Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
रक्तिम झण्डा (होमशंकर बास्तोला) - [2008-04-27]

कति कठिन छ जिउन प्रजातन्त्र भए पनि यहाँ । कानूनी राज्य छ, संसद् छ तर गरिबीले रोग, भोग व्याप्त छ जताततै । ठूलाबढा र शक्तिशालीहरु पद र प्रतिष्ठामा छन् । हिजो खाली खुट्टा हिड्ने र एकपेट खान नपाउनेहरु बंगलामा बसेर पजेरोमा गुडिरहेका छन् । जो हिजो इमान्दार थिएनन् र आज पनि छैनन् । तर बितेका तीस वर्षा दश वर्षम्म प्रजातन्त्रको प्राप्तिका लागि जेलमा बसेका सुरेन्द्र आज पनि उस्तै थिए । समयको रफ्तारमा पनि उनको लवाइखवाइमा कुनै परिवर्ततन आएको थिएन । प्रजातन्त्र आएपछिको आम निर्वाचनमा आफ्नो पार्टी संसद्को टिकट पाएका भए पनि लठैत परिचालन र रकम खर्च गर्न नसक्दा उनी संसद्मा जित्न सकेका थिएनन् । आफूभन्दा पछि राजनीतिमा लागेकाहरु र भर्खर उम्रेका कार्यकर्ताहरु साइरन बजाएर सडकमा गुडिरहेका थिए ।



सुरेन्द्र अचेल गाउँमै बस्छन् । उनी स्वतन्त्रता र प्रजातन्त्रका लागि ज्यान दिन पछि पर्दैनन् । एकतान्त्रिक र निरङ्कुश व्यवस्था उनी सुन्न पनि चाहदैनन् ।

प्रजातन्त्रमा सीमित व्यक्तिहरुले फाइदा उठाएर भ्रष्टाचार बढेको छ , अशान्तिले देश गुज्रिरहेको छ । जनअधिकार र जनसत्ता ल्याउने भन्दै विद्रोहीहरु युद्ध गरिरहेका छन् ।विद्रोहीको मार सामान्य र निर्दोश जनतामा प्रत्यक्ष परेको छ । सामान्य राजनीति गर्ने व्यक्तिहरु विद्रोहीका दैनिक शिकार र निशाना बनिरहेका छन् ।



विद्रोहीले सुरेन्द्रलाई गाउँ निकाला गर्ने आदेश सुनाएको पनि एक महिना भइसकेको छ । उनी विद्रोहीका विरोधी हुन् । उनी बैचारिक रुपमा भिन्न रहेका प्रतिपक्षहरुको सफाया गर्ने विद्रोहीका योजना प्रति रुष्ट छन् । उनलाई विद्रोहीले आफ्नो पक्षमा ल्याउन धेरै कसरत गरेका हुन् तर उनी प्रजातन्त्रको पक्षधर वाहेक कसैको पक्षमा वकालत गर्दैनन् । विद्रोहीको गाउँ निकाल्ने आदेश प्रति उनी प्रतिक्रिया व्यक्त गर्दछन् (मैले के विगार गरेको छु र कारवाही गर्ने - मैले गाउँमा कुनै नचाहिंदो काम गरेको छु र - किन गाउँबाट भाग्ने - प्रजातन्त्रका लागि आजीवन लडेको छु र अझै लड्ने छु ।"



सुरेन्द्रको पार्टीाष्ट्रिय पार्टी ठूलो पार्टीो । उनलाई गाउँ निकाला गर्ने विद्रोहीको निर्ण्र्ााप्रति उनी आवद्ध भएको पार्टीे जिल्ला र केन्द्रीय कमिटीले एक प्रेसविज्ञप्ति प्रकाशित गर्दै विद्रोहीको निर्ण्र्ााप्रति रोष व्यक्त गर्छ र उक्त निर्ण्र्ााअविलम्व फिर्ता लिन आग्रह गर्दछ । तर काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । यही चरितार्थ हुन्छ यहाँ ।



संभवत आजसम्म धेरै नेपालीहरुको रगत माटोमा पोखिएको छ । धुप्रै व्यक्तिहरु अंगभंग भएका छन् । धेरैको सिउँदो पुछिएको र सहारा खोसिएको छ । स्वतन्त्रता लुटिएको छ, बन्दुकले । निर्दोशहरु म्ाारिएका छन् र मर्ने क्रम रोकिएको छैन । विनाअपराध सफाया गरिएको दुबैतिरबाट जनतालाई । जवरजस्ती विद्रोहीलाई गाँस ,बास दिन वाध्य छन् जनता भने विद्रोहीलाई गाँस ,बास दिएको निहुमा सत्तापक्षबाट बन्दुक पिउनु सामान्य छ जनतामा ।

आज षौष महिनाको दिन अघिपछि भन्दा अलिबढी जाडो पलाएको छ । बिहान मधुरो घाम देखिएको भए पनि दिन धुम्मिएर डाँडाका फेदतिर अँध्यारो देखिरहेको छ । बिहानको हुस्से जाडोमा मुढा बालेर आगो ताप्दै सुरेन्द्रका बाबु हरिदेव अँध्यारो मुख लगाएर बसिरहेका छन् । एकछेउमा सुरेन्द्र आगो ताप्दै बाबुतिर फर्किएका र जीउमा लगाएको कालो तर पुरानो ज्याकेटको चेन लगाउने र उघार्ने गरिरहेका छन् । खुट्टामा लगाएका चप्पलका फिता चुटिएर कपडाको फिता बनाएर लगाएको बुढीऔंला नजिक देखिरहेको छ ।



बाबु तँ भाग ! मेरो छैहत्तर वर्षो उमेरको सहारा को नै छ र - तँ नै त होस् नि ( हरिदेव छोरातिर र्फकदै भन्छन् ।

बुबा, तपाईले कस्तो लाछी कुरा गरेको ! कुनै गल्ती नगरी उनीहरुदेखि डराएर भाग्नु (सुरेन्द्र आर्श्चर्य व्यक्त गर्छन् ।

के गर्छस् त बाबु ! बन्दुक हातमा हुनेहरुसँग विचार मरिसकेको हुन्छ । जब विचार र विवेक समाप्त हुन्छ अनि बन्दुकले डेरा जमाउँछ । के हिजो तीस वर्षम्म निरंकुश बिरुद्ध लड्दा बन्दुक चाहियो - तँ नै भन्न , तँ पनि दशवर्षजेल परेको न होस् । तर त्यो विद्रोहमा मेरो पूण्ा र्समर्थन थियो । जुन प्रजातन्त्र र स्वतन्त्रताको प्राप्तिको लागि थियो । तर आजको आन्दोलन त्यस्तो छैन । आफूलाई मन नपरेका र आफ्नो बिचारसँग असहमत जनाउने जो कोहीलाई छाड्दैनन् । पारि गाउँका पूव अध्यक्ष ..... लाई भौतिक रुपमा समाप्त गरिदिए । हुन त तैले के नै बिगारेको छस् र - उनीहरुका गैरप्रजातान्त्रिक कृयाकलापको विरोध गरेको न होस् । तँ सहरतिर जा । साम्य भएपछि र्फकलास् । म बूढो एक्लै मागेर भए पनि खाउँला ( बाबुले सुरेन्द्रलाई गाउँ छाड्न सल्लाह दिए ।



बुबा ! मेरा बाबुले यस्तो काँतर कुरा गर्नु हुन्छ होला जस्तो लागेको थिएन । मार्छन् भने मारुन । मैले के नै बिगारेको छु र - प्रजातन्त्र र स्वतन्त्रताको वैचारिक वकालत गर्न नपाउनु - मरिए मरियोस् । निरंकुश विरुद्ध , प्रजातन्त्रका पक्षमा लड्दा मर्नु गौरवको कुरो हो । म प्रजातन्त्रको पक्षमा लागेको कुनै स्वार्थका लागि होइन । मैले बनाएका कार्यकर्ताहरु आज मन्त्री, संसद् र ठूलाठूला संस्थानका जि. एम. छन् । मलाई कुनै पैसा र पद चाहिएको छैन । त्यसैले खुट्टा कमाएर भग्दिन, बुबा । बाँचुन्जेल गाउँमै जनताको सेवा गरेर बस्छु । (सुरेन्द्रले डराएर नभाग्ने विचार प्रकट गरे ।



यस्तो साहसिलो छोराको बाबु हुनु त गर्वको कुरा हो, तर बाबु ! हृदयको पीडा बन्दुकले बुझेको हुदैन । मेरा लागि भए पनि तैले यहाँबाट भाग्नु पर्छ । तँलाई थाहै छ । तेरी आमा तँ पाँच वर्षी हुदाँ खसी । तँ मेरो एक्लो सन्तान होस् । तेरो बिहे गरेको दश वर्षा तेरी जहान पनि खसी । त्यही एउटा नाति त मेरो सहारा होला भनेको थिएँ त्यो पनि पोहोर साल दैवले टिपेर लगिदियो । तँलाई मैले कति दःुख गरेर हुकाएको । तँ नै भन, मेरो अरु को नै सहारा छ र - तँ वाहेक ....... ! (हरिदेवले आँखामा पलाएका आँसु पुछ्दै सुरेन्द्रलाई सम्झाए ।



बुबा ,तपाईंका कुरा सुन्दा पनि हाँस उठ्छ । अब के म डरले शहरतिर भागौं ..... सुरेन्द्रको वाक्य नसकिदै "अब तँ कुनै हालतमा पनि भाग्न सक्दैनस् भन्दै पाँच-सात जना बर्दी लगाएका र बन्दुक बोकेका व्यtmिहरु आएर सुरेन्दलाई समाते ।



कोहौ तिमीहरु - किन समात्छौ मेरो छोरालाई (भित्रै देखिको धोद्रे स्वर निकालेर हरिदेव उभिए ।

यसले हाम्रा साथी भड्कायो, गाँउले भड्कायो, हाम्रो पार्टी लाग्नेहरुलाई सुराकी गर्यो , के चाँहि गरेन यसले ।

साथी हो यस्ता नचाहिंदा आरोप नलाओ मलाई । मैले पनि तीस बर्षो भूमिगत संर्घष्ा गरेको छु । तर यस्तो क्रूर र अमानवीय होइन ,न्याय र स्वतन्त्रताको ( सुरेन्द कड्किन्छन् ।

नेताज्यू नखोक्नोस् । माथिल्ला नेताकाँ पुर्‍याए पछि थाहा पाउनु हुनेछ ( कुममा फित्ता लगाएको नेताजस्तो देखिने बोल्यो ।

बाबु हो छोडिदिनुस् मेरो छोरोलाई । ऊ निर्दोश छ । ऊ मेरो एउटै मात्र सहारा हो । यी हेन दाह्री र कपाल पनि फुलिसक्यो । मैले हात जोडे (हरिदेवले दाह्री र कपाल सुम्सुम्याएर हात जोडे ।

हात जोडेर छाड्न सक्दैनौ बा ! जे कारवाही गर्नु पर्ने वा छोड्नु पर्ने माथिल्लो निकायबाटै निर्ण्र्ााहुन्छ ।

मैले के बिगारेको छु र म तिमीहरुसँग जाने । म जान्न (सुरेन्द्र मुडामा थ्याच्च बस्छन् ।

ए ! ठूलो हुन्छस् । ठूलै नेता परिस र पो नत्र हामीले जानेका थियौं ।

के गर्र्छौ ?

देखाइ दिउँ (पेस्तोल देखाउँछ नेता जस्तो देखिने ।

बाबु केही नगर्नोस् मेरो छोरालाई । मेरो बाबु ! (बाबु माया पोख्छन् । "पछि थाहा हुन्छ (एउटा वर्दी लगाएको युवक बोल्छ ।

के ! मलाई मार्ने -

पछि देखिहाल्नु हुन्छ नि !



सुरेन्दलाई तान्दै लान थाल्छन् । बाबु हो यो त साहै् निक्रिष्ट काम भयो, यस्तो पनि राजनीति हुन्छ - जनता अपहरण गर्ने, मार्ने, लुटने, निर्दोशलाई मार्ने कस्तो घृणित राजनीति (हरिदेव प्रतिशोध व्यक्त गर्छन् ।

जाडो अलि बढी भएकाले आफ्नो इस्टकोट फुकालेर छोरालाई दिन हरिदेवले गोजीतिर हात हाले । गोजीमा उही हिजो सिएको राष्ट्रिय झण्डा थियो । उनको घरको धुरीमा छोरा लागेको पार्टीे झण्डा फर्फाइरहेको भए पनि व्रि्रोहीले उनको घरलाई निशाना बनाएका हुँदा पार्टीे झण्डा झिकेर राष्ट्रिय झण्डा गाड्ने योजना थियो । राष्ट्रिय झण्डा देखेर त केही नगर्लान् भन्ने थियो उनलाई । गोजीबाट हात नझिक्दै ठूलो विस्फोटनको आवाज आयो । घरतिर आँखा पुग्दा घरको गाह्रो ढल्दै गरेको देखेकोसम्म हो उनले । आफ्नो खुट्टा घुँडा भन्दामुनि उछिट्टएिर दलानमा पुगेको र आँफू ऐया ..मरे... भनेर चिच्याउदै ढलेको सम्म थाहा छ । त्यसपछि त्यहाँ के भयो केही थाहा भएन उनलाई ।

हरिदेवको शरीर ख्याउटे देखिए पनि साहसी थिए उनी । उनले जिन्दगीका प्रत्येक मोडमा प्रजातन्त्रका लागि संर्घष्ा गरेका थिए । तीस वर्षोकालमा पार्टी केन्द्रीय नेता भूमिगत हुँदा धेरै पटक उनको घरमा बैठक बसेर महत्वपूण्ा निर्ण्र्ाारु गरेका थिए । तर आज उनी अपाङ्गं बनेर अस्पतालको बिच्छ्यौनामा सुतिरहेका छन् । उनको इस्टकोटको कुम अलिकति च्यातिएको , रगतका टाटाहरु लागेका र धुलो लागेको देखिन्छ उनको शरीरभरिका कपडामा ।

त्ोस्रो दिन व्यूँझदा उनी राजधनीको एउटा सरकारी अस्पतालको बेडमा सुतिरहेका थिए । अगाडिपछाडि क्यामरा लिएर सञ्चार कर्मीहरु उभिरहेका र केही मानव अधिकारवादी र आफ्ना पार्टी कार्यकर्ता तथा नेता पनि देखे उनले ।

मेरो खुट्टो खोई - ( खुट्टो छाम्न खोजेजस्तो गरेर सोधे हरिदेवले ।



तपाईको खुट्टो ठीक भइसक्यो फिक्रिनगर्नोस् (अगाडि उभिएका डाक्टरले सान्त्वना दिए ।

म्ााइक मुखैमा लगेर सञ्चारकर्मीले सोधे (विस्फोटन हुनुभन्दा अगाडि के भयो - व्रि्रोहीले के भने - उनीहरुको माग के थियो - तपाईंहरु के गर्दै हुनुहुन्थ्यो -

बितेका सबै कुरा छाड्नोस् बाबु । सुरेन्द अपहरण भएको थियो । अहिले ऊ कहाँ छ - उसको वारेमा केही खोजतलास भयो त - (हरिदेवलेले ऐया... भन्दै आँसु चुहाए । "मेरो बाबु ! सिध्याए होलान् उसलाई ।

केही गरेको छैन होला उहाँलाई (एउटा कार्यकर्ताले थाहा नपाएजस्तो गर्‍यो ।

बाबु हो । ऊ जीवित होला भन्ने त म विश्वास गर्दिन । मैले र मेरो घरले उनीहरुलाई के बिगार गरेका थियौं र - मलाई त यस्तो पारे भने ऊ बाँचेको छ भनेर नढाँटे हुन्छ मलाई । कहाँ छ ऊ ! साच्चै जीवितै छ ऊ - ( उनले सोधे ।

बुबा, खै के भनौं । क्रूरहरुले जहिले पनि बन्दुकले निशना बनाउँछन् ।

हाम्रा माहान नेता सुरेन्द्रलाई पनि त्यसै गरे नेताले व्रिरोही प्रति रिस पोख्यो ।



हो हो मारे नै उसलाई - ऊ आफ्नो बिचार र सिद्घान्तमा झुक्ने खालको थिएन । न ऊ पद र पैसाको लागि दौडिन्थ्यो । कहिले मारेछन् बाबु उसलाई (उनले रुँदै नेतालाई प्रश्न गरे ।

बुबा ऊहाँलाई क्षतविक्षत र क्रूर तरिकाले मारे छन् घरदेखि दुइ कि.मि. टाढा । सुरेन्दको मृत शव हिजो भेटियो । मृत शरीरमा पाँच वटा गोली लागेका खत थिए । मृत शवमाथि "खतर्नाक बिरोधीको सफाया" भनेर लेखिएको हस्तलिखित पर्चा भेटिएको थियो । बिचरा ! उहँा महान हुनु हुन्थ्यो ( एक नेताले दुःख प्रकट गर्‍यो ।



मारेछन् पो क्रूरहरुले , मेरो बाबु ! (उनले आँखाका अँासु पुछे । सुरेन्दलाई उनी धेरै माया गर्दथे । "छैहत्तर बर्षो उमेरमा एउटा साहारा थियो त्यो पनि गुम्यो । बाबु हो यस्तो अन्याय मैले कहिल्यौ देखेको थिइन । मैले पनि राणाशासन विरुद्घको शसस्त्र व्रि्रोहमा भाग लिएको थिएँ । आजसम्म्ा प्रजातन्त्रको पक्षमा थिएँ र छु (उनी घँुकघँुक रोए । छैहत्तर बर्षो उमेरमा परिवारबाट एक्लो हुनु पर्दा कसको मन नदुख्ला र -

बुबा, हामी छांै तपाईका छोराहरु ! फिक्रिनमान्नोस् । तपाई एउटा राष्ट्रिय व्यक्तित्व हो । अरुले तपाईलाई केही गर्नु पर्दैन राज्यले गर्छ सबै कुरा ( नेताले सान्त्वना दिए ।

राज्यले कहाँ गर्न सक्छ सबै कुरा बाबु ! म भन्दा कति महान होलान् पछाडि परेका व्यक्तित्वहरु । नागरिकले पनि गर्नु पर्छ यस्ता सामाजिक कार्यहरु । राज्यकै मुख ताकेर नै आज यस्तो दर्ुगती भइरहेको छ ( उनले सामाजिक कार्यमा सरिक हुन उत्प्रेरित गरे ।



हरिदेव भएको कोठाको ढोकाबाट राष्ट्रिय पोशाक लगाएका मन्त्री, त्यस पछि उनका अंगरक्षक र पछाडि आफ्नो पार्टीे झण्डा बोकेका कार्यकर्ताहरु प्रवेश गरेको देखियो ।

नमस्कार बुबा ! ( मन्त्रीले हात जोडे ।

नमस्कार नमस्कार ........... पछाडिबाट थप हातहरु उठे ।

नमस्कार बाबु हो ( हरिदेव आगन्तुकतिर फर्किए ।

कस्तो छ हजुरलाई अघिले - मन्त्रीले सोधे ।

कस्तो हुनु नि ! उस्तै छु , बाहिर दुखेको छ टेक्ने सहारा गुमेर, भित्र दुखेको छ जीउने सहारा गुमेर ( रोदनपर्ूण्ा स्वरमा उनले उत्तर दिए । केही छिन कुराको आदान प्रदान भयो घटेका विगतका घटना प्रति ।

डाक्टर साब ! उहाँलाई लान सकिएला - ( नेताले सोधे ।

कहाँ - पाँच दिनसम्म उहाँ उठ्नसम्म मिल्दैन ( डाक्टरले उत्तर दिए ।



सुरेन्द्रको दागबत्ती दिन उहाँकै गाउँमा । उहाँको अन्त्यष्टिमा आज मन्त्री, नेता र कार्यकर्ता सहितको टोली हेलिकप्टरद्वारा जाँदैछ । भरे सबै फिर्किहाल्छन् ( नेताले डाक्टरको अनुहारमा पुलुक्क हेरे ।

बाबु, जान दिनोस् मेरो छोराको अन्तेष्टिमा । ऊ मेरो प्यारो एक मात्र सन्तान हो, जीवित नभेटे पनि मृत शरीर एक पटक हेरेर छोराको पीडाले क्षतविक्षत भएको हृदय .........( रोएर उनले छातीमा हात राखे ।

उहाँको स्वास्थ्य जोखिकपूण्ा छ । उहाँ टाढा त के अस्पतालको कम्पाउण्डभित्र पनि जान मिल्दैन । म पनि दुःखी छु, एक प्रजातन्त्र प्रेमी व्यक्तिको हत्यामा । हिजो मात्र उहाँको सल्यक्रिया गरेका हौँ । ( डाक्टरले भन्ो ।

ठीक छ । अन्त्यष्टिको लागि हामीले तयार गरिसकेका छौ । पार्टीे झण्डा ओडाउन झण्डा तयार भइसकेको छ । पार्टीीध्यक्षले पार्टीे झण्डा ओडाउनेे कार्यक्रम छ । बुवाको तर्फर्र्ट अन्त्यमा कुनै प्रतिक्रिया छ कि - ( नेताले हरिदेवलाई सोधे ।



बाबु हो तपाईहरु धेरै बुझकी हुनुहुन्छ , जो प्रजातन्त्रप्रति समर्पित हुनुहुन्छ । तपाईहरुले भनिसक्नु भएकै छ सुरेन्द्र कुनै पार्टीा व्यक्तिको मात्र सम्पत्ति नभई राष्ट्रकै सम्पति हो । ( उनले अस्ति देखिनै लगाइरहेको इस्टकोटको गोजीमा हात हाले । "म पार्टीे रुपमा भन्दा राष्ट्रको रुपमानै मेरो छोरालाई स्विकार्न चाहन्छु ।" गोजीबाट रक्तिम राष्ट्रिय झण्डा निकालेर नेतालाई दिदै भने ( बाबु हो ! मेरो छोराको अन्त्यष्टिमा पार्टीे झण्डा होइन राष्ट्रिय झण्डा ओडाओ । ऊ एउटा पार्टी मात्र नभई राष्ट्रकै सम्पत्ति हो ।



त्रिकोण आकारको र्सूय र चन्द्र अंकित राष्ट्रिय झण्डा अन्कनाउँदै नेताले हातमा लिएर भने ( ठीक छ बुवा ! हामी सुरेन्द्रलाई राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय व्यक्तित्वको रुपमा सम्मान गर्र्छौ । ढिलो भइसक्यो हिड्नोस साथी हो । हरिदेवलाई नम्ास्कार गर्दै सबै हिंडे । मन्त्रीको गार्डले हरिदेवलाई सलोट ठोक्यो ।









खोटाङ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम