Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
एक शक्तिशाली घुक्यत्रो आधुनिक विमर्श - [2008-05-17]

नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत गर्दैछु । यो एक किसिमको गर्व पनि हो र हाक पनि । कुनै पनि स्रष्टाले आजको युगमा आफ्ना कुरा यति मच्चाएर र यति हुइ“क्याएर भन्नु हाक नै हो । सायद यति हुइ“क्याएर नभनेसम्म यसको आवाज पुग्नुपर्ने कानहरूसम्म थुरनि पुग्दैन । यो कुनै शक्तिशाली घुयत्रो हुइ“क्याएजस्तै हो । जति हुइ“क्याएर बजार्न सक्यो त्यसको थरक र प्रभाव त्यति नै शक्तिशाली र श्रवणीय हुन्छ । सम्भवतः लेखकलाई यही विचारले यहा“ काम गरेको हुनसक्छ । गोविन्दराज भट्टर्राई सिद्धान्त र समालोचनाको आफ्नो पछिल्लो कृति उत्तरआधुनिक विमर्शमा यसरी छताछुल्ल पोखिएका हुन् ।

हरेक परविर्तनहरू समयजस्तै तीव्र बेगवान छन् । जो समयको परविर्तनस“ग बग्न सक्तैन, त्यसले विकास र विस्तारको नवीनतम अनुभूति प्राप्त गर्न सक्तैन । राजनीति र सामाजिक परविर्तनस“गस“गै कला-साहित्यका सिद्धान्त र प्रयोगले पनि असीम फड्को मारेको हुन्छ । यसलाई आत्मसात् र समायोजन गर्दै हरेक स्रष्टाले आफ्नो अस्ितत्व र पहिचानलाई जीवन्त बनाउन सक्छ ।

यसै विचारको मियोमा उभिएर भट्टर्राईले यो कृति रचेका हुन् । यसमा उनले समग्र सिर्जनात्मक विधाहरूको बिस्कुन फि“जाएर तिनमा भएका चामल, बिया“ र घुनहरूको पृथकीकरण र व्याख्यान प्रस्तुत गरेका छन् । स्वभावतः यसमा चामलको बाहुल्य र बिया“-घुनको मात्रा कम छ । उत्तरआधुनिकताको कसीमा नेपाली रचनाहरूलाई घोटेर तिनको विश्लेषण गर्दा उनले चामललाई बढी प्राथमिकता दिनु उचित हो पनि ।



कृति सात परच्िछेद र ५४ खण्डमा विभक्त छ । जस अर्न्तर्गत उत्तरआधुनिकवादमाथि कलम चलाउने नेपाली स्रष्टाहरूको परिचयात्मक टिप्पणी प्रस्तुत गरएिको छ । यस क्रममा देवकोटा, समदेखि शङ्कर लामिछाने हु“दै उनी पछिल्लो पुस्ताका शारदा सुब्बा र शिवानीसिंह थारूसम्मका कृतिहरूमा बगेका छन् । यति मात्र होइन, उनले यसमा प्रदीप नेपाल, भागीरथी श्रेष्ठ, सनत रेग्मी, लैनसिंह बाङ्देल, डायमनशमशेर राणाका कृतित्वलाई पनि नमन गरेका छन् । ज्याक अताली, हेलेन सिक्सुदेखि ज्याक डेरडिा र मिसेल फुकोसम्मलाई कोट्याउन भ्याएका छन् । यी विदेशी साहित्यकारहरूस“ग तुलनात्मक विश्लेषण गर्दै भट्टर्राईले उत्तरआधुनिकताको चस्मालाई यी पुराना स्थापितकै लहरमा किशोर हस्ताक्षरहरूतर्फपनि सावधानीपूवक घुमाउने जमर्को गरेका छन् ।

उनले कविता, आख्यान, निबन्ध, चित्रकला, संस्मरण र नाटक आदि सबै विधाहरूको चिरफार गर्न भ्याएका छन् । उत्तरआधुनिक विमर्शमा उनले स्वदेशभित्रका मात्र होइन, विदेशमा बसेका नेपाली र्सजकहरूलाई पनि चर्चा गरेका छन् । यस कृतिमा उनले नेपाली सिर्जनशीलताका गौरवशाली गाथाहरूलाई विस्मृतिको धङ्घङेबाट झिकेर आजको सापेक्षित मोडमा ल्याएर पाठक र समालोचकहरूलाई मज्जाले सम्झाएका छन् । र, ओझेल परेका आजका पुस्ताका सशक्त सिर्जनाहरूलाई पढ्न झकझक्याएका छन् । यो नै उनको शक्तिशाली घु“यत्रो हो । उनले कसैलाई छाडेका छैनन् । मुकेश मल्ल, हररिाज भट्टर्राई, देश सुब्बा, मिजास तेम्बे, काङमाङ नरेश र होम सुवेदीलाई पनि आफ्नो वादमा ढालेर उनीहरूका कृतिमाथिको फलाफल खुट्याएका छन् ।



यो कृति पढ्दा उत्तरआधुनिकताको राम्रो ज्ञान त हुन्छ नै । यसबाहेक नेपाली सिर्जनामा लागेर बेग्लै धार र समयचेतनामा आफ्ना कलमका निबहरू खियाउने लेखकहरूका वैशिष्ट्यलाई पनि भट्टर्राईको लेखनीले न्याय गरेको छ । यो एउटा कृति पढेर समग्र नेपाली साहित्यमा आदिदेखि आजसम्म भित्रिएका नवीनतम प्रयोग र बान्कीहरूको साङ्गोपाङ्गो प्रस्तुतिको अध्ययन गर्न सकिन्छ ।

यसमा उनले आफ्ना अधिकांश भूमिकाहरूलाई समेटेका छन् । हुन त उनका भूमिकाहरू पढ्दा उनी कृतिभन्दा त्यससग गासिएका अङ्ग्रेजी साहित्यलाई बढी केन्द्रमा राखेर कलम चलाउ“छन् भन्ने अनुभूति हुन्छ । तर, त्यसले पनि विश्वसाहित्यमा आज चलेका प्रयोगहरूको धेरथोर अध्ययन गराउछ ।



समष्टिमा यो सिद्धान्त र समालोचनाको गाथा हो । तर, पढ्दा बढो रोमाञ्चक मोडतिर घचेड्दै जान्छ । सामान्य विद्यार्थीदेखि समालोचनाका पण्डितसम्मलाई एकरसको आनन्द प्रदान गर्छ । सुरुमा भट्टर्राईको नेपाली साहित्यमा कहिल्यै नउठेका कुरा पहिलोपल्ट म प्रस्तुत गर्दैछु भन्ने भनाइले दा“तमा अभिमानको ढुङ्गा बिझेजस्तो अनुभव हुन्छ । तर, पुस्तकका पन्नाहरू पल्टिदै जा“दा त्यो ढुङ्गा वास्तविकताको रसिलो चमेना हुनपुग्छ । यसमा प्रयुक्त कृष्णराज अधिकारीका रेखाचित्रहरूले यस्तो चमेनास“ग कोकाकोलाको तृप्ति प्रदान गर्छन् ।





रमण घिमिरे

नेपालबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम