Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
हङकङमा साहित्यिक गतिविधि निक्कै राम्रो छ साहित्यकार टंक सम्वाहाम्फे - [2008-01-10]

झण्डै एक दशक अघि देखि हङकङलाई कर्मभूमि बनाउदै आउनु भएका एक सशक्त स्रष्टा, नेपाली साहित्य प्रतिष्�� ान, हङकङका अध्यक्ष टंक सम्बाहाम्फे संग समसामयिक विषयमा अनलाइन नेपाली साहित्य मंचले हाकाहाँकी गरेको अन्तवार्ता यहाँ प्रस्तुत गरिएको छ ।





१. नेपाली डायस्पोराका एक सशक्त कवि, गीतकार, समाजसेवी टंक सम्वाहाम्फे वास्तव को हो ?



टंक सम्वाहाम्फे वास्तवमा र्सवसाधारण नेपाली नै हो । मात्र यति हो समय समयमा साहित्यको विभिन्न विधामा कलम चलाएर आफ्नो भावना र विचारलाई निर्भिक रुपले र्सवसाधारणको माझ प्रस्तुत गर्ने गर्छ । त्यसैले टंक सम्वाहाम्फे आफ्नै विचार र भावनाको मालीक हो जस्तो लाग्छ, सम्वाहक जस्तो लाग्छ । वास्तवमा र्सवसाधारण नेपाली हो भनेर चाहि �� ोकुवा दिनसक्छु । हुनत पा�� कको दृष्टि र मेरो दृष्टिमा फरक हुन सक्छ किनभने दृष्टि आआफ्नै प्रकारको हुन्छन् । आफुले आफैलाई म यस्तो हुँ भन्दा पनि अरुले औल्याई दिनु राम्रो हो जस्तो लाग्छ । मेरो जन्म २०२४ वैसाख ७ गते कोशी अंचल धनकुटा जिल्ला कुरुले तेनुपा गा.वि.स.वार्ड नं. ५ मा भएको हो ।





२. तपाइका कृतिहरु के के हुन र तपाइको कलमले कुनकुन विधालाई समेट्छ ? फाल्टो अनलाइनमा काम गर्न कसरी समयको तालमेल मिलाइ रहनु भएको छ ?



हाल सम्म दुइ वटा कृतिहरु प्रकाशन गरेको छु । एउटा कविता संग्रह युद्ध भित्र उभिएका वुद्धहरु र अर्को आधुनिक गीतिसंग्रह सीडीमा मनोभाव हो । संयुक्त रुपमा अन्य तिन वटा कृतिहरु प्रकाशित छन् । हङकङका कथाकारहरुको कथा संग्रह यथार्थको चोइटा अर्को हङकङका कविहरुको कविता संग्रह हङकङमा कविता र हङकङ कै गीतकारहरुको आधुनिक गीतिसंग्रह प्रतीक हो । एउटा कविता संग्रह र लोकआधुनिक गीतिसंग्रह सीडीमा प्रकाशनको तयारी जुट्दै छु । खास गरी मेरो कलमले गीत, कविता, हाईकु ,कथा, यात्रा संस्मरण, लेख, निबन्ध आदि समेट्दै आएको छ । मुलत गीत र कवितामा मेरो कलम वढी केन्द्रित छ । फाल्टो अनलाइनको काम भने घरको र कामको समय चोरेर गर्ने गरेको छु । अनलाइनको लागि भनेर मेरो समय छैन । प्राय मेरो समय जिवन निर्वाहले सवै लगिदिन्छ । नेपाली साहित्यलाइ अनलाइनमा लानु पर्छ भन्ने मेरो मान्यता रहेकोले दुखसुख जे भोगेरै पनि यसो समय धेर थोर मिलाउछु । विचार र भावनालाई रोक्न नसकिने भएकोले कति सम्म भ्याईन्छ त्यसलाई कहिले आफ्नो लेखनमा भने कहिले अनलाईनमा समयलाई वाडेर लगानी गर्दै आईरहेकोछु ।





३. हङकङमा राम्राराम्रा र धेरै साहित्यकारहरु हुनुहुन्छ के यो सुन्दर स्थान हुनुको फल हो ?



हङकङमा सवै भन्दा पहिले साहित्यको वीउ रोप्ने अवधारणा मैले नै ल्याएको हुँ । त्यस पछि औपचारीक रुपले हङकङ आएर वस्नु हुने साहित्यकार मित्रहरुसंग मिलेर नेपाली साहित्य प्रतिष्�� ान हङकङको स्थापना गरेका हौ । यो हङकङको पहिलो साहित्यीक संस्था पनि हो । यसले हङकङमा साहित्यलाई उर्वर गराउने काम गर्यो र गर्दै आईरहेछ । साथै हङकङ रहनु हुने साहित्यकारहरुलाई पनि यस संस्थाले पर्राईभूमिमा मातृत्वको ममता दियो र दिदै आएको छ । यसै कारणले पनि हङकङमा साहित्य जोड्ने काम निकै त्रि् भएको हो । हङकङमा राम्रा र धेरै साहित्यकारहरु हुनुहुन्छ भन्दा निक्कै गौरव लागेर आउछ । किनकी म पनि हङकङलाई नै साहित्य जोड्ने कर्मथलोको रुपमा स्विकारेको छु र लेख्दै आएको पनि छु । यहा धेरै भन्दा पनि साहित्यको वाद देखि आन्दोलनका प्रवर्तकहरु समेत हुनुहुन्छ । संख्याको हिसावमा झण्डै दुइ दर्जन जति छौ । त्यसो त नेपालमा कविता लेखेर तहल्का मच्चाउने साथीहरु पनि हङकङमा हुनुहुन्छ । यसो हुनु यो सुन्दर स्थानको पक्कै फल हो भन्नु पर्छ ।





४. तपाई नेपाली साहित्य प्रतिष्�� ान, हङकङका अध्यक्ष हुनुहुन्छ संक्षेपमा भन्दिनुहोस प्रतिष्�� ान अहिले के गर्दैछ ? हङकङको साहित्यिक गतिविधिको बारे संक्षिप्त जानकारीहरु के के छन ?



नेपाली साहित्य प्रतिष्�� ान, हङकङको अध्यक्ष भएको हैसीयतले अनलाइनमा कविता, गीत, गजल, हाइकू आदि प्रकाशन गर्ने कार्य प्रत्येक दिन गरीरहन्छु मेरो समयले भ्याए जति । पहिले मासीक रुपले अविराम भन्ने पत्रीका नेपाली साहित्य प्रतिष्�� ान, हङकङले प्रकाशन गथ्र्यो तर समय परीवर्तीत भएको कारणले हाल अनलाईन व्लग मार्फ विश्वव्यापी संजालमा नेपाली साहित्यलाई फैलाउने कार्यमा प्रतिष्�� ान जुटी रहेको छु । यस वाहेक अन्य चार पुस्तकहरुमा युद्घ भित्र उभिएका वुद्घहरु कवितासंग्रह, छरीएको सिंदूर कथासंग्रह, त्यान्द्रो उपन्यास र यथार्थका चोइटाहरु संयुक्त कथासंग्रह समेत प्रकाशन गरी सकेको छ । हङकङमा नेपाली साहित्य श्रीवृद्धिको लागि आ�� वर्षदेखि निरन्तर नेपाली साहित्य प्रतिष्�� ान, हङकङले काम गर्दै आएको छ । हङकङमा साहित्यिक गतिविधि निक्कै राम्रो छ किनभने समय समयमा साहित्यिक कार्यक्रमहरु हुने गरेकाछन् । नेपाली साहित्य प्रतिष्�� ान, हङकङले अझै राम्रा राम्रा कृतिहरु प्रकाशन गर्दै लैजाने योजनाहरु राखेको छ । र अहिले पनि नेपाली साहित्य प्रतिष्�� ान, हङकङले तदारुक्ताका साथ साहित्यकर्म साथै साहित्यकारलाई प्रोत्साहन गर्ने कार्य गरीरहेको छ ।





५. तपाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङको महासचिव पनि हुनुहुन्छ, साहित्यको लागि उर्वर भूमि हङकङमा केही साहित्यिक संस्थाहरु हुदाहुदै अनेसास आवश्यकता किन पर्‍यो ? अनेसासको केन्द्रिय कमिटी संग कस्तो तालमेल हुन्छ ?



हङकङमा केही साहित्यिक संस्थाहरु हुदाहुदै पनि हामीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टर खोलेका हौ किनभने हामी हङकङमा मात्र सिमीत नरहेर अन्तर्राष्ट्रिय साहित्य समन्वय कायम गर्ने हेतुले यसो गरेका हौ । यसको मतलव हङकङका स्रष्टाहरु अन्तर्राष्ट्रिय रुपले परिचीत हुन् वा चिनीउन भन्ने हो । त्यसैले हङकङमा केही साहित्यिक संस्थाहरु हुदाहुदै पनि हामीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टरको आवश्यकता महसुस गरेका हौ र त्यहि अनुरुप स्थापना भएको पनि हो । अनेसासको केन्द्रिय कमिटी संगको तालमेल राम्रै नै छ । हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टरका अध्यक्ष अनेसासको केन्द्रिय कमिटीको सदस्य समेत हुनुहुन्छ ।





६. मोफसलका साहित्यकारहरु का�� माडौं केन्द्रित साहित्यबाट हेप्पिएको महशुस गर्छन, तपाईपनि मोफसल झै टाढा हुनुहुन्छ के तपाइलाई ओझेलमा परेको महशुस हुदैन ?



पहिले चाहि हेप्पिए झै ओझेलमा परे झैं लाग्थ्यो आजभोलि भने त्यस्तो हुन वा लाग्न छाडेको छ । किनभने अनलाईन सञ्जालले गर्दा सञ्चार माध्यम आफ्नै हातमा आईपुगेको छ । कसैले केहि नगरी दिए पनि आफुले आफ्नै काम गर्न सकिने दिन आएको छ । अनलाईन सञ्जालवाट आफ्नो सिर्जना हरेकको घर घर सम्म सहजै पुर्याउन सकिने अवस्था वनेको छ । त्यसैले पहिलेको जस्तो सिर्जना कपीमा मात्र सिमीत हुने दिन गए । नेपालमा पनि इन्टरनेटको सञ्जाल वढेर गाउ सम्म पुगेको छ । दिन प्रति दिन नेपाली साहित्यले इन्टरनेट सञ्जालमा स्थान पाउदै गएको छ । र इन्टरनेट सञ्जालको प्रयोगकर्ता पनि दिनानुदिन वढ्दै जानुले साहित्यको पा�� क पनि निश्चय नै वढे कै छन् जस्तो लाग्छ । जस्ले गर्दा सिर्जना फस्टाउने कुरामा निर्विवाद छ । यदि इन्टरनेट सञ्जाललाई प्रयोग गर्न जानियो भने अव लेखक कहिल्यै ओझेलमा पर्दैन । इन्टरनेट सञ्जालले मोफसल र केन्द्र भन्ने कुरा नै भत्काई दिएको छ । जहा वसेर जसरी पनि आफ्नो रुचि अनुसारको साहित्य पा�� कहरुले अध्यायन गर्न पाउछन् भने लेखकले पनि चाहे अनुसारको सिर्जना सम्प्रेषण गर्न सक्छ । तर्सथ मलाई ओझेलमा परे झै लाग्दैन यो नया प्रविधीहरुको सहयोगले ।





७. काब्यिक आन्दोलनहरु धेरै आएका छन् वास्तवमा किन सबै आन्दोलन सफल हुदैन्न ?



काब्यिक आन्दोलनहरु धेरै आएका छन् वास्तवमा त्यो सहि कुरा हो तर कति आन्दोलन सफल पनि भए भने कति असफल । ती सवै समयले निर्धारण गर्ने कुरा हुन अर्को कुरा आन्दोलन कर्तामा पनि निर्भर पर्दछ । किनभने समय वलियो र परीवर्तित हुन्छ । कुनै पनि काब्यिक आन्दोलनहरु समय सापेक्ष भएनन् भने त्यो असफल भएर जाने कुरा हुन् । तर त्यो काब्यिक आन्दोलन असफल भए पनि त्यसले केहि न केहि नया कुरा भने दिएर जान्छ । किनभने आन्दोलन नया कामको लागि गरीन्छ । परिवर्तनको लागि गरीन्छ । आन्दोलन सफल नहुनुको कारण विभिन्न हुन सक्छन् तर प्रमुख भने समय नै हो जस्तो लाग्छ । किनभने पशुप्राणीले समेत समयको परिवर्तनसंगै सीलस्वभाव आहार र वासस्थान परिवर्तन गर्दै लैजान्छन् । त्यसरी नै काब्यिक आन्दोलनलाई पनि समयको परिवर्तनसंगै परिवर्तन गर्दै लगिएन भने विफल हुदै जाने कुरा हो त्यसैले परीवर्तीत समयको प्रत्यक्ष असर रहन्छ काब्यिक आन्दोलन विफल हुनुमा ।





८. तपाइ लिम्बू परिवारको नेपाली साहित्यकार हुनुहुन्छ वास्तवमा लिम्बूहरुलाई किन चाहियो लिम्बूवान स्वायत्त राज्य ?



लिम्बू परिवारको नेपाली साहित्यकारलाई लिम्वूवान नचाहिने कुरै आउदैन किन भने लेख्ने वोल्ने माध्यम मात्र नेपाली हो तर लेखक भने लिम्वू नै हो । लिम्वूहरुलाई लिम्बूवान यस कारणले चाहियो कि लिम्वूवान आफ्नै आमा भएरकोले चाहिएको हो । आमा विनाको नानीहरु कति विचल्लीमा पर्छन् त्यसरी नै हामी लिम्वूहरु विचल्लीमा परेकाछौ सदियौ देखि । वल्ल आफ्नी आमासंग वस्न पाउने भएकाछौ । त्यसैले त लिम्वूवानको आन्दोलन आजभालि चर्किएर गएको हो । के गर्ने यहाका शासकहरुले आफ्नी आमालाई पाउनको लागि पनि आन्दोलन छेड्नु पर्ने परिस्थितीको सिर्जना गरी दिएकाछन् । अर्को कुरा कुनै पनि जातिको भाषा संस्कृति भेषभुषा आदि वचाउनको लागि अरु भाषी लागेर पक्कै हुदैन । तर्सथ लिम्वूभाषा संस्कृति भेषभुषा मात्र होईन लिम्वू जाति वचाउन समेत लिम्वूहरु लागि पर्नु पर्ने भएकोछ । यिनै वास्तविकतालाई बाच्न र बचाउनको लागि नै लिम्वूवान स्वायत राज्य चाहिएको हो । लिम्वूवानको विकास र स्वशासनको लागि लिम्बूवान स्वायत्त राज्यको आवश्यकता भएको हो । पहिले लिम्बूवान स्वायत्त राज्यको अस्तित्व नरहेको होईन तर शाहवंसीय राजाहरुले लिम्बूवानलाई खतम वनाउन चाहेका हुन तर पुन लिम्बूवान व्युझिएको छ लिम्वूवानवासी लिम्वूहरुको माझ । त्यसैले अव लिम्वूवान स्वायत राज्य कुनै दिन स्थापना भएरै छाड्छ मात्र त्यो समयलाई धैयताका साथ प्रतिक्षा गर्न सक्नु पर्यो । र आन्दोलनलाई शसक्त ढङ्गले वढाउन सक्नु पर्यो ।





९. धनकुटाले तपाइलाई जन्मायो, धनकुटाबाट पखेटा लागेर यहाँ सम्म आइपुग्नु भएको छ । तपाइ संग जन्म जिल्लाको लागि केही योजना छ की ?



आफ्नो गाउ�� ाउ जिल्लालाई सक्दो क्षमताले भ्याए जति योगदान दिएर विकास गर्न पाए राम्रो हुन्थ्यो भन्ने लागिरहन्छ । किनभने त्यो आफ्नै जन्म स्थान हो अथवा आमा भने पनि हुन्छ । त्यसैले आमाको सेवाको लागि भनेर केहि योजना मैले वनाएको छु तर अहिले नै र्सार्वजानिक भने नगर्नु नै राम्रो �� ानेको छु । किनकी त्यो वोलेर मात्रै हुदैन गरेर देखाउनु पर्ने हुन्छ । जुन वेला त्यो योजना गर्न सक्षम हुन्छु त्यसै वेला मात्र म मेरा योजनाहरु खुलासा गर्छु हाललाई भने योजनाको खाका वनाउन मै सीमीत रहेको छु ।





१०. आखिर तपाइलाई यी साहित्य, संगीत र समाजसेवाले के दियो ?



साहित्य, संगीत र समाजसेवाले टंक सम्वाहाम्फेलाई एक प्रकारले राम्रो र उच्च स्थान दिएको छ । किनकी त्यसैले उसलाई दुनियाको सामु चिनाएको छ । साधारण टंक सम्वाहाम्फेलाई आफ्नो पहिचान साहित्य, संगीत र समाजसेवाले वनाई दिएको छ । वरु टंक सम्वाहाम्फेले अझै साहित्य, संगीत र समाजलाई धेरै कुरा दिन सकिरहेको छैन भन्ने लागिरहेको छ । अरु धेरै दिन वाकी नै छ जस्तो लाग्छ र छ पनि किनभने साहित्य, संगीत र समाजसेवामा टंक सम्वाहाम्फे अझै यात्रारत नै छ । कुनै निश्चित विन्दुमा पुगी सकेको छैन ।





११. अन्तमा अनलाइन नेपाली साहित्य मंच मार्फत पा�� कहरुलाई के भन्न चाहनु हुन्छ ? मैले सोध्न बिर्षिएको र तपाइले भन्नुपर्ने कुनै कुरा भए भन्नुहोला ।



र्सवप्रथम अनलाइन नेपाली साहित्य मंचका सञ्चालकहरुलाई धन्यवाद दिन चाहान्छु । किनभने म जस्तो साहित्यको खुड्किलो उक्लिदै गरेको साहित्यकर्मीलाई भर्याङ लगाएर पा�� कहरुको माझ सोझै पुर्याउने काम गर्नु भएको छ । पा�� कहरुलाई म के भन्न चाहान्छु भने सक्दो राम्रा राम्रा साहित्यको परीकार पस्काएर आईरहने वाचा गर्दछु । सोध्न बिषिएका कुरा खासै केहि छैन भन्नु पर्ने थुप्रै कुरा छन् त्यसलाई विभिन्न रचना मार्फत विस्तारै म अवश्य भन्दै जानेछु ।







* साहित्यकार सम्बाहाम्फेको सम्बन्धमा थप जान्न परेमा www.tankasubba.com.np हेर्नुहोला । सम्पादक








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम