Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
छिन्ताङ मूर्तिकार गाउ (रमेशचन्द्र अधिकारी) - [2008-01-18]

धनकुटा, रूखमा के देख्नुहुन्छ - छिन्ताङवासीलाई सोध्ने हो भने एकमुष्ट जवाफ मिल्नेछ-

कलैकला । गाउमै छिर्नुहुन्छ भने प्रायः सबै घरमा छिना र मुङ्ग्राको एकतमास आवाज आइरहेको हुन्छ । प्रायः गाउले का मा अनेक आकृति कुदिरहेका भेटिन्छन् । कलाप्रति छिन्ताङवासीको यो लगनले कुनै बेलाको यो शहीदको गाउ अचेल कलाकार गाउका रूपमा पनि चिनिन थालेको छ ।



म रूखमा आकृति नै आकृति देख्छु, का मा कला भर्न तल्लीन रामप्रकाश र्राई भन्छन्- तपाईं जस्तो नक्सा दिनुहुन्छ, म उस्तै आकृति उतारिदिन्छु । उनैलाई पछ्याउ“दै छिन्ताङ गाविस-८ का करिब डेढ सय जना यति बेला का कुदिरहेका छन् । यो क्रमले हरेक हिउदमा निरन्तरता पाउछ । कला मात्रै हैन, रामप्रकाश भन्छन्- जीविका चलाउने यो उत्तम उपाय पनि हो ।



छिन्ताङवासीले काष् मूर्ति बेचेर बर्षमा डेढ लाखसम्म कमाउने गरेका छन् । मूर्तिचाहि मखुन्डो, गाउघरको रहनसहनको झलक, देवदेवी र ग्राहकले इच्छाएका सबै प्रकृतिका बनाइने अर्का कलाकार विगेन्द्र र्राई बताउछन् । सहिदको गाउले मात्रै चिनिन्थ्यो, उनी भन्छन्- अब कलाकारको गाउ भन्न थालेका छन् ।



छिन्ताङका काष् मूर्तिको प्रमुख बजार राजधानी हो । विगेन्द्रका अनुसार मूर्ति बनाएर राजधानी प ाउन थालेकै करिब दुइ दशक भयो ।



हिउ“दको पारिलो घाम ताप्दै मूर्ति कुद्न रमाइलो हुने उनको अनुभव छ । दाम राम्रै पाउन थालेपछि गाउमा कलाकार पनि बढेका हुन् । गाउ“पाखामा पाइने करम, खिर्र्रो, हल्लु डेलगायतका रूखबाट उनीहरू मूर्ति तयार गर्छन् । विगेन्द्रका अनुसार एउटा मूर्ति बनाउन एक महिनादेखि दुइ महिनासम्म लाग्छ । मूल्यचाहि डेढ सयदेखि २० हजारसम्म रहने गरेको छ । स्थानीय बजार अभावमा, उनले भने- राजधानी पुर्‍याउन भने अनेक झमेला खेप्नुपर्ने हुन्छ ।







रमेशचन्द्र अधिकारी

from: Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम