Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
थाई विमानमा परीसँग (राजेन्द्रप्रसाद अर्याल) - [2008-02-02]

सुनसान रातको एकाग्रतालाई भङ्ग गर्दै टेलिफोन अनायासै करायो- र्टर, र्टर, र्टर । काल्पनिक तन्द्राबाट म ब्युझिएँ । सामान्यतया टेलिफोन आदानप्रदानको समयभन्दा ढिलो भइसकेको थियो । त्यसैले कुबेलाको टेलिफोनको घण्टीप्रति अनेक किसिमका सम्भावित त्रासदिपर्ूण्ा तथा अस्वाभाविक समाचारको आशङ्काले म केही आन्दोलित हुँदै जुरुक्क उठेँ र रिसिभर उठाएँ । हेलो ! हेलो ! सर नमस्कार । म बैङ्ककबाट र्सर्वेश्वरी पण्डित ।................ । म खुसी भएँ । आन्दोलित मन साम्य भयो । त्यो फोन त म जुन कार्यक्रममा सहभागी हुन जाँदैछु त्यही कार्यक्रमका अर्का सहभागी साथीको रहेछ । हामी दर्ुइजना नेपालको तर्फबाट सहभागी हुँदै थियौँ । उहाँ उक्त कार्यक्रमको लागि एक दिन अगाडि जानुपर्ने भएबाट आजै दिउँसो बैङ्ककतर्फ लाग्नुभएको थियो । हो उहाँकै फोन रहेछ । फोन वार्ताबाट भोलिको मेरो हवाइयात्रा समाप्तिपछि सम्बन्धित होटलको पहुँच सजिलो हुने भएकोमा ढुक्क भएँ ।



स्पेसल ओलम्पिक्स इन्टरन्यासनलको आयोजनामा थाइल्याण्डको बैङ्ककमा आयोजित एसिया प्रशान्त क्षेत्रका १४ वटा देशहरूको विजनेश मिटिङमा भाग लिन नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्नुपर्ने कार्यक्रम थियो । म स्पेसल ओलम्पिक्स नेपालको वोर्ड सदस्य थिएँ । र्सर्वेश्वरी पण्डित कर्मचारी हुनुहुन्थ्यो । म र उहाँ त्यस सम्मेलनको लागि छानिएकोमा कारणवस मभन्दा एक दिन अगावै उहाँ बैकक जानुपरेको थियो । पण्डितजीले भिसाको चाँजोपाँजो केही दिनअगावै सजिलोसँग मिलाइसक्नुभएको थियो । थाइल्याण्डको लागि भिसा प्राप्ति प्रक्रिया सजिलो रहेछ । म भिसाको लागि राजदूतावासमा जानु नै परेन । विजनेस मिटिङ आयोजकले हवाई टिकटको व्यवस्था गरिसकेका रहेछन् । रातभरिको विभिन्न उत्सुकतापर्ूण्ा कल्पनाभित्र कल्पिँदाकल्पिँदै कुनबेला निदाएछु । भोलिपल्ट नियमित समयभन्दा केही ढिलै पो ब्युझिएँ । घरायसी तयारीपछि विमानस्थलतर्फ लाग्ने तरखरमा लागेंँ । दिनको ठीक ११ बजे म विमानस्थल पुगेँ । टिकट सुपरीवेक्षणको लामो लाइनमा आफूसहित सुटकेशलाई उभ्याएँ । धीमा गतिमा शरीर अगाडि बढेको छ तर मन भने आप\\mनै अतित खोतल्न पुग्छ । विमानस्थलको यो कक्षमा मैले २३/२४ वर्षपहिलेदेखि प्रत्येक वर्ष२/४ जनालाई यसरी नै लाइनमा राखी विदाइ गरेको थिएँ । उहाँहरूका सुख र सुविधाका लागि म ध्यानमग्न रहन्थेँ । निर्धारित तौलभन्दा बढी सामान हुन्छ कि भन्ने चिन्ताले म पिरोल्लिएको हुन्थेँ । सामान कुनै छुट्यो कि भनी सोचमग्न रहन्थेँ । टिकट र सामानको परीक्षणपश्चात् विछोडको अङ्कमालपछि हामी छुट्टन्िथ्यौ । उहाँहरू अगाडि बढ्दै इम्रि्रेशनतर्फ र म पछाडि र्फकँदै ढोका बाहिर निस्कन्थेँ । आपसमा फर्केर हर्ेर्नेक्रममा शरीर देखिउञ्जेल हामी बेलाबेलामा हात हल्लाई-हल्लाई विछोडको हृदयविदारक उराठिला अवस्थालाई झन् उत्कर्षा पुर्‍याउँथ्यौँ । जव हामी एकआपसबाट विलाउथ्यौंँ तव मात्र आ-आफ्नो वाटो लाग्नेक्रममा म विदाइको मलिनो अनुहार लिएर घर्रतर्फ फर्केको हुन्थेँ । तर आजको अवस्था भिन्न छ । भिन्नताको मात्रा ठीक उल्टो छ । आज म स्वयं विदा भएर इम्रि्रेशन हलतर्फ आफैँ लाग्दैछु । मेरी श्रीमतीले त्यसैगरी मलाई विछोडको हात हल्लाइ-हल्लाइ विदाइ गरिन् । मेरो अतीतको कर्म उनले निभाइन् यसपटक । इम्रि्रेशनमा मेरो हातेझोला परीक्षण गर्नेक्रममा सेभिङ सामाग्रीको सानो वट्टामा रहेको एक प्याकेट \'पत्ती\' लैजाने अनुमति मिलेन । त्यतिको लागि बेग्लै प्याकेट बनाएर ट्याग लगाउने कुरा पनि एकातिर आएन भने अर्कोतिर पहिले नै बुझाएको लगेजमा राख्न जाने अनुकूल नमिल्नु स्वभाविकै थियो । त्यसको मूल्यभन्दा भोलि विहानको आफ्नो अनिवार्य आवश्यकता र सोको अनुपस्थितिमा झेल्नुपर्ने नमिठो अवस्थाको कल्पनाले मलाई पिरोल्यो । २०६० सालको भाद्र २३ गते । काठमाडौँको मौसम ज्यादै सफा छ । नीलो आकाशको छादनभित्र उपत्यका मुस्कुराइरहेको छ । भदौरे घाम, त्यसमाथि मध्यदिन । गर्मीको नापो तव हुन गयो जब हामी र्टर्मिनल भवनबाट हवाइजहाजसम्मको दूरी हिँडेर पुग्छौ । र्टर्मिनल भवन र जहाज रोकिएको दूरी न त वस चढ्नु नै पर्ने न त हिँडेर जान सुविधा हुने किसिमको थियो । वस चढ्ने, गुड्ने, ओर्लने समयभन्दा पहिले नै हिँडेर छिटो पुगिने दूरी थियो त्यो । प्रचण्ड गर्मीले सवैलाई आलसतालस पारेको देखिन्थ्यो । मनभरि कौतुहल छाएको छ । रोमाञ्चित पनि भएको छु । आँखाभरि विमानस्थल, जेट र विभिन्न रूप, रङका मानिसहरूको चहलपहल देखिन्छ ।



मेरो एउटा पैतला जहाजको भर्‍याङको खुड्किलामा र अर्को पैतला जमिनमा छ । मनको कुनामा झिनो त्रास पलायो । \'न टेक्ने डालो न समाउँने हाँगो \' । शून्य आकाशमा तैरनु छ । अनिष्टका घटनाहरू शृङ्खलाबध्द भई तरेली लाग्न थाले- भट्टेडाँडाको दर्ुघटना, अपहरण र कान्दहार आदि आदि । मनमनै भगवान सम्झन्छु । भगवानका आकृतिहरू सलवलाउन थाल्छन् । लौ पशुपतिनाथ मलाई मेरो गन्तव्यसम्म सकुशल पुर्‍याउ र जन्मभूमि अनि आफ्नो परिवारका सामुन्ने सहिसलामद उतारी देऊ । भगवान छन्, छैनन् उनै जानुन् । पशुपतिनाथ कुनचाहिँ पशुका पति हुन् - उनी कुनै अरण्यमा चरिरहेछन् कि मन्दिरमा नै विराजमान छन् म अनभिज्ञ नै छु । उनीप्रतिको याचना र पर््रार्थना हिन्दू संस्कृति र संस्कारको उपजको रूपमा लिएको छु मैले । आखिर म पनि त यही संस्कारभित्रको एउटा पात्र नै हुँ । त्यसैले यात्रारत् अवस्थामा जीवन र जगत्, सुख र दु.ख अनि जन्म र मृत्यु आदि विषयमा मन र मस्तिष्क अनिष्टको आशङ्कामा डुबेको बेला भगवानलाई सम्झँदा थोरै भए पनि मनलाई राहत मिल्छ । यात्रारत अवस्थामा आनन्दित हुन सकिन्छ । जहाजको भर्‍याङ चढ्दै जानेक्रममा रोमाञ्चित अनि आल्हादित मन अनायासै केही खुम्चियो । खुसीमा केही वेचैनी घोलियो । मलाई नजानिदो गरी कता हो कता कोक्यायो । हल्का भारीले किचेको अनुभूति भयो । एकातिर प्रख्यात पर्यटकीय नगरी, बैङ्ककजस्तो विकसित भू-भागको भ्रमणमा मन खुसीले पखेटा हालेर उड्न उद्यत् छ । उत्सुकताले मनलाई खर्लप्प निलेको छ । अर्कोतिर जन्मभूमिसँगको विछोडले पारेको भावनात्मक अशान्तिले पिरोलेको छ । स्वदेश छाडेर विदेश जाँदैछु भन्ने सोचभित्रको \'विदेश\' शब्दले ओकल्ने मानसिक असुरक्षा र पराइत्वको पातलो त्रासले मनको कुनै कुनामा मसिनो छटपटी सिर्जना गरिरहेको छ मलाई । नमस्ते ! मेरो तन्द्रा तार चुँडेसरी च्वाट्टै चुडिन्छ, भङ्ग हुन्छ । भर्‍याङको खुट्किला समाप्त भई म त जहाजको ढोकाबाट भित्र पसिसकेछु ।



थाई परिचारिकाले सुरिलो तथा कर्ण्र्ाा्रय आवाजमा घुलिएको \'नमस्ते\' शब्दबाट मलाई स्वागत गरेकी रहिछन् । हत्तपत्त म सम्हालिएँ र टाउको झुकाएर त्यसको स्वीकारोक्ति जनाएँ । जहाजभित्र छिर्नेवित्तिकै मेरा नयनहरू चारर्ैतर्फ खेल्न थाले । कक्पिटदेखि लिएर जहाजको पछाडिसम्म विद्युतसरी दृष्टि पुग्यो । घरेलु उडानको साना जाहाजमा मात्र अभ्यस्त नयनहरूका त्यो र्स्पर्सले मनलाई केही अचम्मित बनायो । कति धेरै सिटहरू - झयालका दुवै साइडलगायत बीचको भागमा समेत । त्यस जहाजको भौतिक स्वरूप र साजसज्जापर्ूण्ा अवस्थालाई मैले खुवै नियालेँ- मानिसको वुद्धि र खुवी अनि श्रम र विश्वासप्रति नतमस्तक भएँ । गोरोवर्ण्र्ााहोचोकद, मिलेका अनुहार, हँसमुख भावभङ्गी, आकर्ष तर समान पहिरनमा सजिएका परीजस्ता लाग्ने ७/८ जना परिचारिकाहरूले स्वाभाविक मादकतासहित यात्रुहरूलाई आ-आफ्नो सिट र त्यसमाथि सामान राख्ने सम्बन्धी निर्देशन गरिरहेका थिए । पहिले नै टिकट तथा लगेज परीक्षण गर्नेक्रममा मैले झयालमा सिट मिलाई दिन अनुरोध गरेको थिएँ । ती भलाद्मीले मेरो अनुरोधलाई लत्याएनछन् । एउटी हिसिपरेकी परिचारिकाले झयालतर्फकै सिट देखाइदिइन् मलाई । प्रशन्नताले उत्ताउलिएका मेरा गोडा त्यतर्ैतर्फ लम्किए । ढसमस्स बसेँ झयालतर्फको सिटमा । समय आफ्नै रफ्तारमा बगिरहेको थियो । जहाजभित्रको अवस्था र सुरसार देख्दा अव धेरैबेर त्यहाँ बस्नु नपर्ने सङ्केतको आभास भइरहेथ्यो । कोरिडरमाथितिर टेलिभिजनको पर्दामा अङ्ग्रेजी र थाई भाषामा सिटवेल्ट बाँध्नेलगायत सङ्कटकालमा लाइफज्याकेट प्रयोग गर्ने विधिसमेत विभिन्नखाले निर्देशनहरू प्रसारण भइरहेको देखिन्थ्यो । यसैबेलामा एउटी वैँसले छपक्कै ढाकिएकी केटी हस्याङ्फस्याङ् गर्दै हामर्ीतर्फ लम्किँदै आइन् । समयले उनलाई नपर्खिएको वदलामा त्यसलाई भेट्टाउने प्रयत्नमा हतारिएकी देखिन्थिन् । समय गुज्रिइनसकेको अवस्थाले तिनलाई ठूलो राहत मिलेको देखिन्थ्यो । उनको टिकट हेरेपछि परिचारिकाले मसंँगैको खाली सिटमा वस्ने सङ्केत गरिन् । श्वासप्रश्वास लिनेक्रममा धकाइरहेको उनको आकर्ष शरीरलाई त्यही सिटमा घ्याच्च राखेर सुस्ताइन् । लाग्दथ्यो गुम्न लागिसकेको अवसरलाई आफ्नै अधिनमा राख्न तिनी सक्षम भइन् । त्यसैले प्रफुल्ल देखिन्थिन् । दिनको ठीक १ः४० बज्यो । जहाज धावनमार्गमा आफ्नो बुताले भ्याएसम्म दौडन थाल्यो । त्यसको अन्तिम परिणति धरतीसँंग विछोड भई झन्डै तीन घण्टा आकाशमा विचरण गर्नु थियो । एक्कासि सिटको अडेस लाग्ने भागतिर नै हाम्रो शरीर खाँदियो, कोच्चियो । जहाजले धरती छाडेछ । उकालो उक्लिनेक्रम जारी छ । मेरा चञ्चल र तिर्खालु नयनहरू झयाल बाहिर पुगे । काठमाडौँ उपत्यकाको अव्यवस्थित सौर्न्दर्य तनतनी पिउन व्यस्त थिए ती । काठमाडौँ उपत्यकालाई कङ्क्रिटको जङ्गलले ढपक्कै ढाकेको देखिन्थ्यो । यसैक्रममा म सोचमग्न हुन पुगेछु- मेरो देशलाई प्रकृतिले त अन्याय गरेको थिएन । भूगोलमा त हामी ठगिएका छैनौ । हामी नेपालीमा जाँगर नभएको पनि होइन तर हाम्रो व्यवस्थापकीय पक्ष ज्यादै कमजोर महसुस गरेँ मैले । लगानी छ, श्रमको प्रयोग हुने नै भयो । मिहेनत र जाँगर त व्यवस्थित तथा अव्यवस्थित दुवैमा खर्च भइहाल्छ तर, योजनाबद्ध र समुचित व्यवस्थापनबेगरको निर्माण- निर्माण सामाग्रीको एउटा थुप्रो वा ढिस्को मात्र हुनजानु स्वाभाविकै थियो । मैले जहाजको झयालबाट उपत्यकाको अव्यवस्थित बसोवासलाई \'निर्माण सामाग्रीको ढिस्को\' को रूपमा अनुभूत गरेँ । प्राकृतिक अनिष्टको काल्पनिक आशङ्का ममा मडारिन थाल्यो । भूकम्पजस्तो दैव्रि्रकोपमा उपत्यकाले व्यहोर्न पर्ने भयाबह अवस्थाको आशङ्काले म स्तव्ध मात्र भइनँ दिक्दारी र वेचैनीको बोझले पुरिएँ । यसै मेसोमा राज्यको ढुकुटी रित्याएर विकसित देशहरूका अवलोकन भ्रमणमा जाने राजनीतिज्ञ, नीति निर्माता र प्रशासकहरू जस्ता विभिन्न क्षेत्रका कुपात्रहरू सम्भेFm । तिनीहरूले के देखेर आए र के बनाए - विरूप काठमाडौँ बनाउने तालिम नै लिएर आएका थिए त - सेमिनार, गोष्ठी र बैठकहरूका उद्देश्य अव्यवस्थित सृजना निर्माणमा नै केन्द्रित थियो त - कि डलर हर्सर्ुनमा मात्र परिलक्षित थियो - यी र यस्तै तर्क वितर्कहरू मनले गर्दै रह्यो । गरुङ्गो मन हुँदाहँुदै पनि केही पोज फोटाहरू क्यामराभित्र जतनसाथ राखेँ मैले भविष्यको सम्झनाको लागि । जहाज क्रमशः आकासिँदो थियो । धरती र जहाजको फासला बढ्दै थियो । मेरो नयनबाट उपत्यका ओझेलमा पर्दै गयो र अन्य भू-भागका रमणीय, हरिया पाखार्-पर्वत आमने-सामने हुन थाले । यस्तोक्रम चलिरह्यो । अन्ततोगत्वा जहाजले आफ्नो उचाई पुर्‍यायो । कुहिरो र वादलमाथि अनन्त आकाशमा विचरण गर्न थाल्यो । यता जहाजभित्रको अवस्था शान्त थियो । यात्रुहरू मौन थिए । झयालमा वस्नेहरूमात्र होइन बीच भागमा बस्नेहरूले पनि आफू नजिकैको झयालतर्फ मुन्टो तन्काउँदै उत्सुकतापर्ूवक जे जति सकिन्थ्यो आँखाको प्यास मेटाउन तल्लिन थिए । जहाज आफ्नो उचाइको रुटमा नपुगुञ्जेल सम्पर्ूण्ा परिचारिकाहरू छरिएर रहेका आ-आप\\mना सिटका बेल्टमा कस्सिएर मर्ूर्तिबत बसेका देखिन्थे । मीठो आवाजमा \'ट्याङ्ग\' को आवाज सुनियो । मर्ूर्तिवत सिटमा टाँसिएका परिचारिकाहरूले विद्युतीय झट्काको महसुस गरेजस्तो देखियो र एकैचोटि आ-आफ्ना बेल्ट फुकाले । लाग्दथ्यो उनीहरू सोही निर्देशित आवाजको प्रतीक्षामा थिए । जर्‍याक्जुरुक् उठेर यात्रुहरूको सेवाका लागि तोकिएका काममा व्यस्त हुन थाले । यो अवस्थाले पनि मलाई अनुमान गर्न सजिलो भयो कि जहाज पर्याप्त उचाइमा पुगेपछि नियमित आफ्नो पथबाट अगाडि लम्किँदोछ । मसँगैको सिटमा बस्ने महिला चाहिँ केही अगाडिको टेलिभिजन पर्दामा केन्द्रित देखिन्थिन् । लाग्दथ्यो झयाल बाहिरको दृश्यसँग उनको कुनै साइनो छैन । उनी सिटमा ढसमस्स बस्नु स्वभाविकै थियो तर कतिपय अवस्थामा उनका अङ्गहरूले मलाई हिकाइरहेका हुन्थे, घोचिरहेका हुन्थे । त्यो अवस्थालाई उनले सहजरूपमा नै लिइकी हुनर्ुपर्छ । त्यसपछि पनि शरीरलाई आफ्नै सिटमा मात्र सम्हाल्ने प्रयत्न गरेको पाइनँ मैले । त्यस्तो क्रियाकलापमा वैंसालु उन्मादभन्दा पनि सरल र निर्दोष चिन्तन बढी देखिन्थ्यो । एकपटक पुनः शिरदेखि पाउसम्म उनलाई नियालेँ मैले । न सहरकी न गाउँकीजस्ती देखिन्थिन् । २०/२१ वर्षउमेरकी । कान्तियुक्त मुखमण्डल । शरीरका प्रत्येक अङ्गप्रत्यङ्गबाट वैँसको सुवास उडिरहेको देखिन्थ्यो । लाग्दथ्यो फक्रन बाँकी वैँसका कोपिला अब बाँकी छैनन् । मकालु र कञ्चनजङ्घाजस्ता देखिने वक्षस्थलहरूले उनको वैँसालु शरीरलाई पर्ूण्ाता दिएको थियो । हातगोडा त्यति सुकोमल चाहिँ थिएनन् । भावभङ्गीमा निश्छलता देखिन्थ्यो । सहरीया पर्ूण्ासभ्यता भित्रको बनावटी र कृतिमताभित्र उनी बाँधिएकीजस्ति थिइनन् । पहिरनको छनोटले झन् लावण्य थपेको थियो । दाइ ! मलाई झयालमा बस्न दिनुस् न । झयालको उपयोग गरी सहर, बस्ती र धरतीको प्राकृतिक छटा अवलोकन गर्न पाइने मौका छउन्जेल टेलिभिजनमा व्यस्त थिइन्, जुन वस्तु जहिले पनि हर्ेन सकिन्थ्यो । हाल आएर झयालमा बस्नुको अर्थ केही थिएन ।



जहाज कुइरोभित्र हराइसकेको थियो तर पनि उनले चाहना गरिहालिन् । मैले नमान्नैपर्ने अवस्था पनि त थिएन । परिचारिकाहरूले एउटा गहिरो किस्तीमा हातभरिका कपडाको डल्लाहरू फोरसेफले -चिम्टा) टिप्दै यात्रुहरूको हातहातमा दिँदै आए । त्यो कपडाको डल्लोबाट तातो बाफ आइरहेको देखिन्थ्यो । त्यो वस्तु के हो र कुन प्रयोगको लागि वितरण भइरहेछ भन्ने कौतुहललाई अन्य यात्रीहरूले उपयोग गरुन्जेलको अवधिसम्म पर्खने धर्ैय पनि नराखिकन सरल, सोझो र अवोध भावभङ्गीमा ती महिलाको प्रश्न मतिर सोझियो । दाइ ! त्यो के हो - त्यसको प्रयोग किन र कसरी होला - मैले पनि त पहिलोपटकमात्र त्यो व्यहोर्दै छु । जवाफ दिनुपर्ूव सही उत्तर खोजी गर्न मेरो मस्तिष्कले नयनहरूलाई त्यो डल्लो उपयोग गरिरहेका केही माथिका सिटहर्रूतर्फ खटायो । त्यसको पहिलो उत्तर मेरो दिमागले पत्ता लगाइहाल्यो । अन्य दर्ुइ उत्तर पहिलोको जानकारीबाट स्वतः निकाल्न सकिन्थ्यो । \"बैनी ! त्यो उमालेर निर्मलीकरण गरिएको सानो रुमाल हो । नास्ता, खाना खानुपर्ूव हात धोइ-पखाली गर्न आ-आफ्नो सिटमा असजिलो हुने हुन्छ । सोको साटो त्यो रुमालले हात-मुख पुछेर पसिना, फोहर आदिबाट उव्जने हानिकारक किटाणुबाट बच्नको लागि त्यो प्रयोग गरिन्छ\" भनी मैले आफ्नो जवाफ दिएँ उनलाई । हुन त आजकाल त्यो पद्धति हटिइसकेछ । हालैको हाम्रो युरोप भ्रमणबाट अवगत भयो कि निर्मलीकरण गरिएका कागजका ठूलाठूला रुमालहरू सो प्रयोजनार्थ उपयोग हुन थालेछन् । ती बैनीसँग यसै मेसोमा मेरा केही जानकारीमूलक प्रश्नहरू तर्ेर्सिए । मीठो स्वरमा आफूलाई सबैले सृष्टि भन्ने गरेको जानकारी दिइन् । हाम्रो हेलमेल क्रमशः केही छिप्पिँदै गयो । दर्ुइ वर्षपहिले विवाह सम्पन्न गरी श्रीमान् अमेरिका गएका र श्रीमती लैजानेक्रममा कागजपत्र मिलाउँदा मिलाउँदै बल्ल अनुकूल मिलेछ । अहिले उनी विश्वको शक्तिसम्पन्न देश अमेरिकामा वैँसको भारी कर्ुलुम्म बोकेर श्रीमान्सँगै बस्न जाँदैरहिछन् । वास्तवमा मेरो मन उत्सुक छ । खुसी छ । दक्षिणपर्ूर्वी एसियाको मूख्य आर्थिक तथा मौद्रिक केन्द्र्र, एसियाको मूख्य तथा विश्वको तेस्रो पर्यटकीय नगरी, पर्यटनकै माध्यमबाट आर्थिक उन्नति गर्न सफल थाइल्याण्डको बैङ्कक सहर देख्न पाइने र त्यसबाट मीठो अनुभव र अनुभूतिहरू सङ्गाल्न सकिने स्वादिलो कल्पनामा म हराइरहेको थिएँ । आखिरमा जीवन भन्नु नै अनुभव र अनुभूतिहरूकै एउटा शृङ्खला नै त हो । त्यही अनुभव र अनुभूतिहरूको थुप्रोले जीवनलाई पर्ूण्ाता दिँदोरहेछ । त्यसैले म नयाँ अनुभव वटुल्न लालायित थिएँ । जहाजले लिएको उचाईभन्दा मेरो आनन्दको उचाई धेरै गुणा माथि पुगेको अनुभूति भइरहेछ मलाई । परिचारिकाहरूले यात्रुहरूको मनग्य सेवा गर्दैछन् । तिनीहरूका चिटिक्क परेका शरीर फुरफुर गर्दै यताउति गरिरहका देखिन्छन् । हरपल हँसमुख अनुहार र मधुरस घोलिएको बोलिले प्रभावित नहुने कोही हुँदैनहोला । समयसमयमा विभिन्न परिकारहरूबाट सेवा पस्किइरहेछन् । भोक मार्ने गरी केही खाएँ मैले । एक ग्लास प|mेन्च ह्वाइट वाइनको चुस्कीमा म रमाइरहेछु । मेरै वगलमा बसेकी महिलातर्फको झयालबाट मैले आफ्नो दृष्टि बाहिर फालेंँ । त्यो दृश्यले मलाई रोमाञ्चित बनायो । वाक्ला वादलका भुवामाथि जहाजको गति रफ्तारमा छ । जहाजभन्दा माथि नीलो आकाशले जगतलाई ढाकेको देखिन्छ । कसैले नदेखेका तर सम्पर्ूण्ाले अत्यधिक वर्ण्र्ाागर्ने \"र्स्वर्ग\" यतै नजिकै छ कि जस्तो लाग्यो मलाई । हर्ेदाहर्ेर्दै वादलका वुट्टाहरू अनेक तस्बिर र आकृति वनेर प्रस्तुत हुन्थे । हरेक तस्विरहरू क्षणभरमा अर्कै आकृतिमा परिणत भएको भान हुन्थ्यो । सृष्टि बहिनीले एकातर्फ अनुमति नलिई आप\\mना ग्लासका केही जुस र खानाका केही परिकार हृवात्तहृवात्त मेरो ग्लास र भागमा हालिदिन्थिन् । त्यसको त मैले शिष्टतापर्ूवक नामञ्जुरी व्यक्त गरेथेँ । अर्कोतर्फ कहिले मेरो काँधमा निदाएकी हुन्थिन् त कहिले साडीको फेरले मेरा हात, कुम छोपिन जान्थे । शरीरका अन्य भागका त कुरै छाडौँ । उनका मकालु र कन्चनजङ्घाले धेरै पटक घोचेको हेक्का छ मलाई । आफू नजिकका यात्रुहरूदेखि हल्का असजिलो अनुभव भइरहेको थियो । जहाजको टि.भी. स्त्रिmनबाट हाम्रो पहुँच, उचाइ, गन्तव्यस्थलको मौसम, अब लाग्ने समय र दूरी आदिको विषयमा बारम्बार जानकारी प्रवाहित थियो । यात्राले साढे दर्ुइ घण्टा व्यतित गरिसकेछ । अब आधा घण्टामा थाइल्याण्डको डनमुयङ अन्तर्रर्ााट्रय विमानस्थलमा अवतरण गर्न सकिने जानकारी मिल्यो हामीलाई । सहरका घरहरू, वस्तीहरू, खोला, नदी, पुलपुलेसाहरू स्पष्ट देखिन थाले । जहाजले क्रमशः आफ्नो उचाइलाई घटाउँदै ल्याएछ । यसो घडी हेरेको केही समय अगावै घोषित \'आधा घण्टा\' समाप्त हुन पाँच मिनेट मात्र बाँकी रहेछ । साथै जहाज कर्मचारीहरूबाट पनि सूचनाहरू प्रसारण हुन थाल्यो । परिचारिकाको यन्त्रवत नमस्कार र मीठो मुस्कानपछि जहाजबाट विदा भयौँ । मसँगैकी महिला बैनी ट्राञ्जिटको प्रतीक्षालयमा चार घण्टा कसरी बिताउने होला भनी आफ्नो समस्या मलाई सुनाइरहेकी थिइन् । ठेगानाबेगरको अमेरिकामा आउँदा भेट्ने अवसरको याचना गर्दै थिइन् उनी । मैले पनि अनुकूल परेर अमेरिका गइएछ भने भेट गर्ने फोस्रो औपचारिकता निर्वाह गरिदिएँ । उनी ट्रान्जिर्टतर्फ लागिन् भने म विमानस्थल बाहिर निस्किनको लागि भन्सार्रतर्फ । गरुङ्गो हातेझोला बोक्ने समस्या हुँदाहुँदै पनि उनले मलाई हात हल्लाइहल्लाई पटकपटक अभिवादन गरिरहिन् । एक, दर्ुइ पटक त झोला भुइँमा बिसाएरै पनि दुबै हात धेरैबेर हल्लाई बिदा गरिन् । मैले पनि हल्कारूपमा पैँचो तिरेँ । सद्भाव र माया पोख्ने उनको छलकपटरहित निश्छल व्यवहार अनि सरल र निर्दोष चिन्तन सम्भFmदा अनौठो पनि लाग्यो । शब्दको मीठो माला गाँस्न नजाने पनि मप्रति उनी धन्य थिइन् भन्ने कुरा म बुभ\\mदथेँ । विमानस्थलबाट आफ्नो सामान लिई बाहिर निस्किएँ । बाहिर त्यति सारो भीडभाड थिएन । एकजना नवजवान तन्नेरीले मेरो नेमप्लेट उचालेर उभिइरहेको देखेँ मैले । हिजो पण्डितजीले फोन गरी सूचना दिए पनि विमानस्थलमा लिन आउने मानिस भेट नभएमा के गर्ने होला भन्ने मसिनो आशङ्काले हुँडलिरहेको मेरो मन शान्त भयो । उनीसँग मैले परिचय गरेँ । प्रतीक्षारत व्यक्ति उपलब्ध भएकोमा प्रफुल्ल देखिन्थेँ । आकर्ष गाडीमा मलाई बसाए उनले र प्रसिद्ध \"चावफरया रिभर\"को किनारमा अवस्थित साङ्ग्रिला नाम गरेको फाइभस्टार डिलक्स होटलतर्फ द्रुतगतिमा दौडाए । अघिल्लो दिनमा नै बैङ्कक पुग्नुभएका मेरो टोली सदस्य र्सर्वेश्वरी पण्डित मलाई रिसिभ गर्न होटलको गेटमा नै हुनुहुँदोरहेछ । म गाडीबाट ओर्लिएँ । हामी अगाडि बढ्यौँ । गेटमा पुग्नेवित्तिकै ढोकाको स्वचालित खापा स्वतः खुल्ो । झण्डै बेलुकाको सात बजिसकेको हुनर्ुपर्छ । पण्डितजीले मलाई एउटा ठूलो चारपाटे कोठामा लैजानुभयो, जहाँ चौध देशका सहभागीहरूलगायत आयोजकहरू खाइपिइमा व्यस्त थिए । ती सबैसँग परिचय गर्दै म पनि त्यही समूहमा समाहित भएँ ।







राजेन्द्रप्रसाद अर्याल

from: Madhupark





तपाईंको प्रतिकृया

Nice articles....keep it up.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम