Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
मृत्युञ्जयी कविताका र्सजक गोपी सापकोटा (डा. नारायणप्रसाद खनाल) - [2008-01-18]

नाटककार गोपी सापकोटा (२०२९) यति बेला गुलाफको एस्ट्रेमा मृत्यु (२०६३) शिर्षककको दोस्रो कविता सङ्ग्रह र आफ्नो पाँचौ कृति लिएर प्रस्तुत भएका छन् । उनी आफ्ना फुसदमा रचिएका फुटकर कवितालाई सङ्कलित गर्दछन्, यो रहर उनको एक अन्त्य एक सुरुवात’ (२०५२) बाटै जागेको हो । त्यसो त उनी एक सम्पूर्ण नाट्यकर्मी हुन अर्थात् नाटककार, निर्देशक, कलाकार, नाट्य व्यवस्थापक आदिको सफल भूमिका उनी निर्वाह गर्दछन् । औपचारिक शिक्षा पनि यिनले राम्रै प्राप्त गरेका छन् - आङल भाषा साहित्यमा स्नातकोत्तर, भनँू पाश्चात्य साहित्यले यिनलाई राम्ररी प्रभावित पारेको छ, किन्तु यिनको सृजनाको उत्स नेपाली साहित्य र यसैको सेरोफेरो नै हो । यिनको रचना भाषा भने आफ्नै मातृभाषा नेपाली रहेको छ । नवलपरासीको गैंडाकोट यिनको साधनाभूमि हो - सडक नाट्य समूह’ यिनको आफ्नो प्रतिभा पहिचानको संस्था हो तर यिनले यतिवेला केही वर्षेखि राजधानीलाई कार्यक्षेत्र बनाएका छन् । प्रथम कृति बाहेक अरु सबै उतैका उपज हुन् । यिनी २०५५ मा पूर्णविराम’ नाटक सङ्ग्रह लिएर उदाए । २०६० मै खरानी’ नाउँको दोस्रो नाटक सङ्ग्रहका माध्यमबाट विशेष चर्चित हुन पुगे । यिनी बाल कथाकारका रुपमा समेत परिचित रहेका छन् - कमिलाको सपना’ (२०५७) प्रकाशित कथासङ्ग्रह हो । यी पाँचवटा कृतिका माध्यमबाट उनी आफ्नो पहिचान बनाउन सफल त भइ नै हाले, साथै यिनका साहित्यिक सृजनाका तीन विधा पनि हालसम्म निर्धारित भइसके - पहिलेा कविता, दोस्रो नाटक र तेस्रो -बाल) कथा तर उनको वृहत्तर भविष्यको सुनौलो रेखा कोर्न भने श्रव्य-दृश्यात्मक नाटक विधा नै सक्षम भएको मान्न सकिन्छ । यसोभन्दैमा उनका मृत्युञ्जयी कविताबाट ओझेल पर्न भने कदापि सकिंदैन ।



गुलाफको एस्ट्रेमा मृत्यु सद्यः प्रकाशित कृति भए पनि वास्तवमा यो अ ् ाइसौ कविताको शिर्षक हो र यही नै किताबको शिर्षक पनि हो, यो पृष् ६७ मा सिङ्गा अर्थात् उच्यार्य स्वर-व्यञ्जन बर्ण मिलाएर तीन अक्षर पुञ्जका दुइवटा र दुइ अक्षरपुञ्जको एउटा गरी जम्मा तीन पदयुक्त यो शिर्षक एउटा पदावलीमय रहेको छ । क्रियापद विहीन यो शिर्षकको पहिलो पद अरबीमूलक गुलाफ हो र यससंग सम्बन्ध जनाउने को’ विभक्ति जोडिएको छ र यो पद अँगे्रजीमूलक एस्ट्रेसंग अधिकरण कारकको चिन्ह मा को योग भएको छ, त्यसैले कहीँ कसैले एस्ट्रेमा गुलाफको मृत्यु’ भन्ने अर्थ लगाउनु पर्ने छैन तर एस्टे्र नै गुलाफको हो । अतः यो रुपकीय शैलीमा भनिएको अंश हो । यहाँ खास उल्लेखनीय विषय भनेको तत्सम शब्द बोध्य मृत्यु’ नै हो र यस समग्र पदावलीको भाषाबाट बुझिने अंश पनि मृत्युबोध नै हो अर्थात् यो शिर्षक एक घटना-दुघटनात्मक छ किनभने मान्छेहरुको मृत्यु पनि हुने गरेको छ र त्यो अवश्यंभावी हुन्छ पनि । यहाँ कोही कसैले आफूलाई मृत्युञ्जयी घोषणा गर्न सक्दैन किन कि मृत्युञ्जयी कोही छैन, कोही हँुदैन ।

सङ्ग्रहभित्रको आ ौं कविता मृत्यु शिर्षकमै छ भने अ ारौं कविता सहिद दिवस को सहिद’ पनि मृत व्यक्ति नै हुन्छ । अझ उनन्तीसौं कविता मृत्युः एक अनुभूति’ नै रहेको छ । छै ौं कविता रङ’ नाम मात्रको हो, यसले पनि मृत्यु’कै रङको अभावलाई क्रोडीकृत गरेको छ । नवौं कविता चि ी’ले पनि चौथो पंक्तिपुञ्जमा मृत्यु’कै वकालत गरेको छ । दशौं जुरेली’मा पनि मृत्युकै आभास छ । एघारौं परदेशी पत्र’मा पनि मरेको, लास’ र संवेदना’ गन्हाएकै छन् । पहिलो चङ्गा’ कवितामा पनि मृत्युकै झल्को छ ।

हामी मृत चङ्गाहरु

पुनः मर्नु पर्ने छैन’



दोस्रो प्रेम’ कवितामा पनि - मात्र एक झड्का हावाले यिनीहरुको रुपरङ्ग उडाइदिन सक्छ’ भनिएकाले अभिन्त्य मृत्युबोध नै छ । तेस्रो कविता भिक्षाम् देहि’ मृत्युकै बोल कबोल गर्छ । यस्तै धेरै अग्लो हुनु अभिशाप रहेछ भन्दै पाँचौ कविताले पनि धेरै अग्लो भए लडिन्छ, भाँचिन्छ, मरिन्छ’ कै कुरा उ ाएको छ । तेह्रौं प्रशान्तको चि ी’ कवितामा आत्महत्याको सर्न्दर्भ आएको छ । चौधौं कविता भ्वाइलिन विचरा रेटिने वस्तु हो र यो रेट्दा रेट्दा लास बन्ने नै देखिएको छ । पन्ध्रौं कविता क्रमशः’मा पोखिने र शोक मनाउने सर्न्दर्भले पनि मृत्युभाव नै अभिव्यक्त गर्छ प्रकारान्तरले । सोह्रौं कविता अन्तिम चेतावनी’मा कण् मा मणि र जूनकिरीमा जून अभाव मृत्यु नै हो भने पत्नीहरुको सिउँदाको सिन्दूरको अभाव तिनका पतिको मृत्युवोध नै भएकाले यसमा पनि मृत्यु चेतना छ । सत्रौं कविता नदी र म मा भनिएको छ -



इतिहास पल्टाउनु पर्दैन

मेरा मृत्युको समय फेला पार्न ...’



यसप्रकार यो पनि मृत्युवोधी कविता नै बनेको छ । एक्काइसौं कविता प्रश्नहरु ...’ले पनि - जिउँदै मृत बनाइएका हामी’ भनेर आफ्नै अस्तित्व र स्वतन्त्रताको खोजी गरेको छ । बाइसौं कविता फूलहरु’ फूलको मृत्युलाई नै बिषयबस्तु बनाएर व्यङ्ग्य पस्कन्छ -



तिमीहरुलाई सधैं बली चढाउँछन् मन्दिरमा

के यस्तै अहिंसा रुचाउँछन् तिम्रा इश्वर ?



चौबिसौं कविता कागजका फूलहरुमा’ - कागजका फूलहरुले यद्यपि छोपिदैनन् शवहरु मृत्युवोध नै छिपेको छ । छब्बीसौं कविता बादलका फूलहरुमा - क्रमशः आँधी आइरहने छ, बादलका फूलहरु झरिरहनेछन् बाट मृत्युकै पोषण भएको छ । सत्ताइसौं कविता अनुपस्थिति शिर्षकमा छ र यो पनि प्रकारान्तरले मृत्यु नै हो । उनन्तीसौं कविता गोहाटीको सम्झना’ भन्छ -



यो मसानघाट हो

हामी मरेपछि ... त्यसरी नै जलाउनु पर्दछ ।’



र नै यो पनि मृत्युवोधी रचना हो । तीसौं कविता खलनायकहरु’ हो र यसले पनि विचार मर्दैन बन्दुकको गोलीले र व्यक्तिलाई मार्दैमा विचार मर्दैन’ जस्ता पदावली अंगालोमा हालेकाले स्वयम् मृत्युवोधी रचना भएको छ ।

एकतीसौं कविता र्स्पर्श’ले जीवनभर शून्यमात्र देख्छ - शून्य१ जो अभाव हो र पर्यन्तमा मृत्यु पनि अभाव भएकाले यो पनि मृत्युवोधी रचना नै हो । बत्तीसौं कविता भाइरसहरु’ स्वतः मृत्युवोधी हो, भाइरस ज्यानलेवा तत्व हो, यसले मार्छ, जीवन सखाप पार्छ । यस कविता सङ्ग्रहभित्रको उपान्त्य कविता ... सिसिफसको जिन्दगी’ भित्र कालो मुदा’ वस्तुतः मृत्युवोध नै हो । अन्तिम कविता निन्द्राग्रस्त हिँडाइ हो र यसमा पहिरो, आगो मृत्युका कारण बनेका छन् र चार जना महिला र सा ीजना अरूलाई काल कावलित देखाएर मृत्युको सन्देश दिइएको छ । भन्नु नपर्ला यहाँ उल्लेख गर्न नसकिएका अथवा भनूँ कतै तिरबाट मृत्युले अस्पर्शित कविता एक्का दुक्का भए पनि सर्म्पर्कले ती पनि मृत्युवोधी नै बनेको मान्नु पर्छ किनभने सबै ... मृत्युभित्रै सङ्ग्रहीत छन् । प्रस्तुत संङ्कलन मृत्यु शिर्षकमा आउनुको परिणति नै यही हो ।

र, म भन्दै थिएँ यो कविता अर्थात् उही अर् ् ाईसौं कविता - गुलाफको एस्ट्रेमा मृत्यु’ जम्मा तीन पंक्तिपुञ्जमा आफ्नो आयाम विस्तार गर्दछ । प्रथम पंक्तिपुञ्जमा सात हरफ छन् र अन्तमा पूण्ाविरामले यसको हदबन्दी तोक्छ । अर्को पंक्तिपुञ्ज, जो दोस्रो हो - त्यसमा छ पंक्ति छन् र अन्तिम अनुच्छेद छ वटा पंक्तिले बनेको एउटा पंक्तिपुञ्ज हो र यो तेस्रो पंक्तिपुञ्जको रुपमा रहेको छ । यसरी पहिलो पंक्तिपुञ्ज एक हरफले अरु दुइवटा भन्दा फरक रहेको छ किन कि दोस्रो र तेस्रो पंक्तिपुञ्ज छ - छ हरफ रहेकाले समान छन् । यी पंक्ति छोटामा सबभन्दा कम ४ अक्षर र लामामा सबभन्दा बढी १५ - १६ अक्षरका रहेका छन् तर यी सबै न छोटा न लामा पंक्तिको बिस्तारमा अटाएका छन् । सिमित-परिमित शब्दमा निकै रोचक पाराले आफ्नो कथ्य भन्न सक्ने भएकाले कवि गोपीलाई प्रयोगधर्मी कवि भन्नु परेको छ । यिनका कविताको भाषा यदाकदा आलङ्कारिक बनेको हुन्छ र यसलाई बुझ्न प्रयोगबादी कविता झै अर्थ्याउनु पर्छ ।



गोपी सापकोटा आजको कविताका अभिनेता हुन् । कवितामा अभिनय हँुदैन भन्न मिल्दैन । जीवनको अभिव्यक्ति कविता पनि हो, नाटक पनि । कवि तब सफल हुन्छ, जब ऊ अभिनय - साहित्यमा खरो उत्रन्छ - नाटकान्ते कवित्वम् ।’ युग प्रतिबिम्बित छन् यिनका कवितामा । मृत्यु, जो अपरिहार्य छ । जीवन त्यहींसम्म मात्र हो जहाँ मृत्युले र्स्पर्श गर्दैन । यिनका ती मृत्युबोधी कविताले जीवनबोध गर्दैनन् भन्ने कुरा हँुदैन किनभने जीवनबोधको प्रमाणपत्र नै मृत्युबोध हो । बिना जीवन के को मृत्यु - अतः गोपीका कविताको मूल जीवन सापेक्ष छ र यिनका कविताले समयको प्रतिनिधित्व गर्छन् । अभिलासित स्थान पनि यिनको कविता रचनाको उर्वरभूमि हो । नेपालबाट पुग्छन् यिनी गोहाटीसम्म किनकि त्यो उनको अनुभूत स्थान हो । उनी जहाँ दौडे पनि आजको वर्तमानले मागेका खोजेका र अनुभूत गरेका बिषयलाई राम्ररी छानेर यिनले माला उनेका छन् - लगाउनु - नलगाउनु पा कको अभिरुचिको बिषय हो । स्वभाविक वस्तु स्वतः अकृक्रिम हुने गर्छ, त्यस्ता बस्तुसंग प्रेम बस्दैन भन्नु असाहित्यिक बन्नु हो । अब पनि गोपीबाट समाजले चाहेका कुरा, साहित्यिक अपेक्षा गरेका कुरा यही समाजभित्र र यही सीमारेखाभित्र लाखौं लाख भेटिनेछन्, जहाँ उनी आन्तर र बाहृय विभीषिकाले छटपटाइरहेका निरिह मानवका बिसङ्गत र विवश, जीवनशैलीहरुमा विचरण गर्न सक्नेछन् । र विशिष्ट भाव - सौर्न्दर्यको संयोजनद्वारा अझ नयाँ नयाँ उत्तर-आधुनिकता संस्पर्शी रचनाबिम्ब प्रस्तुत गरेर आफ्नो रचना धर्मको सुरक्षा गर्नेछन् । गोपीको भविष्य यात्रालाई प्रस्तुत संग्रहले एक नवीन नूतन मार्ग उद्घाटन गरेको छ, जहाँबाट निरन्तर यात्रीहरु आवत जावत गरिरहनेछन् - उनी धूमिल कदापि हुने छैनन्, यी ३५ वटा उनका मृत्युञ्जयी कविता हुन् । यिनको अमरता निश्चित छ, मृत्यु कविता-बिषय भएर के हुन्छ र ?







(अभिव्यक्तिबाट)







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम