Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
अधुरो यात्रा (ध्रुव थुलुङ/बसन्तपुर, तेह्रथुम) - [2008-01-07]

समयको बहावसँगै माध्यमिक स्तरको पढाई समाप्त गरेपछि भर्खर गाउँबाट शहरी जीवनको परिवेशमा प्रवेश गर्ने अवसर पाएको थिएँ । असारको बाँसको तामाले आकाशै छोउँला भनेर अक्काशीए झैं हामी उरन् ेउला िटाहरु पनि के के नै गरुँला कत्ति नै पढिएको छ भन्ने पारामा हा हा हो हो गर्दै कलेजको जीवनमा प्रवेश गरियो । गाउँको स्कूलमा सिमित बिद्यार्थीको वीचमा रहेको, क्याम्पसमा त लगभग पूर्वाञ्चल भरी कै बिद्यार्थीको जमघट थियो । विभिन्न ाउँका विभिन्न नयाँ नयाँ साथीहरुसँग परिचयको आदान प्रदान गर्नु, कताको स्कूले संकुचित परिवेश भित्र बाँधिएको व्यक्ति खुल्ला परिवेशमा पाउनु त झन् अर्कै संसार भै सकेको थियो हाम्रो लागि । त्यहाँ पनि आ-आफ्नै किसिमको वाताबरण भए पनि हामी ३,४ जना विषेश एक गुटका बन्यौं । त्यसमा पनि मसँग झनै नजिकिएको साथी डाइमण्ड थियो । हुन त समूहका अन्य साथीहरु कम महत्वका हुन् भन्ने चाहीँ होइन । हामी तँ तँ र म म गरेर नै कुरा गर्थ्यौ । यसै गर्दा गर्दै बर्षा यामले झ्वाम्मै छोप्यो । बिहान त पानी परेको थिएन । क्याम्पसमा बस्दा बस्दै मुसलधारे पानी पर्न थाल्यो । अन्तिम दुइ पिरियड पर्ढाई नहुने थाहा पाए पछि छाता हुनेहरु आ-आफ्नो बाटो लाग्न थाले । म र डाइमण्ड चाहीँ अलि पानी रोकिएको मौका पारेर दौडदैँ उसको डेरासम्म पुग्यौँ । क्याम्पस देखि उसको डेरा लगभग ५ मिनेटको दुरीमा थियो । ऊ त्यहाँ पेइङ गेष्ट (Paying Guest) को रुपमा आफन्तकहाँ बस्थ्यो । त्यहाँ पुगेपछि मलाई छाताको व्यबस्था गरि दियो उसले ।



छाता ओढेर म आफ्नो डेरा तिर लागेँ । घरको अगाडी ३ जना स्कूले युवतीहरु ओत लागेर बसेका रहेछन् जुन घरमा म बस्थेँ । म उनिहरु तिर अगाडी बढ्दै आएको देखेर तिनीहरु खस्याक खुसुक गर्न थाले, भने एक जना त चिनजानको ब्यक्ति झैं मुसुक्क हासिन् । त्यो देखेर मलाई पनि कता कता कस्तो कस्तो भयो, प्रत्युत्तरमा मैले पनि हाँसी दिएँ । अनि छाता ओरालेर म भित्र पस्नै लाग्दा \"सुन्नुस् त\" भन्ने नारी स्वर सुनेको ले अडिएर पछाडी हेरेँ । मैले केही भन्नु अगाडी नै फेरि अघिकै मुस्कानसँगै \"हामीलाई छाता दिनोस् न, भरै फर्किदा ल्याईदिन्छौं, स्कूल हिँडेको पानी पर्यो\" उनले एकै सासमा सबै टुंग्याउने प्रयत्न गरिन् । फेरि पनि मैले केही भन्नु भन्दा अगाडी नै अरुले पनि थप्न थाले । उनिहरु १० कक्षाका छात्रा थिए र महादेब चौकमा बसोबास छ भन्ने कुरा पनि उनिहरु भन्न भुलेनन् । मैले अरु केही नभनी हुन्छ लानोस् भनेर छाता दिईप ाएँ । उनिहरु जानै लाग्दा फेरि एक जनाले सोधिन् साँच्ची तपाईको नाम के होला - मैले मेरो नाम बताए पछि उनले पहिला आफ्नो नाम अनि साथीहरुको नाम औंल्याउँदै भनिन् । त्यसपछि उनिहरु गए, म पनि भित्र को ामा गएर आफ्नो कर्म थियो \"भूँडी पुराण\" पूरा गर्ने कार्य तर्फ लागेँ । आज त समय पनि कति ढीलो वितेको - म आफुले आफैलाई प्रश्न गर्दै थिएँ । कति बेला चार बज्छ भनेर नाडीमा भएको घडीलाई ५०० चोटी जति हेरेँ हुँला । बल्ला बल्ला ४ त बज्यो, अब उनि (हरु) कतिखेर आउने हुन् र फेरि छाता लिने निहुँ पारेर दुई शब्द बोल्दै अञ्जलीको उज्यालो अनुहार सँगै ३२ दन्तलहरको दृष्टीगोचर सहित कोमल बोली सुन्न पाइएला भनेर पर्खिरहेँ । तर विडम्बना ! साँढे चार, पाँच अनि साँढे पाँच हुँदा पनि ती कसैको अत्तोपत्तो भएन । अब पर्‍यो फसाद, न त्यो छाता मेरो थियो, न त डाइमण्डको आफ्नो नै - अब भोली के भन्ने बारेमा सोँच्दै रहेँ भने अर्को तिर उनको बारेमा । कति हँसिली अनि कति फर्साइली, भगवानले पनि सायद फुर्सद मै बनाएको होला । यी आदि कुराहरु सम्झँदै कतिखेर निदाएछु थाहै भएन ।



भोलीपल्ट ब्युँझिदा ६ बजिसकेको रहेछ । जिउ अलि भारी भएको थियो सायद रातीको मानसिक सोँचाइले होला । हत्त न पत्त उ ेर मुख धोएर एउटा कापी च्यापेर दौंडे क्याम्पस तिर । डाइमण्डकहाँ निस्केको अघि नै हिँडिसकेछ साथी त । क्याम्पसमा पहिलो घण्टी नेपाली भएकोले \"वस्ती\" सर जाँदै हुनुहुँदो रहेछ कक्षा तिर । उहाँ र म सँगसँगै जस्तो भित्र पस्यौँ । डाइमण्डले उसँगैको सीट राखिदिएको रहेछ मलाई । तैँले गर्दा आज पछाडी बस्नु पर्यो भनेर उसले भन्न चुकेन । प्रायः जसो हामी वीच तिरको बेञ्चमा बस्ने गथ्यौं । मलाई सरको लेक्चर भन्दा पनि छाताको बिषयमा नै ध्यान थियो । डाइमण्डले नसोधे हुन्थ्यो, कि घरमा छोडीदिएको छु भनेर एकछिनलाई ढाँटौ कि - आदि इत्यादी ।



सर पढाएर निस्कने बित्तिकै उसले सोधिहाल्यो, अइ, खै हिजोको छाता - मैले फटाफट भनिदिएँ, ढिलो उ ेछु, आउने बेला हतारमा भुलेँ भोली ल्याईदिउँला । तर मलाई नै थाहा थिएन त्यो छाता भोली आउँछ कि आउँदैन भनेर । उसले केही पनि भनेन । तर मलाई उसले राम्रै पढेछ र सोध्यो, अई, तँलाई के भयो - अरु बेला जस्तो छैनस् नि - कि बिसञ्चो छ ? - मैले उसलाई फेरि ढाँटे केही पनि होइन, तँलाई त्यस्तो लाग्यो होला भनेर ।



यसै गर्दा गर्दै १,२,३ गर्दै दिनहरु बित्दै गए । मैले दिएको छाता कहिल्यै फर्केर आएन । त्यस पछि हदै भएर अथवा उसलाई ढाँट्ने शब्द नै नभेटे पछि उसलाई सबै बृतान्त बताउन पर्ने बाध्य भएँ म र बताएँ । तेरो छाता यी यति कारणले हराएँ भनेर। ऊ छाता हराएको सुनेर एकचोटी खुबसँग हाँस्यो । मलाई भने कस्तो पर्‍यो पर्‍यो केही बोल्ने आँटै भएन ममा । म खै कुन्नी कता हराएँ बरु, उसले मलाई झसङ्ग हुने गरि ढाटमा हिर्काउँदै भन्यो - मलाई थाहा थियो तैले त्यो छाता कि त हराईस् कि त के गरिस् अनि फर्केर आउँदैन भनेर । मैले भाञ्जीको छाता मागेर तँलाई दिएको थिएँ । उसलाई खाँचै भएर हिजो नै किनिदिइसकेँ । छोड्दे त्यस्तो नाथु । तर एउटा कुरा के हो भने मैले कसैलाई दिएको सामान फिर्ता नै हुँदैन, भैहालेमा बिग्रेको अवस्थामा । मेरो त ग्रह नै त्यस्तो छ । बरु भन न कुन स्कूलको केटी हो, कुरा अगाडी बढाउन म पनि मद्धत गर्छु मेरो भित्री हृदयमा जे भए पनि साधरण पाराले भने हे… बजिया कुरा त्यस्तो हैन क्या ।



यसरी नै दिनहरु बित्दै गए । १०/१२ दिन भैसकेको थियो । लगभग मेरो मानसपटलबाट त्यो छाता अनि युवतीको कुरा निस्किसकेको थियो । त्यस दिन शनिबार थियो । शनिबार भएकोले घरमा (डेरामा) नै थिएँ । दिउँसो भोक लागेर एउटा चाउचाउ उमालेर खान पर्ला सोँचेर पानी तताउँदै प्याज काट्न लागेको थिएँ । एक्कासी ढोकामा ढक्ढक्को आवाज आयो । स्टोभले हल्ला गरिरहेकोले मैले सोँचे पल्लोपट्टीको ढोका होला । फेरि केही छिन पछि पनि आवाज दोहोरिएकोले ढोका खोलेँ । उही युवती हातमा छाता लिएर उभिरहेकी । मैले केही बोल्नै सकिन, अनुहार रगताम्य भयो, वोली नै फुटेन । अनि उनिले नै भनिन् माफ गर्नुस् है छाता ल्याउन ढिलो भयो । कत्ति रिसाउनु भयो होला हैन ? मैले होइन होइन भनेँ र छाता हातमा लिएँ । उनले जान्छु भनिन् । मैले बसेर चिया खाएर जान आग्रह गरेपछि उनि भित्र पसिन् । को ा नियालीसकेपछि सोधिन् तपाई एक्लै बस्नुहुन्छ ? मैले छोटो उततेर दिएँ \"हो\" भनेर । मैले चिया बनाएर उनलाई दिएँ अनि आफु पनि लिएँ । यसै क्रममा उनले छाता ल्याउन ढिलो भएको कारण बताइन् - वास्तवमा उनि स्कूल पुगेको केही क्षण पछि उनको दिदीलाई अस्पताल लानु पर्ने भन्ने खवर स्कूलमा आएकोले उनी तुरुन्त घर जानु परेछ । उनको दिदी दुइजिउकी थिइछन् । भिनाजु ब्रिटिश आर्मी रहेछन् । अपरेसन गर्नु परेकोले अस्पतालमा नै ५ दिन त बस्नु परेछ । उनिहरुको घर ताप्लेजुङ्ग जिल्ला हो रे । उनि चाहीँ दिदीलाई साथी पनि हुन्छ भनेर दिदीकै घरमा बसेर स्कूल पढ्दै रहेछिन् । पारिवारिक कुराहरु हुँदा थाहा लाग्यो उनी घरको कान्छी छोरी रहिछन् । उनले चिया खाइसकेर कप पखाल्छु आफैले भनिन् । मैले दिइन । तपाई मेरो पाहुना भएकोले म आफै गर्छु भनेँ ।



भोलीपल्ट क्याम्पस जाँदा जाँदै डाइमण्डकहाँ निस्केर छाता दिएँ । ऊ अचम्म मान्दै भन्यो, साँच्चै त्यही छाता हो की किनेर ल्याईस् ? मैले तँलाई किनेर दे भनेको थिइन क्यारे । मैले उसलाई सबै बताएँ । उसले फेरि ट्टा गर्‍यो \"ल है बधाई\" ।



यसरी नै समयहरु बित्दै गए । अञ्जु (छोटकरीमा सबैले यही भनेर बोलाउँदा रहेछन्) र मेरो भेटघाट प्रायः भैरहन्थ्यो । पछि पछि त समय पनि त्यस्तै बनाउन थालेँ मैले । प्रायः बेलुकी र्फकने बेलामा बाटैमा निस्केर बसिरहन्थेँ म । सायद उनिलाई पनि त्यस्तै केही भएको हुँदो हो । एक दिन मैले शनिबार बुढासुब्बा तिर घुम्न जाने प्रस्ताव राखेँ उनले सजिलै स्वीकरिन् । मैले यो कुरा डाइमण्डलाई चाहीँ भनिन । ऊ बेला बेला सोधिरहन्थ्यो उनको वारेमा तर मैले कुन्नी भनिदिन्थेँ । बुढासुब्बा जाने सल्लाह त भयो तर अब के कसरी उसलाई आफ्नो मनको कुरा भन्ने बारेमा सोँच्न थालेँ । त्यो दिन पनि आईपुग्यो हामी तय गरेको ाउँमा भेट भयौँ । कुरा अन्तै के के गरिरहेँ मैले मनको कुरा त भन्नै सकिन । म जति पटक उनलाई सम्बोधन गर्थें त्यति नै पटक म तपाई नै भनिरहेको थिएँ । उनले भनिन् तपाईलाई एउटा कुरा भनौं ? मैले हुन्छ भने पछि उनले भनिन् तपाई मलाई तिमी भन्न सक्नुहुन्न र ? किन तपाई तपाई भनिरहनु भएको ? मैले प्रतिप्रश्न गरेँ ? किन र ? उनले भनिन् आखिर म तपाई भन्दा सानै त छु नि हैन र ? मैले पनि हुन त त्यहि भनौ कि भनेर सोँचेको थिएँ तर रिसाउने पो हो कि भनेर नसोधेको । अब देखि अञ्जु, तिमी नै भन्छु ल । यति गफ गर्दा गर्दै तीन बजेछ । उनले जानुपर्छ अब त भनिन् । तर मलाई कहिल्यै दिन नढलोस् जस्तो भै रहेको थियो । तै पनि हामी हिँड्यौ । छुट्ने बेलामा भनेँ - तिमीसँग एउटा कुरा गर्नु थियो, अब पछि गरौँला । उनले त्यहीँ भन्न भन्दै थिइन् तर मैले भनिन, पछि अर्को चोटी बताउने भनेर छुट्यौँ ।



समयले कति छिटो फट्का मार्‍यो पत्तै भएन । उनलाई मनको कुरा भनेको पनि महिनौं बितेछन् । उनी अहिले एस.एल.सी. पास गरेर पनि मैले अध्ययन गर्ने क्याम्पस मै भर्ना भएकी छिन् । हाम्रो भेटघाट दिनहुँ जस्तो भैरहन्थ्यो । एकान्त ाउँतिर भेट भएमा भविष्यका कुराहरु गर्न पछि पर्दैन थियौँ । उनले भन्ने गर्थिन, छ्या मलाई त लाज पो लाग्छ । कसरी आमा बन्ने होला नि ? मैले भन्ने गर्थें यो त समय परिस्थितीले पो बनाउने हो त लाटी । उनीसँगको सम्बन्ध मेरा साथीहरु अनि उसका साथीहरुलाई पनि राम्रै थाहा थियो तर हामीले हाम्रो सीमा जहाँसम्म हो त्यो कहिल्यै पार गर्न खोजेनौं । त्यसैले पनि हाम्रो सम्बन्धको बारेमा कसैले कुरा काटेको चाल पाइएन । डाइमण्ड भने उनलाई एकान्त तिर भट्टायो कि, नमस्ते है भाउजु, के गर्दै हुनुहुन्छ भाउजु भन्ने गर्थ्यो । उनि हाँसेर भन्थिन् खै ! त्यसै त भनिहाल्नु नहुने हो दाई । पछि भइएन भने ? यो सुनेर डाइमण्ड भन्ने गर्थ्यो, खै तपाईंले धोका दिए त म भन्न सक्तिन तर धुर्बेले धोका दियो भने म यसलाई काट्छु ।



यति बेला सम्म मैले आई. ए. सिध्याइसकेको थिएँ र धरानकै एउटा स्कूलमा नानीहरुसँग धुलो खेल्ने काम गर्थे म । यसै वीचमा आण्टीले खै कताबाट बिदेश जानुपर्छ भन्नु भएकोले म दुबई जाने परेँ । यो खबरले अञ्जुलाई नसताएको होइन तर पनि हाम्रै भावी दिनहरुमा केही होला कि भन्ने समझे।र जान लागेको कुरा अवगत थियो उनमा । यसै अनुसार २०५५ बैशाख ३ गते शुभर्साईत गरेर म दुबईको लागि भनेर धरानबाट का माण्डौ हिँडे र दिल्ली कराँची हुँदै बैशाख १९ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगियो ।



त्यहाँ पुगेर पनि बेला बेला फोनमा उनीसँग कुरा भैरहन्थ्यो । मेरो बस्ने ाउँको टुँगो नभएकोले उनलाई पत्राचार गर्ने ेगाना पनि दिन सकिरहेको थिइन । हुँदै गर्दै जाँदा पत्राचार र फोन गर्नको समय लम्बिन गयो । याने कामको व्यस्तताले गर्न सकिन । पछि पत्राचारको ेगाना दिएर पत्र लेखेँ तर जवाफ आउँदै आएन । के भएछ भनेर उनकै दिदीको घरमा फोन गरेर उनको वारेमा सोँधे । उनको दिदीले भनिन् उनको विवाह भैसक्यो । लौ फसाद । मलाई फेरि शुरुमा उनलाई देख्दाको समयमा भएकै रोगले च्याप्यो । डाइमण्डले पनि यो कुरा त्यति थाहा पाउन सकेको थिएन छ । किन की आई.ए. सकेर ऊ का माण्डौ गएको थियो । पछि अर्को एकजना साथी मार्फत कनफर्म थाहा भयो कि उनको बिबाह त भएको रहेछ नै । ल भैगो भनेर त्यतिकै चुपचाप बसेँ । दुई बर्षपछि नेपाल आएर मैले २०५७ असोज २७ गते धरानमा नै बिहे गरेँ । म त्यति खेर २ महिनाको छुट्टी लिएर आएको थिएँ । बिहे गरिसकेपछि म दुबई नफेकिउन्जेलसम्मको लागि म ससुराली मै थिएँ । एक दिन दिउँसो शनिबार म माथिल्लो तलामा कपडामा आइरन (स्त्री) लगाईरहेको थिएँ । मेरी श्रीमती उनको साथीहरुसँग बै कमा गफ गरिरहेकी थिई । साथीहरुले बिहेको फोटो हेर्न मागेछन् सायद । हुन त हाम्रो विवाह त्यस्तो धुमधाम पाराले भएको भने होइन । मेरो फोटो देखे पछि अञ्जुले भनेछिन् म उहाँलाई चिन्छु, तिमी भाग्यामानी छौ बबी । हामीसँग भेट नगराउने ? त्यसपछि मलाई मेरी श्रीमती (बबी)ले तल र्झन भनेर बोलाईन् । म तल झर्दा म आफै पनि अचम्ममा परेँ । नमस्ते दाई उनले नै भनिन् । मैले नमस्ते फर्काएँ अनि अरुसँग परिचय पछि सामान्य गफ भयो । मैले तिमीसँग त धेरै कुराहरु गर्नु छ भनेर खुसुक्क भनेँ अरुको कान छलेर अञ्जुसँग । उनले भोली उनकै डेरामा आउन आग्रह गरिन् । फोन नं. पनि दिइन् त्यहाँको । मेरी श्रीमती छक्कै परिन् उनको साथीसँग मेरो पनि चिनजान भएकोमा ।



भोलीपल्ट कतै जानुछ भनेर म एक्लै हिँडे अञ्जुको डेरातिर । उनले दिएको स्थान छेउछाउमा पुगेपछि फोन गर्न एउटा दोकानमा छिरेँ । फोन डायल गर्छु इन्गेजको टोन । अनि एकछिन पर्खेर फेरी गरेँ, फेरी इन्गेज । त्यहाँको साहुजीले याद गरिरहेका रहेछन् मैले डायल गरेको नं. र भने - भाइ त्यो फोन नं. त यहिँको हो त । म हाँ... भएँ र सोँधे अञ्जना यहीँ बस्छ ? हो भनेर उहाँ कराउनु भयो अञ्जना तिमीलाई भेट्न कोही आउनु भएको छ । अञ्जु दौडदैँ आइन् । नमस्ते दाई आउनुहोस् न भित्रै । म उनको पछि लागेँ ।



कुरा धेरै थियो मैले उनसँग सोध्नु पर्ने त्यसैले कताबाट थालौं भन्ने भयो । उनैले कुरा कोट्याइन् तपाई त दुबई गए पछि मोटाउनु भएछ नि - पहिला त तपाई सिन्कै जस्तो त हुनुहुन्थ्यो । त्यो त होला तर अञ्जु तिमीसँग धेरै कुरा छ मैले गर्नु भन्नु पर्ने तर कताबाट शुरु गरौं ? मैले भावुक भएर भने पछि उनले सामान्य रुपमा नै भनिन् । जताबाट गर्नु भए पनि हुन्छ । कुरा हुँदै गए पछि थाहा भयो । उनीले बाध्यताबश बिहे गर्नु परेको रहेछ । कुरा के रहेछ भने - उनि नाट्य समूहमा आबद्ध थिइन् याने उनि नाच्ने कलामा पोख्त थिइन् । त्यहि बर्ष जुन बर्ष मैले नेपाल छोडेँ उनीहरु देउसीको रिहर्सलको सिलसिलामा एक जना अर्का त्यहि समूहकै ब्यक्तिबाट उनको कुमारित्वको हरण भए पछि उनी त्यही ब्यक्तिसँग जान तयार भइछन् । त्यसरी उनिहरुको बिबाह भएको रहेछ । उनिहरुको बिबाह भएको ५ महिना पछि उनको श्रीमानको पनि मोटरसाइकल दुर्घटनामा परलोक भएछ । पछि उनको घर पट्टीकाहरुले देख्न नसकेपछि उनि एक्लै डेरामा बस्न बाधयस भएकी रहीछन् । यी कुराहरु भनिसक्दा उनका आँखाहरु रसाइसकेका थिए भने मेरा पनि । अब हुने हुनामी भै सक्यो मैले गर्न के नै पो सक्थेँ र । उनले भन्न भुलिनन् तपाईको बबीलाई मलाई सम्झेर व्यबहार गर्नु । तपाईको हरेक इच्छा तथा आकांक्षा तिनले पूरा गर्ने छिन् । मलाई बिगत हो मात्र सम्झनु । फेरि हाम्रो प्रेम पबित्र नै त थियो । जो चेली माइती वीच हुने भन्दा फरक के नै पो छ र । हुन सक्ला त्यति खेरका बाचाबन्धन त मैले पूरा गर्न सक्दै सक्दिन जो अब बबीले पूरा गर्ने छिन् । तपाईको इच्छा पहिला छोरी होस् भन्ने हैन र ? त्यो पनि भगवानले बबीलाई मेरो ाउँमा राखेर पूरा गरुन् । उनी त झन सुँक्क सुँक्क रुन पो थालिन् । ए लाटी के भनेको त्यस्तो ? मैले भने । केही पनि होइन दाई यो मेरो पनि कमजोरीको फल भोग्नु परेको हो । अर्को जन्ममा म तपाईकै हुनेछु । यो कुरा बबीलाई पनि नभन्नुस् ल फेरि बबीले उल्टो अर्थ लगाएर तपाईको जीवन पनि मेरै जस्तो होला । बबी अलि छिटो रिसाउँछे, तर पाप मन छैन है भनेर सम्झाउन पनि भुलिनन् । मैले कुरा मोड्ने प्रयास गर्दै सोधेँ - अञ्जु तिमी अब के गर्ने त ? उनको जवाफ थियो, खै यसै गरछुा भन्ने सोँचेको छैन । यस्तै कुराहरु गरेर धेरै बेर उनीकहाँ बसेर बेलुकी फर्केँ । मन गह्रुँगो भयो । एक मनले सोँचे - सायद उनीसँग फेरि भेट नभएको भए थाकेको घाउमा नुनचुक त थपिन्न थियो । अनि अर्को मनले सोँचे हाम्रो सम्बन्धमा अरु शुद्धीकरण भएको छ ।



उनले हामी (बबी र मेरो) लागी गरेको पराथर्थना भगवानले सुनेछन् सायद । आजभोली हाम्री प्रीय छोरी नै छिन् । अनि भर्खरै सुनेँ उनि (अञ्जु) पनि कुवेत तिर कामको सिलसिलामा गइन् रे । जे होस् उनी जहाँ भए पनि भगवानले उनको रक्षा गरुन् ।









ध्रुव थुलुङ

बसन्तपुर, तेह्रथुम

thulungrai@yahoo.com

२०६२ जेष्







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम