Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
चुनावी विजय सगै हरीराजको राष्ट्रपति बन्ने सपना (चुनावी संवाद/राजेश राइ) - [2008-05-17]

पञ्चायतकाल र प्रजातन्त्र पुर्नस्थापना पछि पनि पटकपटक प्रधानमन्त्री भएर राष्ट्रको बागडोर सम्हालेका नेपालको राष्ट्रिय राजनीतिको महारथीहरुको एक व्यक्तिका रुपमा चिनिएका र्सूय बहादुर थापालाई सबिधानसभा सदस्य निर्वाचनमा पराजित गराउने माओवादीका ३५ बषिर्य युवा सभासद् हरिराज तिगेला लिम्बूको धनकुटा सदरमुकाममा रहेको सानो कोठामा पुगेर उनीसगँ सबिधानसभाको निर्वाचनमा र्सूय बहादुर थापा तेस्रो स्थान मात्र भएको कुरा गर्न साथ र्सूय बहादुर थापासगँको विगत सुनाए । र्सूय बहादुर थापाको पहिलोपल्ट नाम सुन्दाको कहानी सुरु गरे ।



कुरा २०३६ सालको हो उनी अर्थात् हरिराज तिगेला त्यो बेला कक्षा ५ मा हात्तिखर्क गाविसको स्थानीय भारती माविमा पढ्थे । उमेर ११ बर्षो थियो । २०३६ सालको तिहार शुरु हुन लागेको थियो । बारीभरी ढकमक्क मखमली फुलेको थियो गाउँमा देउसी भैलो सुरु भईसकेको थियो । देउँसीरे गाउनेहरु गाउँभरी हुलकाहुल थिए । उनी पनि आफ्नो दामलका साथीहरुसगँ देउसी खेल्न जानका लागि तयारी गदै थिए । त्यही बेला उनका जेठा दाजु खगेन्द्र लिम्बुले नजिकै छिमेकी गाविस छिन्ताङमा भएको हत्याकाण्डको खबर घरमा सुनाए ।



उनले पनि चासो राखेर सुने । मात्र कम्युनिष्टहरुको बढ्दो संगठनबाट त्रासित भएर कम्युनिष्टहरुको बेल्ट भत्काउन र उर्लिदो प्रजातान्त्रिक आन्दोलनलाई तसह नहस पार्नको लागि गृह जिल्ला धनकुटा नै भएको प्रधानमन्त्री र्सूय बहादुर थापाको आदेशमा पञ्चायती प्रहरी , सेना र पञ्चहरुले १५ जना निहत्था र निर्दोष छिन्ताङे जनताहरुको बर्बर तरिकाले हत्या, सैयौलाई अमानवीय तरिकाले यातना , वलत्कार र लुटपाट गरेको खबर आफ्नो दाजुबाट सुने । उनका दाजु पनि कम्युनिष्टका नेता थिए । दाजुले यो कुरा सुनाउँदै गाउँलेहरुलाई हत्यारा र्सूयबहादर थापाको बिरुद्धमा र प्रजातन्त्रको पक्षमा एक जुट भएर लाग्न अनुरोध गरिरहदाँ उनलाई पनि ११ बर्षो उमेरमा नै र्सूयबहादर थापा बिरुद्ध घृणा र आक्रोस जागेको थियो । ११ बर्षो बालकको बाल मनस्थितीमा पनि निर्दोष जनताको हत्या गर्न लगाउने र्सूय बहादुर थापा बिरुद्ध लड्नु पर्छ भन्ने छाप परेको थियो । पहिलो पल्ट र्सूय बहादुर थापाको नाम सुन्दा नै उ बिरुद्ध लड्नु पर्छ भन्ने भावना जागेको थियो । उनले र्सूयबहादुर थापासगँको सबैभन्दा पहिलो र्साईनो सुनाए । र्सूय बहादुर थापाको नाम पहिलो पल्ट यसरी थाहा पाएको थियो उनले । तर यति बेला त्यो सम्झीदा उनलाई कथा जस्तो लाग्छ । त्यही बेला नै कुनै न कुनै रुपबाट र्सूयबहादुर थापा बिरुद्ध लड्नु पर्छ भन्ने लागेको थियो हरीराज तिगेलालाई ।



यति कहानी सुनाएर पछि उनी भावुक पनि बने र उनको जेठा दाजुको कुरा निकाले । उनलाई कम्युनिष्ट बनाउने जेठा दाजु खगेन्द्र लिम्बू २०४४ सालमा काठमाण्डौमा डिग्री पढ्न गए देखी आजसम्म घर फर्किएका छैन्न । दाजुले ल्याएको अग्नीदिशा, आमा, मान्छेको भाग्य जस्ता क्रान्तिकारी पुस्तक पढेर कम्युनिष्ट भए, दाईले पढ्नमा उत्प्रेरित गरेका थिए म यहाँसम्म आईपुग्नमा दाजुको ठूलो हात छ तर वहाँ पढ्न गए देखी आजसम्म घर फर्किनु भएको छैन, कहाँ जानु भो, के हुनु भो, पत्तो छैन उनले दाजुको सम्झना गरे ।



राजनीतिक जीवनको बारे मैले सोधे । साथी सङगीहरु लाहुरे बन्नका लागि छात्ति नपाउन धरान झरिरहदाँ उनी २०४४ सालमा हात्तीखर्कबाट पढ्नलाई धनकुटा सदरमुकाम आए । सबै साथीहरु लाहुरे बन्नलाई हुलकाहुल बाँधेर धरान झरी रहदाँ पनि उनलाई त्यो चाहना कहिर्ल्र्यै पलाएनछ । धनकुटाको गोकुडेश्वर मा. वि. पढ्न सुरु गरेपछि राजनीति थाले । अनेरास्ववियूबाट राजीनिती थाले उनले । विद्यार्थी राजीनीतीमा अगाडि ल्याउने राजेन्द्र राइ थिए । उनले राजेन्द्र राइलाई सम्झीएर भने राजीनितीमा ल्याउने वहाँ नै हो म वहाँलाई सधै सम्मान गर्छु राजेन्द्र राइ यतिबेला चिया तथा कफी बोर्डको उपाध्यक्ष तथा धनकुटा जिल्लाको एमाले नेता छन् ।



राजेन्द्र राइसगँ कस्तो सम्बन्ध छ नी अहिले - मैले सोधे । हिजो मात्र फोनमा अन्तरङ्ग कुराकानी भएको उनले खुलासा गरे । विद्यार्थीको राजीनिती गदै धनकुटा बहुमुखी क्यम्पसबाट वि. ए. सकेर आफ्नै गाउँको भारती प्राविमा मास्टर भएर गए । त्यही विद्यालयमा हेडमास्टर पनि भए र २०५४ सालमा फेरी स्थायी जागीर छोडेर राजनीतिमा आए । हेडमास्टरको जागीर छोडेर नेकपा एमालेबाट हात्तीखर्क गाविसको अध्यक्ष भए । त्यसपछि माले हुदै २०५७ सालमा औपचारिक रुपले माओवादीमा प्रवेश गरे । हुन त म जनयुद्ध शुरु नहुदै देखि क्रान्तिकारी साथीहरु संग नजिकको सम्पर्कमा थिए । त्यसवेलाका क्रान्तिकारी केही साथिहरु आजभोलि खासै सक्रिय छैनन् ।



सुरुमा माओवादीको को सग सम्पर्क भयो नी - मैले सोधे । सुरुमा हिमाल (हाल सुन्सरी जिल्ला इन्चार्ज) सग सम्पर्क भएको थियो । त्यो भन्दा अघि २०५१ मा तत्कालिन जनमोर्चाका नेता डा. बाबुराम भट्टराइ भेटघाटको निम्ति पूर्व आउनु हुदा भेट भएको थियो तर शिक्षक पेशाको कारण राजनैतिक हैसियतले नभइ अन्य हैसियतले । माओवादीतिर लागे पछि धनकुटामा वारेन्ट जारी भयो । वारेन्ट जारी पछि भागेर काठमाण्डौ लागे । माओवादी सम्बद्ध किरात मुक्ती मोर्चा स्थापनापूर्व भक्तराज कन्दङवा हात्तिखर्कको मेरै घरमा आउनु भएको थियो र मैले वहालाई सहयोग गरेको थिए र काठमाण्डौमै मोर्चाको लागि धेरै काम गरियो । पार्टी बाटै संघिय राज्यको अवधारणा आए पछि लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल संग आबद्ध छु । काठमाण्डौमा साह्रै कठिन दिनहरु विताए । भक्तपुरको गोठगोठमा भोकै रातहरु विताइयो । पैसा नहुदाँ काठमाण्डौमा कति दिन त भोकभौकै पनि हिडियो उनले सुनाए । आफ्नो आमाको मृत्यु हुदाँ धनकुटा आउन नसकेको क्षण सधै उनलाई नमिठो लागिरहन्छ । २०५८ सालमा उनको आमाको मृत्यु हुदाँ उनी काठमाण्डौमा थिए । लामो समय किराती मुक्ती मोर्चामा नै काम गरे उनले ।





कसरी लडे चुनाव



हरिराज तिगेलाको यति लामो वायोग्राफी सुनेपछि मैले सबिधानसभाको चुनाव बारेमा सोधे । सबिधानसभाको निर्वाचनमा पार्टीबाट चुनावको लागि टिकट पाउने आसामा थिए तर टिकट दिन्छ नै भनेर ढुक्क चाहि थिइन । यद्यपि धनकुटा क्षेत्र न.२ मा माओवादीबाट जसले टिकट पाए पनि आफ्नो पार्टीले चुनाव जित्नेमा उनी कन्फीडेन्ट भने थिए ।



किन त ? मैले सोधे किनभने माओवादी शान्ति प्रक्रियामा आएपछि डेढ बर्ष उनले प्रत्यक गाविसको टोलटोलमा संगठन बनाएका थिए । एउटै गाउँमा बिभिन्न भातृ संगठन र मोर्चा गरेर आठ नौ प्रकारको संगठन बनाउथे । प्रायः गाउँको सबै मान्छे कुनै न कुनै संगठनमा संगठित गराएका थिए । एउटै गाउँमा एक दर्जन जति संगठन र मोर्चा बनाएका थियौ उनले भने ।



संबिधानसभाको निर्वाचनमा जब पार्टी ले उनलाई धनकुटाको क्षेत्र न.२ मा टिकट दियो उनी अत्यन्त उत्साहित भएका थिए । किन त्यत्रो उत्साह त - किनभने चुनाव जित्नेमा उनी कन्फीडेन्ट थिए । र्सूय बहादुर थापाको क्षेत्रमा पार्टी ले टिकट दिदाँ चुनाव हार्छु जस्तो लागेन ? मैले फेरी सोधे । अहं चुनाव हार्छु जस्तो त लागेकै थिएन । बरु शुरुमा र्सूय बहादुर थापा धनकुटामा चुनाव लड्न नआउने भन्ने हल्ला सुन्दा चाहि उनलाई अलि खल्लो लागेको थियो । किन नी ? प्रत्यक गाँउगाँउका कार्यकर्ताहरुको सक्रियता र सहभागिताले उत्साहित थिए । 'म चुनाव जित्नेमा कन्फीडेन्ड थिए थापालाई हराउन नपाईने भो भनेर खल्लो लागेको थियो' । मधेसमा आन्दोलनरत समुह र सरकार बीच भएको वार्ता सफल भएलगतै र्सूय बहादुर थापा चुनाव लड्न धनकुटा आएपछि उनी उत्साहित भएका थिए । र्सूय बहादुर चुनाव लड्न आएपछि म उत्साहित भए । अब जसरी पनि थापालाई चुनावमा हराउनै पर्छ भन्ने लागेको थियो उनलाई । तर थोरै डर भने लागेको थियो किनकी यसअघि पनि थापाले पैसा बाडेर चुनाव जित्दै आएको उनलाई थाह थियो । गाउँमा पैसा बाड्न नदिनको लागि प्रत्येक गाउँमा १० देखी १५ जनाको समुह रात दिन डियुटीमा आफ्नो कार्यकर्ताहरु राखेको

थियो । पैसा बाडेको भेट्न साथ नियन्त्रणमा लिनु भनेका थिए कार्यकर्ताहरुलाई । जब थापा चुनाव प्रचार प्रसारको लागि धनकुटा आए त्यसपछि प्रत्यक गाउँमा १० देखी १५ जनाको समुहले सधै गस्ती गर्दथे । हामी पैसाले जनताहरुलाई किन्न दिने पक्षमा थिएनौ । त्यसैले हाम्रो साथीहरुले रातदिन गस्ती गर्थे हरिराज तिगेलाले चुनावी रणनीतिको बारे सुनाए । चुनावीे समयको दैनिकी मैले सोधे । चुनावको समयमा प्रत्यक दिन बिहान ५ बजे उठेदेखी भेटघाट, जनसभामा ब्यस्त रहन्थे । सधै राती बाह्रएक बजे मात्र सुत्थे । गाउँमा सभा र भेटघाटमा जादाँ १० देखी १५ जनाको समुहमा उनी हिड्थे भने कुनै बेला त एक्लै पनि हिडे । एक्लै हिड्दा असुरक्षाको महसुस भएन त ? त्यस्तो असुरक्षाको महसुस कहिले भएन किनभने यो भन्दा अगाडि नै सबै गाउँ डुलेको थिए । सबै संग चिनजान थियो । चुनावको समयमा प्रायः समुहमा नै हिड्थे ।

चुनावमा हिड्दाको एउटा रमाईलो घटना पनि सुनाए - चैत्र २५ गते धनकुटाको लेगुवाबाट कार्यक्रम सकेपछि गाडी नपाएर ट्याक्टरमा चढेर हिले आउँदै थियौ । बीच बाटोमा नै ट्याक्टर पनि बिग्रियो । रातको ८ बजी सकेको थियो । ट्याक्टर ब्रि्रीएपछि साथीहरु संग र्टच बालेर हिडेर घोर्लिखर्क उकालो आउदै थियौ हामीलाई एउटा समुहले अचानक घेरा हाले । हामी आत्तीयौ, घेरा हालेर हामीलाई पक्रन थाले नजिकमा यसो हेरेको हाम्रै साथीहरु पो रहेछन । र्सूय बहादुर थापाका कार्यकर्ताहरु राती पैसा बाढ्न आएछन् भनेर गस्तीमा बसेका आफ्नै साथीहरुले घेरा हालेको रहेछ । उनको त्यो दिन चुनावभरीको अबिस्मरणीय क्षण हो । धनकुटाको प्रायः सबै गाविसहरुमा गाडी पुग्ने भए पनि गाडी प्रयोग गरेन उनले । धेरै ठाउँ अन्य र्सबसाधरणले जस्तै यात्रुवाहक गाडीमा टिकट काटेर गाडी चढे ।



पैसा नी कति खर्च गर्नु भो ? पैसाको कुरा मैले सोधे । पैसा त जम्मै गरी २५ हजार त्यो पैसा पनि पार्टीले नै दिएको हो । त्यही २५ हजार पनि मेरो हातमा हुदैनथ्यो । सबै पैसा दुइ नम्बर क्षेत्रको निर्वाचन क्षेत्र संयोजक क. शर्मिलाको हातमा हुन्थ्यो । आवश्यक पर्दा मागेर चलाउनु पथ्र्यौ । व्यक्तिगत पैसा पनि थियो होला नी ? मैले फेरी सोधे - थिएन गाउँमा खानखानु त जनताहरुले नै खुवाउँथे आफ्नो गोजीमा पैसा नै थिएन नी ।

अनि चुनाव प्रचार शैली चाहि कस्तो थियो नी ? बिहान ५ बजे उठे देखी घर दैलो भेटघाट, दिउँसो खाना खाएपछि चुनावीसभा हुन्थ्यो र सधै ४/५ बजे मात्र चुनावीसभा सकिन्थ्यो । चुनावीसभा सकेपछि अर्को गाउँ जानु पथ्र्यो दुइ तीन घण्टा हिडेर अर्को गाउँ गएपछि फेरी राती १२/१ बजेसम्म भेटघाटमा व्यस्त रहन्थे । २७ गतेको अन्तिम रातको सम्झना गरे - त्यो रात म हात्तीखर्क गाविसको तल्लो टोलमा थिए, राती २ बजेसम्म साथीहरुसगँ नजिकैको चौतारामा बसियो, र्सूय बहादुर थापाका मान्छेहरु पैसा बाड्न आएमा पैसा बाड्न नदिन साथीहरुसंग निकै सावधानी अपनायौ । रातभरी नै साथीहरुसंग बसौ भनेको तर साथीहरुले गएर सुत्नुहोस् भन्नुभो त्यसपछि राती २ बजे मात्र सुते । सुत्नेबेला केही खट्पटी भएपनि चुनाव चाहि जित्छु नै भन्ने लाग्यो ।





सपना राष्ट्रपति वन्ने ...........



र्सूय बहादुर थापालाई हराउदा कस्तो लाग्यो - मैल प्रश्न गरे । र्सूय बहादुर थापालाई मैले हराएको होईन जनताले हराएका हुन् जनता महान् छन् ।



अबको सपना के छ नी ?

एकछिन घोरिएर सपना त सबैको ठूलै हुन्छ मेरो पनि अन्तिम सपना राष्ट्रपति बन्ने हो ।

सपना पुरा होला त ? सबै सपनाहरु पुरा हुनैपर्छ भन्ने हुदैन तर सपना देख्नु चहि राम्रो कुरा हो । यो सपनाको साथ प्रतिबद्ध भएर निरन्तर काम गरीरहने हो कहाँ पुगिन्छ हेरौ । सपनाको कुरा सुनाए । प्रस्तावित लिम्बूवान राज्यबाट प्रत्यक्ष चुनावबाट जितेर जाने एकमात्र लिम्बू सभासद् तपाई हुनुहुन्छ अब मन्त्री त पक्का होला नी ? म सगै साथी सन्तबीर लामाले सोधे । उनलाई मन्त्री हुने कुनै महत्वकांक्षा छैन लिम्बुवान क्षेत्रबाट लिम्बू नै जानु पर्छ भन्ने कुरामा उनी असहमत छन् । जो गएपनि लिम्बुवान क्षेत्रको भावनालाई समेट्न सक्ने जानु पर्छ तर लिम्बू नै जानु पर्छ भन्ने छैन । मन्त्री बन्ने महत्कांक्षा नभएपनि पार्टीले जिम्मेवारी दिएको खण्डमा नेतृत्व गर्ने बताए । अबको सबिधानसभामा बिशेष गरी सदियौ देखी उत्पीडनमा परेका आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्नको लागि पहल गर्ने योजना छ उनको । म आदिवासी जनजाति मुलको नै भएकोले मलाई पीडा थाहा छ भोग्दै आएको छु । त्यसैले मेरो जोड आदिवासी जनजातिको अधिकार संबिधानमा लेखाउनु हुनेछ । समतामुलक संविधान निर्माणमा यथासक्दो भूमिका निर्वाह गर्ने उनले बताए ।

तपाइ नाट्य क्षेत्रको कलाकार । एकांङ्गी नाटक संग्रह अपदस्त जिन्दगी पुस्तक पनि प्रकाशित गरिसक्नु भएको छ । अहिले कस्तो छ सिर्जनाको क्षेत्र ? कलाकारिता र लेखन मलाई मनपर्ने क्षेत्र भएकोले यसलाई निरन्तरता दिनेछु । भूमिगतको समयमा घटेका घट्नाहरु झन धेरै स्रोत बनेका छन् । केही मेरा गीतहरु रेकर्ड हुने तयारीमा छन् । बिषेशत भूमिगतको समयमा जजस्ले मलाई सहयोग गरेर बचाउनु भयो वहाहरुलाई मैले जसरी पनि सम्झनुछ । ती विगतहरु आगामी मेरो सिर्जनामा पनि रहनेछ ।

राष्ट्रपति बन्ने सपना पुरा होला त ? मैले पुनः प्रश्न दोर्‍याए । सबै सपना पुरा हुन्छ भन्ने हुदैन तरपनि त्यो सपनाका साथ निरन्तर काम गरिरहने छु ।







राजेश राइ, धनकुटा

writer_bhumiputra@yahoo.com






तपाईंको प्रतिकृया

Hello heri sir, CONGRATULATION!!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम