Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
शिवहरि मरहठ्ठाद्वारा बुद्धिविनोदका प्रत्येक श्लोकको उत्तर दिने गरी मतिविनोद लेख्नुभएको छ (हेमराज ज्ञवाली) - [2008-03-01]

कवि शिरोमणि लेखनाथ पौड्यालको बहुचर्चित बुद्धिविनोदको आजसम्म धेरै विद्वान्हरूले जवाफ लेखिसक्नुभएको छ । तीमध्ये पिनाकीप्रसाद आचार्य, नयराज पन्त, आज्ञादास, राजेश्वर देवकोटा, श्रीभद्र शर्मा र कोमलदत्त तिवारीका नाम अग्रगण्यका रूपमा लिइन्छ । त्यस्तै यसपालि संस्कृत विश्वविद्यालयका प्ूवउपकुलपति प्रसिद्ध विद्वान् शिवहरि मरहठ्ठाद्वारा बुद्धिविनोदका प्रत्येक श्लोकको उत्तर दिने गरी मतिविनोद लेख्नुभएको छ । मतिविनोदमा वंशस्थ छन्दका ६७ श्लोकको उत्तर वंशस्थ छन्दमै दि“दै २ श्लोक शार्दूलविक्रीडितका अन्तमा लेखी आफ्नो उत्तरको आधार के हो त्यो पनि खुलाइएको छ । मतिविनोदको प्रँरम्भमा राजेश्वर देवकोटा, लेखकका गुरु प्रँध्यापक रामेश्वर शर्मा, बासुदेव त्रिपाठी स्वयं लेखकको आफ्नो भनाइका रूपमा मन्तव्य वा भूमिका छन् । लेखकले सुरुमा प्रस्तावका नामबाट कवि शिरोमणिको नेपाली साहित्यमा रहेको योगदानको चर्चा केही श्लोकमा गर्नुभएको छ । त्यसपछि मतिविनोद सुरु हुन्छ । बाया“ पन्नामा बुद्धिविनोद र दाया“मा मतिविनोद गरेर प्रस्तुति गरिएको छ । त्यसैको नमुनास्वरूप २।४ श्लोक तल दिइन्छ-



लेखनाथको बुद्धिविनोदको पहिलो श्लोक



कहा“ थियो बास अघि म को थिए“



कसो हु“दा यो पि“जडा लिदो भए“ ।



कहा“ छ जानू कुन साथ लीकन



तलाई मालूम् छ कि यो कुरा मन ।।१।।



शिवहरि मरठ्ठाको मतिविनोदको प्रथम श्लोकमा त्यसको उत्तर



अव्यक्त वा व्यक्त हु“दै म चेतन



आए“ यहा“ मानव देह लीकन ।



घुम्दै जगत् जानु त पर्छ आखिर



अदृष्ट बोकी परमाणुकै तिर ।।१।।

कदापि कत्ति न लगाइ ठक्कर



ग्रहा˜˜दिलाई दिनहु“ निरन्तर ।



घुमाउनेको छ खडा भईकन



त“लाई मालूम् छ कि यो कुरा मन ।।४।।

नौ लाख तारा ग्रह चन्द्र आदि मै



देख्थ्यो र विज्ञान घुमाउने कुनै ।



सम्प्राप्त आकर्षा शक्तिले पनि



घुम्दा रहेछन् ग्रहमाथि फन्फनि ।।४।।

तरङ्गमा रङ्मगिदा यसै म ता



अहो † पुगिछु उहिल्यै कता कता



कसो गरे मिल्दछ शान्ति साधन



वता बुझेसम्म अलीकती मन ।।६६।।

रम्यौ तिमी चिन्तनका तरङ्गमा



लाग्यौ तिमी गूढ रहस्य खोज्नमा ।



अभिष्ट त्रि्रो र छ शान्तिसाधन



कणाद सम्झी गर तत्वचिन्तन ।।६६।।



यसरी मरहठ्ठाजीले आफ्नो जवाफ वैशेषिक मत, योग, नानापुराण, विज्ञान र प्रविधिका दृष्टि र तर्क प्रमाणका आधारमा तयार रहेको कुरा आफ्नो अन्तिम शार्दूलविक्रीडित छन्दको श्लोकमा खुलाउनुभएको छ । यसरी बुद्धिविनोदको उत्तर क्रममा मतिविनोदले पनि राम्रो स्थान ओगट्न सफल भएको छ ।



यस प्रयासका लागि भूमिका लेखकहरू र खासगरी लेखक प्रँ. शिवहरि मरहठ्ठा धन्यवादका पात्र हुनुहुन्छ ।





- हेमराज ज्ञवाली







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम