Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
हृयापी भ्यालेनटाइन डे (नबराज राइ) - [2008-02-21]

हृयापी भ्यालेनटाइन डे अनु युवकले युवतीलाई अंगालो हाल्छ । हृयापी भ्यालेनटाइन डे राज युवतीले प्रतिउत्ततरमा फर्काउँछिन । साथमा केहि हाँसो साटासाट गर्छन । एक अर्काले ल्याएको रातो गुलाबहरु साटासाट गर्छन । फेरि एक अर्कामा अंकमाल गर्छन । यु आर सो स्वीट केटीले केटालाई भन्छिन । वीरे जिल्ल पर्छ । होईन यो भ्यालेनटाइन डे भनेको के रै छ-बेसरम खुल्लेम खुल्ला अंगालो हाल्छ बा ! यिनीहरु-भारीलाई कुनातिर धकेलेर राम्ररी विसाउँछ वीरे । अनि रुमाल झिकेर पसिना पुछ्छ । कसैलाई सोध्न पाए पनि हुन्थ्यो , यो भ्यालेनटाइन डे भनेको के रै छ- अघि नै सोध्नु थियो रै छ-गईहाल्यो । जाहै मेरो सुस्त ।



बेलुका सफाचट भएर लाग्छ चोकतिर वीरे । ए हर्के भ्यालेनटाइन डे भनेको के हो-खोई मलाई थाहा छैन । किन चाहियो- हर्केले जवाफ दिन्छ । हर्के पनि म जस्तै रै छ । ए वीरे हिड भट्टीतिर । आज म जान्न । हर्के तँ जा । लौ हिँड न त उतैतिर सोधउँला हुन्न-वीरे यसो अडिएर सोच्छ । के थाहा हुन्छ र त्यहाँ पनि मै जस्तै सबै भेला हुन्छन । जे होस आज म भट्टी जान्न । सीधै लाग्छ फूल बेच्ने पसलतिर । अब फेरि कति वटा गुलाव लिने होला । तर यि गुलावहरु हेनमा ज्यादै सुन्दर र राम्रा छन । रातो !कन्चन छ यो । हृयापी भ्यालेनटाइन डे सुन्तली । रातो गुलाब लिएर ठिङ्रिङ्ग उभिएको वीरेलाई देखेर सुन्तली तर्सिन्छीन । ए वीरे तँलाइ के भो-बहुलाइस कि क्या हो-के हो यो भ्यालेनटाइन डे भनेको-वीरे अवाक ठीङ्रिङ्ग उभिन्छ । थुइक्क अघि नै भट्टीमा जानुथ्यो रै छ ।



नबराज राइ

२ आर.जि.आर.

फोक्स्टोन ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम