Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
बुद्धको मावली गाउँ पुग्दा - [2008-01-30]

देवदह, अर्थात् भगवान् बुद्धको मावलीगाउँ । यतिमात्र होइन, बुद्धकी कान्छीआमा प्रजापती गौतमीको माइती र स्वयं बुद्धको ससुराली गाउँ । कस्तो होला त त्यो गाउँ -मैले राजा शुद्धोदनको राजधानी कपिलवस्तुका बारेमा पनि धेरै पढेँ, सुनेँ । गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि धेरै पटक हेरेँ, घुमेँ तर उनको मावलीगाउँको बारेमा केही पढे पनि प्रत्यक्ष देख्ने चाहना भने जीवित रहिरहृयो । भनिन्छ, तत्कालीन अवस्थामा कोलीय राज्यको परम्परा के थियो भने विवाहित चेलीको पहिलो बच्चा माइतीघरमा जन्माउनु पथ्र्यो । त्यसै भएर कोलीय राज्यकी शाक्यवंशीय राजतनया मायादेवी प्रसुति हुने अवस्थामा माइत जानका लागि कपिलवस्तुबाट देवदहतिर लाग्दै थिइन्, तर बाटोमै प्रसववेदनाले पीडित भइन् र लुम्बिनी ग्राममै सिर्द्धार्थ गौतमलाई जन्म दिइन् ।



त्यस कोलीय राज्यको राजधानी देवदहमा जाने अवसर जुटाउन खोजियो २०६४ सालको विजयादशमी अघि तर समय नआइकन चारदिन चाँडो जान्छु भनेर पनि कहाँ पाइँदोरहेछ र ! विभिन्न चाँजोपाँजो मिलाएपछि मात्र पोल्टामा हाल्न सकियो द्वादशीको दिनलाई । पूव -पश्चिम राजमार्गको सुनवल नजिकै अर्थात् काठमाडौँबाट करिब २४० किलोमिटर पश्चिम खैरेनीबाट ६ किलोमिटर भित्र पसेर देवदह पुग्नका लागि नियमित बससेवा छैन । हिँडेर जान र घुमेर र्फकन दिनभरको समय चाहिन्छ । त्यो समय पनि म जुटाउन सक्दिन । विकल्प निस्कन्छ मोटरसाइकल ।



मोटरसाइकल चढ्न तयार छौँ हामी दर्ुइजना- मान्यवर टुमनाथ अर्याल र म । तर हामीसँग न मोटरसाइकल छ न चालक । रथ र सारथीविनाका यात्रु जोसिएर मात्र के काम !मेरो चाहनालाई अर्यालदम्पतिले बडो गम्भीरता साथ लिनुभयो । बुटवल शिवनगरबाट थिचिएका फोनका घण्टीहरू घन्कन थाले शीतलनगरसम्म । शुभसमाचार मिल्यो- राजमार्गछेऊ देवदहद्वारमा दर्ुइवटा मोटरसाइकल हाम्रो प्रतीक्षामा रहनेछन् ।



भनेजस्तै हामी त्यहाँ पुग्दा ऋषिश्वर अर्याल र तारानाथ खरेलले आ-आफ्ना मोटरसाइकल तयारी अवस्थामा राखेका थिए । मलाई भने कड्ढोको माहागीबजारको दृश्य याद आउँदै थियाो- जहाँ मोटरसाइकलमा ट्याक्सीको प्लेट टाँसेर यात्रुहरूको प्रतीक्षा गरिन्छ । समय अपरान्हको तीन बजिसकेको हुँदा विलम्ब नगरेर हामी देवदह प्रवेशद्वारबाट छिर्र्छौ र दक्षिणाभिमुख हुन्छौँ । पक्कीसडक एक किलोमिटर पार गर्न नपाउँदै ग्राभेलिङ सडकमा कुद्न थाल्छौँ हामी । कतै धान काटिरहेका र कतै छाँटिरहेका थारु वा तत्कालीन कोलीय राज्यका सन्तानहरू देखिन्छन् खेतका गाराहरुमा । बस्ती त्यति घना हुन सकेको छैन र विकसित अवस्थामा पनि देखिँदैन ।



भवानीपुर गाविस अर्न्तर्गत देवदहबजारको चोकमा देवदह संरक्षण प्रतिष्ठानद्वारा निर्मित देवदह पार्क र भगवान् गौतमबुद्ध तथा बुद्धका प्रियशिष्य सारीपुत्रको पर्ूण्ाकदको प्रतिमा देखिन्छ । मायादेवीको प्रतिमा पनि निमांणाधीन अवस्थामा रहेछ । भविष्यमा अर्का प्रियशिष्य मौद्गलायनको पनि प्रतिमा राखिने लक्ष्य भएको म बुझछु । अब हामी २०२७ सालमा स्थापना भएको महामाया भवानी माविको प्राड्ढणभित्र प्रवेश गर्र्छौँ । त्यो मावि २०५० सालदेखि उच्च माविमा परिणत भएको रहेछ तर जर्ीण्ा अवस्थामा रहेको त्यो ऐतिहासिक विद्यालय देखेर मेरो मन भित्रभित्रै दुख्छ ।



मैले यसअघि सुनेको थिएँ- नेपाल सरकारले पुरातत्व विभाग तथा लुम्बिनी विकास कोषमार्फ् यस क्षेत्रको सीमाङ्कन गरी नमुना गाउँ बनाउन निर्देशन दिइसकेको छ । म सुन्दै थिएँ- त्यहाँ देवदह पुस्तकालयको पनि स्थापना गरिएको छ र त्यस पुस्तकालयमा त्रिपिटक ग्रन्थलगायत बुद्धसम्बन्धी थुप्रै अनुसन्धानात्मक ग्रन्थहरू राखिएका छन् र त्यसको उद्घाटन जापानबाट आएका बौद्धभिक्षु किचिरो फुन्तोले २०५७ सालमा गरेकमा थिए । त्यसपछि २०५८ सालमा योगी नरहरिनाथ पनि त्यहाँ पुगेर त्यस क्षेत्रको विशेष अध्ययन अनुसन्धान गरेका थिए ।



हामी त्यही अस्तित्व हराउन लागेको विद्यालय भवन अगाडिबाट फनक्क घुमेर नवनिर्मित विद्यालय भवनलाई हेर्र्छौँ । लामो एकतल्ले टहरोको असली स्वरूप तयार भइसकेको थिएन । हामी टहलिँदै छौँ । अब हाम्रा अगाडि करिब पाँचहजार वर्षलामो जीवन बाँच्ने एउटा विशाल पाकरीवृक्ष देखापर्दैछ । धन्य छौ कोलीयराज्यका द्रष्टा ! तिमी बोल्न सक्ने भए भन्थ्यौ- कोलीयराज्य शिरोमणि को थिए - बुद्धका हजुरबा र आमाको नाम के थियो - कोलीयराज्यको विस्तार कहाँसम्म थियो - विकास कुन चरणमा थियो -



हामी घुम्दै मायादेवी मन्दिर परिसरमा प्रवेश गर्र्छौँ । संरक्षणविहीन अवस्थामा रहेको एउटा मन्दिरभित्र मायादेवीको प्रस्तरमर्ूर्ति छ र छेउछाउमा कुन्नी को-कस्का अन्य धेरै अस्पष्ट आकृतिका मर्ूर्तिहरू छन् । त्यहीँ नजिक शिवालय पनि छ । जस्ताको छानामुनि केही गोलाकार, केही चेप्टा तर चिल्ला देवआकृति प्रस्तरहरू गाडिएका छन् । भित्र जाने बाटोलाई जस्ताले नै छेकिएको छ । अलिकति परतिर 'प्राचिन पर्खाल' को नेमप्लेट ठडिएको देखिन्छ । हेर्र्छौँ- अलिकति उत्खनन गरेर कोलीयराज्यकालीन दरबारको खण्डहरस्वरूप पर्खालको निशान देखाइएको छ । अलिपर 'अशोकस्तम्भ' लेखेर ठड्याइएको छ र सँगै गाडिएको अवस्थामा गोलाकार विशाल ढुड्ढो देखिँदैछ । त्यहाँ घुमिसकेका र केही बुझसिकेका सहयात्रीहरू भन्दैछन्- यसलाई उखेल्न दश/पन्ध्र हात गहिरो खाडल खनियो र हात्तीको प्रयोग पनि गरियो तर यसको अन्त्य भेट्टाउन सकिएन ।



हामी घुम्दै एउटा रुखनेर पुग्छौँ । त्यसको फेदैमा कुवा छ । सूचनापाटी पनि ठडिएको छ । लेखिएको छ- 'प्राचीनकुवा ।' गहिराइमा पानी पनि देखिँदैछ । फोहर र संरक्षण विहीन छ कुवा । मित्रमण्डलीको कथन छ- यही हो बुद्धका मावलीहरूले पानी खाने कुवा । अनुसन्धानको क्रममा विद्वान्हरूका मत सुरुमा बेग्लाबेग्लै आए पनि अन्ततः रोहिणी नदी पूव र नारायणी नदी पश्चिममा अवस्थित भवानीपुरको मध्यभाग नै कोलीयराज्य कालमा निर्माण भएका विभिन्न चैत्य, विहार, राजदरबार, किल्लाहरूका अवशेषहरू छन् भन्ने अन्वेषकहरूले पत्ता लगाए । जसमध्ये हालसम्म रामग्रामको उत्खनन भएको छ । देवदह परिसरमा पनि यस्तै खण्डहरहरू भेटिएका छन् तर तिनको उत्खनन वा सोधखोज हुनसकेको छैन । हामी र्फकन्छौँ पर्ूववत् । राजमार्ग आउनुभन्दा करिब एक किलोमिटर भित्र भित्रीबाटोसँगै कम्पाउण्ड जोडिएको बैरीमाइको मन्दिर देखिन्छ । बैरीमाइ नै मायादेवी हुन् भन्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।



त्यहाँबाट पनि फर्केर हामी राजमार्गसँग अझ नजिकिँदै छौँ । बाटोबाट अलिकति भित्र पर्दोरहेछ कन्यामाइको मन्दिर । भित्र पस्ने कुनै सूचना छैन । जान सकिने सहज बाटो छैन । तथापि हामी पुग्छौँ । त्यस मन्दिरको परिसर पनि पुरातत्व विभागकै संरक्षणमा रहेछ तर तारबारको अभाव, खुल्ला स्थान, केही पूजित प्रस्तरहरू छरिएका देखिँदैछन् एउटा रूखमुनि । अब भने देवदह यात्राका हाम्रा क्रमबद्ध चरणहरू पूरा भएका छन् । यात्रारम्भमा देवदह प्रवेशद्वारमा जसरी हाम्रा लागि सवारीसाधनहरू तयारी अवस्थामा राखिएका थिए, त्यसैगरी यात्रा समाप्तिको अवस्थामा खडा हुन पुग्छन् ती सवारीसाधनहरू ।



बसबाट बुटवलतिर र्फकँदै गर्दा मैले देवदह यात्राबाट फलित अनुभूतिलाई मनमनै विश्लेषण गर्छर्ुुअहिलेसम्म अँध्यारोमा परिरहेको देवदह क्षेत्रलाई उज्यालोमा परिणत गर्नका लागि सकेसम्म पक्की पर्खाल र सो सम्भव नभए कमसेकम तारवारले घेरेर सुरक्षित गरिनुपर्छ, बाटो पिच गरिनुपर्छ, जीण्ा हुँदै गएका मन्दिर तथा विद्यालय भवनहरूलाई संरक्षण गरिनुपर्छ । त्यहाँको पानीमा आर्सेेकको मात्रा अत्यधिक भएकोले त्यसको प्रशोधन गरिनुपर्छ, विद्युत व्यवस्था नियमित गरिनुपर्छ र पर्यटक बढाउनका लागि होटल तथा रेष्टुराँको व्यवस्था पनि मिलाइनुपर्छ ।





From: Gorkhapatra

[ 2064-10-12 ]







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम