Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
अचम्म मित्रता (रत्नमणि नेपाल) - [2008-01-12]

एकप्रकारको न्रि्राबाट ब्यूझिएर विहान शुरुहुनासाथ शहरका आम मानिसलाई अखबारका हेडलाइनले झसंग पारे । सदाकै झैं तर अलिक कलात्मक शैलीमा छापिएका ती हेडलाइनहरुले चलिरहेको शान्तिवार्ताबारे केही बोलिरहेका थिए । शान्तिवार्तालाई व्यग्रताकासाथ नियालिरहेका आम मानिसलाई अखबारको समाचारले झनै व्यग्र बनायो । हेडलाइनमा लेखिएको थियो -'शान्तिवार्ता अनिश्चित, असहमतीको दुरी बढ्यो '



पदमजी पातलो आधा बाउला टी-शर्ट लाएर अखबार हेर्दै थिए । उनी एकदमै आत्तिएकाजस्तो देखिए । उनी घरबाट फूत्तै निस्किए । का माडौंमा चिसो शुरु भैसकेको थियो । विहान वेलुकाको चिसो त गाह्रै थियो । तर उनले न शर्ट फेन भ्याए, न स्वेटर-ज्याकेट खोज्न नै ।

कृष्णजी कौशीमा विहानको पोसिलो घाम ताप्दै अखबार नै हेरिरहेका थिए । उनले बाक्लो ज्याकेट, ढाकाको टोपी र गलामा मफलर गुँतेका थिए ।

पदमजी एकतलामाथि उक्लिएर त्यही कौशीमा पुगे । ' का माडौंमा चिसो हुने मोैसम कार्तिकको अन्तिम साता हो । तिमीले त अहिलै माघ लागेजस्तो गरी कपडा लगाएका छौ ' उनले भने ।

कृष्णजी बोले 'यसचोटी जाडो शुरु भैसकेको छ । गएको साता जो पानी पर्‍यो ।'

पदमजी छेवैको कुर्सी बसे । उनले भने 'अखवारले आजभोलि मान्छेको विहान त्यतिकै खाइदिन्छन् ।'

'सामान्यतया विहानको समयमा अखवारले समय काट्न मद्दत गर्छ ' कृष्णजीले भने ।

'यो सब तिमीहरुको नाटकमात्र हो । सब देखावटी हो । तिमीहरु अखवारमा विश्वास गर्दैनौ । अखवार पढेजस्तो गरी तिमीहरु घाम ताप्छौ । त्यसकारण तिमीहरुले अखवारलाई अन्त्य गर्न छापाखाना फोड्यौ, आगो लगाउन हुल्याहाहरुलाई उकास्यौ । तिमीहरु आन्दोलनदेखि आत्तिएका थियौ ' पदमजी एक्कासी चर्किए ।



कौशीमा उनीहरु दुइजना बाहेक अरु कोही पनि आएनन् । वरिपरिका घरहरुमा पनि कोही नभएकोजस्तो देखिन्थ्यो । दुइतीनवटा कागहरु भने उडेका थिए ।

पदमजीले भने -'तिमीहरुले झुटको खेति गर्न निकै मिहेनत गरेका थियौ । तिमीहरु केही पनि नहोस् भन्ने चाहन्थ्यौ । तिमीहरु घोर अवसरवादी हौ । राष्ट्रियता र आतंक तिमीहरुका प्रिय शब्द बनेका थिए । ती दुवै शब्द वनावटी थिए । अमूत पनि थिए । तिमीहरुले राष्ट्रवादका नाममा मान्छेलाई अल्मल्याउन खोजेका थियौ । आतंकको भय देखाएर आतंक बचाउन खोजेका थियौ । तिमीहरुको बुद्धि कुरुप र व्रि्रुप भैसकेको थियो । जसले तिमीहरुलाई जेपनि आतंक र राष्ट्रियताजस्तो देखाउँथ्यो । वास्तवमा तिमीहरुका लागि आतंक, शान्ती र राष्ट्रवाद एउटै थिए ।'

'होइन, त्यस्तो थिएन' कृष्णजीले मलिन स्वरमा प्रतिवाद गरे ।



'तिमी आफ्नो चरित्रलाई शान्ति र प्रजातन्त्रको नयाँ परिभाषाले छोप्न चाहन्थ्यौ । तिम्रो चरित्र नाङ्गो थियो । तिमी ०३६ साल र ०४५ सालका आफ्ना कर्तुतलाई राष्ट्रवादी लगानी भनेर प्रमाणित गर्न चाहन्थ्यौ । तिमीलाई गोलीकाण्डमा मुछिंदाको फाइल गायव बनाउनु थियो । तिमी चोर थियौ तर राष्ट्रका लागि चोरेको भन्ने देखाउन आन्दोलनको विरोध गथ्र्यौ । तिमी खुनी थियौ तर शान्तिका लागि खुन गरेको भन्ने प्रमाणित गर्न सेनाको स्यालुट लिन्थ्यौ । तिमीले हारिसकेका थियौ तर आफ्ना मानिसलाई विजेता देखाउन राष्ट्रवादी गीत बजाएर सेनाको अघिअघि हिड्थ्यौ । तिमी घोर अराष्ट्रवादी हौ ।'



कृष्णजी वेलावेला कौशी बाहिर आँखा लगाउँथे । अग्ला घरहरुले छेल्न नसकेका सीमित ाँउबाट एक सानो आकाश देखिन्थ्यो । पदमजी चल्मलाइरहन्थे । उनी एकछिन दाहिने खुट्टा देव्रेमाथि राख्थे । अनि एकछिनमा फेरिहाल्थे । उनलाई निकै हतारो परेको जस्तो देखिन्थ्यो ।

'तिमीहरु भ्रमवादी हौ । तिमीहरुले कति सोझा सीधा मान्छे मारेका छा,ै त्यो हामीलाई थाहा छ । तिमीहरु कसरी पैसा कमाउँछौ भन्ने पनि हामीलाई थाहा छ । तिमी कसरी राष्ट्रवादी हुन पुग्यौ र तिम्रो राष्ट्रवाद के हो त्यो हामी प्रष्ट जान्दछौ । तिमी एक अपराधी हौ । तिमीहरुको इतिहास अपराध, झुट, बलात्कार, षड्यन्त्र र भ्रमको इतिहास हो ।



पदमजीले एकछिन रोकिएर भने 'आन्दोलनबारे तिमीहरु त्यतिवेला अखवार मै पढ्थ्यौ । किनभने घरवाट निस्किने कुनै वाताबरण तिमीहरुलाई थिएन् । डराएर तिमीले मलाई कतिचोटी फोन गर्‍यौ । राती बाह्र एकबजेसम्म तिमी रक्सी पिइरहेका हुन्थ्यौ । तिम्रो स्वास्नी मेरोमा कतिपटक धाइन् । तिमीले एकदिन राती पाँच पटक फोन गरेका थियौ । पहिलो पटक सोध्यौ सडकका मान्छे को हुन ?दोस्रो पटक भन्यौ (हाम्रो तेइस हजार मान्छे मार्ने योजना छ । तेस्रो पटक सोध्यौ (मन्त्री खाने विचार छ - चौथो पटक भन्यौ (तिमीहरुको बाह्रबुँदे सम्झौताको भारत अमेरिकाले विरोध गरिसके । रक्सी खान आउ ।

पाँचौ पटक सोध्यौ ? के छ तिमीहरुको योजना -'



कृष्णजीले पदमजीका कुरामा त्यति ध्यान दिएकोजस्तो देखिएन । उनले हातमा पत्रिका बोकेका थिए । वेलावेला त्यसले हम्किन्थे उनी । पदमजी कुर्सीबाट उ ौलाझंै गर्थे । उनी स्थिर थिएनन् । एकछिनमा उनी झट्टै उ े । 'म अब यहाँ बस्तिन' उनले भने । फटाफट भुइँतल्लामा झरेर उनी बाटो लागे ।

अखवारहरु समाचार छापिरहेकै थिए । आइतबारको तुलनामा सोमबारका समाचारहरु एकदमै फरक हुन्थे । त्यसकारण प्रत्येक दिनका समाचारहरु उत्तिकै महत्वपूण्ा हुन्थे । विहान हुनासाथ आममानिसहरु अखवारतिर तानिन्थे । विहान एकपल्ट प्रायः अखबारका हेडलाइन नहेदा मानिसहरुलाई दिनभरि जिउ चिलाइरहन्थ्यो । पत्रिकाको व्यापार राम्रै भएको थियो । प्रायः मानिसहरु सम्पादकीयमा अन्तर्निहित बौद्धिक तर्क नबुझिने हुनाले केवल हेडलाइनका निम्ति मूल्य तिर्थे ।

त्यो दिनको अखवारको हेड लाइन थियो - शान्तिवार्ता सकारात्मक दिशातर्फ जे मा संविधानसभा हुने....

पत्रिका बाँड्नेले बाटोबाट फालेर आफ्नो घरको कौशीमा खसाइदिएको पत्रिकामा सरर्सर्ती नजर लगाउनासाथ कृष्णजीलाई चियाको समेत वास्ता भएन । चिया नपिइ दाँत समेत नमाझ्ने त्यो ५१ बर्षो मान्छे घरको गेटबाट बाहिर निस्कियो । गेटबाहिर निस्कनासाथ पछि र्फकेर गेट बन्द गर्ने बानी थियो उसको । त्यसलाई पनि आज उसले विर्सियो । सधैं एउटा हात राम्रैसंग हल्लाएर हिड्ने त्यो मान्छेले दुइटै हात वेग्लै ढंगले पाइन्टका गोजीमा खाँदेको थियो ।

कृष्णजी सरासर पदमजीको घरमा पुगे । पदमजी छोटो टेवलमा लत्रिरहेको पत्रिकामा परैबाट आँखा लगाइरहेका थिए । छेवैमा चियाको कपबाट तातो वाफ मास्तिर उडिरहेको थियो ।



कृष्णजीले कुर्सी बस्दै भने - 'पत्रिकै पढेर तिमीले पनि सारा कुरा बुझ्ने पर्ने भए तिमी किन आन्दोलनमा गयौ -’

पदमजीले कृष्णतिर फर्किदै भने 'आन्दोलनमा जानुपर्थ्याे । निरंकुशतालाई र्समर्थन गर्न हामी कसरी सक्थ्यौं - आन्दोलन र समाचार अलगअलग कुरा हुन ।'

'होइन, आन्दोलन र समाचार एउटै कुरा हुन् । तिमीहरु आन्दोलनले नै सबैकुरा हुन्छ भन्थ्यौ । तिमीहरुले त्यसो भन्नु एउटा समाचार शिवाय केही पनि थिएन । जुन कुरा अहिले सिद्ध भएको छ । समाचार तिमीहरुलाई आन्दोलन गर्ने एउटा वहानामात्र थियो । वास्तवमा न समाचारमा सत्यता थियो न आन्दोलनमा । तर तिमीहरुले धेरै नेपालीहरुलाई मूर्ख बनायौ । धेरैको महत्वपूर्ण समय अनावश्यक रुपमा खेर गयो ।'

'तिमीजस्तो मान्छेले त्यसो भन्न मिल्दैन' पदमजीले सामान्य प्रतिरोध गरे ।

'तिमी घोर अवसरवादी हौ । आन्दोलन नभएको थियो भने पनि तिमीहरु समाचार बनाउँथ्यौ र कुनै अर्कै आन्दोलनको उद्घोष गर्थ्याै । पहिले प्रजातन्त्रको सरकारमा सांसद र मन्त्री हँुदा तिमीले भष्ट्राचार गरेको इज्जत जोगाउन तिमी आन्दोलनकारी भएका थियौ । तिमी भ्रष्ट्राचारी हौ । तिमीलाई आयोगले थुन्छ र वर्वाद होइन्छ भन्ने डर थियो । तिमीहरु राष्ट्रघाती हौ । भारत र अमेरिकाको दलाल बनेर आन्दोलन उकास्यौ र आफूलाई निष्कलंक प्रमाणित गर्‍र्यौ ।'



पदमजी केही पनि वोलेनन । उनले केवल सुन्ने धैयतामात्र गरे ।

'तिमीहरु प्रजातन्त्र नामक भ्रमको खेति गरिरहेका छौ । अहिले अब तिमीहरुको विउ फेरिएको छ । प्रजातन्त्रको विउ अब गणतन्त्र भएको छ । त्यही गणतन्त्रको विउ रोपेर तिमीहरु आफूलाई जनताको नजरमा चोख्याउन चाहन्छौ । आन्दोलनमा तिमीहरु चोखिन गएका हौ । तिमीहरु कति पानीमा छौ भन्ने कुरा जनतालाई थाहा छ । तिमीहरु भारत र अमेरिकाको क पुतली हौ । विकासको नाममा लुट मच्चाउने खेल हो तिमीहरुको ।'



पदमजीले लगभग चिया पिइसकेका थिए । उनले कृष्णजीलाई चियाका बारेमा सोधेनन् । पदमजीले यस पटक हेदा कृष्णजीको अनुहार एकदमै आत्तिएको र रातो पनि थियो । उनी वोले 'तिमीले त्यसो भन्न मिल्दैन । नव्वे प्रतिशत जनता सडकमा थिए । ती सबै भ्रममा थिएनन् ।'

'समाचार भ्रम थियो । अखवार भ्रम थियो । त्यही समाचार बोकेर निस्किएका मान्छे पनि भ्रममै थिए । सबै कुरा हावामै भएको हो । वास्तवमा केही पनि भएको थिएन । तर त्यही कुरा अखवारले लेखे । अखवार र समाचारलाई विश्वास गर्ने मान्छेहरु सडकमा अनाहकमा निस्किएका थिए । तिमीहरु त्यही चाहन्थ्यौ ।'



उनी एकोहोरोजस्तो वोलिरहे । 'तिमीहरु निकै अप् ्यारोमा परिसकेका थियौ । मसंगै तिमीले तीनचोटी बीसबीस हजार लिइसकेका थियौ । त्रि्रो विदेशी रक्सी खाने बानी छुट्न लागेकोले तिमी दुब्लाएका पनि थियौ । तिमीलाई सचिव त के शाखा अधिकृतहरुले पनि टेर्ने छोडिसकेका थिए । व्यापारीहरु त तिमीहरुलाई ाडै वेवास्ता गर्थे ।'

'स्थिति त्यस्तो थिएन । तिमी त्यसै बर्बराउँदै छौ ' पदमजीले प्रतिवाद गर्न खोजे । तर निकै मलिन स्वरमा । त्यो घरमा अरु मान्छे भएको संकेत कतिवेला कतिवेला सुन्न सकिन्थ्यो । एउटा विदेशी कुकुर एकपटक वै क को ामा पसेको थियो । त्यो कुकुर पहिला पदमजीलाई अनि कृष्णजीलाई सँुघेर सरासर बाहिरिएको थियो ।



कृष्णजी बडो अब्यवस्थित ढंगले कुर्सी बसेका थिए । उनका दुइटै खुट्टा कुर्सी माथि नसमेटिएर गोलीगाँ ो तलको भाग फूत्त फूत्त बाहिर निस्किएको थियो । पदमजी भने शान्तसाथ बसेका थिए । उनी वेलावेला पत्रिकामा आँखा पनि लगाउँथे ।

कृष्णजी फेरि बोले 'त्रि्रा छोराछोरीले तिमीलाई र्टेन छोडिसकेका थिए । तिम्रो स्वास्नी हाम्रोमा प्रायः दिन विताउँथिन । दिउँसोको खाजा र चिया उनले विरलै यो घरमा खाइन होला । रातभरी तिम्रो नलागेर तिमीले मलाई आधा रातमा कतिचोटी फोन गर्‍यौ । आन्दोलनमा जथाभावी गोली चलाउन आदेश देउ भनेका थियौ ।'

उनीहरुको यो संवादले आधाघण्टा नाघिसकेको थियो । पदमजी सामान्य र धैर्य देखिन्थे । कृष्णजीले धेरैपल्ट आफ्नो बर्साई फेरिसकेका थिए । चालीस मिनेट पछि कृष्णजी आएकै बाटो हतारहतार फर्किए ।

पत्रिका पसलमा मान्छेहरुको घुइँचो थियो ।

बुधवारको हेडलाइन थियो - वार्ताले सकारात्मक निकास दिनेमा सरकार आशावादी । संगसंगै अर्को हेडलाईन पनि थियो - यस्तै रबैयाले निकास निस्कँदैन ।

मानिसहरु त्यसदिनको समाचारबाट वास्तवमै भ्रमित भएका देखिन्थे । वार्ता जसरी भएपनि मिल्छ भन्ने र वार्ता कुनै हालतमा मिल्दैन भन्ने दुइथरी झुण्डका बीच घट्टेकुलोमा चर्काचर्की पनि भयो । कति मान्छेले संकेत नराम्रो छ भनेर टिप्पणी गरे ।

त्यहीदिन सात बज्न दश मिनेट बाँकी नै छँदा पदमजी र कृष्णजीले फोनमा कुरा गरे । उनीहरु अनामनगरको वेकरी क्याफेमा समयमै भेला भए । दुवैले चिसो छेक्ने ज्याकेट लगाएका थिए । दुइ कप कफीको अर्डर भयो । दुवैमा चिनी कम राख्न अनुरोध गरियो ।

एफ्एम् रेडियोमा कुनै नेताको अन्तर्वार्ता प्रसारण भइरहेको थियो । प्रश्नकर्ता शान्तिवार्ताका सम्बन्धमा केन्द्रित थिए । पसलका मालिक अखवारलाई घुमाइघमाइ पढिरहेका थिए ।



कफी टेवलमा आइपुग्नु अघि नै कृष्णजीले भने - 'तिहारमा यसचोटी ूलै खेल भयो । यस्तो त पहिले कहिल्यै भएको थिएन । एकदिनमा डेढलाखसम्मको हारमार भयो । मेरै गयो डेढलाख ।'

पदमजीले भने - 'तिहार मेरो कहिल्यै राम्रो भएको छैन । समग्रमा चारपाँच लाख सकिन्छ । खासमा खानपान र जुवामा बढि जान्छ ।'

उनलाई बीचैमा काट्तै कृष्णजी वोले ीकै छ, साँस्कृतिक चाड, परम्परा मनाउने कुरा हो । हामी नेपालीको महान चाड । फूलको चाड, उज्यालोको चाड ।'

टेवलमा कफी आइपुगेको थियो । दुवैले हल्काढंगले कप समाए । कफीको पहिलो चुस्की लिदै पदमजीले सोधे- 'सवै नेपालीका चाड हुन् र दशैंतिहार - कसैले मनाउँछन्, कसैले मानाउँदैनन् ।' कृष्णजीले अनभिज्ञता प्रकट गर्दै भने- 'ए ! हो र ! होइन होला त्यस्तो । नेपालीहरु सबैले मनाउँछन् होला । हँ -'

पदमजी अल्मलिएकाजस्ता देखिए । उनी सामान्य चल्मलाए । उन्ले भने-'चिसो निकै बढेजस्तो छ । विहान वेलुका त झनै ।'

कृष्णजी कप उ ाएको स्थितिमा थिए । 'जाडो खासमा रमाइलै हुन्छ' उनले भने ।



एकछिन दुवै चुप रहे । क्याफेमा काम गर्नेहरु पनि कोही देखिंदैनथे । एकछिनपछि पदमजीले मौनता चिर्दै भने - 'मेरी छोरीले पनि बीस हजार हारिछ । केटाकेटी ।' उनी कफीको पैसा तिर्न उ े । मालिक पत्रिकामा एकोहोरो भएजस्तो देखिन्थ्यो । ऊ सम्पादकीय पेज पढिरहेको पदमजीले देख्नासाथ उनले उसलाई चाँडो पैसा लिन भने । उसले एकहातले पत्रिका समातेर अर्को हातले पैसा लियो ।

विहिवार विहान पनि मानिसहरुका आँखा पत्रिकाका हेड लाइनमै थिए । शुक्रवार पनि त्यस्तै स्थिति थियो । शनिवार पनि । तर पदमजी र कृष्णजीको मित्रताको वारेमा अनुमान लगाउनु मानिसहरुका लागि एकदमै गाह्रो काम हो ।







-रत्नमणि नेपाल







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम