Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
आफू भलो त जगतै भलो देख्ने जगत वेघा (देवेन्द्र सुर्केली) - [2008-05-17]

भर्खरै हो जगत वेघा पनि मलेसियाको नेपाली समुदायमा केही सकि्रय भएर लागे । व्यवसायी बने । सकि्रयताकै कारण उहाँलाई केही कार्यक्रममा डाकिए जब बोल्नको लागि माचमा बोलाइयो तब मात्र थाहा पाए कि बोल्न कति गाह्रो हुनेरहेछ ।

बोल्न त एउटा फर्मालिटि हो । फर्मालिटी पुर् याएर बोल्न धेरै गाह्रो हुन्छ ।



सुकन्या वाइवाले उहाँको श्रीमान निर्मल लामाको स्मृतिग्रन्थमा लेखेकी छिन् -श्रीमानको शोकसभामा मलाई पनि बोल्न लगाइयो बाबा ! मैले कहिले पनि माचमा उक्लेर बोलेकी थिइन । कसरी बोलौ भन्ने भईरहेको थियो । नबोलौ कि भन्दै थिएँ तर पनि बोल्नैपर्ने भयो । जब म माचमा उक्लेर बोल्न थाले मलाई आफै थाहा भएन कि कति धेरै बोले पीडा पोखाउन भाषणवाज नै हुननपर्ने रहेछ ।



एउटै हो सुकन्या वाइवा र जगत वेघाको व्यथा पनि । किनभने कार्यक्रमको लागि जगत वेघाले उपयुक्त शब्द जुटाउन सकेनन् । त्यसकारण आफूलाई असफल सावित गर्दै माच छोडे । तर मनभरी व्यथा बोकेका जगतलाई आफू बोल्न नसकेको पत्याउन सकेनन् । त्यही रात एउटा लेखसमेत लेखे । अनि आफूमा रहेको जीवनका महत्वपूर्ण घटनालाई कृतिको रुपमा ल्याउने प्रतिवद्धता नै गरे ।



हुनपनि परदेशी जीवन बिताउने व्यक्तिको कथा दन्त्यकथाको पात्र झै बनेको हुन्छ जुन हामी पत्याउन सक्दैनौ । उनले आफ्नो कथा भन्न अगाडि यो कुरालाई पनि जोड दिए । भनौ न उनले भोगेको जीवन साच्चिकै भयानक छ ।



जन्म त उनको मलेसियाकै जोहोरमा भएको हो । बाबा सार्किसंह वेघा मलायाको लाहुरे थिए । हालको वि्रटिस आर्मीलाई त्यो समयमा मलायाको लाहुरे भनिन्थ्यो । पाँच भाई ४ बहिनीमध्येका जेठा छोरा रहेका जगतलाई जीवनको उत्तरार्धमा फेरि मलेसियामा आएर दुःख गर्नु पर्छ भन्ने त सॊचेका थिएनन् होला । मलायाको लाहुरे सामाजिक परिवेशमा केही उच्च वर्गमा कोरिने पेशा थियो उतिबेलै ।



पाँचथरको च्याङ्थापू स्थाई घर भएकोले मलेसियामा जन्म भएको तीन वर्षमै फेरि उही नै पुग्न पर् यो । सामान्य बाल्यकाल नै बिताउन पुगेका वेघाले च्याङथापू प्राथामिक स्कुलमा साँवा अक्षर छिचोल्न पुगे । त्यो भन्दा माथि उनी जान सकेनन् । जेठोपाको परेकोले घाँसदाउरा मेलापातलाई बढि प्राथमिकता दिनपर्ने पनि भयो अनि अर्को कुरा आर्मी परिवार परेकाले उमेर पुगेपछि पुनः आर्मीमै भर्तीको लागि प्रयास गरिने भएकोले मन उतैतिर खिचिएर जान्छ ।



उनी आर्मी त भए तर वि्रटिसको होइन । २० वर्षको उमेर इण्डिया आर्मीले उनलाई छानेर लग्यो । ५÷११ जीआर भनिने नामी गोर्खा पल्टनमा रहेर भारतको निमित्त धेरै लडाईहरु पनि लडे । त्यही आर्मीकालमा सीतामाया वेघासँग विवाह गर्न पुगे अनि २ छोरी र एक छोराको पितासमेत बने ।



१५ वर्षसम्म उनले इण्डियाको बन्दुक बोके । जसको नुन खायो उसैको कानुन त मान्नै पर् यो भन्ने त जहाँ पनि लागू हुन्छ । सबै कुरा त सम्झेर पनि साध्य हुँदैन तर केही कुरा चाही टिपाउन भ्याए -आर्मीकालका । किनभने इण्डिया आफ्नै सीमाक्षेत्र तथा आफ्नै देशभित्रका प्रान्तहरुसँग पनि लड्नुपर्ने बाध्यता भएको देश हो । उनी सम्झन्छन् -काश्मिरको हिमालमा छोडिदिन्थ्यो । अनि हेलिकोप्टर गायव हुन्थ्यो । कति दिन हिउँमा भोकै तिखै भौतारिन्थ्यौ । एकचोटी हाम्रो पल्टनको साथीको देहान्त भयो । उसलाई काँधमा बोकेर महिनौसम्म पनि हिडेका छौ । भोक लाग्थ्यो हाम्रो काँधमा रहेको सुकुटी झिकेर खान्थ्यो लासलाई नजिकै अड्याएर ।

सेवा त गर्ने नै थिए होला किनभने रोजीरोटीको पनि सवाल हुन्छ मानिससँग । तर उनी १५ वर्षमै रिटायर्ड हुन पुगे । उमेरले ३५ मात्रै काट्दै थियो । ३५ वर्ष भनेको युवाकाल नै मान्दा हुन्छ । जोस हुन्छ जाँगर हुन्छ । तसर्थ केही गर्छु भन्ने आँट लिएर उनी काठमाडौ हिडे ।



बुझेर आएको काठमाडौ पहिलो चोटी । त्यसकारण केही समस्या त आइपर्ने नै भयो । रिटायर्ड हुँदा केही पैसा आएको हुन्छ त्यो पैसा मज्जाले फसाए । दलालले खाइदियो ।



घरबाट दुवईको लागि विदावारी भएर आएका वेघालाई दलालले फसाएपछि पर्नु समस्या पर् यो त्यसकारण काठमाडौमै एक वर्ष भूमिगत जीवन बिताउन पुगे ।



१ वर्षसम्म भूमिगत भौतारिएको शरीरलाई जसरी पनि विदेश पुर् याएर लगानीलाई उठाउने तीव्र अभिलाषा मनभरी थियो । त्यसैकारण उपयुक्त मौकाको खोजीमा थिए । त्यसैबेला विजय िलंथेपको सहयोगमा आफू सहित ५ जनाको टोलीलाई थाइल्याण्ड पठाइदियो । थाइल्याण्डबाट पुन अर्को मान्छेले मलेसिया पुर् याइदियो । अहिले सम्झन्छन् -त्यो ठाउँ पुदुराया बसपार्क रहेछ ।



त्यो वेलाको समय भनेको सन् १९९५ हो । जुनबेला मलेसियन मूलका मानिसहरुलाई नेपाली भन्ने थाहा थिए गोर्खा भनेर मात्रै चिन्थे ।



अँ उनीहरुलाई पुदुरायाबाट अर्को बस चढाएर पेराक पुर् याइयो । र ११ महिनाजति सुँगुरको कम्पनीमा काम गर्न पुगे । ११ महिनासम्ममा उनले केही भाषा सिके मलेसियाबारे जान्न पाए । त्यसपछि त्यो काम छोडिदिए र ग्लोब फ्याक्ट्रीमा काम गर्न पुगे । जहाँ ३२ जना नेपालीको संगत भयो । आपुू केही सिनियर भएकाले त्यो टोलीलाई सम्हाल्नु पनि पर् यो ।



एक्ष् न्यिदभ ँबअतयचथ नाम थयो कम्पनीको । जहाँ उनी नेपाली समूहको इन्चार्ज थिए । गोर्खा टोलीको इमान्दारीताको कारण डुब्न लागेको कम्पनी पनि बच्न पुगेको बताउछन् वेघा । त्यहाँ वंगालीहरु थिए अनि अन्य देशका । तर नेपालीहरुले सिधा आफ्नो कामप्रति मात्र इमान्दारिता देखाएको कारण अन्य देशी तथा भाषीहरुकेा आँखाको तारो बने ।



अन्य देशी र भाषीले जे पनि गर्थे होलान् तर गोर्खाली टोली मालिकको प्यारो थियो ।

उनी सम्झन्छन् -त्यो दिन १९९८ मार्च ४ को दिन थियो । पुलिसले छापा मारी बाहिर काम गर्दै गरेरका ३÷४ जना गोर्खालाई समात्यो । जुन कुरा थाहा हुनसाथ जहाँ गए पनि एकै ठाउँ भन्ने उर्दी गरे र सबैले आत्मसमर्पण गरे ।



उनीहरु जेल गए । जेलमा १४ महिना बस्न पुगे । त्यो बेलाको घटनाबारे भन्न चाही उनमा एउटा शक्ति सवार भए झै भयो । मलेसियाको जेलहरुमा धेरै नेपालीहरु थिए । उनीहरुका बेग्लाबेग्लै मुद्दाहरु थियो । तसर्थ मुद्दाअनुसार घर जाने निस्किने कार्य जारी थियो । तर उनीहरु ३२ जनाको टोली भने एउटै मालामा उनीएका थिए जता जाँदा पनि सँगै ।



आचेहका शरणार्थीहरुको बेग्लै साजाल थियो मलेसियाको जेलहरुमा । किनभने त्यतिखेरको घटनालाई हेरर यो कुरा भन्न सकिन्छ । मलेसियाभरका जेलहरुमा आचेहका जनताहरु थिए । उनीहरुको नेटवर्किङ निकै महत्वपूर्ण मान्नुपर्छ किनभने सन् १९९८ मिती सालको दिन रातको ११।४५ बजे एकै समयमा सबै जेलहरु जलाउन पुगे ।



जब जेल जल्यो जेलका सबै ढोकाहरु खुल्यो सबै कैदीहरु भाग्न थाले । के कसरी भयो भन्ने कुरा ठम्याउन नभ्याएका नेपालीहरु नतमस्तक भएर उभिरहे । कोही भाग्न प्रयत्न नगरेका पनि होइनन् । तर सबैले वेघाकै मुख हेर्थे । एउटा नेपालीले भन्यो हामी भागेर के गर्ने कहाँ जाने तसर्थ नभागौ ।



उतीखेरै जगत वेघाको मनमा एउटा आइडिया घुस्यो । सबैलाई सबै ढोकामा उभिन लगाए । जब भरै आगो मार्न यन्त्रहरु आए अफिसरहरु आए तव जगत अघि सरेर भनेछन् -महासय यहाँ सबै भागे तर हामी नेपाली भागेका छैनौ । हामी सबै ढोकामा सेन्ट्री बसेका छौ । त्यो बेला पुलिस अफिसरले गमेर हेरेको थियो केहीवेर नेपालीहरुलाई ।



तर जति भागे ती कुनै भाग्न पाएनन् । तीनचार दिनभित्र सबैलाई पक्रेर ल्याउन सफल भए । नेपालीहरुले देख्दा देख्दै कुकुरहरुले धेरै कैदी मारेको थियो रे ।



त्यो हरिविजोग देखेर कुनै नेपालीलाई बाँच्ने आशा थिएन । कुनामा बसेर रुन्थे रे जिन्दगीको तानाबाना बुन्थे रे घरपरिवार सम्झन्थे रे ! तर जगत वेघा कहिले पनि रोएनन् । उनलाई थाहा थियो मान्छेको एकदिन मरण हुन्छ । अब यतिमै लेखेको छ भने के गर्न सकिन्छ I



अँ पुनः पक्राउ गरेर ल्याईसकेपछि पुलिसले गाडीका गाडी बेतका लौरा ल्याएर राख्यो अनि बेग्ला बेग्लै देशलाई बेग्ला बेग्लै झुण्डमा बस्न आदेश भयो ।



अनि झुण्डलाई बोलाउथ्यो भएभरका पुलिसले तिनै बेतका लौराहरुले यति पिट्थे लौरो आवाज मकै भुटेको जस्तो आवाज आउँथ्यो रे । अनि धानको रासजस्तै बेहोस मान्छेहरुलाई थुपारिन्थ्यो रे । एउटा देशको झुण्डलाई त्यसरी थुपारेपछि अर्को देशको नाम पुकारिन्थ्यो । एवं प्रकारले वेहोस मान्छेको लास थुपार्ने कार्य बढ्दै गयो ।

अन्तिममा नेपालीको नाम आयो । ३२ जना नेपाली टोलीका केही सदस्य भने त्यही रोइकराई विलौना गर्न थाले । कोही अगाडि बढ्न मानेनन् । वेघा नै अगाडि बढे । ढोकामा नै एक दुई गन्दै बसुाजेल हिर्काउने गरेका पुलिसले वेघालाई कुटेनन् । अनि फेरि अर्को छिर् यो त्यसैगरी अरुलाई पनि कुटेनन् । सबै छिरेर एक झुण्ड भएर बसे अनि माथिबाट आदेश आयो त्यो वेहोस मान्छेको झुण्डलाई आआफ्नो ठाउँमा ओसार्ने । कोही कुट्दा कुट्दै मरेका कोही मर्न लागेका कोही वेहोस भएका मानिसहरु काँधमा हाल्दै ओसार्न थाले नेपाली बहादुरहरुले ।

११ बजेदेखि कुट्न थालिएको उक्त अर्धजिवितहरुलाई साढे दुई बजे भित्र बोकेर हाल्न भ्याए नेपालीहरुले ।

रगतले शरीर पूरै रातो भएको थियो कतिलाई रगतले मात्यो पनि ।



त्यसरी नै बित्दै थियो दिन । उनीहरुले मुद्दा हारे । मालिकले पुनः हाइकोर्टमा मुद्दा हाले । त्यसमा पनि हारेपछि ५ वर्षको जेलअवधी तोकियो । तर अचानक देशको नीति फेरिएको नाममा उनीहरु १४ महिनाको जेल बसाईबाट सिधै नेपाल फर्कनुपर्ने कुरा आयो ।

वेघा ३२ जना समूहको नाइके भई नै हाले । तर कोहीसँग कपडा थिएन रे थोत्रे कपडा विना जुत्ता चप्पल उनीहरु त्यहाँबाट निस्किए । उनले चाही दाहिने दाहिने जुत्ता भेटेछन् त्यो पनि औला देखिने । त्यस्तै लगाएर उनीहरु नेपालको बाटो लागे । यतिसम्म भयो रे कि थाइल्याण्डको वोर्डरमा पासपोर्टमा चप हान्न जाँदा पनि सबैले बेघालाई पच्याउने गर्थे रे ।



उनले सम्हालेर लगे जब काठमाडौ पुग्ने समय भयो तब उनले सबैलाई सम्झाएर भने -अब हामी हाम्रो देश आइपुग्यौ । हाम्रो देशमा हामी हराउँदैनौ तसर्थ हामी कसैले कसैलाई नपच्छ्याऔ । किनभने हामी टोली ज्यादै ठीटलाग्दो छ । हामी गेटछेउको एक कुनामा भेटौ ।



सबैले सहमति जनाएछन् । त्यसपछि केहीसमपछि सबैजना त्यही भेला भए । आफ्नो देश त आइपुगे तर अब के गर्ने कहाँ जाने एक पैसा छैन ।



वेघाका आफन्तहरु त थिए ललितपुरमा । त्यो त्यस्तो अवस्थामा जान चाहेनन् । बौद्ध भन्ने ठाउँमा गए जहाँ एउटा साथी थियो । उनैको सहयोगमा आपुूले आफन्तलाई राख्न दिएको ४० हजार पैसा दिलाईमागे । पैसा पाए । अनि साथीहरु सबैलाई एकसरो कपडा फेराईदिएँ होटलमा खाना खुवाए । लामोसमयसम्म त्यसरी खान नपाएका साथीहरु विरामीसमेत परे ।



अनि सबैलाई घरघरसम्म पुग्ने पैसा दिएर छुट्टिए । जुनबेला उनको साथमा ११५० रुपैया बचेको थियो ।

घरमा आमाको देहान्त भएको थियो त्योबेला । श्रीमानको अत्तोपत्तो नभएर श्रीमती पनि थला परेकी थिइन् । उनी घर गए बाटोबाटै आमाको काजकि्रयाको लागि आवश्यक संस्कार पूरा गरे । घरमा पुग्दा श्रीमती सिकिस्त छिमेक सबैले फलफूलले घेरेर राखेको । जुनबेलाको दर्दनाक दृश्यले उनलाई निकै पिरोलेको बताउँछन् ।

उनको आगमन श्रीमतीको औषधीबराबर भयो क्यार ! निको हुँदै आईन् । जिन्दगीले जति दुःख पाएपनि दुःख नसकिने रहेछ । विदेशमा भोगेर गएका थिए तर पनि कुनै ठोस आधार नभएपछि उनी फेरि विदेशकै चक्कर लाउन थाले । उनले साथीहरुलाई विदेश पठाउनको लागि प्रोसेस गरिदिने कार्यमा लागे । तर अन्तर्वार्ता दिन आएको बोसले उनका साथीहरु होइन उनलाई चाही छाने । तसर्थ कुनै खबर नै नगरीकन उनी पुनः मलेसिया आइपुगे ।

उनी भन्छन् -अवीन कम्पनीको लागि आएको तर त्यहाँ रहेका नेपाली इन्चार्जले धेरै नै खत्तम पारेको थियो । तसर्थ चाडै नै घर फर्कने मनस्थिति बनाए । एकचोटी बोसलाई नै भेटौ भन्ने मनसायले उनी बोसकहाँ पुगे । उनी हक्कि स्वभावका पनि त्यसैले बोसकै अगाडि नेपाली इन्चार्ज त्रिलोक मास्केसँग उनको टेवुलवार्ता भयो । बोसले यथार्थ बुझे त्रिलोकलाई हटाएर उसको ठाउँमा वेघालाई पदोन्नती गरे ।



उनीसँगै हाकिम श्रेष्ठहरु पनि इन्चार्ज भए । उनीहरुको कार्यकुशलताले नै उक्त कम्पनी धेरै माथि पुग्न सफल भयो भन्ने दावी पनि गर्छन् । हाल उनको अण्डरमा २०० जना गोर्खा फोस्र रहेको छ । केएल एरियादेखि जोहोर पेनाङसम्म पनि फैलिएको छ । यसबिचमा पैसा पनि निकै कमाएका छन् । अनि साइनो रेष्टुरेन्ट पनि साचालन गर्न पुगेका छन् । संघसंस्थातिर हात हालेका छन् । अब मेरो जिन्दगीको महत्वपूर्ण घटनालाई डायरीको रुपमा उतार्नेछु र पुस्तकको रुपमा एकाकार गर्नेछु ।



वास्तवमै यो पंक्तिकारसँग उनी निरन्तर डेढ घण्टासम्म बोले । धॆरै लामो जिन्दगीको कथालाई एकघण्टा भित्र छोटकरी बोलीसक्ने बाचासहित टेवलमा बसेको तर डेढ घण्टाको निरन्तर बोलाइमा पनि सकिएन । बिचमै यो पनि भन्न पुगे कि -बोल्नको लागि व्यक्तिको जीवनसँग मेल खाने विषय हुनुपर्छ त्यसो हुन पुग्यो भने उसको बोलाई धेरै सार्थक हुन्छ ।



शतप्रतिशत ठीक हो उनको कुरा । किनभने व्यक्तिको लगावअनुसार नै व्यक्तिले कुनै विषयमा ज्ञान हासिल गरिरहेको हुन्छ र त्यही विषय पढाउनको लागि शिक्षण संस्थामा आव्हान गरिन्छ ।

हिड्नेबेलामा सोधियो -त्यो ३२ जनाकेा समुहले सम्झन्छन् कि सम्झदैनन् त



उनी भन्छन् -होइन खोज्छन् । काठमाडौतिर आएर कोही लिम्बूहरुसँग चिनापर्ची भयो कि सोधीखोजी गर्छन् रे । भर्खरै एउटाले पत्तो पाएछ दुवईबाट फोन गरेको थियो ।





प्रस्तुति -देवेन्द्र सुर्केली





तपाईंको प्रतिकृया

Lukera raheka pratibhaa ko pahichaan garne Devendra surkeli ko khubi utkristha darjaako chha.Yo eutaa mahan ra kaaljayi abhiyan pani ho. manchheka jeevan ra jagat bhitra raheka anek bhogaiharu nai bastav ma sahityaka shrotharu hun bhanda atisyukti nahola. Nirantar prastutiko laagi surkeli g laai hardik shuva kaamana......!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम