Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
शेर्पा भाषामा लुम्बिनी स्तम्भाभिलेखको वास्तविक अर्थ र त्यसका सन्देशहरु (प्रा. श्याम सन्दर शेर्पा) - [2008-02-27]

अहिलेसम्मका विश्वविख्यात शेर्पा-शास्त्री क्रिष्टोपm वोन् फूरर्-हैमेण्डफ, मानव-शास्त्री डोरबहादुर विष्ट आदि सम्पूर्ण विद्वान्हरूले अज्ञानताको दलदलमा फसेर शेर्पाहरूलाई बाह्रौँ शताब्दीतिर मात्र चीनको उत्तरी प्रदेशमा घुमन्ते जीवन व्यतित गरी कालान्तरमा तिब्बत हुँदै यहाँ प्रवेश गर्ने मङ्गोलमूलका भोट-वर्मेलीहरूका रूपमा चित्रण गरी 'तिब्बतीमूलका शेर्पा' भनेका भए तापनि ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूका आधारमा सिन्धु तथा नेपाली सभ्यताका सिर्जनाकारहरू ठहरिएका सिङ्गो भारतीय उपमहाद्वीपकै मूलवासी आग्नेयीमूलका शर्ेपाहरूको भाषाको साथमा प्राकृत, पाली तथा संस्कृत भाषाको सम्मिश्रण गरी प्राचीन ब्राजूमी लिपिमा"देवान पियेन पियदसिन लाजिन वीसतिवसाभिसितेन अतन आगा चम हीयिते हिद बुधे जाते सक्यमुनीति सिलाविगड भीचाकालापित सिलाथभेचउस पापिते हिद भगवं जातेति लुंमिनि गामेउ बलिकेकटे अठभागिये च" भनी उल्लेख भएको पाइन्छ ।



अहिलेसम्मका विद्वान्हरूले यस स्तम्भाभिलेखलाई 'राज्याभिषेेक भएको बीस वर्षपुगेका, देवताहरूका प्रिय, प्रियदर्शी राजाले स्वयं यहाँ आएर पूजा गरे । यहाँ शाक्यमुनि बुद्ध जन्मेका थिए भनी ढुङ्गाको ठूलो पर्खाल बनाइयो र शीला-स्तम्भ खडा गरियो । यहाँ भगवान् जन्मेका थिए भनी लुम्बिनी गाउँको बलि भनिने एक प्रकारको धार्मिक कर र अष्टभाग भनिने एक प्रकारको भूमि-कर क्षमा गरियों भनी अर्थ्याएर अन्तर्रर्ााट्रय बौद्ध शिखर सम्मेलनहरूका मुखपत्रहरूमा समेत 'आफ्नो राज्याभिषेक भएको बीस वर्षपुगेपछि, प्रियदर्शी राजा, देवताहरूका प्रियले स्वयं यस स्थानमा यात्रा गरी आएर पूजा गरेमू किनभने बुद्ध, शाक्यहरूका मुनि, यस स्थानमा जन्मेका थिए ।



उनले आफ्नो यस यात्राको स्मरणार्थ यस ठाउँलाई ढुङ्गाको पर्खाल बनाएर वरिपरिबाट घेरै अनि यस शीला स्तम्भलाई खडा गरे । भगवान् बुद्ध यहाँ जन्मेकै कारण उनले भूमि-करको चलन-चल्तीको दरको बदलामा उत्पादनको एक भागको आठ भाग मात्र तिर्नुपर्ने गरी लुम्बिनी गाउँलाई करहरूबाट मुक्त गरे' भनी उल्लेख गरेका पाइन्छन् । यसबाट नचाहिँदा भ्रमहरूको सिर्जना हुन गएर नेपाल तर्राईका प्राचीन लुम्बिनी, कपिलवस्तु आदि भू-भागहरू भारतका सम्राट अशोकले नेपालका राजासँग लर्डाई गरेर 'विजित' गरेका भूभागहरू भएका हुनाले भगवान् बुद्ध भारतका नागरिक थिए भनेर अहिलेसम्म पनि भारतादि देशका टेलिभिजन च्यानलहरूका वेभ-साइटहरू -धबखभ-कष्तभक)मा देख्न सकिन्छ । यस भ्रमलाई चिर्नका लागि लुम्बिनी विकास कोषले यस स्तम्भाभिलेखको अर्थलाई सही ढङ्गले अर्थ्याउन ठूलो धनराशि खर्च गरेर सन् २००४को फेब्रुवरीमा एक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको पनि देखिन्छ तर त्यसबाट पनि पुनः यसै अर्थलाई अनुमोदन गरेको पाइन्छ ।



तैपनि यस स्तम्भाभिलेखको वास्तविक अर्थको खोजीमा यसभन्दा अगाडि पनि नेपालभित्र र बाहिर धेरै प्रयासहरू भएका देखिन्छन् । यस क्रममा बेलायतका अक्सफोर्डका पुरातत्त्वविद्हरूले पनि यस स्तम्भाभिलेखका शब्दहरू मध्येका 'देवान पियेन पियदसिन लाजिन वीसतिवसाभिसितेन अतन आगा चम हीयिते हिद बुधे जाते सक्यमुनीति सिलाविगड भीचाकालापित सिलाथभेचउस पापिते' भनिएको वाक्यांशलाई पहिलो भागमा, 'हिद भगवं जातेति लुंमिनि गामेउ बलिकेकटे' भनिएको वाक्यांशलाई दोस्रो भागमा र 'अठभागिये च' भनिएको वाक्यांशलाई तेेस्रो भागमा विभाजन गरेर ठूलो मिहिनतका साथमा यस स्तम्भाभिलेखलाई 'राज्यभिषेक भएको बीस वर्षपछि देवताका प्रिय प्रियदर्शी राजा स्वयं पूजा गर्न आए', 'यहाँ शाक्यमुनिको जन्मस्थल सम्झी टाउकोमा ढुङ्गाको घोडा भएको पाषाण-स्तम्भ खडा गरियो' तथा 'यहाँ भगवान्को जन्म भएकोले अष्टाङ्गमार्ग ग्रहण गर्न भनियो' भनी अर्थ्याएर उल्लेख गरेको पाइन्छ तर यस अर्थलाई पनि आधिकारिक रूपमा स्वीकारिएको देखिँदैन ।



वास्तवमा, यस स्तम्भाभिलेखका 'अतन', 'आगा/आगम', 'जाते', 'सिला/शीला' तथा 'च' संस्कृत भाषाका शब्दहरू हुन् र संस्कृत भाषामा तिनीहरूका क्रमशः 'बटुवा', 'आउने', 'जन्मेको', ò'ढुङ्गो/पत्थर' तथा 'पनि' भन्ने अर्थहरू हुन्छन् । त्यसै गरी, यस स्तम्भाभिलेखका संस्कृत भाषाका यी शब्दहरूका अतिरिक्त, यस स्तम्भाभिलेखका 'चम,' 'हीयिते -हीयितेन्),' 'हिद,' 'ला -ल्हा)-जि-न -ने),' 'बि,' 'पापि,' 'ते,' 'ति' तथा 'चउस' भन्ने शर्ेपा भाषाका शब्दहरू हुन् र शर्ेपा भाषामा तिनीहरूका क्रमशः 'नौनी घिउ/सेतो पीठोको सम्मानार्थी चिन्ह', 'विद्या/ज्ञानको प्रतिमर्ूर्ति/पुतला', 'विद्या/ज्ञान जस्तो', ò'चार-देव-तर्ीथस्थान/चार धाम', 'दिनु/चढाउनु', 'पिताजीले', 'घोडाको', 'त्यो' तथा 'माथिल्लो स्थान' भन्ने अर्थहरू हुन्छन् । यसका साथै, यस स्तम्भाभिलेखका 'देवान', 'पियेन', 'पियदसिन', 'वीसतिवसाभिसितेन' तथा 'सक्यमुनीति'भन्नेशब्दहरू पाली, प्राकृत तथा शर्ेपा भाषाका शब्दहरूको संयोजनबाट बनेका शब्दहरू हुन् र तिनीहरूका क्रमशः 'देवतै रहेछ', 'प्रियै रहेछ', 'प्रियदर्शी नै रहेछ', 'बीस वर्षो राज्य-अभिषेक रहेछ', तथा 'ती शाक्यमुनि' भन्ने अर्थहरू हुन्छन् । यसका अतिरिक्त, यस स्तम्भाभिलेखका 'भीचाकालापित', 'बलिकेकटे' तथा 'अठभागिये' भन्नेेे शब्दहरू पाली तथा प्राकृत भाषाका शब्दहरूको संयोजनबाट बनेका शब्दहरू हुन् ।



तिनीहरूले क्रमैसँग 'भिकारी भिक्षुको पाकेको केराउ जस्तै पहेंलो (पोशाक/वस्त्र)', 'बलि प्रथालाई कट्टा गरेर (हटाएर)' तथा 'आठ भागका मार्ग (अष्टाङ्गमार्ग)' भन्ने अर्थबोध गर्दछन् । त्यसै गरी, यस स्तम्भाभिलेखका 'सिलाविगड/ सिलाविगड्ड' तथा 'सिलाथभे' भन्ने शब्दहरू संस्कृत, पाली, प्राकृत तथा शर्ेपा भाषाका शब्दहरूको संयोजनबाट बनेका शब्दहरू हुन् र तिनीहरूले क्रमैसँग 'घडेरीको ढुङ्गो/पत्थर चढाएर गाडेको' तथा 'ढुङ्गाको खम्बा' भन्ने अर्थबोध गर्दछन् । तर्सथ, यिनै शर्ेपा, पाली, प्राकृत तथा संस्कृत भाषाका शब्दहरूका अर्थहरूका आभारमा यस स्तम्भाभिलेखको वास्तविक अर्थ 'देवताहरूका प्रिय, चार-धाम-तर्ीथका प्रियदर्शी राजाले आफ्नो राज्यभिषेक भएको बीस वर्षपुगेपछि आफू स्वयं बटुवा भई यहाँ आएर, त्यो ज्ञानको ज्योति जस्तो भएर ज्ञानको प्रतिमूर्ति शाक्यमुनि बुद्धले जन्म लिनु भएको घरघडेरीको पत्थरमा चम -नौनी घिउ वा सेतो पीठोको सम्मानार्थी चिन्ह) लगाई (भगवानलाई) चढाएर(भूइँमा) गाडी माथिल्लो स्थानमा (र्स्वर्गवासी) पितापर्ुखाहरूको -सवारी साधन मानिएको) घोडा (घोडाको मूर्ति) भएको भिकारी भिक्षुको पाकेको केराउ जस्तै पहेँलो -पोशाक/वस्त्रको रूपको ढुङ्गाको खाँबालाई खडा गराइयो र ज्ञानको ज्योति जस्तो त्यो भगवान् जन्मेको लुम्बिनी गाउँमा बलि प्रथालाई कट्टा गरेर आठ भागका मार्ग (अष्टाङ्गमार्ग) पनि ग्रहण गर्न भनियोे' भन्ने हुन गएको प्रमाणित हुन्छ ।



शेर्पा भाषाका यस अर्थबाट प्रमुख रूपमा (१) भारतका सम्राट् अशोक सम्पर्ूण्ा देवताहरूका प्रिय थिए, -२) सम्राट् अशोक बौद्ध धर्मावलम्बीहरूका चार धामका पनि प्रियदर्शी भएकै कारण उनले आफ्नो राज्याभिषेक भएको बीस वर्षपुगेपछि लुम्बिनी क्षेत्रको तर्ीथयात्रा गरे, -३) अशोकले ज्ञानको ज्योतिको प्रतिमर्ूर्ति शाक्यमुनि बुद्ध जन्मेको घरघडेरीको पत्थरमा आदिम अनार्य शर्ेपा आदिवासीहरूको परम्परागत 'चम -नौनी घिउ वा सेतो पीठोको सम्मानार्थी चिन्ह)' लगाएर भगवान्लाई चर्ढाई पूजा गरी भूइँभित्र गाडेका थिए, -४) अशोकले भिकारी भिक्षुको पाकेको केराउ जस्तै पहेँलो वस्त्रको रूपको ढुङ्गाको खाँबाको माथिल्लो स्थानमा र्स्वर्गवासी पितापर्ुखाहरूको सवारी साधन मानिएको घोडाको मर्ूर्ति जडान गरेर उक्त ढुङ्गाको खाँबालाई खडा गराएका थिए र -५) अशोकले यस स्तम्भाभिलेखबाट ज्ञानको ज्योति जस्तो बुद्ध भगवान्ले जन्म लिनुभएको लुम्बिनी गाउँमा बलि प्रथालाई कट्टा गरेर बुद्धले बताएका आठ भागका आध्यात्मिक मार्गहरू -सम्यग् दृष्टि, सम्यक् ङ्कल्प, सम्यग् वाक, सम्यक् कर्म, सम्यग् जीवन, सम्यग् व्यायाम्, सम्यक् स्मृति र सम्यक् समाधि) पनि ग्रहण गर्नु पर्ने सन्देश दिएका थिए भन्ने कुरा बुझिन्छ ।



उपर्युक्त सन्देशहरू मध्येका १ नम्बर र २ नम्बरका सन्देशहरूले एउटै भाकामा सम्राट् अशोक सम्पर्ूण्ा देवताहरूका प्रिय हुनुका साथै बौद्ध धर्मावलम्बीहरूका चार धामका प्रियदर्शी पनि थिए भनी सङ्केत गरेका देखिन्छन् । वास्तवमा, यी सम्राट् अशोकले आफ्नो शासनकालको १३औँ वर्षा अर्थात् आफ्नो राज्याभिषेकको आठ वर्षछि २६र्१र् इ० पू०मा कलिंग देशमाथि हमला गरेर लडाइँमा धेरै मानिसहरूको बीभत्स हत्याकाण्ड मचिएको देखेपछि यिनलाई अपशोच लाग्यो । उनको जीवनमा एक महान् परिवर्तन आयो । त्यसपछि उनले अब उप्रान्त लडाइँ नलड्ने निश्चय गरी मानिसहरूका हृदयमाथि विजय प्राप्त गर्नका लागि बौर्द्धधर्म अङ्गीकार गरेर बौद्ध धर्मावलम्बीहरूका चार धामका प्रियदर्शी पनि भएका थिए । त्यसै गरी, उपर्युक्त तीन नम्बरको सन्देशबाट पनि सम्राट् अशोकले आफ्नो राज्याभिशेक भएको बीस वर्षपुगेपछि आफू स्वयं बटुवा भई आएर ज्ञानको ज्योतिको प्रतिमर्ूर्ति शाक्यमुनि बुद्ध जन्मेको घरघडेरीको पत्थरमा आदिम अनार्य शर्ेपा आदिवासीहरूको परम्परागत 'चम -नौनी घिउ वा सेतो पीठोको सम्मानार्थी चिन्ह)' लगाई भगवानलाई चढाएर पूजा गरी भूइँभित्र गाडी त्यसमाथि शाक्यमुनि बुद्धको सम्मान तथा आवासको खातिर स्तूपको निर्माण गरेका थिए भन्ने तथ्यको उद्घाटन भएको देखिन्छ ।



हेक्का रहोस्, बौद्धमार्गीहरूले विशेष गरेर शर्ेपाहरूले बुद्ध भगवान. अथवा आफ्ना र्स्वर्गवासी भएका मानिसहरूका स्तूप निर्माण गर्दा उनीहरूका अस्तुका साथमा उनीहरूका सम्मानका लागि चढाइएका वस्तुहरूमा विशेष गरेर जाँड भरिएका काठका 'पोङ्' भनिने भाँडो अथवा बियरको बोतलको मुखमा एउटा अथवा तीनवटा उक्त 'चम' भनिने नौनी घिउ वा सेतो पीठोको सम्मानार्थी चिन्ह लगाई भूइँभित्र गाडी त्यसमाथि स्तूपहरू निर्माण गरेर त्यसका आसपासमा शर्ेपा भाषामा 'लुङ्ता' भनिने ध्वजापताकाहरूका साथै बाँसका वा काठका खाँबालाई ठडाएर शर्ेपा धार्मिक झण्डाहरू टाँग्ने गरेका देखिन्छन् ।



यसबाट समयको दौरानमा लुम्बिनीमा अशोकले यी बौद्धमार्गीहरूको यसै परम्परानुसार स्तूपको निर्माण गरेर ढुङ्गाका खाँबोलाई खडा गरेका थिए र कालान्तरमा त्यो स्तूपको जग मायादेवीको मन्दिरको चतुष्कोणाकारको अग्लो जगको रूपमा परिणत भएका हुन् भनेर प्रमाणित हुन्छन् । यसका साथै, यस सन्देशबाट सन् १९९र्३र् इस्वीमा जापानको बौद्ध सङ्घ तथा लुम्बिनी विकास कोषको सक्रियतामा लुम्बिनीस्थित अशोक स्तम्भको सामुन्नेको चतुष्कोणाकारको अग्लो जगमा अवस्थित मायादेवीको मन्दिरको पुरातात्त्विक उत्खनन् कार्य सम्पन्न गर्दा उक्त मन्दिरको जगभित्रका मौर्यकालीन पर्खालका इँटाहरूका खण्डहरहरूबाट प्राप्त भएको झण्डै ऋषिमुनि अथवा बुद्धकै टाउको जस्तो देखिने 'कङलोमिरेट स्टोन भनेर परिभाषित गर्न सकिने कडा किसिमको प्राकृतिक चट्टान शाक्यमुनि बुद्ध जन्मेको घरघडेरीको पत्थर नै हो भनेर वस्तुगत रूपमा पुष्टि भएर उक्त मन्दिरको त्यो चतुष्कोणाकारको अग्लो जग पनि मायादेवीको मन्दिरको नभई अशोक स्तूपकै जग हो भनेर प्रमाणित हुन्छ ।



त्यसैले अब त्यो जगमा अशोक स्तूपकै निर्माण गरेर यस सत्यतालाई स्वीकार गरिहाल्नु पर्ने बेला भइसकेको देखिन्छ । यसका अतिरिक्त, उपर्युक्त तीन नम्बरको सन्देशबाट अहिलेसमेत शर्ेपा समाजमा प्रचलनमा रहेको आदिम अनार्य शेपाहरूले नौनी घिउ वा सेतो पीठोको 'चम' भनिने सम्मानार्थी चिन्ह लगाएर खाद्य-पदार्थलगायतका सम्पर्ूण्ा वस्तुहरू आफ्ना jmुलदेवतालाई तथा आफ्ना मान्यजनहरूलाई अथवा आफैलाई चढाउनु पर्ने प्रचलनअनुसार सम्राट् अशोकले पनि शाक्यमुनि बुद्ध जन्मेको घरघडेरीको शला (पत्थर)मा उक्त सम्मानार्थी चिन्ह लगाएर भगवान्लाई चर्ढाई पूजा गरेर भूइँभित्र गाडेको तथ्यको उद्घाटन भएको देखिन्छ ।



किनकि, ऋग्वेदमार् इश्वरका पिउने प्याला (कचौरा)लाई 'चम' भनिएको छ र प्रजा, पशु, अग्नि, ब्रहृमणस्पति, ऋभवः तथा विश्वका सृष्टिकर्ता त्वष्टालाई ज्यासलमा यी प्याला (कचौरा)लाई निर्माण गर्ने देउताका रूपमा पनि वर्ण्र्ाागरिएको पाइन्छ । हेक्का रहोस, यी त्वष्टा ऋग्वेदमा 'ऐर्श्वर्य भइकन पनि सोम यज्ञ नगर्ने अनावश्यक ऐर्श्वर्य भएका धनवान् अनार्य व्यापारीलाई सोमपान गर्ने इन्द्रदेवले नाश गरिदिन्छन्' भन्ने अर्थ जनाई "न रेवता पणिना सख्यमिन्द्रो˜सुन्वतासुतपाः सं गृणीते । आस्य वेदः खिदति हन्ति नग्नं विसुष्वयेपक्तये केवलो भूत् ।।७।।" भनी 'पणि' समेत भनिएका अनि त्यसैलाई आर्यहरूले थाहा नपाउन् भन्ने हेतुले गोप्य तथा साङ्केतिक रूपमा शर्ेपाहरूको 'छ्यो' भनिने धर्मग्रन्थहरूमा 'पुन्ये' भनेर 'ç नमो भगवतेे । अपरिमित आयर्ुज्ञान सुविनीश्चितते ज्वराजाय । तथागतय । अरहते सम्याकं सबुद्धय तद्यथा । ç पुन्ये पुन्ये । महापुन्ये । अपरिमित पुन्ये ।



अपरिमित पुन्ये ज्ञान संभरो पचिते । ç र्सबसंकार परिशुद्ध धर्माते गगन समुङ्गते स्वभावविशुद्धेमहानय परिवरे स्वाहा' भनिएका यस उपमहाद्वीपका आग्नेयीमूलका मूलवासी अनार्य शर्ेपा आदिवासीहरूका आरम्भिक कुलदेवता हुन् । यसबाट सम्राट् अशोकले भगवान् बुद्ध जन्मेको घरघडेरीको शीलालाई त्वष्टाको निर्माण समाग्रीको रूपमा पूजेर त्यसमा आदिम अनार्य शर्ेपा आदिवासीहरूको परम्परानुसार पूजेर नौनी घिउ वा सेतो पीठोको 'चम' भनिने सम्मानार्थी चिन्ह लगाई भूइँभित्र गाडेर शिलान्यास गरेर आफ्नो शीला-स्तम्भलाई खडा गराएका थिए भन्ने तथ्यलाई पुष्टि गरेर प्रमाणित गर्न सकिन्छ ।



यसका साथै, उपर्युक्त चार नम्बरको सन्देशबाट अशोकले भिक्षुको वस्त्रको रूपलाई प्रतिनिधित्व गर्ने पाकेको केराउको रङको ढुङ्गाको खाँबाको माथिल्लो स्थानमा र्स्वर्गवासी भएका पितापर्ुखाहरूको सवारी साधनको रूपमा घोडाको मर्ूर्ति जडान गरेर उक्त ढुङ्गाको खाँबालाई खडा गराएका थिए भन्ने तथ्यको उद्घोष गरेको पाइन्छ । यस तथ्यलाई लुम्बिनीस्थित यस शीला-स्तम्भलाई अहिले पनि राम्ररी नियालेर हेरेको खण्डमा त्यो स्तम्भको बाहिरी रूप पाकेको केराउ जस्तै पहेंलोमा सेतो मिसिएको रङको जस्तो देखिएबाट वस्तुगत रूपमा पुष्टि गरेर प्रमाणित गर्न सकिन्छ ।



यसका अतिरिक्त, यो चार नम्बरको सन्देशमा अशोकले यस शीला-स्तम्भको माथिल्लो स्थानमा र्स्वर्गवासी पितापर्ुखाहरूको सवारी साधन मानिएको घोडाको मर्ूर्ति जडान गरेको तथ्यको पनि उद्घाटन भएको देखिन्छ । यस तथ्यलाई पुष्टि गरेर चिनियाँ यात्री हुयान साङ्ले 'स्तूपको छेउमा एउटा शीला-स्तम्भ छ । त्यसको टाउकोमा एउटा घोडाको मूर्ति छ जसलाई अशोक नाम गरेका राजाले निर्माण गर्न लगाएका थिए ।



पछि एउटा दुष्ट राक्षसको कपटले यो बीचमा फुटेर तल भूइँमा खसेको थियो ।' भनी उल्लेख गरेको पाइन्छ । यसका साथै, यस तथ्यलाई नेपालका वंशावलीहरूमा पनि आदिमकालदेखि 'शरब' भनिँदै बुद्धकाल -छैटौँ शताब्दर्ीर् इ० पू०)देखि बौद्धमार्गी भएर काटमार नगर्ने मांसाहारीहरू भनेर संस्कृत भाषामा 'मारिएका सुँगुर खानेहरू' भन्ने अर्थ जनाई 'किर -सुँगुर)' तथा 'आहत (मारिएको)' भन्ने शब्दहरूको संयोजन गरेर 'किराहत' भन्दा-भन्दै कालान्तरमा 'किराँत' अनिर् इस्वी संवत् १९५३ को मे २९ को दिनदेखि शर्ेपा भाषाको 'शरब' भन्ने शब्दलाई तिब्बतीकरण गरी अपभ्रंशको रूपमा 'शर्ेपा' भनिएर प्रमाणित हुने अनार्यहरूका 'किराँत' भनिएका शर्ेपा राजा स्थुंकोले लुम्बिनीस्थित अशोकको शीला-स्तम्भको शिरमा रहेको घोडा खसालेको उल्लेख भएको पाइएबाट पनि पुष्टि गर्न सकिन्छ ।



यसबाट भारतका सम्राट् अशोकले नेपालका यी शर्ेपा राजा स्थुंकोको अनुमति नलिइकन नै यस स्तम्भलाई अनधिकृत रूपमा खडा गरेका थिए र रिसले चूर भएका स्थुंकोले यस स्तम्भको शिरमा रहेको घोडाको मर्ूर्तिलाई भूइँमा खसालेका थिए भन्ने तथ्यको पुष्टि हुन गई अहिले गायब भएको उक्त मूर्तिको निर्माण अशोकले आदिम शर्ेपाहरूको परम्परानुसार नै उक्त स्तम्भको शिरमा गरेका थिए भन्ने तथ्यको पनि पुष्टि हुन्छ । यस तथ्यलाई यस उपमहाद्वीपका अहिले अस्तित्वमा रहेका अनार्य शर्ेपारूले अहिले पनि आफ्ना घर-आँगनहरूमा, गोंदा (गुम्बाहरू)मा अथवा अग्ला अग्ला भीर/पहराहरूका शर्ीष्ा भाग/टुप्पोमा र्स्वर्गवासी भएका आफ्ना पितापर्ुखाहरूको पुण्यका लागि शर्ेपा भाषामा 'लुङ्-ता' भनिने ध्वजापताकाहरूका साथै बाँसका वा काठका खाँबालाई ठडाएर टाङ्गएिका धार्मिक झण्डाहरूमा वेगले दौडेको घोडाको चित्रलाई केन्द्रबिन्दुमा अ‹ति गरी 'ç मुने स्वाहा नमो गुन्द नमो स‹य रुपद्मसिद्धि हूँ ।



चिगिदि सिद्धि हूँहूँहूँ । मुने महा मुनेपय नमेद मयाç आ हूँ बज्रगु ç आ गुरु सुम ç आ मापजी । बिन्तीयि स्वाहा ç डमु स्वाहा । ç आ मृत आयुदादि स्वाहा । ç तरितुतरि स्वाहा । ç बागिस्वरि मुङ् ç बज्रपानी हूँ । ç मनि पद्मे हूँ ।" भनिने मन्त्रहरूको उल्लेख गरेको पाइएबाट स्पष्ट रूपमा प्रमाणित गर्न सकिन्छ । यस तथ्यलाई लुम्बिनी विकास कोषका प्रमुख पुरातत्त्वविद् वसन्त विडारी, राधाकुमुद मुकर्जी आदि विद्वान्हरूले पनि स्वीकार गरेका देखिएबाट पनि पुष्टि गर्न सकिन्छ ।



यसका साथै, अन्त्यमा पाँच नम्बरको उपर्युक्त सन्देशमा अशोकले ज्ञानको ज्योति जस्तो बुद्ध भगवान्ले जन्म लिनुभएको लुम्बिनी गाउँमा बलि प्रथालाई कट्टा गरेर बुद्धले बताएका आठ भागमा स्थापित भएको अष्टाङ्गमार्गलाई ग्रहण गर्नुपर्ने अनुरोध गरेका देखिन्छन् । यसबाट यस शीला-स्तम्भलाई खडा गर्ने समयमा पनि लुम्बिनी गाउँमा बलि प्रथाको प्रचलन रहेको थियो र त्यसलाई हटाउनु पर्छ भनी अशोकले यस स्तम्भाभिलेखमार्फ अनुरोध गरेका देखिन्छन् ।



यस तथ्यलाई शाक्यमुनि बुद्धले जन्म लिनुभएको नेपालको तर्राईको लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक महìवको शगरहवाको नाम पनि शर्ेपा भाषामा 'मासु जोख्ने पिता-प्ुखाहरूले बसोबास गरेको ठाउँ' भन्ने अर्थ जनाएर शेपा भाषाका 'श (मासु)', 'गर/गरु (जोल्नु/जोख्ने) तथा 'हाबा (पिता)' भन्ने शब्दबाट संयोजन गरेर बनेको 'श-गर-हाबा/श-गरु-हाबा' भन्ने शब्दबाट रहेर कालान्तरमा 'शगरहवा' हुन गएको देखिएबाट वस्तुगत रूपमा प्रमाणित गर्न सकिन्छ ।





प्रा. श्याम सन्दर शेर्पा

gorkhapatra







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम