Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
कोरियाको कथाव्यथा (तेज रावल) - [2008-01-19]

वैदेशिक रोजगार प्रतिक युवायुवतीहरूको लागि एउटा सुनौलो अवसर हो । आम नेपालीहरूले त्यस्तोको सपना निश्चितरूपमा बोक्न स्वाभाविक हो । त्यसमा पनि आकर्ष मुलुकहरूमा प्रवासी कामदारहरूको ओइरो नै लाग्दछ । अहिले नेपाली युवाहरूको जन जीवनमा दक्षिण कोरिया वैदेशिक रोजगारीको बहुचर्चित केन्द्रबिन्दु बनेको छ । त्यसमा पनि नेपाल सरकार र गणतन्त्र दक्षिण कोरिया सकारबीच भएको दिपओ सम्झौता पश्चात् नेपालमा यसको दिनप्रति चर्चा बढ्दै गएको छ । उक्त चर्चा नजिकिँदै पनि गएको छ ।



अझ भन्नुपर्दा ११ डिसेम्बर २००७ दुवै देशका श्रम विभाग प्रमुखहरूले रोजगार अनुमति प्रणाली अर्न्तर्गत भिषा सम्झौता हस्ताक्षर गरेपछि कोरियाको वैदेशिक रोजगारको महत्त्व बढ्दै गएको हो । अहिले प्रशस्त आम नेपाली युवाहरू भाषा प्रशिक्षणको लागि उत्सुक भई अध्ययन गरिरहेका छन् । वैदेशिक रोजगारका सिलसिलामा कोरिया जान पर्ूव नेपाल सरकार र कोरियन सरकारबीच भएको आप्रवासी कामदारसम्बन्धी निर्धारण गरेका प्रावधानहरू सम्पर्ूण्ा इच्छुक महानुभावहरूले जानकारी पाउन नितान्त आवश्यक छ । भ्एक् भनेको Emउयymिभलत उभrmष्भत कथकतझ अर्थात् रोजगार अनुमति प्रणाली हो । त्यस्तै प्ीत् भनेको प्यचभबल ीबलनबगनभ त्चबष्लष्लन, कोरियन भाषा प्रशिक्षण हो ।



कोरिया सरकार र्सवप्रथम कामदार आपूर्ति गर्ने मुलुकहरूबाट कामदार ल्याउँदा कोरिया भाषाको सिकेको हुनुपर्ने प्रावधान छ । अझ जुन देशमा कामदार वैधानिक रूपमा बढी बसेको रर्ेकर्ड छ, ती देशलाई अर्को वर्षकामदार कोटा बढाउने कोरिया सरकारको नीति नै छ । इपीएस कोर्षकम्तिमा १ सय ५० घण्टाको अनिवार्य प्रशिक्षण दिइनर्ुपर्छ । त्यसमा कोरियन भाषामा अध्ययन गरेकेा कोरियन सरकारको मान्यता प्राप्त निकायबाट उत्तर्ीण्ा गरेका व्यक्तिहरूले प्रशिक्षकको रूपमा अध्यापन गर्न पाउनेछन् ।



आफैँ अध्ययन गरेका विद्यार्थीहरूले समेत कोरियाली भाषाको परीक्षा दिन पाउने छन् । त्यसका लागि नेपाल सरकार श्रम तथा यातायात व्यवस्था अर्न्तर्गत श्रम तथा रोजगार पर््रवद्धन विभागले छुट्टै भ्एक् कार्यालयको स्थापना गरेको छ । जसमा उक्त कार्यालयले कोरिया सरकारको भाषा परीक्षण निकायले नेपालमा आएर जाँच लिनेछ । जाँचका लागि पर्ूवाधार उपलब्ध गराउने र व्यवस्थापनमा समन्वय गर्ने काम नेपाल सरकार इपिएस केन्द्रले गर्नेछ । कोरियाली सरकारको अधिकारीहरूले उतैबाट छापिएर सिलबन्दी प्रश्नपत्रहरू लिएर भाषा जाँच हुनेछ । कोरियाले दर्ुइवटा विषयमा वस्तुगत प्रश्नपत्रका आधारमा जाँच लिनेछ । प्रत्येक विषयहरूमा घटीमा ४० भन्दा उच्च अङ्क ल्याएर मात्र उत्तिर्ण्र्ााएको मानिने छ । दुवै विषयहरू गरी १ सय २० अङ्क ल्याउनुपर्नेछ, देशभरमा तोकिएका परीक्षा केन्द्रमा एकैचोटी परीक्षा सम्पन्न गराइनेछ ।



नेपाल सरकारको इपीएस केन्द्रले भाषा प्रशिक्षणका लागि सरकारले न्यूनतम मापदण्डसहित तालिम केन्द्रको प्रस्ताव आहृवान गरी ती संस्थाहरूमा अध्यापन गर्ने शिक्षकको योजना, संस्थागत पर्ूवाधार र प्रस्तावित पा ्यक्रमहरूलाई आधार मानेर २०९ वटा संस्थाहरू सूचिकृत गरिएका छन् । त्यस्तै भाषा अध्ययन गर्नेहरूका लागि सरकारले प्रति विद्यार्थीहरूसँग अधिकतम ५ हजार भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा नेपालमा भाषा प्रशिक्षकहरू थोरै सङ्ख्यामा रहेका र तालिम केन्दहरूमा प्रशिक्षकको अभाव भई नपुग भएको देखिन्छ । प्रत्येक सूचीकृत संस्थाहरूले एउटा राजधानीमा र अर्को राजधानी बाहिर शाखा कार्यालय स्थापना गर्नुपर्ने हुन्छ । मापदण्ड पूरा नगरेका तालिम केन्द्रहरूले मापदण्ड पूरा गर्न थप समय समेत प्रदान गरिएको छ । भाषा अध्ययन गरी जाँच उत्तर्ीण्ा गरेका विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गर्न हुन र उक्त प्रमाणपत्र सधैँको लागि काम लाग्नेछ ।



कोरियाको श्रम बजारमा अहिले ११ हजार जति नेपाली कामदारहरू कार्यरत छन् । भाषा र परीक्षा उत्तर्ीण्ा गरेका व्यक्ति कोरियामा काम गर्न जान पाउनेछन् । आवश्यकताभन्दा बढी ५ गुना बढी उत्तर्ीण्ा विद्यार्थीको नाम सरकारले कोरियाको सरकार कहाँ प ाउनेछ । ती भाषा उत्तर्ीण्ा गरेका नेपालीहरूको रुची कोरियाली श्रम मन्त्रालयले रोजगारदाता समक्ष प ाउछ । रोजगारदाताले ती सूचीमा परेका कामदारहरूको योग्यता, उमेर, कामको अनुभव, कोरियाली र अङ्ग्रेजी भाषाको दक्षताको आधारमा छनोट गर्नेछ । ती छनोट प्रक्रियामा परेका व्यक्तिहरू उक्त काम पुग्न झण्डै २ महिना समय लाग्नेछ । कोरियाले सन् २००७ मा ५० हजार विदेशी कामदार लिने नीति बनाएको थियो । १२ वटा मुलुकहरू कोरियाली सरकारका श्रम स्रोत मुलुकहरू हुन् । नेपाल सरकारलाई अधिकतम ५ हजार ५ सय एक कामदारको कोटा राष्ट्रले प्राप्त गर्नेछ ।



कोरिया जाने कामदारको ७ सय ५० रुपियाँ अमेरिकन डलर तलब सुविधा हुनेछ भने कार्य अवधि ३ वर्षहुनेछ । अतिरिक्त समयमा समेत काम गर्दा १ हजार ५ सय रूपियाँ मासिक पारिश्रमिक हुनेछ । त्यसमा कामदारको अनिवार्य बीमा गरिसकेको हुन्छ । त्यस्तै आवास र खाना सम्बन्धमा रोजगारदातामा निर्भर पर्दछ कसैले दुवै वा एक मात्र व्यवस्था गरेका हुन्छ । रोजगार अनुमति प्रणाली अर्न्तर्गत आप्रवासी कामदारहरूले अन्य मुलुकको कामदारहरू सरह समान सुविधा उपलब्ध गरेको हुन्छ सरकारी माध्यमबाट कोरिया कामदार प ाउँदा १ लाख २५ हजार रुपियाँभन्दा बढी रकम तिर्नुपर्दैन ।



यसरी कामदारहरू कोरिया प ाउँदा सरकारले निष्पक्ष र पारदर्शी ढड्ढबाट कामदारहरू गिने प्रवृत्तिको समाप्ति हुनेछ । दुवै देशका सरकार कामदार आपर्ूर्ति सर्न्दर्भमा वैधानिक रूपमा शर्तगत रूपमा बाँधिएका छन् । नेपाल सरकारको भ्एक् केन्द्रले र्सवसाधारणहरू अनावश्यक रूपमा न गियुन् भन्ने हेतुले र्सार्वजनिक सरोकारको सूचना प्रकाशित गरेको देखिन्छ । तत्पश्चात् कुनै व्यक्ति समूह वा कसैले म कोरिया प ाउँछु भनि विश्वास गर्छ, रकम लेनादेना गर्छ भन्ने त्योभन्दा ूलो भ्रम कोही हुँदैन त्यसबाट सम्पर्ूण्ा व्यवस्थापिका आम नेपालीहरू सचेत हुन नितान्त आवश्यक छ ।



अझ यस सम्बन्धमा संसद अर्न्तर्गत रहेको श्रम तथा औद्योगिक समितिले कामदार प ाउने क्रमको कार्यान्वयन हदैसम्मको पारदर्शिता कायम गर्नका लागि प्रष्टयाउन श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई आग्रह गरेको छ । व्यवस्थापिका संसदको सोही समितिले रोजगार अनुमति प्रणाली अर्न्तर्गत भाषा प्रशिक्षणका सूची वृत तालिम केन्द्रहरूमा निरीक्षण समेत गर्ने भएको छ । जसमा आम नेपाली भाषा प्रशिक्षार्थीको भावनाको कदर समेत गरिनेछ ।



विशेषतः नेपाली महिला कामदारहरूलाई बढी बढी रूपमा कोरियामा कामदारको रूपमा प ाउन सकेको खण्डमा वास्तविक रूपमा महिलामाथि भएको भेदभाव अन्त्यका साथै जीविकोपार्जन पनि माथि उ ्ने नै थियो । नेपाल सरकारले गणतन्त्र दक्षिण कोरियामा नेपाली राजदूतावासको स्थापना समेत गरिसकेको छ । त्यसले वास्तविक रूपमा कामदारले भोग्दै आएका समस्याहरूलाई पहिचान गरी त्यसको निराकरण गर्नेतर्फपहल कदमी गर्नुपर्ने देखिन्छ । कोरियामा द्रुतगतिको रूपमा बढी औद्योगिक विकासमा नेपाली कामदाहरूले प्रचुर मात्रामा फाइदा उर् ाई नेपालको आर्थिक क्षेत्रमा कोरियामा जाने कामदारहरूले महत्त्वपूण्ा भूमिका निर्वाह गर्ने छन् भन्ने कुरामा दुइमत छैन । भोलिका दिनमा ती कामदारहरूको भविष्य सुनौलो हुनेछ ।





तेज रावल

From: Gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम