Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
जीवनी
नेपालका प्रथम सहिद (सञ्जोग लाफा मगर) - [2008-02-16]

\'म मरेको सात दिनभित्र त्यो जङ्गे पनि मर्नेछ । मलाई झुन्ड्याएको बेला कोही पनि नरुनू र पीर नगर्नू मेरो शरीर कुहेर भुइ“मा खस्यो भने लखन थापा मरेर गएछ भनेर जान्नु । यदि त्यसै सुकेर सानो-सानो भई झुन्ड्याएको डोरीमा शरीर बिलाएमा लखन थापा जिउ“दै छ भनेर जान्नु । मलाई झुन्ड्याएको डोरी सुरक्षित राख्नु, म एकदिन फर्केर आउनेछु ।\'

राणा शासनका विरुद्धमा पहिलोचोटि जनस्तरबाट सशस्त्र व्रि्रोह गर्दा जंगबहादुर राणाका सेनाकोले पक्राउमा परेका लखन थापा मगर द्वितीयले बलिदानी दिनुअघि जनसमुदायलाई सम्बोधन गरेका उद्गार हुन् यी । उनलाई झुन्ड्याई मारेको एक सातापछि विसं १९३३ फागुन ९ गते पत्थरघट्टामा जङ्गबहादुरको रहस्यमय मृत्यु भयो । मर्नुअघि मगरले भनेका थिए- \'मेरो सती जाने जङ्गबहादुर होला ।\'



लखन र सहयोगीलाई झुन्ड्याएर मारेपछि उनको शरीर डोरीमा विलिन भई हराएको अन्यको चाहि“ कुहेर भुइ“मा झर्‍यो । त्यसो भएकाले स्थानीय बासिन्दामा उनी मरेका छैनन्, देउतामा परिणत भएको विश्वास छ । उनको मृत्यु हिंसात्मक ढङ्गबाट भएको हु“दा उनले पनि भयँर -मगर जातिले सामूहिक रूपमा हिंसात्मक घटनामा मृत्युवरण भएकाको निमित्त गरिने) पूजा गर्ने गरेको हुनाले प्रत्येक वर्षपुसको पहिलो पञ्चमीका दिन भयँर पूजालाई \'लखन्या पूजा\' भनी पुज्ने गरिन्छ ।



को हुन् लखन थापा -



सन् १८१६ मार्चमा सुगौली सन्धिपछि उनका पर्ुखामध्ये आधाजसो पुरानो गोरखगण पल्टनमा फर्किएका थिए । विसं १९११ मा २० वर्षो उमेरमा पर्ुखाले सेवा गरेको पुरानो गोरखगण अर्थात मगर पल्टनमा भर्ती भई उनी क्याप्टेन भएका थिए । उनको अध्ययन परिवारस“ग भारतको अल्मोडामा भएको थियो । घोडचढी, अस्त्रशस्त्र, कलाकौशलमा निपूण हुनुका साथै तान्त्रिक विधामा निकै पारङ्गत थिए ।



व्रि्रोही चेतना



कोतपर्व, भण्डारखालपर्व र अन्य डरलाग्दा घटनाले भयभीत जनता तानाशाही एकतन्त्रीय राणा शासनविरुद्ध व्रि्रोह त के चुइ“क्क बोल्न सक्दैन थिए । आमा-बाबुले छोराछोरीलाई \'हुकुमलाई जवाफ छैन, कालको औषधि छैन\' भनी उपदेश दिने गर्थे ।



विसं १९१० मा विजयराज पाण्डेद्वारा लिखित मुलुकी ऐनले वर्ग, जातिपाति विभाजन र छुवाछूत प्रथालाई प्रश्रय दियो । यसले असन्तुष्ट बाहुन-पुरोहितलाई माथिल्लो स्थान र मृत्युदण्डबाट वञ्चित गर्राई राज्यको ठूलो सम्मान, मनुवादलाई संविधानमा ढालेर जङ्गबहादुरले एक जातीय वर्गको हितमा राज्यलाई होमे । त्यसैले सनातन हिन्दु धर्ममा भएका अन्धविश्वास, कुरीति र रूढीवादविरुद्ध लागि परेका लखनले जोसमनी सम्प्रदायबाट सिद्ध प्राप्त गरेका थिए । यो सम्प्रदायको मूल दर्शन जातिपाति, उचनीच नमान्ने, निर्गुण उपासना रहने छ ।



सन् १९१४ मा भारत स्वतन्त्र आन्दोलनमा अंग्रेज शासनविरुद्ध सैनिकले ठूलो व्रि्रोह गरेपछि त्यसलाई दबाउन र अंग्रेजलाई सहयोग गर्न जङ्गबहादुरको नेतृत्वमा २५ नेपाली पल्टनसहित पुरानो गोरखगणका लखन, जयसिं चुमी रानामगर साथै कालीबहादुर गणका श्रीपत गुरुङ लखनउ पुगेका थिए । व्रि्रोही आन्दोलन दबाउने क्रममा त्यहा“का जनतालाई अत्याचार गरी निर्मम तरिकाले हत्या गरेका दृश्य, नबाब अलि शाहको दरबारको सम्पत्ति लुटपाट, भारतलाई स्वतन्त्रता दिलाउन बलिदानी दिने सहिदको संर्घष्ालाई नजिकबाट नियाल्ो लखनले । उनको हृदयमा नेपालमा जङ्गबहादुरको अत्याचारविरुद्ध आन्दोलन गर्ने ऊर्जा प्राप्त भयो ।



जनता पर्ूण्ाअशिक्षित धर्मकर्ममा बढी चासो राख्ने भएको हु“दा जातीय देवीदेवताका शक्तिको नामबाट लखन थापाले जनचेतना जगाउन थाले । \'जङ्गेले नेपाल म्लेच्छलाई बेच्यो, दुनिया“ल्ााई त्राही-त्राही पारिरहेको छ । जातपात छुवाछूत झन् चर्काएको छ । जङ्गेलाई हटाएर नेपालआमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्ययुग फिराउ, मनकामना देवीले मलाई बरदान दिएकी छन् । भाइ हो तयार होऔं\' भनेर गाउ“लेलाई ठाउ“-ठाउ“मा भेला गराएर चेतना फैलाउ“दै उनी संगठित हुन आह्वान गर्थे ।



बेलायतको जस्तो संसदीय प्रणाली नेपालमा लागू गराउने उद्देश्य थियो उनमा । तर उनी अंग्रेजको साम्राज्यवादी नीतिका कट्टर विरोधी थिए ।



मृत्युदण्ड



अध्येता नगेन्द्र शर्माका अनुसार जङ्गबहादुरको अत्याचार उकालो लागिरहेका बेला लखन थापा मगर द्वितीयले गोरखामा राजद्रोही सरकार खडा गरी स्वयं त्यसको मुख्तियार -प्रधानमन्त्री) बनी जयसिंह चुमी राना मगरलाई जनरल -सेनापति) बनाएका थिए । अन्य सहयोगी लमजुङका सुकदेव गुरुङ, सुपति गुरुङद्वय र रुम्जाटारका ज्ञान दिलदास, ब्राह्मण कालु लम्साललाई मन्त्री बनाएका थिए ।



सन् १८७६ मा आफ्नै नेतृत्वमा २ हजारजति युवाको सैनिक संगठन निर्माण गरी बुङ्कोट काहुले भङ्गारमा ठूलो किल्ला, तीनतले दरबार, पिटी, परेड खेल्ने टु“डिखेल बनाउनुका साथै आवश्यक हातहतियार पनि जम्मा गरेका थिए । प्रमेदशमशेर राणाका अनुसार श्री ५ युवराज सुरेन्द्रलाई श्री ३ बाट श्री ५ बन्न हातमा लिइसकेका जङ्गबहादुरले पछि व्रि्रोह हु“दा श्री ५ हुन असफल बनेपछि चन्द्रागिरि भञ्ज्याङमा घाट लगाएर जङ्गबहादुरलाई मार्ने लखनको योजना टीकादत्त भुसाल जैसी -कसै-कसैले बोर्लाङका थापा क्षेत्रीहरू) ले पोल खोले । पछि ४०-५० दिनको सिकार खेल्ने कार्यक्रम १६ दिनमै छाडेर काठमाडौं फर्किनासाथ क्रोधित स्वरमा देवीदत्त बटालियनलाई जङ्गबहादुरले आदेश दि“दै भनेका थिए- \'लखनलाई मनकामना बाराही देवीले जङ्गेलाई मार्ने बरदान दिएकी छन् । त्यसलाई मनकामना बाराहीले त्यस्तो बरदान दिएको छ भने त्यसै छेउमा झुन्ड्याई मार्नु ।\'



जङ्गबहादुरले पठाएको देवीदत्त बटालियनका सैनिकस“ग बुङ्कोटमा घमासान भिडन्त भएपछि अन्ततः लखन थापा, जयसिंलगायत उनका सहयोगीलाई जङ्गबहादुरको सैनिकले पक्री बा“सको पि“जडामा बा“धेर निर्ममतापर्ूवक काठमाडौं पुर्‍याइयो । मृत्युदण्ड दिइएका लखन थापाले आफ्नै दरबारमा मृत्युवरणको मनसाय राखेपछि उनलाई त्यही“ झुन्ड्याई मार्ने आदेश दिनासाथ जङ्गबहादुरकी रानी मर्ुछा परिन् । प्रायश्चित गर्दै मबाट ठूलो भूल हुन गयो भनी केही सैनिकलाई लखनलाई नमार्नु भन्ने आदेश पठाए । जैसी र थापा क्षेत्रीले सुइ“को पाउनासाथ बेनीघाटमा घाटेहरूलाई डर, धम्कीका साथ केही रकम दिएर आफ्नो पक्षमा पार्न सफल भएकाले तीन दिनपछि सैनिक पुग्दा विसं १९३३ फागुन २ गते दरबारअगाडिको खिर्रर्ााे बोटमा उनलाई झुन्ड्याइएको थियो ।



ज्ञान दिलदास र कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन भने सुकदेव गुरुङलाई गोरखाको जेलमा यातनापर्ूण्ा ढङ्गले हत्या गरियो । अन्य ५० सहयोगीलाई बा“सको पि“जडामा राखी काठमाडौं ल्याई टु“डिखेलको रूखमा झुन्ड्याइयो । लखन थापालाई झुन्ड्याई मारेको खबर पाउनासाथ जङ्गबहादुरको मन बेचैन र छट्पटाहटले तड्पिन थालेपछि उनी स्वयं गोरखा बुङ्कोट गई लखनको लासस“ग क्षमा मागी पत्थरघट्टाको बाटो हु“दै फर्किएका थिए ।



प्रथम सहिद र भ्रामक कुरा



राणा शासनविरुद्ध र्सवप्रथम जनस्तरबाट सशस्त्र व्रि्रोह गरेका लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस् भनी राज्यसमक्ष नेपाल मगर संघले दबाब दियो । बाध्य भई सरकारले ०५६ फागुन ११ मा सहिद घोषणा गर्‍यो । १ सय २५ वर्षम्म राज्यले सहिद घोषणा गर्न आलटाल गरेर उपेक्षित बनिरहेका मगरलाई प्रथम सहिद घोषणा गरिनर्ुपर्छ भनेर पुनः संघले ज्ञापनपत्र बुझाउ“दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अस्वीकार गरिदियो । उसले भन्यो- \'प्रथम सहिद घोषणा गर्न ऐतिहासिक प्रमाणिक तथ्य एवं अन्य विवरण आवश्यक पर्ने र निज अघि नेपालमा अन्य कुनै व्यक्तिले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायत राष्ट्रिय जीवनका अन्य क्षेत्रहरूमा योगदान दि“दै प्राण आहुति गरेका छैनन् भन्ने यकिन प्रमाणिक तथ्य तथा विवरण आवश्यक पर्ने भएकाले श्री ५ को सरकारबाट पहिल्यै सहिद घोषणा गरिसकिएको लखन थापालाई प्रथम सहिद घोषणा गर्ने तथ्यगत एवं व्यावहारिक हिसाबले पनि कठिनाई पर्ने ।\' मगरभन्दा पहिलो अर्को व्यक्ति सहिद हुन सक्ने शंकाका साथ सरकारले हामीलाई जिल्लाराम पार्‍यो । देशप्रतिको सहादतलाई जातीय सिकारको पाटोमा तौलिएर सधै“ उपेक्षित र तिरस्कृत बनाइयो । बालचन्द्र शर्माले त लखन थापा मगर उत्पात मच्चाउने व्यक्ति हो भनेर भ्रम सिर्जना गरेका छन् । भारतबाट प्रकाशित अजन्ता डिक्सनरीमा लखन थापा भनेको बेकम्मा व्यक्ति भनिएको छ भने रत्न पुस्तक भण्डारबाट प्रकाशित शब्दकोशमा पनि लखन थापाको अर्थ उत्पात मच्चाउने, हास्यास्पद व्यक्ति भनेर अपमान गरिएको छ । यो अपमान लखनको मात्र नभई सिंगो राष्ट्रकै हो ।



माओवादी अध्यक्ष प्रचण्डले जनयुद्धमा मारिएका साढे तेह्र हजार कार्यकर्तालाई सहिदको कोटीमा राखिनुपर्ने दाबी गरिरहेका छन् । राजा ज्ञानेन्द्रको निरंकुश शासन पतनपछि आठ दलका नेताले गएको लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका उमेश थापालाई प्रथम सहिद र अन्यलाई सहिद घोषणा गरेका थिए । राजा महेन्द्रलाई जनकपुरमा बम हानेको कसुरमा जेलमा यातना दिई मारेका दर्ुगानन्द झालाई मधेसवासीले सहिद घोषणा गर्नुपर्ने आवाज उठाउन थालिसकेका छन् । २००७ मा प्रजातन्त्र स्थापनापछि प्रजापरिषद्का गंगालाल, धर्मभक्त, शुक्रराज, दशरथ चन्दलाई सहिद र टंकप्रसाद आचार्य, रामहरि शर्मालाई \'जिउ“दो सहिद\' घोषणा गरियो । यी जति पनि सहिद घोषणा गरिएका र गरिनर्ुपर्छ भन्नुको एउटै उद्देश्य उनीहरू दलका सदस्य भएकाले हो । तर राणा शासनविरुद्ध सशस्त्र व्रि्रोह गरी विसं १९३३ फागुन २ गते झुन्ड्याई मारिएका लखन थापालाई प्रथम सहिद भनेर घोषणा गर्नुपर्नेमा सहिदको तुलनामा समेत राखिएन ।



लोकतन्त्र स्थापना हु“दासमेत कसैले लखन थापाको विषयमा चासो राखेका छैनन् । उनलाई राज्यले जति उपेक्षा गरे पनि बुङ्कोट, काहुले, भङ्गार र गोरखामा जनस्तरबाट सालिक निर्माण गरी हरेक वर्षसलामी दिइरहेका छन् ।







from: Kanipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम