Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कथा/लोककथा
अमृतकुण्ड ( महेशबहादुर क्षेत्री) - [2008-05-10]

शिवरात्रीको दिन, चिसो मौसममा विहानैदेखि तलाउमा स्थान गर्नेहरुको भीडभाड देखिन्छ । शिवप्रतिको अगाढ आस्थाले सारा जग नै आफूलाई धन्य महसुस गरिरहेको छ । भक्त तथा दर्शनार्थीहरुको भीडभाड विस्तारै बढ्दै गइरहेको छ ।

यत्तिकैमा दुइ जना दर्शनार्थीको आगमन हुन्छ । सुन्दर मुस्कानका साथ एकअर्काप्रति अनविज्ञता प्रकट गर्दे अगाडि बढिरहेका छन् । तर चञ्चल आँखा तथा अनुहारमा उत्सुकताको स्पष्ट संकेत देख्न सकिन्छ । युवतीको शिरमा लालीगुराँस फूल सजिएको हुन्छ । विशेषतः गाउँले परिवेसमा हुर्किए कि जस्ती देखिए पनि सहरी फेसनको प्रभाव पाउन सकिन्छ । जेहोस् छाडापनको अवशेष कहिँकतै नभए कि यी सुन्दर वाला गाउँ तथा सहरको उचित समिश्रण हुन जस्तो लागिरेहेछ ।



" तिम्रो नाम .......... - "

अनायसै आएको मुस्कुराहटसँगै प्रश्न जोडिएर आउँछ । "कुसुम", केटातर्फ नहेरी जवाफ आउँछ । केही छिनको सुन्यतापछि " अनि आफ्नो नि.......... ? "



मलाई यस्तो वातारण साह्रै मनपर्छ, उसले भन्यो । डाँडामाथि यस्तो ठूलो तलाव, यति राम्रो हरियाली, शान्त वातावरण तथा भक्तहरुको शिवप्रतिको लगावदेखि मलाई कता-कता अद्भूत अनुभूति भैरहेछ । "एउटा कुरा त भन्नै विर्स्यौ तिमीले", कुसुमले भनिन्, उता, उत्तरपट्टि हेर त............. ।



"हो त", विचमै विपिनले रोकेर भन्यो । लहरै मिलेर बसेका चाँदीका पहाडहरु म कसरी बिर्सन सक्छु । "अँ यहाँ अरु के- के छन् हेर्न लायक ? तर मन्दिर नजिक हुनुपर्छ नि केटी"- विपिनले भन्यो । " गुफा", कुसुनको छोटकारी उत्तर ।



" मात्र एउटा ठाउँ" ?

"मलाई थाहा भए जति गुफा मात्रै हो । "

"मैले पत्ता लगाएँ, हेर्ने लायक काहाँ के छ भनी । "

तत्कालै कसुसमले सोधनि, "के छ भनन फेरी ।"

"तिमी !! "विपिनले हाँस्दै भन्यो । हेर्ने लायक मध्ये तिमी पनि एक छौं जस्तो मलाई लाग्यो । भेटेको छोटो समयमै विपिनले आफूप्रति गरेको घुमाउरो ठट्टाले कसुसमको मनमा ठूलो हलचल मच्चा ३ दियो ।

"त्यति सारो टेप्नु त हुँदैन नि हो", उनले भनिन् "मन्दिर परिसरमा पनि कसैले झुटो बोल्छ र", बोल्छ र", उस्ले थत्यो ।

" ल, ल, ठिक छ, ए साँच्चि मेरो साथीहरु आउँछौं, भन्दै थिए, कति बेला आउँछन् कुन्नी कुसुमले प्रसङ्ग बदलन चाहिन । हामी साथीहरुले आजभित्रै गुफासम्म जाने यो जना बनाएका छौं । त्यसैले महर्च पनि सँगै बोकेर ल्याएकी छु ।"

"के म तिम्रो साथी भएन र अब -" उस्ले सोध्यो । "साथी नै हो तर केटा साथी र केटीसाथी बीचमा फरक हुन्छ नि ।"

"के म तिम्रो साथी भएन र अब - " उस्ले सोध्यो । "साथी नै हो तर केटा साथी र केटी साथी विचमा फरक हुन्छ नि ।", उनले भनिन् ।

के म तिम्रो साथी बन्न सक्छु - " उले अनायसै प्रश्न तेर्सायो ।

" ओ के", उ घडीतिर हेर्ने थाली ।

" आउँदै होलान्, कुर्दै गरन है तर म चाहिँ हिँडे", कस्ले वाहना बनायो ।

" कता ? "

" तिमीलाई साथीको मात्रै चिन्ता छ , म त टाढाबाट आको छु । धेरै ठाउँ हेर्नु डुल्नु बाँकी छ ।"

" ह्या ! बस न बस, गुफासम्बन्धी किम्वदन्ती सुन्ने हो । उनको मन अनायसै परिवर्तन भयो । धेरै वर्षपहिला एक जना मानिस यहीँ गुफाभित्र पसेको थियो रे भित्रैसम्म, हाम्रो यहाँ प्रचलित किम्वदन्ती उसले पनि सुनेको थियो । "

" के किम्वदन्ती - " प्रसङ्ग सच्चाएर अगाडि लान खोज्यो विपिनले ।

" त्यही क्या, गुफाभित्र रहेका दूधको धारा र अमृतकुण्डको बारेमा । अनि देवीदेवताका थुप्रै मर्ूर्ति पनि त्यहाँ छन् रे ! थाहा छ, त्यो स्थानसम्म पुग्न चोखो मन भएको हुनुपर्छ । थुप्रै भक्ति गर्नुपर्छ । पूजा तथा प्रार्थना गर्ने व्यक्ति मात्रै त्यहाँ पुग्ने गर्छ रे । यदाकदा केही दूधको धारासम्म पुगे पनि असुद्धभएका कारण बाहिर निस्कन बाटो नै पाउँदैन । गुफाभित्र पसेको त्यो मानिस पनि असुद्ध भएकै कारण बीस दिनसम्म गुफाभित्रै अल्मलिएर रहेको थियो । "



" बीस दिनसम्म के खाएर बाँच्यो त -" उस्ले सोध्यो । "भित्र उम्रिएका विभिन्न जडिबुटी तथा रुखका बोक्रा खाएर बाँचेको थियो । "

" हामी पनि हेर्न जाउँ न, हुन्न -" उस्ले सोध्यो ।

" अहँ, म तपाईसँग जान्न । "

" किन ? "

" किनकि तपाई चोखो भएर आउनु भा' छैन । "

" विश्वास गर मेरो मन चोखो र विशुद्ध छ । म शिवलाई ज्यादै नै मान्छु, त्यसले त पूरा तयारीमा आएको हुँ । "

" त्यसो भए जाउँ न त !" विपिनले भन्यो ।

" तर हामी अमृतकुण्ड चाहिँ देख्न सक्तैनौं । त्यसको लागि एक वर्षदेखि नै शुद्ध भएर बस्नुपर्छ । " " अनि मूर्तिहरु नि", उस्ले फेरी सोध्यो ।

" मूतिहरु त दूधको धारा भन्दा पहिला नै देख्न सकिन्छ रे !"

कुरा गर्दागर्दै उनीहरु कतिवेला गुफाको मुखमा पुगे थाहै भएन । सायद यी दुइ बाहेक कुनै तेश्रो अदृश्य शक्ति पनि पैदा भइसकेको थियो । जो यिनीहरुलाई अचेतनमै गुफाभित्र डोर्याइरहेको थियो ।

गुफाको प्रवेशद्वारमा श्रद्धालू भक्तजनहरुको भीडभाड देखिन्छ । व्यवस्थापकहरुले गुफाभित्र पस्न दुइ कतार बनाएका छन् । एकातर्फ महिला र अर्कोतर्फ पुरुष !



" हामीले अब दुइतर्फबाट भएर गुफाभित्र छिर्नु पर्नेछ । "उस्ले भन्यो । कता र सँगसँगै गर्दा नि हुन्थ्यो भन्ने भाव दुवैको मुहारमा स्पष्ट झल्किरहेको थियो ।

करिब आधा घण्टासम्ममा २० मिटरको भौतिक दुरीले एकअर्काको प्रतिको लगाव गुणात्मक रुपले परिवर्तन भएको पाइयो । भौतिक दुरीको अवस्थाले गर्दा मानसिक सम्मोहनबाट सिर्जित परिवेसमा कुनै महान क्रान्तिकारी घटना घट्न सक्ने अनुमान दुवैले लगाइरहेका थिए ।

अधिकांस दर्शनार्थीहरु प्रवेश स्थानबाट गुफाको दर्शन गरी र्फकने गर्दछन् । कमैले अलि-अलि भित्रै सम्म जाने हिम्मत गर्छन् । मूर्तिहरु दूधको धारा र अमृतकुण्डको अनुभव बटुल्नेहरुमा सयौं वर्षमा एउटा । दुइटा मात्रै हुने गर्छन् ।



खल्तीबाट रु.पाँचको सिक्का निकाली नजिकै आसनमा बसेको पण्डिलाई दिँदै उसले भन्यो, " हामीहरु अमृतकुण्ड दशृन गर्ने गइरहेछौ भित्रैसम्म । " । पण्डितले सिक्का खल्तिमा हाल्यो र चन्दनको टिका निधारमा लगायो । यस्तै फूल दुवैको हातमा दिँदै ऊ आफ्नो कर्मकाण्ड पट्टि लाग्यो ।

" कुसु ? "

" हँ"

" पानि चुहिरहेछ त "

" यस्तै हो क्या, गुफा भित्र । "

" चिप्लो पनि,विपिनले थप्यो ।

करिब २० मिटर भित्रसम्म प्रकासको व्यवस्था गरिएको छ ।

"विपिन, अब अँध्यारो आयो । "

"हो, त, खै- खै तिमीले र्टच ल्याछु भन्या होइन ?"

" हो ....... , एकैछिन पर्ख है, भन्दै उनी टर्च निकाल्न थालिन् ।" "ओ ग्रेट, कति धेरै उज्यालो दिएको !" "टाउको ठोक्किएला है विपिन,

विपिन उता हेर त, ऊ त्यो साँघुरो बाटोमा कसरी छिर्दै तिमी । "

"छिरिहालिन्छ नि, म त्यति धेरै मोटो छैन ।"

"र्टच नखसाउ है, डुबिन्छ । "

"ल.....ल, ए साँच्चि, लेउ तिमी नै मोटो छैन । "

"र्टच नखसाउ है, डुबिन्छ । "

"ल....ल, ए साच्चि , लेउ तिमी नै समात । "

"विस्तार-विस्तारै है.... । "

"लेउ, तिम्रो हात देऊ । चिप्लिएला नि फेरि । "

उनको हात समाउँदा किन उसलाई र्टच निभाउदा नि उज्यालो बाँकी रहन्छ,जस्तो लाग्यो - किन गुफाभित्रको त्यो सुन्यतामा कोलाहल मच्चियो । म यसै भन्न सक्तिन ।



" एक हातमा र्टच अनि एक हातमा म, तिमी कसरी अगाडि हिन्न सक्छौं । छोड म तिम्रो काँधमा टेकिन्छु ।

दुवै हातमा तिमी नै तिमी भए जुनसुकै निष्पठ्ठ अँध्यारोलाई पनि चिरेर अगाडि बढ्न सक्छु, भन्ने कुरो भन्ने मात्रै सकिरहेको छैन ।

" ओहो, कस्तो चट्टानै-चट्टान । कस्ले बनायो- होला है यो बाटो । "

॒॒॒॒॒॒॒॒

"हँ.... !"

."सिंहले, विपिन फेरि बोल्यो ।

" डराउने कोशिस नगरहै, मलाई डर लाग्दैन ।"

" सिंहसँग हिँड्दा खेरी डर लाग्छ र कहिँ । "

" ल, ल... । "" ए ! विपिन हामी कहाँ पुग्यौं । "

विपिनको ध्यान प्रश्नपट्टि गएन, बरु कसुमको सम्वोधनमा आएको परिवर्तनले उसलाई सोच मग्न बनायो । उनीले पहिलो भेटमा तपाई भनेर सम्वोधन गरिन् । त्यसपछि तिमी हुँदाहुँदै ए! भनेर सम्बोधन गरिन् । सम्वोधनको यो प्रक्रिया मर्यादा प्रधानताबाट प्रेममयतातर्फो रुपान्तरण हो भनी उसले बुझ्न थाल्यो । " मैले के भनेँ - सुनिनौं ! "

" ए.... सुनेको हो ।"

"घडी हेर त, घडी, कति भयो समय ? "

"दश बज्यो । "

" हामी आएको एक घण्टा बितिसक्यो करिब आधा किलोमिटर दूरी पार गरेको हुनर्ुपर्छ । " " विपिन, मलाई डर लागिरहेछ । "

"मैले भने नि, सिंह तिम्रो साथमा छ, फेरि के को डर "सिंहले कहिलेकाहीँ आफ्नै सिहनीलाई झम्टेको मैले नेशनल ज्योग्राफी च्यानलमा देखेकी छु । "

" म नरसिंह हुँ, झम्टिने होइन, उद्धार गर्ने गर्छ 'तीखा नङ्ग्रा होइन, प्रेममय हातहरु दिने गर्छ 'परिआए हिरण्यकश्यपु जस्ता राक्षसको पनि विनास गर्ने गर्छ'

" ऐय्या .... !!!" कुसुम चिच्चाई

" के भो - "

" टाउको ठोक्कियो नि ! "

" मजस्तै सम्हालिएर आउन" भन्न नपाउँदै विपिन चिप्लिएर लड्यो ।

" के भो - "

" चिप्लिए नि । "

" टर्च किन बन्द गर्यौ - "

" एकछिन है ! खोजिरहेछु, हातबाट फुत्क्यो क्या । "

"ल, अब बर्वाद भो, अँध्यारै, अँध्यारो छ, के गरी खोज्ने होला । "

"तिम्ले सलाई ल्याका छौं । "

" पहिले तिमी कहाँनेर छौं भन, मलाई तिम्रो हात देउ न । " यो अँध्यारोमा मलाई साह्रो डर लागिरहेछ क्या । "

" केको डर विपिनले हाँस्दै भन्यो ।

"नजिस्कन, तिमी कहाँनिर छौं -"

" तिमी मलाई खोजि रा.... हो -" त्यसो भए म बाटो बताउँदै गर्छर् "तिमी त्यो बाटो पछ्याउँदै गर है ।" " ल !"

" तिम्रो दुवै हात अगाडि गर । "

" अगाडि गरे । "

" अब विस्तारै ती हातहरु आफू भएतर्फलग र आफ्नो छातीमा लगेर राख । "

" राखेँ .....।"

" ढुकढुक भइरहेछ ? "

" छ , किन - " उनीले बुझ्न सकिनन् । "

" हो, .... त्यो मुटुको ढुकढुक हो र म त्यहीँ गएर बसेको छु । "

प्रत्युत्तरमा कुसुम केही पनि बोल्न सकिनन्, यो जिस्क्याई होइन, ऊ स्तब्धप्रायः भइन् । कुमारीको मन्दिरमा अनन्य भक्तिभाव लिएर कोही पूजा गर्न निस्किरहेछ, विचरा ! उनी कसरी तिरस्कार गर्न सक्थिन् र !"

" आहा...... मैले मूर्ति भेट्टाएँ ! उनको बोलाइमा खुसीको स्पष्ट संकेत मिल्दथ्यो । "कुसु, कस्तो छ मूर्ति । मूर्तिको जवाफ छैन, के भनूँ म तिमीलाई, मैले सोचे जस्तो छ, मैले चाहे जस्तो छ ।

"पहिले नै देखिसक्यो जसरी यो कुरो गरिरहेछौं, यस्तो अँध्यारोमा कसरी थाहा पायौ त्यो कस्तो छ । " यो मूर्ति मेरो लागि भगवान् हो । चारैतिर अँध्यारो भएपनि मेरो अर्न्तमनमा यसको तस्वीर झल्झली देखिन थालेको छ । यो मूर्ति बूढानिलकण्ठजस्तै लम्पसार परेर पल्टेको छ र म यो मूर्तिमाथि खेलिरहेछु ।

अहो ! कस्तो हृष्टपुष्ट छाती, म यो अवस्थाको वर्णन गर्न सकिरहेकी छैन । कस्तो अनुभूतिमा रुमलिएको जस्तो मुहार... । यस्तो लाग्छ, आफ्नो प्रेमिकाको अनन्त तृष्णामा सृजित एक एक भावभङ्गीमाको रसपान गरिरहेछु ।

"कुसु, मैले नि फेला पारेँ । "

"के एउटा अर्को मूर्ति क्या !"

" हो र ! कस्तो छ - " "अनुत्तरित........." " म धन्य भएको छु, शिवले यति सुन्दर मूर्तिको दर्शन गराएँ, म उहाँप्रति कृतज्ञ छु, भगवान्ले फूर्सदमा यो मूर्ति मेहनत गरी बनाएको जस्तो छ । थाहा छ कुसु ! म यो मूर्ति हेर्दाहेर्दै पनि युगौं विताउन सक्छु र अलौकिक सुन्दरता बोकेकी यी शक्ति स्वरुपिणी देवीको चाहना भए, म केही क्षणमै युगौं सिध्याइदिनेछु । " विपिन, यो मूर्ति भेट्टाएदेखिन् मलाई कति पनि डर लागिरहेको छैन। यो कालोकालो राक्षसरुपी अन्धकार समाप्त गर्न साँच्चिकै भगवान्को अवतरण भएको छ । "

" भगवान् भनी सिंह त भेट्टाएकी छैनौं नि !"

" सिंह होइन, नरसिंह ।"

" कुसु, ओ.... कुसु.... । तिमी किन बोल्दैनौं । मैले दूधको धारा भेट्टाएको छु । दूध निस्कने धारा कति विचित्र किसिमको, यस्तो सिंगमरमर कहाँ पाइन्छ होला ! चिसो गुफाभित्र यो किन यति तातो छ, धन्य छौं भगवान् ! तिम्रो कलाकृति अनुभव गर्न पाउँदा म निशब्द गएको छु । "

"कुसु ! तिमी बोल्दैनौं हैन । "

" ऊ कसरी बोल्न सक्थी, ऊ त आफ्नो देवमूर्तिमा परमआनन्द महसुस गरिरहेकी छे । " " विपिन, म मेरो भगवानलाई अंगालेर बसेकी छु । म उसको प्रत्येक अंगअंग चुमिरहेको छु । म उसमा भएको कणकण अनुभव गर्न चाहिरेकी छु । किनकि म उसलाई प्रेम गर्न पुगेकी छु । "

" भगवान् तिम्रो गहिर्राईसम्म पुगोस् , मेरो शुभेच्छा छ, तर म अब इश्वरको पवित्र प्रसाद ग्रहण गर्न गइरहेको छु, जो दूधधारबाट अविरल रुपमा बगिरहेको छ । म मेरो शिरभरि र्छकन चाहन्छु । यो धारामा म स्नान गर्न चहन्छु । म त्यो दूध ग्रहण गरी पापमुक्त हुन्छ चाहन्छु ।

दुवै परमआनन्दमा लिप्त भइरहेका छन् । चारैतिर अँध्यारो भए पनि उनीहरुलाई कहीँ कतैबाट भय छैन । उनीहरु दुवैले कसैको सहारा पाइसकेका छन् । यस्तो पृथक ठाउँमा आएर प्रकृतिको अनुपम कलाकृतिको अनुभव गर्न पाउँदा होसहीन हुँदैगइरहेका छ्न । ती मूर्तिहरुमा कुँदिएको कलाकारिताले जनातिर जान्छ, त्यतैतिर हुँइकिरहेका छन् ।

"कुसु, म अमृत सेचन गर्न गइरहेको छु । "

" मैले बुझिन । "

" अब म अमृतकुण्डमा गइरहेको छु । मेरा उत्कण्ठाहरुले सीमा नाघ्न थाले । आशा, छ त्यहाँसम्म् पुग्न तिमीले मलाई साथ दिनेछौं । आनन्द अनुभूति प्रतिका मेरा संवेगहरु कृपया तिमीले रोक्ने कोशिस गर्ने छैनौं । भनिन्छ- अमृत पान नै अमर हुने सर्वोत्तम उपाय हो, यसैले म अमरत्व प्राप्त गर्न चाहन्छु ।" " विपि... अमृतकुण्ड हेर्ने इच्छा मेरो पनि नभएको होइन, म पनि त्यो अमृतरस सेचन गर्न लालायित छु, तर अमृतकुण्ड दर्शन गर्न यो उपयुक्त समय होइन । अहिले हामी दुवै अशुद्ध छौं, यो अवस्थामा जोखिम उठाउनु ज्यादै नै खतरनाक हुनेछ । कुनै पनि अनर्थ हुनसक्छ । के तिमी त्यो किंवदन्ती बिस्र्यौ ? त्यो व्यक्ति त दूधको धारासम्म मात्र आएको थियो तै पनि बीसदिनसम्म अँध्यारोमा भड्किरह्यो । हामी अमृतकुण्ड जाने कुरा गर्दैछौं । वर्षौ अँध्यारोमा रहनुपर्न सक्छ ।

(एक वर्षछि)

दुवैले विवाह गरेका छन् । प्रेम हुँदै एरेन्ज भएको कुरा उनीहरु गर्छन् ? सोध्नेहरुलाई । विवाहको पहिलो दिन आज सुहाग रात छ । चारैतिरबाट रङ्गीचङ्गी सजिएको कोठामा थरिथरि प्रकाश भएका बत्ती बलिरहेका छन् ।

"कुसुम....- "

"हजुर .. । "

"बत्ती निभाइदेउ न"

" किन, यति छिट्टै बत्ती निभाउने - छ्या ! मान्छेहरुले पनि के भन्लान !"

" निभाउन न निभाउ । आज फेरि अँध्यारो गुफाको यात्रा गर्नु छ क्या । एक वर्षेखि निनोचोखो भएर बसेको छु । पूरा वर्षभरि भक्तिभाव र पूजा गरिरहेको छु- देवीको । म एकदमै विशुद्ध छु, आज मैले अमृतकुण्डमा स्नान गरेरै र्फकने योजना बनाएको छु ।

" अमृत सोचन गरेपछि अमर भइन्छ भन्नुहुन्थ्यो त तपाइँ" बत्ती निभाउँदै कुसुमले भनिन् । " हामी त्यसको प्रमाण एक वर्षभत्रै पाउने छौं,- विपिनले मादक शैलीमा भन्यो ।

अमरत्व प्राप्त गर्ने सुलभ अनि सुन्दर अभ्यास अब यहाँ सुरु हुनेछ । कुसुमले भने कम्बल ओढ्नुभन्दा पहिले नै लाजको घुम्टो ओढिसकेकी थिइन् ।









- महेशबहादुर क्षेत्री





तपाईंको प्रतिकृया

it is good



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम