Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
लाहुरे बने सडक बा (सुरेन्द्र सुवेदी) - [2008-02-06]

संखुवासभा, माघ १९ - वर्षमलायो लाहुरमा बिताएका खड्गबहादुर गुरुङको अचेल त्यो चिनारी हराएको छ । यी ७८ वर्षोको सक्रियतामा ३ वर्षा २२ किमि सडक खनिएको छ । बिहान ओछ्यान छाडेपछि सा“झ नपरुन्जेल छ्याङकुटी-नुम सडकमा मजदुरका काम हेने, ज्याला-भुक्तानी गर्नेलगायतमा लहसिने उनलाई त्यही भएर स्थानीयवासीले 'सडक बा' नाउ“ दिएका छन् ।



४ करोड ४९ लाख खर्चेर सडकको यो खण्डमा डोब निकालिएको छ । मत्स्यपोखरीका ४ र ५ वडाको सुम्बाभीरमा ब्लास्टिङ भइरहेको छ । 'यो सकिएपछि २२ किमिमा गाडी गुड्नेछ,' सडक बाले हषिर्त हु“दै भने ।



उनको चिनारी लाहुरे र सडक बा मात्रै छैन । लाहुरबाट अवकाशपछि उनी गाउ“कै सरस्वती माविमा शिक्षक बनेका थिए । त्यहा“ १९ वर्षपढाएका उनले भने ५ कक्षा मात्र छिचोलेका हुन् । 'लाहुर पसेपछि स्वाध्ययनले विद्यालयमा पढाउन सकें,' उनले सुनाए । शिक्षण छाडेपछि राजनीतिमा होमिए र २०५४ मा एमालेका तर्फबाट मत्स्यपोखरी गाविस अध्यक्षमा बने ।



उत्तरी सीमा किमाथांका जोड्ने लक्ष्यले २०६१ मा सडक निर्माण थालिएपछि उनले पछिल्लो परिचय पाएका हुन् । खा“दबारी-५ छ्याङकुटीबाट मत्स्यपोखरी-नुम सडकको उपभोक्ता समिति अध्यक्ष बनेपछि उनी सडकमै होमिएका छन् ।



समिति सदस्यहरू अशिक्षित र गरिबीका कारण सडकमा समय दिन सक्दैनन्,' मत्स्यपोखरी-२ चिचिलाबाट लौरो टेक्दै निर्माणस्थल पुग्ने गरेका उनले भने । वृद्धावस्थाले च्याप्न थालेपछि उनी अरूलाई नै समितिको जिम्म्ाा लगाउन खोजिरहेका छन् । आर्थिक रूपमा इमानदार र काममा रुचि भएका उपभोक्ता नभेटेकाले आपै+m कुदिरहेको छु,' उनले सुनाए ।







सुरेन्द्र सुवेदी

from: Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम