Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
लौ गाऔं नयाँ साकेला गीत (ईन्द्र नारथुङ्गे) - [2008-05-17]

मझुवा बेसी मेलैमा

गणतन्त्र आउँदैछ बेलैमा

सैसैला हो सैसैला

सै ढोले सै हाम्रो प्रदेश खोई

नेपालका आदिवासी किरात राईहरुको प्रमुख सांस्कृतिक पर्व उभौलीको अवसरमा गाईने गीत हो ुसकेला गीतु । यो गीत ढोल झ्याम्टाको तालमा साकेला नाच्दा गाउने गरिन्छ । जतिबेला पूर्वको किरात भूमिमा हिन्दु संस्कृतिको अतिक्रमण भएको थिएन त्यसबेला किरात राईहरुले बोल्ने भाषा पनि आफ्नै थियो र साकेला गीत पनि आफ्नै भाषामा गाउने गरिन्थ्यो । तर राज्यको एक भाषा एक संस्कृतिको नीतिले किरात राईहरुले बोल्ने भाषामा ब्यापक असर मात्र परेन कतिपय किरात राई भाषाहरु त लोपनै भई सकेका छन् । भाषाको हिसाबमा धनी मानिने किरात राईहरुमा रहेका तीस भन्दा बढी भाषा अझै बोलिन्छ किरात राईहरुको बिकसित रुपमा रहेको केही भाषा पनि बुढापाकाहरुसँगै हराएर जाने अवस्थामा पुगेको छ । अचेल साकेला गीत प्रायः नेपाली भाषामा नै गाउने गरिन्छ र गीत केवल मायाँ प्रीतिकै कुरामा अल्झने गर्दछ । तर अवको साकेला गीत जुन भाषामा गाइए पनि मायाप्रीतिको कुरामा मात्र अल्झनु हुँदैन । साकेला गीतले आफ्नो अधिकार र परिवर्तनका कुराहरुलाई सम्बोधन गर्नु पर्छ ।

मौलिक पर्व मौलिक रित

यो चण्डी होईन साकेला गीत

सैसैला हो सैसैला

सै ढोले सै

हाम्रो भाषा खोई

अचेल सरकारी भाषामा साकेला गीतलाई चण्डी गीत साकेला नाचलाई चण्डी नाच र बैशाक पूर्णिमालाई चण्डी पूर्णिमा भनेर भन्ने गरिन्छ । भाषा संस्कृति प्रतिको वेवास्ताले कतियप किरात राईहरु नै साकेला भन्दा नबुझ्ने भईसकेका छन् । खोज र अध्ययनको कमीले अरुले जे भनिदियो त्यही स्विकार्ने जमात त झनै ठूलो छ । हुन त साकेलालाई विभिन्न थरि किरात राईहरुले आ-आफ्नो भाषामा आ-आफ्नै ढंङ्गले सम्बोधन गर्ने गर्दछन् । साकेला शब्द चाम्लिङ भाषा अन्र्तगतको शब्द हो । बान्तावा भाषामा ुसाकेवाु भनिन्छ भने अरु थुप्रै नामहरु छन्-सान्केवा तोसी सेग्रो आदि । किरात राईहरु भित्रको भाषिक विविधताको फाईदा उठाउँदै हिन्दु संस्कृतिको अतिक्रमणमा मौलिक पर्वको नाम ुचण्डीु हुन पुगेको छ । हिन्दु संस्कृति अनुसार चण्डी भनेको शक्तिको प्रतिक एक देवी हुन् तर साकेला शक्तिको प्रतिक नभई प्रकृतिको एक संकेत हो जस्लाई हेरेर शुभ अशुभ छुट्याउने गरिन्छ । हुन त यो बिवाद गर्ने समय होईन । सारा विवादलाई बिसर्िएर राष्ट्रको निर्माणमा लाग्ने बेला हो यो । तापनि आफ्ना मौलिकतालाई तिलााजली दिएर बिवादरहित बन्नु भनेको आफ्नै अस्तित्वलाई नामेट पार्नु हो । त्यसैले अवको साकेला गीतमा माथि उल्लेखित शब्दहरु पनि अटाउनु पर्छ । ताकि अवको दिनमा साकेलालाई हिन्दु संस्कृतिकरण गरेर कसैले चण्डी नभनिदेओस् । र कसैले कसैको साँचो ईतिहासलाई बदल्ने सहास नगरोस् ।

आफ्नै छ भाषा आफ्नै भेष

हामीले चाहेको संघिय देश

सैसैला हो सैसैला

सै ढोले सै

हाम्रो राज्य खोई

नेपालका अरु आदिवासीहरुसँगै किरात राईहरुको पनि माग हो संघिय राज्य । हालसम्म कायम रहेको एकात्मक राज्य ब्यवस्थाले केवल एक जाति एक भाषा र एक संस्कृतिको मात्र वकालत गरेको छ । एकात्मक शासन प्रणालीले बहुसंख्यक जनताहरु हरेक अवसरबाट बिाचत हुनु परेको छ । सबै जाति वर्ग र समुदायको हित संघात्मक शासन प्रणालीमा मात्र सम्भव हुन्छ । यो माग किरात राई वा अन्य आदिवासी जनजातिहरुले आज उठाएका होईन जतिबेला आदिवासीहरुको मूल थलो नेपाल राज्यमा गाभियो र त्यहाँ अल्पसंख्यकहरुले राज्य साचालन गर्न थाले त्यहीबेला देखिको आवाज हो यो । तर विगतमा निरंकुशताको अगाडि खुल्लमखुल्ला रुपमा यी आवाजहरु उठ्न पाएनन् । २००७ सालको परिवर्तनसँगै पूर्वका किरातहरु राई लिम्बू ले स्वतन्त्र राज्यकै माग समेत गरेका हुन् । स्वतन्त्र राज्यको माग कुनै लहडबाजीमा भएको होईन भन्ने बुझ्नु जरुरी छ । राज्यको एकाधिकारबादी सांस्कृतिक चिन्तनले स्वतन्त्र राज्यको माग गर्न किरातहरुलाई उक्साएको हो । जहाँ आफ्नो संस्कृति अपहरण हुन्छ भाषा र अधिकारहरु अतिक्रमण हुन्छन् र कुनै एक जाति भाषा र संस्कृतिको अधिपत्य कायम गरिने प्रयत्न हुन्छ भने त्यहाँ राष्ट्रियताको के कुरो र् ह्यो र आज संघात्मक शासन ब्यवस्थाले राष्ट्रियता कम्जोर हुने आत्मनिर्णयको अधिकारले राष्ट्र टुक्रने हौवा िफंजाएर फेरी पनि जातीय अहंकारबादलाई टिकाइरहने खेल शुरु भईसकेको छ । यो नेपालका आदवासी जनजाति मदेसी र अल्पसंख्यक बर्गहरुको हित माथी कुठाराघात गर्ने र राज्यलाई सधैं अस्थिर बनाई लुटिरहने चालबाजी हो । संघियता र आत्मनिर्णयको अधिकारको बारेमा नबुझेर पनि कसैले बिरोध गरेका हुन सक्छन् यो स्वभाविक हो तर बुझ्नेहरु बाटै यस्तो कुरा उठ्नुचाहिँ सोच्नै पर्ने बिषय हो । संघियताले राष्ट्र टुक्रन्दैन बरु राष्ट्रियतालाई मज्बुत बनाउँछ । हुनसक्छ किरात भूमि वा अन्य आदिवासीहरुको मूल थलोले प्रादेसिक राज्यको मान्यता पाएपछि सम्बन्धित जाति बाहेकका जातिहरु कहाँ जाने यस्तो अर्थमा संघियताको बिरोध भएको हुनसक्छ । यसो हो भने संघियताको मर्मलाई न बुझिएको हो ।

सेल्मे र टेम्के हाराहार

अधिकार सबैको बराबर

सैसैला हो सैसैला

सै ढोले सै

तिमीले बुझेको खै ।

आदिवासीहरुको मूल भूमिले प्रादेसिक राज्यको मान्यता पाउन साथ अन्य जातिहरु त्यो भूमिबाट हट्नु पर्छ वा अधिकार बिहिन भएर रहनु पर्दछ भन्न खोजिएको होईन । बरु एकात्मक राज्य प्रणालीमा बहुसंख्यक माथि अल्पसंख्यकले शासन गर्ने अवस्थाको अन्त्य भई समानुपातिक प्रतिनिधित्वको सुरुवात संघात्मक शासन प्रणालीले गर्दछ । जस्को कारण कुनै जाति वर्ग वा समुदायले उपेक्षित भएको महशुस गर्नु पर्ने छैन । शासन गर्ने र शासित हुने प्रकि्रयामा समान सहभागिता भएपछि संघर्ष र दमनको अवस्था रोकिने छ । र राज्य वा राष्ट्रको उन्नतिमा पुग्ने हरेक बाधाहरुको अन्त्य भई तिब्रतम विकासको अपेक्षा गर्न सकिन्छ ।

भन्दैछन् आज पारुहाङ

फर्क है फर्क आफ्नै गाउँ

सैसैला हो सैसैला

सै ढोले सै

युवाहरु खै

किरात राईहरुको आदि पूर्खा पारुहाङ हुन् । मुन्धुम किरातहरुको धर्म ग्रहन्थ अनुसार पारुहाङबाटै सृष्टीको रचना भएको हो । पारुहाङको सांकेतिक अर्थ पूर्खा अर्थात आफ्ना जन्मदाताहरु हुन् । एकात्मक राज्य प्रणालीले कसैलाई काखा र कसैलाई पाखा बनाउने काम गर् यो । काखमा रहनेहरु अधिकार सम्पन्न भए पाखा पारिएकाहरु पाखै रहन बाध्य भए । अधिकार पाएकाहरुले अत्याचार लाद्न थाले त्यसले असन्तोष जन्मायो । असन्तोष माथि दमन हुन थाल्यो दमनले प्रतिरोधलाई निम्त्यायो । नेपालको राजनीतिक र सामाजिक स्वरुप हालसम्म यही अवस्थाबाट गुजि्ररहेको छ । यस्को असर हरेक क्षेत्रमा पर् यो । देशले शैक्षिक क्षेत्रमा प्रगति गर्न सकेन । शिक्षामा नै प्रगति नभएपछि अन्धविश्वास हट्ने कुरो भएन । अन्धविश्वासको सेरोफेरोमा रहेको समाजमा न विकास नै हुन्छ न राष्ट्र प्रति उत्तरदायी मान्छेहरु नै जन्मन सक्छन् । आज गर्नेभन्ने युवाहरु लाखौंको संख्यामा बिदेशी भूमिमा रोजीरोटीको लागि भौतारी रहेका छन् । देश संघात्मक शासन प्रणालीमा प्रवेश गर्ने अवस्थामा छ । देशमा राजनीतिक परिवर्तन भईसके पछि आर्थिक र समाजिक परिवर्तन अपरिहार्य छ । युवाहरुनै नभए पछि देशको आर्थिक र समाजिक परिवर्तन कस्ले गर्ने त्यसैले पारुहाङ अर्थात जन्मदाहरुले अव छोरा नातिलाई आफ्नै देशमा बोलाउनु पर्छ ।

सुन है सुन सुम्निमा

फर्कन्छौ आफ्नै भूमिमा

सैसैला हो सैसैला

सै ढोले सै

कुटो कोदालो खै ।

आदिपूर्खा पारुहाङको अर्धाङ्गिनीको रुपमा सुम्निमालाई पुकारिन्छ । सुम्निमाको संकेतिक रुप स्त्रि पूर्खा अर्थात आमा जाति । आमा अर्थात धरति । राष्ट्र पछाडि पर्नु भनेको धर्तिको उपहास हुनु हो । आज आफुलाई जन्म दिने हुर्काउने बढाउने धर्तिलाई चट्ट माया मारेर लाखौं युवाहरु बिदेशी धर्तिमा रगत पशिना बगाई रहेका छौं । आफ्नो आमालाई उजाड राखेर अर्काको आमालाई हराभरा बनाई रहेका छौं । छोराहरुको यो ब्यवहारले आमाको मन भक्कानिएको छ । आमा बोल्न सक्ने अवस्थामा छैनन् । त्यसैले छोराछोरीहरु नै अगाडि बढेर आमाको सामु प्रण गर्नु परेको छ । आफ्नै आमालाई िसंगार्नको लागि आफ्नो अमूल्य श्रम र पसिना खर्च गर्ने कसम खानु परेको छ । अनिदै र भोकै बसेर अर्काको स्वार्थ पुरा गर्न सहायक िस¢ हुने हामीहरु आफ्नो आमाको लागि एक छाक भोको रहन सक्दैनौ र

सकेला सिली नाचौला

देशकै निम्ति बाँचौला

खाँडी र ऊनी लाऔंला

साग र सिस्नो खाऔंला

उभौली साकेला मनाउछौं

यो देशलाई बिकसित बनाउछौं

ढोल झ्याम्टा बज्यो गजैले

यही प्रण गरौं सबैले

सैसै ला हो सैसैला

सै ढोले सै

अब छुटौं है ।







ईन्द्र नारथुङ्गे








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम