Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
परदेशी सुखदुःखको विम्ब - [2008-05-17]

जब मान्छेमा उक्साहट हुन्छ तब मन बाँधिन सक्दैन । सिर्जना त्यहीबाट पलाउँछ जब मन अशान्त बन्छ । त्यै भएर कविता गजल या काव्यात्मक साहित्यका रचनामा ुफुर्नुुको कुरा हुन्छ । स्वाभाविक रुपमा फुरेका सिर्जनाहरु मन छोइएर लेखिएका÷रचिएका हुन्छन् र तिनले पाठक श्रोताको उसरी नै मन छोएर मनपर्दो बन्छन् ।

एक्लै रोइराुछु आमा परदेशको यो नगरमा ।

आजभोलि डुबिराुछु आँशुको म सागरमा ।



कराडौं छन् मान्छे यहाँ लाखौं रुपरङ्ग

आफ्नो भन्ने कोही छैन विरानो यो बगरमा ।

सागर विरही

सिर्जनाहरुमा प्रवासी पीडा घनीभूत भएर आउँछ । माया प्रेमका कथा सुखदुःखका कुरा सबै गजलमा मिसिएर आउँछन् र त्यो समष्टिको ुविम्बु बन्दछ ।

कोही आफ्नो साथी छैनन् एक्लै हाँस्ने बोल्ने गर्छु ।

चहर् याउने अतीतलाई मल्हमपट्टि बाँध्ने गर्छु ।



सम्झनाको दियो बाली कुन अँध्यारो चिर्ने मैले

बल्झिदा तीतो अतीत आँगोझैं ताप्ने गर्छु ।

पाच विस्मृत



देशको नक्सा कोर्छौ रे मलाई किपटको खाकै चाहिन्छ ।

अलिकता चुस्की थप्छु बरु मलाई पालामको भाकै चाहिन्छ ।



कति रोज्छन् आफ्ना मात्रै लौ मैले नि बोलें

कटन जिन्स चाहिएन मलाई खाडीको ढाकै चाहिन्छ ।



नयाँ देशमा गएपछि सब बिस्र्यो पो ठान्छौ कि

के सिके र परदेशमा मलाई भाततिहुनको छाकै चाहिन्छ ।

देवेन्द्र सुर्केली





चन्द्रमाले सम्झाइ दियो धपक्क बलेर आज ।

तस्वीर हेरैं रातमा तिम्रो यादले मुटु जलेर आज ।



घरको कोठामा हेरैं अनि हेरें जताततैे

निराश निराश भै ढलेछु गलेर आज ।

राम नशा सापकोटा



पीडाहरु समेटेर खुशीहरु ब्ाट्दा पनि ।

मनले अझै आश गर्छखोलेसिस्नो फाट्दा पनि ।



पराइ त पराइ भए आफ्ना पनि हुन्छन् टाढा

चोटहरु बिसर्िएरस्नेहलता साट्दा पनि ।

अनिता वाग्ले

ुविम्बु संयुक्त गजल संग्रह हो । उपर्युक्त गजलहरु ुविम्बुका विम्बहरु हुन् ।

बाध्यताले धेरै सर्जकहरु रोजगारीको सिलसिलामा परदेशिनु परेको ुविम्बुले बुझाउने यथार्थ हो । विम्ब भने मलेसियामा रहेका नेपालीहरुको सिर्जना बनेको छ । ३० सर्जकका १ सय ५० गजलहरु संग्रहमा संग्रहित छन् । सहभागी १५ गजलसहित विम्बमा जम्मा १ सय ६५ गजलको थाक छ । विम्बलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मलेसिया शाखाले प्रकाश गरेको हो ।

मलेसिया पुगेका गजल सर्जकहरु केही स्वदेशका नाम चलेका साहित्यकार र पत्रकारहरु छन् । देवेन्द्र सुर्केली इन्द्र नारथुङ्गे साजय राई ुछुच्चाु विचारी चाम्लिङ्ग लगायत अरु मलाया पुगेर पनि पत्रकारिता छोडेका छैनन् । र त्यहाँ पुगेका अन्य कुनै न कुनै रुपमा साहित्यिक संलग्नता राख्नेहरु छन् । पराइ भूमिमा पनि उनीहरुले आफ्नो लेखनकर्मलाई कहिल्यै घट्न दिएका छैनन् । उनीहरु देशप्रेम विछोडका मर्म वेदनाका सुख र दुखानुभूति पोख्छन् सिर्जनामा ।

ुमानसपटलमा सम्झनाका चाङहरु अझै पनि उस्तै छन् । मन अरुलाई नै जिम्मा लगाएर एउटा ज्यान बोकी परदेश हिड्दाका क्षणहर सम्झदा आँखाबाट साउने झरी अझै पनि उस्तै वर्षिन्छ ।ु संग्रह सम्पादक इन्द्र नारथुङ्गे भन्छन् -ुपानीका बाछिटाहरुले आँत छुनासाथ ओइरो लाग्छ विगतको स्मृतिमा थाम्नै नसकिने गरी ।ु बुझ्न सकिन्छ- त्यै पीडामा प्रवासीको लागि सिर्जनाको स्रोत बन्छ । सिर्जनाले आफुलाई बोलीसकेपछि प्रवासी पीडालाई पक्कै पनि कम गराएको हुनसक्छ ।

संग्रहका गजलहरु आलोचनात्मक छैनन् तर बहरबद्ध भने छैनन् । संरचनागत र भावगत एकीकरणमा गजलहरु सम्प्रेष्य छन् । माया प्रेमकै सेरोफेरोमा हुर्काइएका गजलहरु अभिव्यक्तिको लागि सबैका साझा हुन् । र समकालीन सिर्जनाको लागि विम्ब संग्रहणीय बनेको छ । यसले नेपाली गजलकारिता र गजल गोहरुलाई गजल इतिहासमा सुरक्षित राख्न सकेको छ भन्न सकिन्छ ।





निराजन बतास






तपाईंको प्रतिकृया

Weldone Indra narthunge.I think this book is printed as literature whiich that may touch
the heart who loves the literatur and who dedicates his soul to literary creatiion.
Carry on your creation and make happy to all the people,and they will supporting to you.
But neber feel tiredness.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम