Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
गुरासको राजधानी (इन्दिरा शंकर) - [2008-04-28]

दस वर्षोको लामो द्वन्द्वकालमा प्रकृतिको काखमा बसेर माओवादीले युद्धकला सिक्दै शिविर सञ्चालन गरे । कतिले त्यही जंगलमा लुकेर ज्यान जोगाए । कतिपयले वीरता प्रदर्शन गरेर लालीगुरा“सको माला पहिरिए । आफ्नो छवि बनाए । संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लामा राष्ट्रिय फूल लालीगुरा“सको राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजलेको घना गुरा“सघारी पर्यटकीय दृष्टिकोणले भने धेरै पछाडि छ ।



जतिसुकै लोकतन्त्रका कुरा गरे पनि, पर्यटकको संख्या बढाउने भनिए पनि ग्रामीण क्षेत्रका पर्यटकीयस्थल पर्यटकको आखाबाट टाढै छन् । जुन जोगी आए पनि...भनेजस्तै दुगम पहाडी क्षेत्रका लागि भन्न नछोडे पनि न माओवादीका आ“खा यस क्षेत्रको विकासमा पुगे नत सरकारकै । दस वर्षलामो द्वन्द्वले गर्दा पर्यटकलाई सेवा दिन नसकेको यो क्षेत्र अझै पनि उस्तै छ ।



प्राकृतिक सम्पन्नताको कुरा गर्ने जैविक विविधताका अनेक संस्था भए पनि सुगम र सुविधायुक्त ठाउ“मा मात्र उनीहरू पुग्छन् । नया“ र दुगम स्थलमा नपुग्नाले पनि यस्ता स्वर्ण्र्ाााउ“ ओझेलमा परेका छन् । स्थानीय स्तरमा आफ्नो क्षेत्र पर्यटकका लागि कति आकषिर्त हुन्ासक्छ, र्सवसाधारण अनभिज्ञ छन् । विश्वका ७०० प्रजातिमध्ये २८ जातको गुरा“स यसै क्षेत्रमा पाइन्छ । नेपालमा पाइने ३२ जातमध्ये २८ जातका गुरा“स यहीं छन् । त्यसबाहेक यहा“ पाइने अनगिन्ती प्रकारका जडिबुटी, स्थानीय संस्कृति, जीवजन्तु, चराचुरुङ्गी र पुतली यहा“का अन्य आकर्षा हुन् ।



काठमाडौंदेखि आधा घन्टाको हवाईयात्राबाट विराटनगर पुगेपछि धरान हु“दै गुरा“सको राजधानीतर्फअगाडि बढिन्छ । धरानबाट नागवेली हु“दै १८ किलोमिटर माथि के पुगिन्छ, १४२० मिटर उचाइमा रहेको चर्चित पर्यटकीयस्थल भेडेटार आइपुग्छ । त्यहा“बाट तर्राईका समथर मैदान र कञ्चनजङ्घाजस्ता हिमशृङखलाको अवलोकन एकैपटक गर्न पाइन्छ । पर्ूवाञ्चलको क्षेत्रीय राजधानी धनकुटाबाट सिंदुवा हु“दै तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको प्रवेशद्वार वसन्तपुर संगमबाट टुटे देउराली भएर गुरा“सको राजधानी तीनजुरे मिल्के जलजला पुगिन्छ ।



लोपोन्मुख लालीगुरा“सको संरक्षण गर्न छातीमा हात राखेर कसम खाए, नेताहरूले प्र्fmकेर हेरेनन्, स्थानीय वासिन्दा भन्छन् । यस क्षेत्रमा वर्षोनि हजारौं प्राज्ञिकको उपस्थितिमा लालीगुरास महोत्सव मनाइन्छ । तर त्यस पछाडि कसैले फर्केर नहेरेको स्थानीय वासिन्दाको गुनासो छ । १७०० देखि ५००० मिटरसम्मको उचाइमा रहेको गुरा“सक्षेत्र १२५८ वर्गकिलोमिटर क्षेत्रमा प्fmैलिएको छ । लालीगुरा“स स“गस“गै ९००० मिटर उचाइमा रहेको तीनजुरे कुनै चित्रकारले त्रिभुज कोरेजस्तो चुचुरो जहा“ सेता, पहेला, राता गुरासका थुगा देख्न पाइन्छ ।



यस क्षेत्रमा पुसदेखि फागुनको अन्त्यसम्म हिउ पर्ने भएकाले स्वीजरल्यान्डको तिर्सना मेटिन्छ भन्छन् पारखीहरू । तर हाम्रा नेताहरू प्रचण्ड र माधव नेपालचाहि अर्कै स्वीजरल्यान्डको सपना देखिरहेछन् ।



यस क्षेत्रमा अलौकिक प्राकृतिक दृश्यहरू देख्न पाइन्छ । पोखरी, भे“डा-च्याङग्रा, चौंरीजस्ता जनावरसाथै विभिन्न किसिमका चराचुरुङ्गी यहा“का मौलिकता हुन् ।



र्स्वर्गकै एक टुक्राजस्तो लाग्ने यो क्षेत्रमा सभा पोखरी, बन्दुके



पोखरी, पा“च पोखरी पर्छन् । साथै सिद्धकाली, गुम्बा र पाथीभरा जाने बाटो पनि यही हो ।



पर्याप्त यातायात र अन्य आधारभूत सुविधाको अभावमा प्राकृतिक अनुपम दृश्यहरू पर्यटकका वशमा पर्नसकेका छैनन् । दक्षिण एसियाकै लामो ह्यात्रुङ झरना तेह्रथुम जिल्लामा पर्छ । तर अवलोकन गर्ने कमै छन् । नेपालकै पहाडी लामो हिमशृङखला पनि यहाबाट अवलोकन गर्न सकिन्छ । यति हुदाहुदै पनि आन्तरिक-बाह्य पर्यटकले विरलै मात्रामा अवलोकन गरेका छन् ।



भनिन्छ, नेपाल प्रकृतिको धनी देश हो । तर राज्यले पर्यटन क्षेत्रलाई उति वास्ता नगरेको र ध्यान दिएको भनिएका क्षेत्र पनि सधैं उही नाम भएकाले पर्यटक दोहोर्‍याई-तेहोर्‍याई आएका छैनन् । जबकि नेपालका



नया क्षेत्रलाई पर्यटक क्षेत्रको रूपमा प्रस्तुत गरे पर्यटक नबढ्ने प्रश्नै छैन । यस्ता थुपै सुन्दर क्षेत्रहरू ओझेलमा परेका छन् ।







from: Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम