Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
भत्किएको सपना (जुनु क्षेत्री) - [2008-02-20]

म हतारहतार विद्यालय पुग्छु । कक्षा सुरु भइसकेको हुन्छ । हाजिर गर्नलाग्दा लेखापाल सरले हठात् अङ्कति सरको नाममा मैले हाजिर गरेको देखाउँदै मलाई जिस्क्याउनुहुन्छ । म झसङ्ग हुन्छु । मैले त आफ्नै नाममा हाजिर गरेकी हुँ । मेरो नाम अङ्कतिा थापा र उहाँको अङ्कति थापा एउटै खालको नाम भएकोले झुक्किएर मैले अङ्कति सरको नाममा पो हाजिर गरिदिएकी रहेँछु । अङ्कति सरको र मेरो हाजिरको विषयलाई लिएर बेलाबेलामा अन्य सर र मिस-म्याडमले पनि मलाई जिस्क्याउनुहुन्छ । अनजानमा भएको सानो भूलको कारण म अरूको जिस्क्याउने पात्र भएकी हुँदा मलाई भित्रैदेखि असजिलो महसुस हुन्छ । अङ्कति सर हाम्रो विद्यालयको नयाँ सर हुनुहुन्छ ।



उहाँको गम्भीर व्यक्तित्व ज्यादै आकर्ष छ । अङ्कति सर र मेरो बोलचाल पनि हाजिरकै विषयबाट सुरु हुन्छ । उहाँ क्याम्पसमा पढाउने र हाम्रो विद्यालयको आँशिक शिक्षक मात्र भएकोले सामान्य बोलचालबाहेक गहिरो घुलमिल भने भएको हुँदैन । विद्यालयको वाषिर्कोत्सवको दिन हामी सबै शिक्षक शिक्षिका समयमै आइसकेका हुन्छौँ । अङ्कति सर आइपुग्नुभएको हुन्न । विद्यार्थीहरूले पनि अङ्कति सरले ढिलो गर्नुभएकोमा गुनासो गर्छन् । नबुझिँदो गरी मेरो मन भारी हुन्छ । मलाई पनि अङ्कति सर छिट्टै आउनुभए हुन्थ्यो जस्तो लाग्छ । घरिघरि मूलढोकातिरै आँखा जान्छन् । मलाई झन् आर्श्चर्य लाग्छ, किन यस्तो हुन्छ । नभन्दै अङ्कति सर टुप्लुक्क आइपुग्नुहुन्छ । मेरो मन फुरुङ्ग हुन्छ । वाषिर्कोत्सवको विभिन्न कार्यक्रममा हामी व्यस्त हुन्छौं । अङ्कति सर मेरो नजिक आएर मैले संयोजन गरेको कार्यक्रम सर्वोत्कृष्ट भएकोमा प्रशंसा गर्दै मलाई बधाई दिनुहुन्छ । मसँगै बसेर खाजा पनि खानुहुन्छ र सँगै तस्बिर पनि खिचाउनुहुन्छ । उहाँको नम्र बोली, मन्द हाँसो, सौहार्द स्वभाव मलाई असाध्यै आकर्ष लाग्छ । म त्यसैत्यसै फुर्फुरिन्छु । कार्यक्रम सकिएपछि म घर पुग्छु । त्यसरात सपनामा पनि म अङ्कति सरलाई नै देख्छु । मेरो मनमस्तिष्कभरि अङ्कति सरको आकृति घुमिरहन्छ । मेरो अङ्कति सरप्रतिको आकर्षा देखेर होला एकदिन रीनाम्याडमले अचानक अङ्कति सरको बिहे भइसकेको कुरा सुनाउनुहुन्छ । म छाँगाबाट खसेजस्तै हुन्छु । सपनाबाट ब्युँझेजस्तो अनुभूति हुन्छ मलाई । सायद मेरो मौन प्रेमभावलाई बुझेर अङ्कति सरले उहाँको बिहे भइसकेको फिजाएको हो कि - बिहे भएको पनि सात वर्षभइसकेको रहेछ तर सन्तान भने म्याडमको कारणले नहुने भएको रहेछ । मेरो मन एकतमास हुन्छ । चारैतिर अँध्यारो भएजस्तो लाग्छ । जीवनमा पहिलोचोटि देखेको एउटा मीठो सपना वा गरेको एउटा मीठो कल्पना भताभुङ्ग हुन्छ । अब छिटोछिटो विद्यालय पुग्ने इच्छा पनि मर्नथाल्छ । जीवनमा एकप्रकारको उदासीपन छाउँछ तर पनि हाँस्ने प्रयास गर्दै म विद्यालय जान्छु । आज अनायसै मेरो हातबाट क्यानभासमा एउटा चित्र उत्रिन्छ उही सेतो र्सट, खैरो पाइन्ट, कालो जुत्ता खल्तीमा टलक्क टल्किने कलम, आँखामा चस्मा, हँसिलो मुहार, गम्भीर स्वभावको आकर्ष व्यक्तित्वको तस्बिर । अनि टाढा कुनामा तस्बिर हेरेर तप्पतप्प आँसु खसालिरहेकी एउटी कलकलाउँदी केटीको उदास चित्र !







जुनु क्षेत्री

-कलैया, बारा

from: Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम