Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
धनकुटाको सुन्दर फूल तन्नेरी राजेश (जिवन राइ) - [2008-05-20]
 Authorजिवन

अहिले उमेरले भर्खर २० औ बसन्तको संघार टेकेको छ उनले तर मुन्धुम खोज्दै हिडेको ४ बर्षभन्दा बढी भईसकेको छ । अरुहरु सोह्र बर्ष जवानीको मातमा लठि्ठएर दुनियाँ भुलिरहदाँ उनी आफ्नो जाति, माटो र सामुदयको इतिहास खोज्दै बस्तीको ओठ र गोठहरु चहारीरहेका थिए । त्यो उमेरमा आफ्नो जातिको इतिहास खोज्दै बस्तीहरुमा पुग्दा धेरैले पत्याएका थिएनन् यिनले हाम्रो जातिको मर्दै बाच्दै गरेको इतिहासलाई जिवन दिन्छ भनेर । तर केही बर्षो अनुसन्धान पछि १८ बर्षतन्नेरीले मर्दै बाच्दै गरेको किरातीहरुको आदिम इतिहास किराती मिथकहरुलाई जिवन भरी दिएर धेरैलाई अचम्भीत वनाए । त्यहाँबाट यी तन्नेरी सबैको प्रिय वने । ति सबैको प्रिय तन्नेरीको नाम हो राजेश राइ । भोजपुरको दुर्गम खाटाम्मा गाविसमा जन्मिएर धनकुटालाई कर्मथलो वनाएका यी तन्नेरीले किरातीको आदिम संस्कृति र इतिहास बोकेको किराती लोक कथाहरुलाई संकलन गरी प्रकाशन गरेर सबैको प्रिय वनेका हुन् । उच्च शिक्षाको क्रममा भोजपुरबाट धनकुटा झरेका राजेशले भोजपुर, संखुवासभा, उदपुर, तेह्रथुम, सोलुखुम्बु लगातयका जिल्लाहरुको किराती बस्तीहरुमा गएर ४१ वटा किराती लोककथाहरु संकलन गरेको हुन् । उनले जुन लोक कथाहरु सकंलन गरेका छन् ती कथाहरु किरातीहरुको आदिम संस्कति र इतिहासको दस्ताबेज हो ।

धनकुटा बुहुमुखी क्याम्पसमा अध्यानरत राजेश पेशाले पत्रकार हुन् । पूर्वाञ्चलबाट प्रकाशन हुने जनविश्वास साप्ताहिक र धनकटा अनलाईनको सम्पादन र नयाँ पत्रिका राष्ट्रिय दैनिकमा रिपोटिङ गर्छन् । ४१ वटा किराती लोककथाहरु संकलन गरेर किरातीहरुको आदिम इतिहासको संरक्षण गरेवापत उनलाई किरात राइ यायोक्खाले २०६३ मा बिष्णु -छत्र कृति सम्मान पुरस्कार पनि दिएको छ । यो पुरस्कार हालसम्म पाउनेहरुमा सबैभन्दा कान्छो उमेरको उनी हुन् । सधै उमेर ढल्दै गएका बुढो लेखकहरुले पाउने पुरस्कार १९ बर्षो उमेरमा पाएका हुन् । उनको १८ बर्षको उमेरमा किराती लोककथा सग्रह भने २०६२ सालमा प्रकाशित भएको हो । राजेश अनुसन्धनकर्ता हुन् र राम्रा कवि पनि हुन् । उनका कविताहरु पनि उत्तिकै राम्रा र शसक्त्त छन् । उनको कविता संग्रह देशभक्त्त कलम २०६० मा नै प्रकाशित छ । राजेश कथाकार, कवि अझ त्यो भन्दा बढी समीक्षक पनि हुन् । समिक्षा लेखनमा उनको कलमहरु सशक्त्त रुपमा चलेको पाईन्छ ।

किराती लोककथाहरु सकंलन गरेर सबैको प्रिय वनेका राजेश फेरी किराती मिथकहरु खोजीरहेका छन् । किराती बुढापाकाहरुको मृत्यु सगै मरीरहेको किराती मिथकहरुलाई बचाउने अभियानमा उनी जुटेका छन् । उनले किराती मिथकहरु सकंलनका लागि यतिबेला फेरी किरातीहरुको ओठहरु र गोठहरु चहारीरहेका छन् । यस भन्दा अघि नै उनले फेरी दोस्रो पल्ट १ सय किराती मिथकहरु संकलन गरिसकेका छन् । तर उनीसगँ एउटा गुनासो र पिडा पनि छ।पूर्वी नेपालको १२ वटा भन्दा बढी जिल्लाहरुको किराती बस्ती चहारेर एकबर्ष अघि नै १ सय तयार परेको किराती मिथकहरु संग्रह आजसम्म प्रकाशन गर्न सकेको छैन्न । दजर्न भन्दा बढि संघ संस्था र व्यक्तिहरुले प्रकाशन गर्न आश्वासन दिए पनि कसैले प्रकाशन गरिदिएको छैन । राजेश दोस्रो मिथक संग्रह प्रकाशनको लागि राम्रो प्रकाशकको खोजीमा रहेको बताउँछन् । कृतिको हिसाबले उनको यो तेस्रो कृति हो I यो भन्दा अघि उनको एउटा कविता संग्रह पनि प्रकाशित भईसकेको छ ।



(उनको सम्पर्क इमेल writer_bhumiputra@yahoo.com फोन न. ९८४२०६१५१४ हो I -सम्पादक)

फोटो

१ राजेश राइको लोककथा संग्रह

२ २०६३ मा तात्कालिन उपप्रधामन्त्रीबाट बिष्णु छत्र कृर्ति सम्मान लिदै

३ राजेश राइ (माथि)




 Urlnone


तपाईंको प्रतिकृया

excellent job keep it on.We need a man like you to fullfill our glorious history.May the Paruhang bless you.

Dear Rajesh,

Good job!! really impressed, keep it up, I am keeping more impressive work from you in future.
God bless

Weldone Rajesh, You deserve it



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम