Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
बदलियो म्याङलुङ (भीम घिमिरे) - [2008-05-01]

म्याङलुङ -तेह्रथुम, वैशाख १८ - \'बरखीको दिन थियो, आगो लाग्यो, मलाई छोराहरूले बल्लतल्ल बाहिर निकाले, रसिला आखा पारेर स्थानीय ७९ वषीया र्सूयकुमारी जोशीले भनिन्, \'त्यो बेला त के भयो भयो, बेहोस नै भइएछ ।



म्याङलुङ बजारको कपडा पसलमा छोराबुहारीलाई सघाउदै रहेकी जोशीलाई आगलागी सपना जस्तै लाग्छ । २०५९ मंसिर २२ गते यहा आगलागी हु“दा दुइ देवालयसहित ८६ घर जलेका थिए ।



त्यो बेला माओवादीले सदरमुकाम हान्ने हल्ला थियो, सम्भ“mदै स्थानीय शंकर जोशीले भने, टेलर पसलबाट सुरु भएको आगो मट्टतिेल र ग्यास सिलिन्डर राखेको ठाउ“मा पुग्यो ।



आगोले सिलिन्डर पड्क“दा बम विस्फोट भएको ठानेका सुरक्षाकर्मी ब्यारेकमा सीमित भएका थिए । पछि घटनाको यथार्थ थाहा भएपछि उनीहरूले स्थानीयबासीलाई सघाए । उनले भने, \'हामीकहा“ दमकल आउन सक्ने स्थिति थिएन, आफैंले पनि पानी हालेर निभाउन नपाउदा धेरै क्षति भएको थियो । करोडौं क्षति भएको घटनाको पा“च वर्षछि यहा“ कतैकतैमात्र पुरानो म्याङलुङका अवशेष छन् । यहा अहिले तीन-चार तले पक्की घर, फरकिला सडक र पानीको व्यवस्था छ ।



स्टेसनरी पसले भगवानमान श्रेष्ठ भन्छन्, \'त्यो बेला अलि-अलि सहयोगको भरथेग भयो, अनि पछि ऋण काढेर पनि सबैले धमाधम घर बनाए । आगलागीको घटनापछि उद्धार तथा पुनर्निमाण समितिले विभिन्न क्षेत्रबाट १ करोड सहयोग जुटाएको थियो । त्यो रकम पीडितलाई प्रति परिवार १ लाख २९ हजारका दरले वितरण भएको स्थानीयबासी बताउछन् ।



\'घटनाले के सिकायो भने दैवी विपत्ति कुनै पनि बेला जसरी पनि हुन सक्दोरहेछ, कस्मेटिक पसल सञ्चालक सुनीता श्रेष्ठले भनिन्, \'त्यो बेला बालबच्चा र बुढाबुढीको त बिजोकै भएको थियो ।\' घटना सम्भmदा अहिले पनि बजारबासीको आ“खा रसाउ“छ ।



धनकुटाबाट उत्तरमा रहेको तेह्रथुम सदरमुकाममा वषाका केही महिना अवरोध हुने भए पनि अहिले यातायात सुचारु छ । वसन्तपुरदेखि २३ किलोमिटर बाटो असजिलो भए पनि सवारी चलाउन चालक पोख्त छन् । यस क्षेत्रमा सडक विस्तारको क्रम जारी छ । स्थानीय उत्पादन तर्राईका बजार पठाउ“न र त्यहा“का समान ल्याउ“न सजिलो भएको छ ।







भीम घिमिरे

from: Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम