयले पालाम पनि गहिरो हुनथालेछ ।



उसले देख्यो र चिन्यो, फुङ्लोती र उसले धान नाचेको ाउँ । एउटा सानो मन्दिरमा परिणत भएछ -त्यो ाउँ । उ हत्तारिएर त्यहाँ पुग्यो । तर अचानक एउटा युवती झस्किएर उ ी । मन्दिरको एक छेउमा बसिरहेकी ।



उसले त्यो पनि चिन्यो -फुङ्लोती । वर्षौको अन्तरालमा उनी केही दुव्ली भएकी रहेछिन् । मुहारमा चाँयाका धर्सर्ाा कोरिन थालेछन् । आँखाहरू त्रि्र अभिलाषामा केन्द्रीत रहेका ।



\'फुङ्लोती ... ।\' उसले बोलायो विस्तारै ।

तेनाहाङ... ।\' उ छक्क परी । लाग्छ, दौडेर अंगालोमा बेरौ । तर त्यो चलन छैन, लिम्बूवानमा । बर्रर आँशु झारी ।

तेनाहाङ विस्तारै अगाडी बढ्यो, जडवत उभिएकी फुङ्लोतीकहाँ । अनि हात बढायो अगाडि । फुङ्लोती पनि बर्कोबाट हात निकाली र तेनहाङलाई दिई । दुवैका मनबाट दनदनी आगो र मुसलधारे आँधी बराबर आइरहेको भान हुन्थ्यो । कसरी के सोध्ने, यत्रो लामो समयसम्म कहाँ के गर्दै थिए, विवाह भयो कि भएन आदि इत्यादी सोध्नै थियो तर कसरी सोध्ने भन्ने कुरामा द्धिविधा भयो -दुवैमा ।



मन थाम्नै सकेन तेनाहाङले । हृदयबाटै बोल्यो उ -

बितेको छैन बारबारको जुनी

सोचेको छु है, म तिम्रै हुँनी

छुटियौ वर्षौ समयले गर्दा

सञ्चै पो हो कि विसञ्चै छौनी ।

फुङ्लोतीले पनि मन थाम्न सकिन, तत्कालै उत्तर दिईहाली ।

हेनको लोचन, हजुरको बचन

सञ्चै छु, भनुँ, तागेरा खटन

उधो है तमोर बगिरहृयो

किन पो कहिले बगेन यो मन ।



गदगद भयो तेनाहाङ । उसको माया आजसम्म उसैको सम्झनामा रहेको छ । भलै उसले देश जितेर आएको होस् । त्यही मन्दिर अघिपछि रातभर धान नाचिरहे नाचिरहे ।

यता तेनाहाङ साथीहरूले तेनाहाङलाई खोज्न थाले । भिन्नै परिवेश, भिन्नै भाषा र संस्कृतिमा हुर्किएका साथीहरूलाई लिम्बुवानमा नाचिएको धाननाच हेर्दा अनौ ो लाग्यो । उनीहरूलाई पनि तरुनीका हात समातेर धान नाच्न मन नलागको होइन । किनकी विपरित लिङ्गीको हात समातेर धान नाच्नमा उनीहरूले अर्कै रस्वादन भेटे ।



लामो समयको धुइपताल खोजपछि उनीहरूले तेनाहाङलाई मन्दिरको पछिल्तीर धान नाचिरहेको बखत फेला परे । साथीहरूलाई ढुंगा खोज्दा देउता मिले झै भयो । उनीहरू दौडेर आई फुङ्लोतीको हात समाते । फुङ्लोती आत्तिइन् तर तेनाहाङले मेरा साथी हुन् भनेपछि उनी ढुक्क भइन् ।



साथीहरू पनि घुम्न थाले, बेढंगको चालसहित । बलिष् हातले फुङ्लोतीको नरम हात अ ्याएको थियो । त्यो अ ्याईमा असहजता छ भन्ने फुङ्लोतीका मुहारबाट प्रष्ट झल्किन्थ्यो । तर फुङ्लोतीले सहेकी थिईन् किनभने वर्षौपछि मनको राजासँग भेट भएको थियो ।



तेनाहाङलाई कुनै प्रवाह थिएन किनभने उ धाननाचको गहिर्राईमा थियो । यो गहिर्राईमा कुनै नकरात्मक धारणा उब्जदैन अवश्य ।

उज्यालो खसिसकेको थियो । तर तेनाहाङका भावना तैरिसकेको थिएन । उ झन् गहिर्राईमा डुब्दै गइरहेको थियो, अचानक एकहुल युवाहरू आएर तेनाहाङ र तेनाहाङको साथीहरूमाथि जाइलागे । तब मात्र तेनाहाङको भावना तैरियो ।



उसले देख्दा फुङ्लोतीलाई उसका संगीहरूले अ ्याईरहेका थिए भने युवाहरूले उनीहरूमाथि मारपिट गरिरहेका थिए । फुङ्लोतीले -\'आम्फुए, आम्फूए, हेन्नाङ मेन्ना८\' भनेको सुनेपछि उनको माइती हुन् भन्ने प्रष्ट भयो ।



तेनहाङ र उसका साथीहरूमाथि मारपिट भइरहेको देखेपछि तेनहाङका गाउँलेहरू पनि आए । ूलो फौदारी फेरि मच्चिने भयो । लामो समयपछि लागेको मेला भएको कारण अब के हुने होला भनेर मेला भर्न आउनेहरू भागाभाग भए । मेला छिनभरमै सुन्यतामा परिणत भयो ।

तेनाहाङका गाउँलेले उनीहरूलाई लखेट्न थाले । तेनाहाङले सबैलाई रोक्यो । फौदारी रोक्नको लागि बारम्बार आग्रह गर्‍यो । तेनाहाङको आग्रहपछि उसका गाउँलेहरू फर्किए तर उनीहरू अझै मुर्मुरिरहेका थिए ।



तेनाहाङले फुङ्लोतीलाई खोज्यो । तर फुङ्लोतीलाई संगीहरूले माथि डाँडामा पुर्‍याईसकेका रहेछन् । उसले डाँडामा हेर्‍यो, फुङ्लोतीलाई भीडबाट चिहाइरहेको पायो । उसको मन पग्लिएर आयो । तर के गर्न सक्यो र - उनीहरू छिटो छिटो भाग्ने सुरमा थिए । माइतीहरूले चेलीको सुरक्षा गरेर भगाउँदै थिए ।



----------



त्यसपछि तेनाहाङको मन ेगानामा रहेन । गाउँमा झोक्राएर रहृयो । उसका विकासका कुराहरू हराए । लामो समयसम्म गाउँको ढाचा फेर्नको लागि होमिएको उ, सांस्कृतिक क्षेत्रमा कति ूलो असर पुर्‍याएछ भन्ने भइरहृयो । एक मनले भन्थ्यो - कि जाउँ फुङ्लोतीको गाउँमा । माफ मागुँ, फुङ्लोतीको हात पनि मागुँ ।



तर अरिङ्गालको गोला भएको छ उनको गाउँ । उ त के उसका गाउँको कोही पुगेभने पनि ढुटिने सम्भावना थियो । किनभने त्यो गाउँसँग पहिलेदेखि नै फौदारी चलिरहेको थियो ।



के गरौ, कसो गरौ भन्ने सोचिरहेको बखत नै त्यो गाउँबाट एउटा चिट् ी आयो । चिट् ीमा आउँदो माघेनी मेलामा फौदारी पर्नको लागि निमन्त्रणा थियो । तेनाहाङ झस्कियो । कतै केही उपाय लाग्छ यसको रोकथाम गर्ने भन्ने सोचले धेरै ाउँमा धायो । तर उसका गाउँलेहरूले नै मानेनन् ।



\'उनीहरूबाट यस्तो पत्र आएपछि हामी किन मरेको विरालोजस्तो हुने - अब कि वार पार कि हुनर्ैपर्छ । यो पहिलै हुनुपथ्र्यो । तर यो विचको समस्याले हुन सकिरहेको थिएन ।\' भन्ने उत्तर पाउँथ्यो सबैबाट ।



गाउँमा तयारी हुन थाल्यो । मंसिर लागेको थियो । धान थन्काउने, दाई गर्ने काम रफ्तारमा हुन थाल्यो । यो रफ्तार माघेनी मेलाको लागि थियो । जति जति दिन बित्दै जान्छ उति उति तेनाहाङ होसहवास ेगानमा रहँदैन थ्यो । उसलाई फुङ्लोतीको यादले अग्घोरै सताएको पनि थियो ।

मेला लाग्न केही समय बाँकी थियो । गाउँलेहरू खुकुरी उद्याउने क्रममा लागे । तल खोलामा गई नुहाउन र कपडा धुने क्रममा लागे । मेलामा ूलो फौदारी हुने कुरा र्सवत्र फैलिएको थियो । त्यसकारण आइमाई केटाकेटी जाने वा नजाने दोधारमा थिए ।



तेनाहाङले त्यो मेलामै पुग्नैपर्ने भयो । किनभने झगडाको विउ उ थियो । उ र उसका साथीहरूबाट श्रृजित भएर नै यो गति हुन पुगेकेI थियो । तर्सथ उ लाग्यो मेलातिर ।

मेलामा रौनक थिएन । धेरै जसो युवा तथा अधवैंशेहरू मात्र थिए । भर्खर देशमा शान्तिको पुनस्थापना भएको कारण पुलिस चौकीको नामोनिशाना थिएन । थिए त लामा लामा खुकुरी भिरेका युवा तथा अधवैशेहरू । सबका कान ाडा ाडा थिए । कसैले ूलो बोल्यो कि दौडेर पुगिहाल्थे । जे होस् एउटा निहुँ मात्र चाहिएको थियो । जसकारण ेस लगाएर निहु खोज्नमा तल्लिन थिए युवाहरू ।



मेला आयोजकहरू झगडा नगराउनमा तल्लिन थिए । चारैतिर तैनाथ थिए, सुचारुरूपमा मेला सञ्चालनको लागि । तर युवाहरूको उपस्थितिले अहिले केही भइहाल्छ जस्तो लागिरहेको थियो ।

सानो निहुँ मात्र चाहिन्छ, झगडाको लागि । त्यस्तै भयो । एउटाले सोल्टीनीलाई तान्यो धान नाच्नको लागि । सोल्टीनीको विराजीपनलाई लिएर झगडा उत्पन्न भइहाल्यो । कतिखेर झगडा होला भनेर र्सतक हुनेहरूको भागाभाग भयो ।



ूलै रक्तपात मच्चिएलाझै हुन थाल्यो । तर अचानक सानो हृयाण्डमाइकमा स्वर कुर्लियो -युवाहरू तपाईहरू झगडा नगर्नुहोस् । हामी तपाईहरूको समस्याको समाधानको लागि आउँदैछौ ।



युवाहरू पछाडि फर्किए -बुढापाकाहरूको लामो हुल क्रमशः मेलातर्फअघि बढिरहेको थियो ।

यो के चर्तिकला हो -सब छक्क परिरहेका थिए । यी बुढापाकाहरू कसरी र किन यहाँ आएपुगे - मनमा तुलबुल भइरहेको थियो ।

उनीहरू छेउमा आइपुगे र हृयाण्डमाइकबाट भन्न थाले -यहाँ ूलो फौदारी हुन लागेको छ भन्ने हामीमा जानकारी आयो । तर्सथ हामी दश लिम्बूवानका बुढापाकाले यसलाई समाधान गर्न आएका हौ । तर्सथ सबैजनाले हतियार तुरुन्त तल झार्नु नत्र सम्पूर्ण लिम्बूवानमा नै रक्तपात उत्पन्न हुनसक्छ ।

युवाहरू अल्मलिए । के गरौ कसौ गरौ भन्ने भएर एकार्कामा कानेखुशी गर्न लागे ।

बुढापाका नजिक आए । अनि दुवै पक्षलाई झगडाको विउबारे जानकारी लिए । दुवैपक्षबाट समस्या राखियो । राखिसकेपश्चात बुढापाकाहरूले एकछिन सल्लाह गरे । सल्लाहपश्चात एउटा सानो कागजमा खेस्रा गरी एक भद्र बुढापाकाले उ ेर भन्न थाले -यो लिम्बूवानमा जो रितिथितिमा चलिआएको छ । जसलाई लिम्बूहरूले मात्र बुझ्नेछन् । अन्य जातिलाई यसको गहिर्राईबारे बुझ्न गाह्रो हुन्छ । धाननाचमा आफ्नै पवित्रता हुन्छ, आफ्नै गहिराइ हुन्छ । एउटा लिम्बूको छोराले अर्को लिम्बूको छारीसँग धाननाचिरहँदा कुनै शंका गर्नुपर्ने हुँदैन । किनभने उनीहरूले गहिराइ बुझेका हुन्छन् । जो मनभित्रसम्म पुगेकेा हुन्छ । तर अन्यजातिको मनभित्र पुग्न सक्दैनन् । त्यसकारण उनीहरूमा अन्यथा सोच बढेर जान्छ । यो घट्ना तेनाहाङका साथीहरूबाट घट्नपुग्यो । उनीहरू लिम्बू थिएनन् । उनीहरूमा लिम्बूवानको गहिर्राई थाहा हुने कुरा आएन । तर उनीलाई थाहा भएन भनेर यत्रो वितण्डा मच्चाउन लिम्बूवानको रिति होइन । तर्सथ देशको प्रशासनसमेत स्थीर नभएको खण्डमा हामी दशलिम्बूवानका पञ्चभलाद्मीहरू भेला भई यो अनुरोध गर्दछौ कि उनीहरूको अवुझपनलाई एकपल्ट माफि दिएर मेला सुचारुरूपमा चलाउनहुनेछ । अब लिम्बूवान भईपरी आउने हरेक क्रियाकलापमा हाम्रो उपस्थिति जनाउनेछौ भन्ने यो कागज गराएको छौ ।

इति सम्बत..... वर्ष... रोज... शुभम् ।



सबैको मुहारमा उज्यालो छाउन थालेको महसुस भयो । तेनाहाङले शीर उचाल्यो, सबभन्दा पहिले फुङ्लोतीलाई देख्यो । जुनजस्तै हाँसीरहेकी । तेनहाङलाई संसारै जितेझै लाग्यो ।



-----------





देवेन्द्र सुर्केली

desunone@yahoo.com

मलेशिया







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम