Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
चिरिएको छाती (होमनाथ सुवेदी) - [2008-05-10]

डायास्पोरा भन्छन् यो कुन गाउँ हो मलाई चेत छैन । जरो न भएको रुख पुच्छर काटिएको िलंडो सर्पको ढाड मात्र बटारिए जस्तै म बटारिएको छु । तर न त्यो पुच्छर उठाएर शत्रुलाई बिष हाल्न सक्छु न फणा उठाएर विष बमन गर्न सक्छु । काटिएर दुई टुक्रा परेको निर्वासित आत्मा हूँ । सतहमा म डायास्पोराको जीवात्मा हूँ । मुक्ति न पाएर छटपटाइरहेको आत्मा म स्वयम् डरलाग्दो भएको छु । स्वयम्सित डर लाग्न थालेको छ । जन्मेको ठाउँ र मर्नुपर्ने ठाउको बीचको सेतुको अभावको संकटले सिर्जेको मेरो चेतले जीवनको कहानी उद्देश्य मूलक बनाउन चाहन्छ तर साधनमै हराउने खतराले मृत्युका अन्तिम क्षणमा जीवन अर्थ हीन हुने अनुभवले काटिएको यो डायास्पोरिक महा रोगले म तड्पिएको छु । मै मात्र हैन यो गाउँ नै यो कोडले अछुत भैसकेको छ । यी सर्प आआफै टोकाटोक गर्न पनि पछि परेका छैनन् । मलाई मेरो देश मेरो पिताभन्दा पनि माथि मेरी पितामहीको मृत्युका अन्ति दिन उहाँ हामीबाट टाढा हुने सम्भावनाका अग्नि स्फुलिङ्गले पोलिरहन्छन् । यसरी चहराइरहेको घाउको वेदना मैले खटाउन न सकेर महमा डुबेको झिगोले जस्तै लङ्गडोले जस्तै बैशाखीको भरमा उठेर फोनमा गई अमेरिकाबाट नेपाल फोन गरें-अझै पनि आफ्नो भन्नु अवशेष नेपालमा केही छ कि ! दश पटक डायल गरे फोन गएन अनि पछि मात्र फोनको घण्टी गयो ।



मैले गाउँमा फोन गरी कान्छी बूढीआमासित कुरा गरें ।



बुढीआमा तपाईको मलाई असाध्य माया लाग्छ । चाँडै फर्कन सकिन अझै चाँडो आउन पाउन्न होला । तपाई बितिसक्नुभो कि भन्ने भयले यति टाढा यति टाढाबाट फोन गरेको हुँ।



सन्चै हुनुहुन्छ



\'सन्चै छु बाबु !\' मोटो कम्पमान स्वरमा उनी बोलिन् ।



\'म त सारै आत्तिएको छु । कतिपय हिउँद आए गए । पुराना पात झर्दैछन् । नयाँ पातको माया लाग्दैन ।\'



म साँच्चै एक निर्वासित आत्मा थिएँ । मेरा सोचहरु पनि पक्कै विछिन्न नै थिए ।



उनलाई लाग्यो होला उनको लबजमा उनले भनिन् - पुराना पातको को वास्ता गर्छ नयाँ पात सबलाई प्यारा हुन्छन् । यो पुरानो उखानको उल्टो कुरा गर्छ यो बाबु त । उसलाई कुरा गर्न पनि आउँदैन । अझै बूढो भएर पनि त्यस्तो ठूलो भैसकेर पनि…॥



पक्कै उनको दृष्टिमा म महान् थिएँ । मैले जुँगा काटंे जाँगे लगाएँ छुवाछुतको वास्ता गरिन । बेला मौकामा गरीबको नाममा नाराका भाषण पनि गुड्काएँ । उनकोलागि यसभन्दा असल म के हुन सक्थें !



हो उनी परम्परा थिइन् । तर अन्धी उनीसंग परम्पराको कुनै तर्क थिएन । उनमा नवजात शिशुप्रति कोमल पे्रम-भाव थियो । त्यसैले नवयुगीन कुनै पनि धारालाई उनी असल ठान्थिन् । मातृ हृदयको यो विशेषता नै पनि हो । उनको त्यो निरीह आत्मा आजको ुस्टारवारु मा होमिने साहस नै पो के गर्न सक्थयो र उनका दाँत झरिसकेका थिए । म विदेशिदा मेरी बुढीआमाहरुमध्ये उनी सबभन्दा कान्छी बुढीआमा थिइन् र मलाई पालेकी मैले पाल्नुपर्ने मेरी बुढीआमा ।



उनको दर्शन गर्न बनावटी अरु काम बनाएर पनि म ३ ३ बर्षको अन्तरालमा गाउभित्र पसेको थिएँ । तर उनी कहिल्यै मरिनन् । कतिबार गइराखूँ । परदेशको घरव्यबहार छोडेर ज्ाान पनि त सजिलो थिएन…………।म मुख देख्न पाउन्न कि भन्ने त्रासले छटपटाइरहेको थिएँ । अभाव मृत्यु र महत्वाकांक्षाले पालिएको यो मनोरोगको पारावारबाट कहिल्यै मुक्त हुन्न क्या रे !



पितृदेशको पूर्वस्मृतिले मलाई सताइरहेका छन्



मेरी पि्रया भन्थिन्- \'मलाई सुनको सिक्री चाहियो ।\'



म भन्थे - \'म बचत गरी किन्छु ।\'



पि्रया भन्थिन् - मलाई स्टोभ चाहिएको छ ! म भन्थेँ… यो महिनाको तलव आउनदेऊ । क्रम यस्तै चलिरहन्थ्यो । पि्रयाका माग छोराछोरीका माग दिनप्रति दिन मेरो गृह मन्त्रालयमा चाँग लगाइरहेका थिए ।



म पक्कै माग पूरा गर्न चाहान्थें । म मेरी पि्रया र सन्तानको इक्षामा नै आफ्नो प्रतिबिम्व पाउँदथिएँ । म रातदिन काम गर्दथिएँ । हरएक अवकाशमा चामल दाल मरमसला किनिरहन्थें । तर पनि मागहरु…पूर्ति भई मेरो टेबल खाली हुनुको बदला माग बड्दै बढदै गइरहेको थियो । यहँुसम्म कि माग पत्र नै च्यातेर धुजाधुजा पारें । यो प्रत्यक्ष दोहोराएँ कतिपयबार तर पनि टेवल उस्तै । मेरा सन्तानकोलागि पुरानो मागको खोज थिएन । दिनौं नयाँ थप्दै गए । मैले पूरा गर्दै गएँ । पूरा भैसकेको नसकेको एकै क्षणमा वा त्यस अघिनै टेवलमा टन्न मागका माग थुपि्रए । यही बारम्बारताले म एक सिसिपसको कथा जस्तै कहानीको पात्र भैसकेको थिएँ ।



त्यो अभावको पितृदेश रहेन । अभावको बदला अभाबले यो डायस्पोरामा मलाई झुण्डाएको छ ।



\'म कसरी जाऊँ घर\'



\'म कसरी देखूँ गाऊँ\'



म कसरी पाऊँ दर्शन बुढीआमाको , म फेदैमा किचिएको थिएँ । म किन गाउँमै बसिन मैले आधुनिताको अभिशाप पाएको थिएँ । मैले लगाउने पाइन्ट मैले भिर्ने कमिज मैले खाने ब्राण्डी मैले हेर्ने सिनेमा मैले पढ्ने उपन्यास …मेरो गाउको सम्पूर्ण सम्पत्ति एकैबार खनाए पनि किन्न सक्दिनथें । त्यहाँ जस्को बिना म … न जिउन अभिशप्त थिएँ । कान्छी बुढीआमा चिसो पानी…। हरियो सागपात गाउले भेषभूषामा रमाउन हुन्थ्यो । उहाँलाई शहर एक बन्धन थियो नत्र मैले यौटै खाटमा मेरी पि्रया र काँन्छी बुढीआमालाई सुताउन पथ्र्यो । विवशता मात्रै होइन नग्न विवशताको म सिकार हुँदा म सेरिनै पथ्र्यो तर कम्तिमा जीवित त थिएँ म! यो उनकै अवोधताको वरदान थियो ।



फोनको निरन्तरतामा मैले फोनमै सोधंे-



\'रातामाटाको बुढीआमा सन्चै हुनुहुन्छु\'



\'हामीलाई एक्लै पारेर जानुभयो बाबु !\' खिन्न स्वरले उत्तर दिनुभयो ।



मैले खेद प्रकट गरें ।



धुलिखेलकी राइली आमा मलाई असाध्य प्यार गर्दथिइन् । राइलाबाबा सानैमा दिवङ्गत भए । उनी सन्तानको नाममा मैमा आशा लगाएर मेरो म्वाइ खाइरहन्थिन् । उनको उमेर त केही थियो अझै । म डराएर सोध्नु पर्ने त केही थिएन । तै पनि धेरै प्यारो बस्तु लोप हुने भयले म धेरै पिरोलिएँ र प्रश्न गरिहालेँ ।



\'धुलिखेलकी राइली आमा सन्चै हुनुहुन्छु\'



उनी त जीवनको पासोबाट मुक्त भइन् बाबु, केही सन्तोषको सास फेरेको ध्वनी सुनें ।



चढ्दो वैंशका दिन अरुको जवानीको आमोद प्रमोदलाई हेरी र् याल चुहाएर सती भावमा जीवित रहनु जस्तो जीवन्मृत्यु अरु के हुन्थ्यो र त्यसैले होला कान्छी बुढीआमाले पनि उनको मृत्यु भएकोमा सन्तोष नै व्यक्त गरिन् । मलाई भने स्वयम्को मृत्युको अनुभूति भयो । मैले त जीवनलाई निस्सार माने वा सार त्यो चेतना कहाँ ! आवेशको आत्यन्तिक अवस्थामा मेरो होश रहेन । आक्रोशसित फोन झ्याट्ट राखे ं।



कान्छी बुढीआमाले के सोच्नु भएको होला



मैले पुनः ओभरसिज कलु कालागि नम्वर मिलाउदै सोच्न थालेको थिएँ । …।त्यस्ती वोलकड.. त्यस्ती गोलमटोल अनुहार..त्यो सेतो चम्कने सारी धप्प बलेका चाचल नयन… उनका पनि आशा थिए होलान्…… उनी गइन्… उनी त गइन् तर उनको जानुमा मुक्ति सम्झने हाम्रो समाज कस्तो के उनको उपचार थिएन हरएक मानिस स्वतन्त्र आउँछ र स्वतन्त्र जान्छ । समाजले किन उनलाई मृतपतिकै मात्र अर्थिमा थिचिरहन्छ किन उनलाई मुक्त वातावरणमा हुर्कन दिन्न किन उनको स्वन्त्रतामा हस्तक्षेप गर्छ म रनन्क रन्किएको थिएँ -



\'समाज नै छिन्नभिन्न पारिदिऊँ जस्तो लाग्छ ।\'



यत्तिकैमा फोन पुग्यो ।



फेरि मैले कान्छी बुढीआमालाई भने-



\'फोन मेरो हातबाट खसेको थियो । हाँ ढुङ्गेघर साहिलाबा कस्तो हुनुहुन्छ\'



\'उनी पनि गए बा!\' क्ष्ाब्ध भएर भनिन् । चक्रिसंह मीतबा



\'गए…\'उनले लामो सास तानिन् ।



\'जगन्नाथ गुरुजी\'



\'गए ।\'



\'साथी मन\'



\'गए ।\'



\'कालीगाई\'



\'गयो ।\'



\'त्ाारे गोरु\'



\'गयो ।\'



\'कालो भैंसी\'



\'गयो ।\'



\'पाटे घोडा\'



\'गयो ।\'



\'केराको घारी\'



\'ढल्यो…\'



\'धाराको पानी\'



\'सुक्यो ।\'



त्यति बेलासम्म न मलाई लामो प्रश्न गर्ने जरुरत थियो न पितामहीलाई छोटो प्रश्नको बस्तुगत उत्तर दिन गाह्रो । संवाद मै म निरीह सावित भैसकेको थिएँ । मेरो रक्तसंचालन नै अचानक बन्द भयो -



\'के रह्यो त मेरो त्यहाँ \'



मेरो हातबाट फोन खस्यो । डुङ्ग लडें । अचानक कहाँबाट एक जना मानिस त्यही आएका रहेछन् । उनले च्याप्प समाते । उनले हात नथामिदिएको भए म पनि त्यही पोखरीमा खसेर जान्थें । एकदिन पछि मैले सोचें कान्छी बुढीआमासित फोनमा बिदा पनि भइन । फेिर फोन गरें ं। बिल्कुल नयाँ ध्वनि आयो ।



\'को हुनुहुन्छ\'



\'कान्छी बुढीआमालाई दिन सक्नुहुन्छ\'



\'तपाई को हुनुहुन्छ उहाँ त भर्खरै दिवङ्गत भै सक्नुभयो ।\'



म रन्थनिएँ । फोनको तार चुडालेर फ्याँकें । एकाएक मेरा कपडा च्याँते । मैले मेरो टाउको ठोकेर आत्म-भत्स्रनाले मासुका चोक्टा चोक्टा निकाल्दै थिएँ । ती मेरा साथी निस्तव्ध भई यति बेलासम्मलाई हेरिरहेका थिए । मेरो हातमा एक लाग्ने चक्कू आयो । मैले सीधै उनलाई नै हानें । एकैचोटमा उनी ठहरै भए । रातको बेला थियो । कारमा…राखी उनलाई पोटोम्याक नदीमा फयाँकिदिएँ । उनी को थिए म को थिएँ हामी कसैलाई थाहा भएन ।



भोलीपल्ट बिहान उठ्दा मलाई पक्कै केही हलुका भएको थियो । सायद मेरो संवेगको घातक मात्रा मैले मेरो कायाबाट निकासिकेको थिएँ । तर यौटा समस्या गएको थियो अर्को अपराध भावनालाई रोपेर । पहेँलो तानाशाह गएको थियो रातो तानाशाहलाई हुलेर । त्यस पछिको युद्ध पनि मभित्र सुरु भैसकेको छ । यो त हाम्रो परम्परा नै भएको छ ।



मैले निर्दोषीलाई मारें किन के मेरा खुला स्वतन्त्रताको लािगं…।अर्काको सीमित स्वतन्त्रता छिन्न हुन्थ्यो र मैले म होइन मेरा पि्रयपात्रको मृत्युमा म कति बिछिन्न थिएँ । ऊ त स्वयम् मर् यो यदि म स्वयम् म उही भैदिएको भए बिना हराम न बिराम मेरो हत्या हुँदा मेरो खिन्नताको हद के हुन्थ्यो के कोहीसंग यसको दुःख व्यक्त गर्ने शब्द पनि रहन्थ्यो के संपे्रषणका सम्भावनाका द्वार नै टुकि्रन्नथिए



म बिथोलिएको थिएँ । के म जाऊँ कान्छी बुढीआमाको मृत्यु संस्कारका लागि । किन उनी गइन् । अब जानुभन्दा नजानु बेश । जसको दर्शनको तँ भक्त थिइस् ती देवता नै त्यहाँ नभए तिनको लास हेर्न म फर्किनुको औचित्य के छ जीवित छन्जेल बेवास्ता गरेर मरेपछि पुरस्कृत गर्नुको औचित्य के अब जन्मभूमि के सम्झेर फर्कू मेरालागि को बचेको छ र त्यहाँ म पहिल्यै टुहरो । मैले देखेका अनुहारहरु को को बचेका छन् त त्यहाँ न पशु त तरु… न माटो न पानी ।



पक्कै जनसंख्याको चापले नयाँ पिढी डम डम भएको छ । के म तिनीहरु चिन्थें के तिनै मेरा आफन्त थिए होइन के मेरो धर्ती थियो थिएन । \'के ऐले खुट्टा राख्ने जमिन पाउथें होला !\'कसले त्यहाँ लाग्न टिप्न दिन्थ्यो के मलाई उनीहरुले चिन्थे । त्यो पनि होइन - त्यो त म किन त्यहाँ गइरहन्थें



त्यसो त अनन्त…थियो नै के र थिएन केही । त्यसभित्र थियो सबै कुरा । फेरि मैले दोहोर् याएर टाउको हल्लाउदै सोचें । \'मेरा प्यारा सवै बस्तु गए । छैनन् । म जान्न त्यो गाउँमा … त के म यहाँ बसेर पाउन सक्छु र तिनलाई न…ऽऽऽ त जानुको अर्थ छैन भने म यही बस्नुको पनि अर्थ के…शून्य… प्रगति र अवनतिको अनुभूति विना… संप्रेषणको स्वतन्त्रताको प्राङ्गण विना राज्य विहीन समाजमा अर्थवत्ता मिल्छ के



तँ गाउँभित्र पस्न तसर्िने किन न भए के आत्म-हत्या गर्न सक्छु सके पनि अर्थ के ? अर्थहीन मृत्यु भन्दा त बरु अर्थहीन जीवन नै जिएर अर्थवत्ताको लागि सर्मपित किन नहुने



म स्वयम्लाई हेरी छि॥ भन्दै थिएँ । म कर्मक्षेत्रबाट तसर्िएको किन के पलायनले पनि जीवनलाई सार्थकता प्रदान गथ्र्यो नत्र पलायन हुनुको अर्थ के विछिन्न र निर्वासित जीवन नै थियो भने किन आफ्नै कर्मक्षेत्र गाउँमा न टिकी बरालिएका कुरा न गर डायास्पोरामा रहरले मात्र फँसेको हुदैन ।



म कैयौ बार यस्तो सोचेर पनि बरालिएकै थिएँ किन के यसको कारण आर्थिक संकट थियो ?



म सोच्दासोच्दै विचेत भैसकेको थिएँ । पेटै सेरेर फँयाकिदिऊँ कि जस्तो लाग्यो ।



त्यसको पनि केही अर्थ थिएन । अभावभित्र गु_िम्सएर पनि अस्तित्वको श्पर्श चाहने मेरो अहम् छटपटाइरहेको थियो ।



मेरो भन्नु थियो के त्यहाँ मलाई कसले म भन्थ्यो मैले कसलाई के दवाब दिऊँ ममा आक्रोसको बिद्रोहको ज्वाला दल्किरहेछ ।



मेरो …गाउँमा शव सिवाय केही थिएन । केही थिए भने खाली खरानीको थुप्रो फुके एकै सास हुने !



न मसंग भूत थियो न मसंग भविष्य…नाङ्गो वर्तमानमा म जिउन चाहन्थेँ म निस्सार । त्यसैले म शहिद हुन चाहन्थें । तर म जस्तो निरीहलाई को स्वीकार गरोस मसाल जुलससित तसे्रर म खिचापोखरीतिर भाग्दै थिएँ ।



मेरो बिस्तराको नजीकै राखेको मटितेलको वत्ति बाल्ने पानस ढल्यो । झटपट उठेर पानस ठडाई बत्ती बालें ।



म थिएँ गाउँमै । न पि्रया थिइन न मेरा सन्तान न मेरो डायास्पोराको भयानक घटना । थिएँ टुहरो एक्लै ! एक्लो जीर्ण खरको झुपडीमा निरर्थक निद्रामा मस्त सुतेको कार्टुन जस्तै ! सुनसान अधेरी रातमा कालो भण्डार कोठाले खित्का छोड्यो । खित्कामा पैसामा बेचिएका डाक्टर धर्म गुरु र नेताहरुको विद्रूप थियो । थियो डायास्पोराको कोलाहल । मेरा पितृदेशका सर्वपि्रय वस्तु जो लोप हुदै गइरहेछन् तिनका शब्दचित्रहरु । हेरें केही देखिन त्रस्त आत्मालाई मुठीमा राखेर फेरि सुते ं। संत्रस्त म बत्ती निभाएर कहिल्यै सुत्न सकिन ।







-होमनाथ सुवेदी

वुडब्रिज, भर्जिनिया







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम