Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
अर्थात् रामेश (प्रकाश सिलवाल) - [2008-05-18]

उज्यालो खोजी हिंड्ने जीवन कहिल्यै थाक्दैन, हरेश खादैन । अझै भन्छ, जीवनका जति बाकी समय छन् त्यो पनि त्यसकै लागि हुनेछ । अनि उसले सिङ्गो देश नै शरीर र आफू त्यसको अंग भएको बोध गर्दै शरीर बचाउने अभियान छोड्दैन । उसलाई थाहा छ, शरीर रहदा मात्रै अंग रहन्छ । ऊ यही कुरालाई बुझाउन वर्षैदेखि नेपाली जनताका मानसमा आफ्नो सिर्जनात्मक धूनमा यस्तै विचार पस्किरहेको छ । तर उ सँग कुनै घमण्ड छैन, बरू गर्व गर्छ, यो मेरो कर्तव्य हो ।

उज्यालै संगीत

घामका लागि के मात्रै गरिएन रु काला रातलाई पछार्न खेप्नुपरेका हण्डरहरु धेरै छन् । ती सबै व्यक्तिगत हुन् तर अनगिन्ती छन् । उपलब्धी लोकतन्त्र र संविधानसभाको सुनिश्चिति हो । नयाँ नेपालको सपनालाई आफैले नियाल्न पाउनु हो । तर फेरी रात पार्नका लागि विदेशी साम्राज्यवादी र स्वदेशी सामन्तवादी शक्ति लागेका छन् । त्यसबाट बच्नुपर्छ, त्यसको प्रतिकार गर्नुपर्छ । जनताका गायक रामेश श्रेष्ठले प्रारम्भमै आफ्नो आशा, चिन्ता र प्रतिवद्धता एकैसाथ खोलिदिए । त्यसका लागि तपाई के गर्दै हुनुहुन्छ रु उत्तर गीतबाटै दिए उनले

ुझुल्याहेर पूर्वमा नयाँ घाम

देशको नयाँ चोला फेर्न उठ हिंड जाम्

नयाँ नेपाल बनाउन लागम् सबै लाम्

अब एक्ला छैनम्, अब निर्धा छैनम्

अन्याय अत्याचारसँग एकरत्ति झुक्दैनम्

गरिबी र दुःख अकाल जिती आएम्

काललाई पछारेर नयाँ युग ल्याएम्

हो, उनी अहिले पनि यस्तै गीत लेख्न र संगीत सिर्जनामा व्यस्त छन् । हरेक जनआन्दोलनका नागरिकसभा वा जनसभामा उपल्लो चेतना छर्दै निरकुंश एकतन्त्री राजतन्त्र शासन ढाल्न खटिएका रामेश अब आफ्ना सिर्जनालाई अभिलेखीकरण गर्नेतर्फ पनि लागेका छन् ।झुल्यो हेर पूर्वमा नयाँ घाम।।। उनको आफ्नै रचना हो । ०६२र०६३ को लोकतान्त्रिक जनआन्दोलनले एक प्रकारको सफलता पाएपछि उनले चलचित्र फिलिङ्गोमा संगीत दिएर लोकध्वज शाहलाई सघाए अनि निर्माणाधीन चलचित्र ुमैना सुनुवारु मा केपी पाठकको गीतिरचनामा संगीतवद्ध गरेर मधु गुरूङको प्रभावशाली आवाज प्रस्तुत गरे

ुन कुनै गल्ती, न कुनै विराम, कस्तो अत्याचार

आफ्नै देशमा, आफ्नै ठाउँमा, भइयो नि लाचार।ु

त्यही चलचित्रमै सैन्ययातना पछि मारिएकी मैना सुनुवारले स्कूलमा पढ्दा लेखेकी कविता

आज हामी बालक छौ, भोली ठूला हुनेछौ,

ठूलो मान्छे भएर देशको सेवा गर्नेछौ ।

मा पनि रामेशले संगीत गरेका छन् । कवि विमल निभाका ओजिलो गीत

जुलुशहरू निकाल्छन्

नाराहरू उराल्छन्

आन्दोलन चर्काउँछन्

युगिन अधी ल्याउँछन्

परिवर्तनको ढोका खोल्न

जुटेका छन् यी ज्यान

ओ जनता महानु का साथै अन्य गीतरसंगीतहरु समावेश गरेर सशक्त गीतिअल्बम निर्माण गर्ने धोको राख्दै रामेशले बोले, ुअब म केहीसमय सबै काम छोडेर त्यता लाग्छु ।

केटाकेटीका गीतहरु भाग- ७, लोक संगीतमा आधारित म त गए लेखैमा र चेतनशील आवाजहरु उनका आगामी अल्बमहरुका नाम हुन् । जुन एक वर्षभित्र बजारमा आउनेछ । अहिले मेलोडी स्टुडियो क्षेत्रपाटीमा ती सब गीतहरु रेकर्डिङ्ग गर्ने काम भइरहेको छ । जुन अल्बममा उनका नयाँ र पुराना चर्चित गीतहरु पनि पर्नेछन् । कवि युद्धप्रसाद मिश्रको

न्याय ढलेको शीर उठाउन, उठ्यो बबण्डर चर्का

पतनशील अनुहार प्रष्ट भो, प्रतिगामीको धर्का पनि समेटिनेछ । अनि चलचित्र ुबलिदानु मा प्रस्तुत श्याम तमोटको

गाउँ गाउँबाट उठ

बस्तीबस्तीबाट उठ

यो देशको मुहार फेर्नलाई उठु

र गोपाल प्रसाद रिमालको युगान्तकारी गीत

एक जुगमा एकदिन एकचोटी आउँछ

उलटपुलट उथलपुथल हेरफेर ल्याउँछु

जस्ता इतिहासमा अंकित भावधारा त छुट्ने कुरै भएन । त्यसो त, श्यामप्रसाद शर्मा र केवलपुरे किसानजस्ता जनताका शक्तिपुन्जहरुका गीतिरचनालाई पनि संगीतले सिंगारेर जनसमक्ष प्रस्तुत गर्ने उनको ठूलो धोको छ ।

युगको प्रतीक्षा

सिर्जनाबाट जनतालाई चेतना र शक्ति दिदै, गीतहरुलाई जीवन्त र सामथ्र्यवान् बनाउन भूमिका निभाउने रामेशको अभियान छ, ती आवाजको सम्मान गर्न राजनीतिक दल सक्ने हुन् कि होइनन् रु नसके त्यसका विरूद्ध फेरी जनता उतार्नुपर्नेहुन्छ । जनता उठ्छ पनि ।विदेशिको इशारामा संविधान बनाउने षड्यन्त्र हुनसक्छ, तर नेपाली जनताले आफ्नै निर्देशन, नेतृत्व र निगरानीमा, आफूले भनेका मान्ने जनताका प्रतिनिधिबाट नयाँ संविधान र सरकार बनाउन चाहेका छन् ।रामेशले जनताको भाषा यसरी बोले, हेरौं, नेतृत्व भनाउदाहरु कसको इशारामा चल्छन् रु युगीन परीक्षाको घडी आएको छ । एकातर्फ विदेशीको इसारा , लोभलाभ र अह्रोटपह्रोटमा चल्ने प्रतिनिधिहरु, अर्केतिर नेपाली जनताको भावना, सपना र आवश्यकताअनुसार संचालित हुने जनप्रतिनिधिहरु । यी मध्ये कस्का प्रतिनिधिले जित्ने हुन् रु यो परीक्षाको विशेष समय हो । यसमा सचेत नेपाली जनता आˆनै देशमा हार्छन् वा जित्छन् रु यो हेर्न युग र इतिहास पर्खेर बसको छ ।

पञ्चायतकालका विद्रोहीहरुमध्ये एक, राल्फाली अन्दोलनका पनि हस्ती रामेशलाई लाग्छ, अहिले देखिएको लोकतन्त्र पनि केही त हो । जनताले यत्तिसम्म पनि देखे । असंभव कुरालाई संभव बनाइएको छ । श्रमशील जनताको युगीन आवश्यकताले जनयुद्ध र जनआन्दोलन गर्दै यो परिवर्तन ल्याइएको हो । तर, यति नै बेला प्रतिगामीहरू आफ्नो लुटको स्वर्गु खोसिन लागेकाले अन्तिम छटपटाहटमा छन् । वर्षैदेखिको सामन्ती राजतन्त्र ढल्न लाग्दा जनस्रष्टा रामेशलाई लाग्छ, जसले राजनीति गर्‍यो उही सुखी र सम्पन्न हुदारहेछन् भन्ने कुरा जनताले बल्ल बुझ्न थालेका छन् । जस्तो - युगौदेखि राजा र उनका वर्गले राजनीति गरे उनीहरुको वर्गै युगयुगसम्म सुखी र सम्पन्न रहे, ०४६ साल पछि नेताहरुले राजनीति गरे, नेताहरुको हुलै सुखी, सम्पन्न र शक्तिशाली भए, अब ०६२।०६३ को जनयुद्ध र जनआन्दोलनदेखि जनताले आफ्नो वर्गहीतका लागि राजनीति गर्न थालेका छन्, र अब जनता सुखी, सम्पन्न, शक्तिशाली र सारांशमा देशका मालिक हुनेछन् । नेताहरू मात्र सेवक र तिनका पार्टीहरू सेवा गर्ने माध्यम मात्र भइरहनेछन् । माओवादीको दशवर्षे जनयुद्ध र जनआन्दोलन- २ को परिणामस्रूप श्रमशील निम्न वर्गमा राजनीति पुगेकोले अब यो संभावनालाई कसैले नकार्न सक्दैन ।

राजतन्त्र ढलेपछिको संविधान कस्तो हुनुपर्ला, देशका मालिक जनताले आफ्नै हातले आफ्नै हितमा संविधान लेख्नुपर्छ तर त्यो लेख्न अर्कैको हात नआओस् । रामेशको सुझाव छ ।

जब धपेडी हुन्छ

रामेशको निजी जीवन सामाजिक जीवन हो । जीवनका धेरै वर्ष साइकल चलाएर, दुःख गरेर, पार्टी संगठनमा लागेर, जनताकाबीचमा गीत गाएर, साहित्यिक पत्रिका निकालेर विते । कामका लागि खट्दा, चाहिएजति आराम नदिंदा शरिर कहिलेकाहीं नराम्ररी रिसाउँछ । बढी धपेडी गरेर आराम नपाएपछि मासुका केस्रा केस्रा रून्छन् , हड्डीहरु रिसाउँछन्, शरीरको यो भाषा मैले बुझेको छु ।रामेश आˆना अनुभवहरु हाँस्दै बताउँछन् तर जबसम्म मेरा शीररका अंगले काम गर्छन् तबसम्म जारी रहनेछ -जनताको नयाँ नेपाल बनाउने महायात्रा ।

रामेश ०३७ मा स्थापित स्वणिम स्कूल, डल्लुआवासका संस्थापकहरुमध्ये एक हुन् । अहिलेको उनको केही दैनिकी त्यहींका नानीहरुलाई गीतसंगीत सिकाउनमा वित्छ । तर जनचिन्तन कत्तिपनि निस्त्रिmय भएको छैन । ०३१ देखि आदर्श नि।मा।विद्यालय वालमन्दिर नक्सालमा प्रशासनिक काम गर्दागर्दै राजतन्त्रविरूद्धको घनघोर यात्रामा लागेको स्मरण छ उनलाई । वालमन्दिरले कवचको काम गर्‍यो रे उनको पन्चायत विरोधी कामलाई ।

झापा विद्रोहकालदेखि -०२९० नै कम्युनिष्ट मोर्चामा लागेका रामेशले जनवादी गीत गाउँदै तत्कालीन भूमिगत नेकपा -माले कालमा संकल्पु झिसमिसे अनुभूति जस्ता प्रगतिशील साहित्यिक पत्रिकाको सम्पादन समूहमा रहेर काम गरे । ुसंगठनका लागि भनेर विज्ञापन उठाउने, सामग्रीहरु तयार गर्ने, पे्रसमा प्रुफ हेर्ने , पत्रिका वितरण गर्ने, आर्थिक व्यवस्था गर्ने सम्पूर्ण कामहरु गरे तर पार्टीले उसलाई चाहिएको बेलामा मात्रै उपयोग गर्‍यो, पछि त कारवाही पो गर्‍यो । त्यस्तो बैगुनी पार्टी २०३९ सालदेखि मैले छाडिदिए । रामेशले दुख मान्दै भने । झापाकालको शिशु कम्युनिष्ट मोर्चालाई गीत, संगीत र साहित्यले ०३९ सालसम्ममा जवान र सशक्त बनाइसकेपछि त्यहाँभित्र देखिएका अंहकार, विवेकहीनता र दबदबा सहन नसकेर उनी पार्टी छाडेर जनतामा आए । ुअसल कम्युनिष्ट कस्तो हुनुपर्छ रुु भन्ने किताब पढाउने नेताहरु सामान्य जनताजत्ति पनि असल हुन सकेनन् । यो उनको कटु भोगाइ हो ।

माक्र्सवाद र वामएकता

रामेशको बुझाइमा कम्युनिष्ट पार्टीमा त्यतिबेला न्यून मान्छे थिए । त्यसैले उनीहरु नम्र, शिष्ट र विवेकशील नै थिए । तरपछि हाम्रा सांगीतिक अभियानहरुले लाखौं जनता कम्युनिष्ट पार्टीमा सामेल हुनथालेपछि उनीहरुमा दबदबा र अहंकार बढ्यो । अनि कार्यकर्ताहरुका मन भाँच्न थालियो । मेरो विचारमा नेपालका प्रायः सबै वामपार्टीहरु अवसरवादी पेटी-बुर्जुवाहरुका हूल हुन् ।रामेश रिसाए - प्रष्टै भनिदिनोस् । कुनै वाम पार्टी छैनन् जसलाई हामी विश्वास गर्नसक्छौं रु सबै अहंकार र अस्वाभाविक महत्वकांक्षा पालेर बसेका छन् । पछिल्ला शक्ति माओवादीका केन्द्रीय नेताहरु आफ्ना नीजि सम्पति नराखेको भन्छन्, यदि उनीहरु वास्तविकरूपमै सामुदायिक ढंगले चलेका छन् भने ठीकै हो । नत्र यो पनि जनताका लागि नाटक र ठग्ने वहाना मात्रै हुनेछ । यद्यपि, माओवादीले जनयुद्ध नगरेको भए, जनसेनाले शाही सेनाविरुद्ध युद्ध नलडेका भए संविधान सभाको माहौल बन्ने यो दिन आउनेवाला थिएन । त्यसैले जनताले उनीहरुलाई हेरिरहेका छन् । हेरौं तिनीहरुलाई पनि । जनताको परीक्षामा पास हुन्छन् कि हुदैनन् ती । रूसको क्रान्तिलाई उदाहरण दिदै रामेशले प्रचण्ड र माओवादी पार्टीलाई पनि परीक्षाकै रूपमा हेर्नुपर्ने वताए ।

उनी यति भनेकै आधारमा कुनै पार्टीका मान्छे हुन चाहदैनन् । तर कुनैपनि पार्टी व्यबहारतः असल, जनताले चाहेजस्तै देखिए उनी आफ्नो शक्ति र सामथ्र्य त्यसलाई दिन चुक्दैनन् । तर आजसम्म उनले त्यस्तो नदेखेको र नपाएकोमा दुखी छन् । फेरी पनि उनको एउटै जोड छ, ुवाम एकता हुनुपर्छ । सहयात्री रायन र आफू मिलेर वाम एकताको रट लगाएर विविध प्रयत्न गरेको तर परिणाम सुखद् नभएकोमा उनको टोली पीडित र आक्रोशित छ । नेपालमा दुइ तिहाइको संख्यामा रहेका वाम पक्षधर जनताले अब पनि पार्टी र नेताका कारण पराजित हुन परेमा ती एकताविरोधीहरु जनताको आक्रोशको सिकार बन्न बेर नलाग्ने उनको अनुमान छ । संविधानसभाका लागि माक्र्सवादी र कम्युनिष्ट हु भन्नेहरू नमिल्नुको विकल्प उनी देख्दैनन् ।

को हुन् सही कम्युनिष्ट,

जनताका गायक रामेश नेपालमा वाम पार्टीमात्र होइन, तिनीहरु सच्चिनुपर्छ भनेर सिद्धान्तअनुरुपको आचरणको आशा राख्ने आफू चैं कम्युनिष्ट नभएको बताउँछन् ।म जनवादी, माक्र्सवादी वा प्रगतिशील सिद्धान्तमा आस्था राख्ने स्वतन्त्र पेटी-बुर्जुवा व्यक्ति मात्र हुँ । तर कम्युनिष्ट भन्नेहरुले आफूलाई वर्गीय चरित्रमा नढाली, निजी सम्पति कमाउन र निजी जीवनमा रम्नेहरुले कम्युनिष्ट -कम्युन वा कम्युनिष्ट सिद्धान्त र परिपाटीअनुसार चल्ने पद्धतिको दाबी गर्न नमिल्ने उनको तर्क छ । के त्यसो भए, नेपाली सन्दर्भमा माक्र्सवादी व्याख्या हुनै वाँकी हो रु त्यस्तो व्याख्या कसले गर्नुपर्छ वा गर्न सक्लान् रु पहिलो प्रश्नमा उनको फरकमत छैन । व्याख्या पनि कसले गर्ने रु उनले प्रतिप्रश्न थपे, यिनै जनतावाट अपहेलित नेता र भ्रमित, कथित कम्युनिष्ट पार्टीहरुले रु जनताको कुरा गरेर जनतालाई ठग्ने र राजनीतिलाई जीविका वा व्यवसाय बनाउनेहरूले रु यदी यस्तो सिद्धान्तको सही व्याख्या गर्ने हो भने त्यस्तो पार्टी वा नेताहरुले पहिला आफूलाई त्यसमा प्रतिवद्ध देखाउने व्यवहारिकता देखाउन सक्नुपर्छ । उनले भने ।

त्यो धोका।।।

लोकतन्त्रपछिको सरकारले सांस्कृतिक रुपान्तरण र प्राज्ञिक सुधारको काम थालेको छ भन्नेहरूलाई उनी झुठु भन्छन् । उनी भन्छन् राज्यको पूरै संरचना फेर्नुपर्छ नत्र धोका हुन्छ । राष्ट्रियगान चयन कार्यदलको तीतो अनुभवप्रति संकेत गर्दै उनले जोडे, यस्तै संरचना र संस्कृतिमा अब म कुनै पनि सरकारी अनुरोधको जिम्मेवारीपदमा जान्ना । हिमनदीमा सयौं गाग्री फोहोर पानी हालेपनि त्यो फोहोर पानी केही छिनमै सफा भएर बग्न थाल्छ । तर टुकुचाको गन्धे नालीमा एक दुइ गाग्री चोखो पानी खन्याए त्यो स्वच्छ र सफा हुन्न बरु एकछिनमा त्यो आफै फोहोर भएर बग्नथाल्छ । यो विज्ञान हो ।

जनता नै परिवार

पारिवारिक जीवन यो प्रश्न किन चाहियो र रु मेरो देश नै मेरो घर हो । अढाइ करोड नेपाली जनता नै मेरो परिवार, म त्यही शरीरको एक इमान्दार अंग वा परिवारको वफादार सदस्य भएर बाच्न चाहान्छु । तपाईजस्ता जनकलाकारबारे व्यक्तिगत जिज्ञाशा त भइहाल्छ नि रु बल्ल उनले अलिकति खोले- विहान पत्रिकाहरु पढ्छु, फोनहरु त्यत्तिकै आउछन्, खाना पकाउने वा घरका अरु काम परिवारसाग मिलेर गर्छु । कहिलेकाहीा सघाउन अरु भाइबैनीहरु पनि आउछन् ।उनका केही समय स्कूलको जिम्मेवारी र वााकी अन्तर्वार्ता, विचारविमर्श अनि समारोहहरुमा सामेल हुदै गीतसंगीत श्रृजना, शिक्षण र भेटघाटमा वित्छन् ।प्रतिपक्ष साप्ताहिकमा २ वर्ष नियमीत स्तम्भ लेखन् गरेका रामेशलाई अहिले पनि केही पत्रिकाहरुले लेख्नका लागि भनिरहेका छन् । तर समयाभाव र धेरैखाले जिम्मेवारीको जटिलताले उनको पनि मनको धोको मनमै रहिरहेको छ । तर म लेख्छु, उनले दृढ भएर भने ।

जनसंगीतको दशा

रामेशलाई संगीत गरिदिने आग्रहसहित गीत र रचना दिनेको लाम छ । उनी ठाडै सक्दिना भन्दैनन् । भ्याएसम्म गर्छु तर नभ्याए गाली र दोष नखाने सर्तमा लिन्छु भन्छन् । कैयौपटक डेरा सरिरहादा वा सार्दा कैयौं त्यस्ता गीतहरु र अन्य महत्वपूर्ण सामग्रीहरु नष्ट भएकोमा उनलाई दुख लाग्छ । संगीतको दुनियामा व्यावसायिकीकरणको खेती मौलाएको छ । जनसंगीतमा लागेकाहरुको आर्थिक अवस्था भने साधै कमजोर छ । रामेशजस्ता प्रतिभा त्यसबाट अलग हुन सकेका छैनन् । जनताकै गीत गाउने हो त्यसको मूल्य हुदैन, माग्दा त्यसको औचित्य कमजोर पनि हुनसक्छ तरपनि कलाकार पनि मान्छे हो उनीहरुले पनि बाँच्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्छ । हामी नेपालीहरुमा अरू होटलमा चिया खाादा सात रूपैयासम्म तिर्ने, चिनेको साथीको होटलमा चाहीा तीन रुपयाँ पनि तिर्न नमान्नेजस्ता प्रवृत्तिलेगर्दा अरुजस्तै जनताका स्रष्टा-सर्जकहरु पनि साधै अभावग्रस्त र अपमानित जिन्दगी बाँच्न विवश भएको उनको अनुभव छ । तर जनताका कलाकारहरु निर्धन, अभावग्रस्त र विपन्न अवस्थामा रहिरहुन् भन्ने सामन्ती सोच हो । उनको आरोप छ ।जनताका कलाकारहरु पनि स्वस्थ र सम्पन्न हुनु पर्छ । सधैं माग्ने मात्र होइन दिनसक्ने पनि हुनुपर्छ ।उनको जोडदार आग्रह छ ।

प्रलेसं सुधार

वामपन्थी विचारधारमा रहेर पनि त्यसै धारको साझासंस्था मानिएको प्रगतिशील लेखक संघ -प्रलेसं प्रतिको उनको धारणा पनि सकारात्मक छैन । ुपार्टीका मान्छेहरु त्यसका महत्वपूर्णपदमा पुग्न स्तरहीन झगडा गरेको देख्दा दिक्क लाग्छ ।प्रलेसंबारे खगेन्द्र संग्रौलाकै शैलीमा उनी भन्छन्, ुपार्टीदम्भ गरेर हुँदैन, जनतालाई प्रभाव पार्न सक्ने हितकारी काम गर्न सक्नुपर्छ । उनीहरुजस्ता सचेत श्रष्टाहरु आफै उदाहरण भएर जनहितकारी संस्कृती, संस्कार, धारणा, मान्यता चलन र व्यवहारहरु स्थापित गर्न सक्नुपर्छ अनि पो भइन्छ जनताका मन, मस्तिष्क र मुख ।

संक्षेपमा रामेश

बुवा - कर्ण वहादुर श्रेष्ठ

आमा - शिवलक्ष्मी श्रेष्ठ

जन्म - ००१ साल असार ८ गते ।

जन्मस्थल - तानसेन, पाल्पा ।

पूख्र्यौली घर -ओखल्ढुङ्गा , सितलपुर ।

सेवा - ०१९ सालदेखि गीत-सङ्गीत गायन र लेखनमा निरन्तर सक्रिय ।

०३१ सालदेखि ०४७सालसम्म आदर्श निमावि, वालमन्दिर

नक्सालमा प्रशासकीय सहायक पदमा संलग्न ।

०३७ सालदेखि स्वणिर्म स्कूल डल्लु आवासमा संस्थापक र संगीत शिक्षक

संलग्नता- रेडियो नेपाल -०२१ सालदेखि ०२३ सालसम्म,

राल्फा समूह - ०२४ सालदेखि ०२९ सालसम्म,

सङ्कल्प गीति अभियान- ०३० सालदेखि ०४० सालसम्म,

आस्था साङ्गिितक समूह । ०४० सालदेखि ०५० सालसम्म

०३६ र ०४६ सालको जनआन्दोलनको गीति अभियानमा संलग्न ।

०४७ सालको श्रृजना चैत्र ३ को लेखक कलाकारहरुको आन्दोलनमा संलग्न ।

०६२।०६३को जनआन्दोलनमा नागरिक आन्दोलनको तर्फवाट संलग्न ।

०३७ देखि स्वणिर्म स्कुलमा हालसम्म संगीत अध्यापनमा संलग्न ।

सम्पादन- संकल्पु द्वैमासिक साहित्यिक पत्रिका

जनताका गीतहरु - गीत संग्रह भाग १देखि ५सम्म ०

जीवनको नामु -गीत संग्रह ०४९ सालमा ०

जनताका गीतहरु - सांगीतिक अल्वमहरु भाग १देखि ७ सम्म ०

सङगीत रचना - चलचित्र- बलिदानु । फिलिङ्गो मैना ।

टेलिचलचित्र - बिना चिहानको मृत्यु जनैको साचो,

चतुरेको दाउपेचु, सन्ध्या सारसु आदि ।

नाटक- जेठो छोरो ।

गीति अल्वमहरु -सि।डी। र क्यासेट० - ु जीवनको जिम्मेवारीु, ुरक्तक्रान्तिको ज्वालामुखीु ,

ुपिजराकेा सुगाु, ुए इन्द्रेणीु ु आउ मिलाउ हाम्रा हातहरु ु ।

बाल गीतिअल्वमहरु -सि।डी। र क्यासेट० -ुचरीको चिरिबिरीु ,ुघान्दु्रक झललु ुकनकचम्पाु आदि ।

एकल गीति कार्यक्रम - ु अँध्यारोमा जुन्किरीु राष्टिय शभागृह, काठमाडौं- ०४७, फागुन

सुनको विहान ु फ्रान्सिसी साँस्कृतिक केन्द्र ,काठमाडौं -०४७ ।

विश्व साइकलयात्री पुस्कर शाहका विश्वभ्रमणकालागि सहयोगार्थ

एकल गीति कार्यक्रम- यलमाया केन्द्र र आर्ट काउन्सिलमा-०६१ ।

एकल गीति कार्यक्रम - राल्फादेखि गुरुकुलसम्मु ०६२ ।

विदेशमा कार्यक्रम - फिलिपिन्ससाथै बैंककमा -०४४साल ।

हङकङमा एकल गायन कार्यक्रम -०६१, मंसिर ।

साहित्यतर्फ- मैले बिर्सन नसकेको साथी ुवालककालका सम्झनाहरु- पुस्तक ।

प्रतिपक्ष साप्ताहिक पत्रिकामा करिव दुइ वर्ष स्तम्भ लेखन ।

प्रगतिशील गीत र वालगीतहरुको लेखन ।

विभिन्न साहित्यिक अनुवादहरु, संस्मरण र अन्य विविध लेखहरु







प्रकाश सिलवाल







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम