Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
यस बर्षको धनकुटा प्रतिभा पुरस्कार साहित्यकार मोमिला, नेपाल स्टार विष्णु र स्वर्ण पदक विजेता कुसललाई प्रदान गरिने - [2008-03-12]

साहित्य संवाददाता,

गत बर्षवेलायतमा स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठान वेलायत च्याप्टरको गत १२ मार्च २००८ का दिन र्सनकिल्फमा बसेको बैठकले ब्यापक छलफल र बहस पछि यस बर्ष ३ विधाका ३ युवा प्रतिभालाई पुरस्कृत तथा एक विशिष्ट ब्यक्तित्वलाई सम्मान गर्ने निर्णय गर्‍यो ।



१. सम्मान - नविनकिशोर राइ

२. साहित्य क्षेत्र - मोमिला जोशि

३. संगीत क्षेत्र - विष्णु चेम्जोङ

४. खेलकुद क्षेत्र - कुशल (कुसुले) श्रेष्ठ





प्रत्येक बर्ष साहित्य, संगीत र खेलकुदको क्षेत्रमा राम्रो योगदान दिइ धनकुटा जिल्लाको प्रतिष्ठा बढाउन कार्य गर्ने स्रष्टालाई सम्मान गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाले जन्मसिद्ध र कर्मसिद्ध धनकुटा संग साइनो भएका स्रष्टाहरुलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यको थालनी गरेको हो । हाल सम्म यस संस्थाको धनकुटा च्याप्टर र वेलायत च्याप्टर निर्माण भइसकेको छ । यस बर्षको लागि धनकुटा च्याप्टरले सिफारिस गरेको नामहरुको सम्बन्धमा अमेरिका, जर्मनी, हङकङ, मलेसिया, कतार, कोसभोमा रहेका धनकुटेलीहरु बीच आपसी छलफल गरि साहित्य विधामा मोमिला जोशी, संगीत विधामा नेपाल स्टार विष्णु चेम्जोङ र खेलकुद क्षेत्रबाट सार्क स्वर्ण पदक विजेता कुसल (कुसुले) श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय भएको कुरा अध्यक्ष क्याप्टेन ज्ञान लिम्बूले बताउनु भयो । त्यस्तै गरि यसबर्ष संगीतका सिनियर स्रष्टा नविनकिशोर राइलाई सम्मान गर्ने निर्णय भएको छ ।



पुरस्कृत ३ जनाले आगामी २२ मार्चका दिन धनकुटामा सम्पन्न हुने कार्यक्रममा प्रतिब्यक्ति १० हजार नगद पुरस्कार लगायत प्रमाण-पत्र प्राप्त गर्नेछन् ।



युवा साहित्यकार मोमिला जोशी विगत १ दशक अघि देखि साहित्य क्षेत्रमा लागि परेको स्रष्टा र वहाले इश्वरको अदालतमा आउटमाइन्डरको बयान पुस्तक पनि लेखिसकेका छन त्यस्तै गरि अनलाइन साहित्यमा पनि त्यतिनै लागिपरेका छन । उनले नेपालीकलासाहित्य डटकम पनि संचालन गर्दैआएका छन् ।



युवा गायिका सुश्री विष्णु चेम्जोङले गतबर्षनेपाल वान टेलिभिजनले प्रसारण गरेको अधिराज्यब्यापी नेपाल स्टार प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेकी हुन । अहिले पनि उनी निरन्तर संगीतमा लागि रहेका छन ।



युवा खेलाडी कुशल श्रेष्ठले अघिल्लो पटक सम्पन्न अन्तर्राष्टिय सार्क स्तरीय सितोरियो कराते खेलमा धनकुटाबाट नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । उनी धनकुटाको मात्र नभइ नेपालकै प्रतिभा हुन र अहिले पनि निरन्तर खेल क्षेत्रमै लागि रहेका छन् । वहाबाट भविश्यमा अझ धेरै आस गर्न सकिन्छ ।



यस बर्षको सम्मानित ब्यक्तित्व नविनकिशोर राइले थोरै भएपनि राम्रा र लोकप्रिय गीतहरु गाउनु भएको छ । वहाको स्वरहरु अमर भएर रेडियोहरुमा निरन्तर बजिरहेका छन् । त्यसवेलाको समयमा वहाले गर्नुभएको योगदान कदरयोग्य भएको कुरा प्रतिष्ठानका सदस्य आनन्द देवानले बताउनु भयो । त्यस्तै गरि धेरै स्रष्टाहरु सम्मान योग्य भएको र विस्तारै वहाहरुलाई प्रत्येक बर्ष सम्मान तथा पुरस्कृत गर्दै जानेकुरा वेलायत च्याप्टरका कोषाध्यक्ष जितेन्द्र चेम्जोङले बताउनु भयो ।

स्मरण रहोस, वेलायती सेना संग सम्बन्धित वेलायतवासी सम्पूर्ण धनकुटेलीहरुलाई धनकुटा प्रतिभा पुरस्कार प्रतिष्ठानमा समेट्ने कार्य जारी रहेको र विश्वभर छरिएर रहेका सम्पूर्ण धनकुटा जिल्लावासीहरुको साझा संस्थाको रुपमा विकसित भएको छ । धनकुटा जिल्ला प्रसासन कार्यलयमा दर्ता भएको यस धनकुटा प्रतिभा पुरस्कार कोषको अक्षयकोष स्थापना भइसकेको छ र कोष थप गर्न दोस्रो चरणको कार्यक्रम चलिरहेको छ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम