Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
विचार, लेख
गणतन्त्रको थालनीमा स्रष्टाहरूको भूमिका (उपप्रा. रामप्रसाद ज्ञवाली) - [2008-05-20]

नेपालको राजनीतिक इतिहासमा सामन्तवाद र राजतन्त्रको अन्त्यका निम्ति लामो समयदेखि विद्रोह, सङ्घर्ष र जनआन्दोलनहरू हुदै आएका छन् । १९९७, २००७, २०३६, २०४६ र २०६२-२०६३ का सङ्घर्ष र आन्दोलनहरू त्यस्ता आन्दोलनमध्ये प्रमुख देखिन्छन् । हजारौको सहादत र लाखौको सक्रिय वलिदानको परिणामस्वरूप २०६२-०६३ मा जुन ऐतिहासिक जनआन्दोलन भयो त्यसमा क्रान्तिकारी राजनीतिक पार्टी र जनयुद्धको नेतृत्व गर्ने नेता र कार्यकर्ताहरू तथा महान् जनताहरूको योगदान सर्वाेच्च छ । २०४६ सालको जनआन्दोलनबाट सत्तारूढ बनेका पार्टीहरूले सामन्तवाद र जनविरोधी राजतन्त्रका जरा हल्लाउन नसक्ने ठानी २०५१-०५२ बाट सुरु भएको जनयुद्धले अप्रत्याशित ठानिने गरी तर योजनाबद्ध र वलिदानपूर्ण क्रान्तियात्रा गर्‍यो । त्यसले निम्त्याएको परिस्थिति एंव जागृत र परिवर्तनकामी तीव्र जनचाहनाका बीचमा छट्पटिएको राजतन्त्रद्वारा प्रतिगमनको फासीवादी यात्रा सुरु गरिएपछि तथा संसदवादी पार्टीहरूले गरेको विरोध र आन्दोलनमा जनयुद्ध गर्ने पार्टीको सहभागिता सुरु भएपछि नेपाली राजनीतिको इतिहासमा एउटा नया समीकरण, नया शक्ति र नया दिशातर्फको यात्रा सुरु भयो । २०६२-०६३ को ऐतिहासिक जनआन्दोलन यिनै कुराको संयुक्त परिणाम थियो । संसदको पुनस्र्थापनाको मागबाट सुरु भएको यस आन्दोलनले माओवादी पार्टीको सहयात्रा प्राप्त गरेपछि लोकतन्त्रको एजेन्डा सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको अग्रगामी एजेन्डा प्राप्त गर्‍यो । क्रान्तिकारी आन्दोलनकारी पार्टीहरूबीचको बाह्र बुादे सम्झौता, नागरिक समाजको ऐतिहासिक संयोजनसूत्र र उत्प्रेरणात्मक सक्रियता तथा त्यसपछि भएका संयुक्त जनआन्दोलनहरूको प्राप्तिका रूपमा पनि यस परिणामलाई लिन सकिन्छ । विश्वलाई नै चकित पार्दै र नेपालविरुद्धका साम्राज्यवादी विस्तारवादी हस्तक्षेपहरूलाई पूर्णतः निषेध गर्दै सम्पन्न भएको ०६२-०६३ को महान् जनआन्दोलन एक्काइसौ शताब्दीमा भएको विश्वकै सर्वाेच्च महाक्रान्ति हो भन्ने धारणा धेरैतिरबाट आएको पाइयो । यस महाक्रान्तिमा सानो र थोरै जनता भएको नेपालका सबै जात, वर्ग, धर्म, लिङ्ग, क्षेत्र, तह र तप्काका जनताहरूको सशरीर, सचेतन र तन, मन, धन र घनसहितको सक्रिय सहभागिता रहृयो । त्यसैले यस आन्दोलनका उपलब्धि र आकाङ्क्षाहरूमा सबै नेपालीको उत्तिकै हक रहेको छ । हालै सम्पन्न २०६४ चैत २८ गतेको संविधानसभा सदस्यहरूको चुनावको सफलता र अब बन्ने सरकार र त्यसको नेतृत्वमा बन्ने संविधानबारे सम्पूर्ण नेपाली जनता उत्सुक त छन् नै, साथमा सशङ्क पनि छन् । त्यसैले जनताका सबै वर्ग, समूह, क्षेत्रहरूमा रहेका व्यक्ति र सङ्घसंस्था तथा निकायहरूले आ-आˆनो क्षेत्रबाट उचित संविधान र गणतान्त्रिक नया नेपालनिम्ति सोच्नु, सचेत हुनु, सुझाव दिनु, सहभागी हुनु, सघाउनु र आवश्यक दबाब दिनु अत्यावश्यक छ । ऐतिहासिक जनआन्दोनका बेला नेपाली स्रष्टाहरूले शब्द, रङ, कूची, वाद्यवादन, स्वर, सम्पत्ति, शरीर र धनलगायतका हरेक क्षेत्र र साधनको उच्चतम प्रयोग गरी जनआन्दोलनलाई सफल बनाउन ऐतिहासिक योगदान दिएका छन् । जुन लक्ष्यप्राप्तिका लागि त्यो वलिदान र योगदान दिइएको हो त्यससम्म पुग्न र पुर्‍याउन स्रष्टाहरूले अझै धेरै कामहरू गर्नुपर्नेछ । गणतन्त्रको संस्थागत स्थापना हुन बााकी छ, राजतन्त्र फालिएको छैन, चुनावद्वारा सबैभन्दा ठूलो दलका रूपमा स्थापित माओवादी पार्टीप्रति अन्तर्राष्ट्रिय जगत् पूर्णतः विश्वस्त हुन बााकी छ, यस पार्टीलाई असफल पार्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्र तथा ठूला राष्ट्रिय पार्टीहरूद्वारा असहयोग र विरोधका कार्यहरू गरिने सङ्केतहरू पनि देखिन थालेका छन् । यस्ता कुराले संविधान बन्ने कुरामा पनि जनमानसमा अनेक आशङ्काहरू उत्पन्न हुदै छन् । गणतन्त्रको स्थापना भएपछि पनि प्रतिगमनको खतरा रहने आधारहरू बााकी नै छन् भने अब बन्ने संविधानलाई पूर्णतः लोकतान्त्रिक, सङ्घीय र गणतान्त्रिक बनाउनै पर्ने जनादेश पनि चर्का छ । यस्तो स्थितिमा जागृत चेतनाका धनी क्रान्तिकारी स्रष्टाहरूले लोकतान्त्रिक गणराज्य नेपाल बनाउन आˆनो क्षेत्रबाट थप योगदान दिनै पर्छ । त्यही दायित्वबोध गरी नागार्जुन साहित्यिक प्रतिष्ठानको योजनाअनुरूप यो धारणापत्र तयार पारिएको छ । यो धारणापत्र तथ्यहरूको सङ्कलनद्वारा कथ्यको पुष्टि गर्नमा केन्दि्रत नभई बहसका निम्ति साङ्केतिक प्रारम्भका रूपमा मात्र तयार पारिएको छ । साङ्केतिक मात्र हुनु यसको मुख्य सीमा हो । त्यसैले यो धारणापत्र निष्कर्ष नभई छलफल र बहसका लागि आरम्भ गर्ने प्रयत्न मात्र हो ।





गणतन्त्र र नेपालमा यसको थालनी

जनताको लोककल्याणकारी सामूहिक तन्त्र नै लोकतान्त्रिक गणतन्त्र हो । अझ यसमा क्षेत्रीय सङ्घमा रहने सङ्घीयता पनि हुन्छ । वैयक्तिकताको सामूहिकीकरण र सामूहिक-सामाजिक न्यायीकरणको स्थापनाले यसलाई जीवन्तता प्रदान गर्छन् । राष्ट्रिय अस्तित्व, वैयक्तिक स्वतन्त्रता, सामूहिक स्वार्थ, सामाजिक न्याय, अवसरको समानता, जातीय, क्षेत्रीय, लैङ्गकि, पहिचान, मौलिक हकहरूको स्थापना र व्यवहारीकरण गणतन्त्रका पहिचान हुन् । सङ्घीयता, शक्तिको न्यायोचित विकेन्द्रीकरण, जीवनको आधारभूत संरक्षणजस्ता कुराले गणतन्त्रलाई सार्थक तुल्याउाछन् । स्रोत र साधनको समानुपातिक वितरण तथा अशक्तहरूलाई आरक्षण र संरक्षणले गणतन्त्रलाई विवेकी र विश्वसनीय तुल्याउाछन् । त्यसैले जसले मानवीय संवेदना, राष्ट्रिय चेतना, सामाजिक दायित्व र मौलिक हकहरूप्रतिको ज्ञान राखेको हुन्छ उसका निम्ति गणतन्त्रको महत्त्व उच्च हुन्छ । गणतन्त्रको काम भनेको महिला, पुरुष, दलित, जनजाति, मधेसीलगायत सबै वर्गीय, लिङ्गीय, क्षेत्रीय विभेद र शोषणमा परेकाहरूलाई समान महत्त्व, समान अस्तित्व, निजी पहिचान, समान अवसर र उचित सम्मान दिनु हो । यसका निम्ति समाजका सचेत र जागरुक व्यक्ति र वर्गको भूमिका उल्लेख्य हुन्छ । जागरुक, सचेत र बौद्धिक व्यक्ति र वर्गले समावेशी गणतन्त्रको स्थापनार्थ विशिष्ट योगदान दिन सक्छन् र दिनै पर्छ ।



नेपाली राजनीति र सत्तासङ्घर्षमा गणतन्त्रका कुरा आधिकारिक तहमा कम्युनिस्ट पार्टीको स्थापना -२००६) भएदेखि सुरु भएको मानिन्छ । यद्यपि विश्वका केही मुलुकहरू त्यसभन्दा पहिले नै गणतान्त्रिक भइसकेका थिए । नेपालका पठित र अन्तर्राष्ट्रिय राज्यव्यवस्थाका अध्ययनकर्ताहरूलाई गणतन्त्रका बारेमा पहिले पनि धेरैधेरै ज्ञान थियो नै तथापि नेपालमा २००६ सालभन्दा पहिले राजनीतिक पार्टीगत तहमा यसबारे खासै बहस चलेको देखिन्न । २००७ सालको क्रान्तिले नेपाली राजनीतिमा नया मोड ल्यायो भने पठित नेपालीहरूमा नवजागृति र आम नेपालीमा नवतरङ्ग ल्यायो । गणतन्त्रको मुद्दा विगतमा धेरै शक्तिशाली ढङ्गमा नउठे पनि संविधानसभाको चुनावमा जान सकिने कुरा उठेकै हुन् । सुरुमा नेपाली कााग्रेसले यस मुद्दालाई उठाएको हो तर त्यति बेला राजा त्रिभुवनलाई नै क्रान्तिनायकको रूपमा स्थापित गराइएकाले नाममा वा नारामा त्यस्तो कुरा गरिएको भए पनि यथार्थमा त्यो वास्तविक गणतन्त्रको कुरो थिएन, त्यो प्रकारान्तरले राजतन्त्रवादी गणतन्त्रको कुरोमात्र थियो । त्यस समयका नेपाली स्रष्टाले प्रगतिवादी तथा प्रगतिशील चेतनाका रचनाहरू रचेर प्रतीक र बिम्बका तहमा भए पनि गणतन्त्रको पक्षपोषण केहीमात्रामा अभिव्यक्त गरेकै देखिन्छ । २००७ सालयता नेपाली जनताको एउटा जागृत तप्कामा गणतन्त्रवादी चेतनाले बलियोसाग जरा गाड्यो र यो वा त्यो रूपमा कुम्युनिस्टहरूले र कलाका रूपमा प्रगतिवादी स्रष्टाहरूले -तिनमा पनि मूलतः साहित्यकारहरूले) आवाज दिइरहेको इतिहास पाइन्छ । उता २०१७ सालमा महेन्द्रले गरेको प्रजातन्त्रको हत्या र सैनिकीकरणले गणतन्त्रवादलाई झन् चुनौती दिइरहेको थियो तापनि झापाकाण्डलगायतका काण्डहरूमा गणतन्त्रको चेतनाले गुणात्मक रूप प्राप्त गरिरहृयो, राजनीतिक सङ्घर्षहरूमा यस चेतनाले प्रतिपक्षी र विद्रोही परिणाम पनि देखाइरहृयो र २०४६ को आन्दोलनको परिणाममा यसको शक्तिशाली रूप देखिन पुग्यो । २०५२ सालमा भएको जनुयुद्धतर्फको मोड यस चेतनाको अर्को ऐतिहासिक यात्रारम्भ बन्यो भने यसले प्रशस्त रूपमा मात्रात्मक विकास प्राप्त गर्दै गयो । त्यस्तै बेलाबेलामा प्रत्यक्ष द्वन्द्व, दमन, प्रतिरोध-आक्रमण, प्रत्याक्रमणका गति-प्रगति, आरोह-अवरोहहरूमा यसले गुणात्मक फड्को मार्दै गयो । परिणामस्वरूप एकातिर राजा ज्ञानेन्द्रद्वारा गरिएको 'कू', प्रतिगमन, राजनीतिक सङ्घर्षमाथिको प्रतिबन्ध तथा अर्कातिर राजनीतिक पार्टीहरूको विरोध, विद्रोह, माओवादीको जनयुद्धको गुणात्मक विकास, संसदीय पार्टीहरू र माओवादी पार्टीबीचको सम्झौता हुादै यस गणतान्त्रिक आन्दोलनले ऐतिहासिक जीत प्राप्त गर्‍यो । नागरिकहरूको आन्दोलनपूर्ण दबाबमूलक सहभागिता र सङ्घर्षले यस जीतलाई थप मजबुत बनायो । संसदवादी र माओवादी पार्टीबीचको सहकार्य र लाखौा नागरिकहरूको बलिदानपूर्ण सहभागितामा सम्पन्न १९ दिने ऐतिहासिक जनआन्दोलनले गणतन्त्रका लागि औपचारिक थालनी गर्‍यो र यतिखेर देश गणतन्त्रस्थापनाको मिर्मिरेमा आइपुगेको छ । कुनै उत्पात भएन र राजतन्त्रको मरणासन्न लास छट्पटिदै भए पनि विध्वंसमा ओर्लिएन भने अब गणतन्त्रको स्थापना छिट्टै हुने कुरा निश्चित छ र त्यो लास विध्वंसमा ओर्लिइहाल्यो र षड्यन्त्रकारी राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिले उत्पातै मच्चाइहाले भने पनि ती कुकर्मको अन्त्य निश्चितै छ । त्यसैले नेपालमा अब गणतन्त्रको थालनी भएको छ भन्दा फरक पर्दैन ।





गणतन्त्रको थालनीमा स्रष्टाहरूको भूमिका



गणतन्त्रको थालनी भएको वर्तमान समयमा स्रष्टाहरूको भूमिका कस्तो हुनुपर्ने हो भन्ने बारेमा छलफल, बहस, वादविवाद, अन्तक्रिर्या आदि हुनु आवश्यक छ । यसबाट सङ्घीय लोकतान्त्रिक गणराज्य नेपालको स्थापना गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुग्न सक्छ र पुर्‍याउनै पर्छ पनि । स्रष्टाहरू चेतनासम्प्रेषणका दृष्टिकोणले अन्य व्यक्तिभन्दा विशिष्ट हुन्छन् । उनीहरू चेतनाले जीवन्त व्यक्ति हुन् । त्यसैले समाज र राष्ट्र तथा व्यक्ति र मौलिकताबारे यस्ता जीवन्त व्यक्तिले नै जीवन्त भएर सोच्न सक्छन् । स्रष्टा भएकाले सृजना गर्नु स्रष्टाको दायित्व छादै छ, साथमा ऊ नागरिक पनि भएकाले खासखास समयमा आवश्यकता र युगको मागअनुसार उसको विशेष दायित्व पनि हुन्छ । इतिहासमा पनि जागरुक र जिम्मेवार स्रष्टाहरूले विशेष समयमा विशेष भूमिका खेलेका छन् । राष्ट्रिय मुक्ति र विश्वमानवताका पक्षमा स्रष्टाहरूले कलम मात्र चलाएका छैनन्, वलिदानी सहभागिता पनि देखाएका छन् र सहादत पनि प्राप्त गरेका छन् । त्यसैले हरेक समाजरूपान्तरण र प्रत्येक युगपरिवर्तनमा स्रष्टाको भूमिका महत्त्वपूर्ण हुन्छ ।

गणतन्त्रको स्थापना मूलतः राजनीतिक स्थापना हो । यो कार्य अब भइछाड्नेछ भन्ने आशा गरौ । अबको प्रमुख चुनौतीचाहिा त्यस स्थापना, स्थायित्व र सघनीकरणनिम्ति स्रष्टाहरूका तर्फबाट जे गरिनुपर्छ त्यही हो र त्यही नै स्रष्टाहरूको मुख्य भूमिका पनि हो । यतिखेर स्रष्टाहरूसामु यिनै प्रमुख कुरा विचारणीय बनेका छन् । गणतन्त्रको स्थापना भएपछि यसको स्थायित्व र सघनीकरणका निम्ति समाजिक रूपान्तरण, आर्थिक संवृद्धि र सांस्कृतिक प्रारूपीकरण जरुरी छ । इतिहासमा पनि शक्तिशाली राजनीतिक क्रान्ति र सत्तापरिवर्तन भए तर त्यहा राजनीतिक परिवर्तनलाई मात्र जोड दिनाले र त्यसलाई मात्र स्थायित्व दिने प्रयत्न गर्नाले सामाजिक-सांस्कृतिक रूपान्तरण भएन, न त आर्थिक संवृद्धि नै भयो । परिणाम भयो- विद्रोह, सङ्घर्ष, जनयुद्ध, जनआन्दोलन । इतिहासबाट सिकेर गणतन्त्रको स्थायित्वनिम्ति सांस्कृतिक-सामाजिक रूपान्तरणमा प्रमुख ध्यान दिनुपर्छ । स्रष्टाहरूको भूमिका मूलतः सांस्कृतिक रूपान्तरणमा हुनुपर्छ । यसनिम्ति केही मात्रामा भौतिक र धेरै मात्रामा मानसिक चेतनासम्प्रेषणको भूमिका हुन सक्छ । स्रष्टाले आˆनो सृजनाकर्मलाई वैयक्तिक कुण्ठा र अराजक स्वतन्त्रतामा नलगाई सामूहिक चेतना र सङ्गठित खबरदारीसहितको सम्प्रेषणीय कलासिर्जनातर्फ लगाउनुपर्छ । सांस्कृतिक रूपान्तरण आचारविचारको रूपान्तरण पनि होÙ जीवनपद्धति र संस्कारहरूमा अग्रगामी रूपान्तरण पनि हो । यस्तो रूपान्तरण तबमात्र हुन सक्छ जब व्यक्तिमा वैचारिक स्पष्टता, वैज्ञानिक सोच र मानवीय संवेदनशीलता व्यापक मात्रामा रहन्छ । यो काम राज्यले नीतिनियम बनाएर लागू गरेको भरमा मात्र सम्भव हुदैन । धोद्रे रूखका जराहरू बलियोसाग माटामुनि गाडिएर चारैतिर फैलिएर रहेका हुन्छन् । तिनको उत्खनन सहज हुन्न । जुन वृक्ष जति ठूलो हुन्छ त्यसका जरा त्यति नै धेरै गहिरोसम्म र परपरसम्म हुन्छन् । तिनलाई समाप्त पार्न योजनाबद्ध, धैर्यपूर्ण, विजेतामयी चेतनासम्प्रेषणको निरन्तरता चाहिन्छ । स्रष्टाले तदनुरूपका पात्र, परिवेश र घटनाहरूको प्रारूपीकरण गरी सशक्त सिर्जनाद्वारा चेतनासम्प्रेषणको भूमिका निर्वाह गर्न सक्छ गर्नुपर्छ । यसबाट गणतान्त्रिक चेतना भएको जनमत बन्नेछ र सांस्कृतिक रूपान्तरणनिम्ति वैचारिक आधार प्राप्त हुनेछ । व्यवहारको सुधारनिम्ति अभिप्रेरणा पनि मिल्नेछ र नवनिर्माणनिम्ति ऊर्जा पनि प्राप्त हुनेछ ।



संस्कृति भन्नु मूलतः जीवनपद्धति नै हो । हाम्रा असल र खराब जीवनपद्धति र ती पद्धतिका समाजिक रूपहरू नै संस्कृतिका रूपमा रहेका हुन्छन् । असल संस्कृतिले जीवनवादी मूल्य ल्याउाछ र खराब संस्कृतिले मृत्यून्मुखी मूल्य ल्याउाछ । सांस्कृतिक रूपान्तरणको तात्पर्य खराब संस्कृतिको विनाशीकरण तथा असल संस्कृतिको विकासीकरण र विस्तारीकरण हो । गणतान्त्रिक संस्कृतिनिर्माण र जनजनमा त्यसको प्रचारप्रसार तथा व्यवहारमा त्यसको कार्यान्वयन नै गणतान्त्रिक सांस्कृतिक रूपान्तरण हो । स्वतन्त्रता, समानता र न्यायको स्थापना अनि निरन्तर अनुगमन र पुनः न्यायीकरणको प्रक्रियाबाट यसलाई स्थायित्व दिई सघन तुल्याउन सकिन्छ । उक्त कुराहरू गणतन्त्रका उपलब्धि हुन् । प्राप्त यी उपलब्धिहरूको सुरक्षा, सुव्यवस्था र विस्तारण आवश्यक हुनेछ । त्यसका निम्ति गणतन्त्रवादीहरूबीच एकताबद्ध सङ्कल्प तथा प्रतिबद्ध सहकार्य हुनु जरुरी छ । यसनिम्ति गणतन्त्रका पक्षधर स्रष्टाहरूले सङ्गठित र उत्साही मोर्चा बनाउनुपर्छ । महान् नेपाली जनताको अद्भुत क्रान्तिचेतनालाई सम्मान गर्न र चरम अभावग्रस्त जीवनलाई भावमय तुल्याउन गणतन्त्रको थालनीदेखि नै स्रष्टाहरूले सामूहिक प्रयत्न गर्नु आवश्यक छ ।

स्रष्टाहरूलाई सामन्तवादी सत्ताले रूपसौन्दर्यतर्फ अन्धो तुल्याइराख्ने षड्यन्त्र गर्दै आएको छ । नेपालका सन्दर्भमा यो भूमिका राजतन्त्र र त्यसका भाट स्रष्टाहरूले निकै राम्ररी निर्वाह गर्दै आएका छन् गरिरहेका छन् । यो नकारात्मक भूमिका यिनीहरूले गणतन्त्रको थालनीमा पनि गर्ने नै छन् र त्यसपछि पनि गरी नै रहनेछन् । राजतन्त्रको समाप्ति हुदैमा सामन्ती सोच र व्यवहार समाप्त भइहाल्दैनन् । राजतन्त्र राजामात्रै होइन यो तमाम घातक संस्कार र मानवद्वेषी संस्कृति पनि हो । यस्ता संस्कार र संस्कृति समाजका जराजरामा र व्यक्तिका मनमस्तिष्कमा गहिरोसित बसेका छन् । यी कुतत्त्व रहेसम्म सामन्तवाद समाप्त हुादैन, न त राजतन्त्रको गर्भ नै मासिन्छ । सांस्कृतिक रूपान्तरणको गणतान्त्रिक स्वरूप भनेको यस्ता संस्कार र संस्कृतिको शुद्धीकरण पनि हो । स्रष्टाहरूले आˆना सृजना र अन्य कर्मद्वारा यसमा सहयोग पुर्‍याउन सक्छन् पुर्‍याउनै पर्छ । अवैज्ञानिक संस्कृति रूढ बनेर व्यक्तिको दिमागमा बसेको हुन्छ । वैज्ञानिक संस्कृतिको निर्माणमा सबैभन्दा ठूलो बाधा पनि त्यही नै बन्छ । राजतन्त्रको अन्त्य र राज्यस्तरमा गणतन्त्रको स्थापना प्रथमतः रूपमा र द्वितीयतः सारमा हुने परिवर्तन हो । मूलतः गणतन्त्र सांस्कृतिक रूपान्तरणबाट मात्र सम्भव छ । सांस्कृतिक रूपान्तरणमा चेतना वा विचारको वैज्ञानिक रूपान्तरण हुन्छ । त्यसले कर्म र व्यवहारमा फड्को हानेर परिवर्तन ल्याउछ व्यक्तिलाई सामाजिक बनाउछ विचारलाई वैज्ञानिक तुल्याउाछ, कार्यहरूलाई सामूहिक बनाउाछ र जीवनलाई गतिशील तुल्याउछ । परिणामस्वरूप आर्थिक संवृद्धि, सामाजिक सहिष्णुता र न्याय, वर्गीय हित, राष्ट्रिय उत्थान, अन्तर्राष्ट्रिय सम्मान, जातीय पहिचान र वैयक्तिक सम्मान एकसाथ प्राप्त हुन्छन् । गणतन्त्रको लक्ष्य पनि यही हो । स्रष्टाहरूले आˆना सृजनाद्वारा यसैतर्फ योगदान दिनु जरुरी छ ।





स्रष्टाहरूले तत्कालै गर्नुपर्ने काम

नेपालको राजनीतिक क्रान्ति यतिबेला वर्गसङ्घर्षको नयाा चरणमा आइपुगेको छ । दीर्घकालीन रूपमा स्रष्टाको भूमिका माथि उल्लेख गरिएअनुसार नै हुनुपर्छ तर यतिबेला स्रष्टाहरूले तत्काल गर्नुपर्ने केही अत्यावश्यक काम छन् भन्ने मलाई लागेको छ । अब नेपाली स्रष्टाहरू, खास गरेर प्रगतिशील स्रष्टाहरूको भूमिका नयाा रूपमा हुनै पर्छ । गणतन्त्रात्मक संविधान लेखिन लागेको अबको समयमा स्रष्टाहरूले महत्त्वपूर्ण सुझावहरू दिनु र तिनलाई आगामी संविधानमा समावेश गराउन प्रयत्न गर्नु जरुरी छ । संविधानमा जागृत जनताका उदात्त र जागृृत आवेगहरूको सन्तुलित प्रतिबिम्बन हुनुपर्छ । स्रष्टाहरूले त्यसनिम्ति नैतिक दबाब दिनुपर्छ । क्रान्तिको उद्देश्य र जीवनमूल्यको समन्वय संविधानमा गराउनु छ । त्यसैले मुक्तिकामी जनताका आदर्शकामनाहरूको प्रतिनिधित्व जरुरी छ । फेरि पनि जनविरोधी बन्न सक्ने सम्भावित खतराहरूलाई तर्कपूर्ण-तथ्यपूर्ण सङ्केत गर्नुपर्नेछ र समाधानका सम्भावित दृश्य देखाउनुपर्नेछ । त्यसनिम्ति पनि स्रष्टाका कलम र अन्य कर्म आवश्यक छन् ।

अहिलेको तात्कालिक सन्दर्भमा भन्नुपर्दा सिर्जनाले मात्र स्रष्टाहरूको दायित्त्व पूरा नहुने देखिन्छ । सिर्जना गर्ने, प्रकाशन गर्ने आदि काम त छादै छन्, साथमा नैतिक दबाबमूलक गतिविधि सञ्चालन गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । संविधाननिर्माणको तयारी भइरहेको समयमा स्रष्टाहरूले आआˆनो पहुाच भएका सम्बन्धित र आधिकारिक पार्टी, क्षेत्र, निकाय र व्यक्तिहरूमा जनयुद्ध र जनआन्दोलन, त्यसको उद्देश्य, गन्तव्य आदिका बारेमा स्मरण गराउने र तिनलाई लागू गर्न दबाब दिने काम निरन्तर गरिरहनुपर्नेछ । यी काम अरू क्षेत्रका अनेक निकायहरूले पनि गर्ने नै छन् । हामी स्रष्टाहरूले मूलतः कलासाहित्यको सुरक्षा, संवर्धन, रूपान्तरण, विशिष्टीकरण र विस्तारण आदिका निम्ति नै प्रमुख दबाब दिनुपर्नेछ । अर्थात् राज्यको पुनर्संरचना गर्दा कलासंस्कृतिको पुनर्संरचना पनि आवश्यक छ । नीतिनिर्माणले यस कुरालाई नबिर्सून् भन्नाखातिर हामीले यी काम गर्नु जरुरी छ । इतिहास के कुराको साक्षी छ भने राजनीतिक दलहरूमा चर्काे रूपमा सत्तालोलुपता हावी छ । यसै कारण उनीहरू राजनीतिक कुरामा मात्र बढी केन्दि्रत बन्छन् । फलतः सांस्कृतिक-साहित्यिक क्षेत्रमा उनीहरू संवेनशील बन्दैनन् । संविधान बनाउने बेलामा पनि उनीहरूको यो विस्मृति जानाजानसमेत रहिरहन सक्छ । त्यस बेला यसतर्फ ध्यान खिच्ने र दबाब दिने व्यक्ति त्यहाा हुनै पर्छ । त्यसैले स्रष्टाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति संविधानसभा सदस्यका रूपमा उपस्थित हुनु जरुरी छ । हामीहरूले मनोनीत हुने २६ जना संविधानसभा सदस्यहरूमा कम्तीमा २ जना स्रष्टाहरू पनि राखियून्. भन्ने माग गर्नुपर्छ र त्यसनिम्ति आवश्यक जुनसुकै किसिमका दबाबमूलक कार्यक्रमहरू गर्नुपर्छ । यतिखेर पुनः राजनीतिक पार्टीमात्र होइन, नेपालका नागरिक समाजहरू पनि स्रष्टाहरूप्रति कृतघ्न देखिएका छन् । यी पार्टी र नागरिक समाजहरूले आन्दोलनका बेला स्रष्टाहरूलाई पछ्याएको पछ्यायै गरेÙ बोलाएको बोलायै गरे । आन्दोलनमा लाठी खान, धर्ना बस्न, जेल जान, गोली खान, कविता पढ्न र गीत गाउन यिनीहरूलाई स्रष्टाहरू नभई भएन । यद्यपि क्रान्तिकारी लोकतन्त्रवादी स्रष्टाहरू यिनीहरूको निर्देशन र हुकुमले मात्र आन्दोलनमा लागेका थिएनन्, आˆनै जागृत चेतना र नागरिक दायित्वको बोध गरेर क्रान्तिमा होमिएका थिए तथापि पार्टी र नागरिक समाजले समेत यिनको उपयोग आˆनो तहमा पनि प्रशस्तै गरे । तर क्रान्ति सफल भएपछिका दिनहरूमा यिनीहरूबाट भएका कार्यक्रमहरूमा स्रष्टाहरूलाई बिर्सने, उपेक्षा गर्ने कार्य निरन्तर भइरहेको देखिन्छ । त्यसैले स्रष्टाहरूले कलासंस्कृतिको पेसागत र कलागत विकासनिम्ति कानुन बनाउन स्वयं नै लाग्नुपर्नेछÙ अरूहरूले गरिदिनेवाला छैनन् ।



नेपालको दुर्भाग्यमध्ये एउटा हो गणेशप्रवृत्ति । सुमेरु पर्वत घुमेर -कर्म गरेर) फल पाउनुपर्नेमा शिवको परिक्रमा गरी -चाकरी गरी) ठूला उपलब्धि लिने प्रवृत्ति चर्काे छ र यो नेपालीको संस्कृति नै बनेको छ । क्रान्तिकालमा जनवादी स्रष्टाले नै बढी त्याग र सङ्घर्ष गरे पनि अहिले फेरि गणेशहरू नेता र पार्टी र पार्टीरूपी शिवपार्वतीको परिक्रमा गर्दै स्वार्थ सिद्ध गर्नेतिर लाग्न थालेका छन् । कतै जनवादी कलासाहित्य र जनवादी स्रष्टाहरू फेरि पछि पारिने त होइनन् ? यसतर्फ स्रष्टाहरूले सतर्क हुनुपर्नेछ । नेपाल प्रज्ञा प्रतिष्ठानको गठनमा, साझा प्रकाशनका प्रकाशनहरूमा, यिनका पद र प्रक्रियाहरूमा के गर्ने हो ? सुझाव, योजना र दबाब आवश्यक छन् । साहित्यिक क्षेत्रको मूल्याङ्कननिम्ति पनि निरन्तर क्रियाशील हुने, निरन्तर पढ्ने-बुझ्ने र निरन्तर अनुगमन गर्ने निकाय आवश्यक छन् । त्यस्तै शैक्षिक पाठ्यक्रममा गणतान्त्रिक चेतना दिने, व्यवहारमुखी सीप सिकाउने, निर्माणशील वैज्ञानिक पाठ्यपुस्तकहरू समावेश गर्नु जरुरी छ । साहित्यिक उपचारकोष, साहित्यिक पत्रकारिताको विकास, पत्रपत्रिकाहरूको प्रकाशनव्यवस्था, वितरणप्रणाली आदि कुरामा पनि राज्यको विशिष्ट दायित्व जरुरी छ । त्यस्तै स्रष्टा स्वयंको रूपान्तरण पनि उत्तिकै आवश्यक छ । हामीले कलासाहित्यको पेसागत विकास गर्नै पर्नेछ । यसनिम्ति आवश्यक नीतिनिर्माण र कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गर्नुपर्नेछ । स्रष्टाहरूका भूमिकामध्ये यो पनि एउटा देखिन्छ । मरणशील पक्षहरूले गणतान्त्रिक कलासाहित्यमाथि र यस्ता साहित्यको विकासविरुद्ध अन्तिम शक्तिका साथ आक्रमण गर्न सक्छन् । ती आक्रमणलाई निस्तेज पार्न श्रमसौन्दर्य, सीपसौन्दर्य र वस्तुसौन्दर्यको उच्चकलात्मक सृजनासाधना गर्नु हाम्रो चुनौती देखिन्छ ।

नेपाल यतिखेर "सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपाल" को औपचारिक स्थापना हुने दिशामा अग्रसर छ । स्थापनापछिका चुनौतीहरू चर्का छन् । चुनौतीको सामना धैर्य, योजना, साधना र समर्पणबाट मात्र गर्न सकिन्छ । आन्दोलन सफल पार्न स्रष्टाहरूले वलिदानी भूमिका निर्वाह गरेझैा गणतन्त्रको स्थापना, स्थायित्व र सघनीकरण निम्ति पनि भूमिका निर्वाह गर्नै पर्छ । विचारले बौद्धिक संस्कृति र सुकर्मले भौतिक संस्कृतिमा प्रगतिशील सांस्कृतिक रूपान्तरणको प्रक्रिया सञ्चालन गर्नु जरुरी छ । यसमा स्रष्टाको कलात्मक तथा व्यवहारमुखी सृजनाभूमिका आवश्यक छ । गणतन्त्रमुखी कलासाहित्यको प्रवर्द्धन, विस्तारण, नवीकरण, स्थायित्व र दीर्घजीवनका लागि स्रष्टाहरूले आवश्यक मात्रामा सिर्जना, सङ्गठन, सङ्घर्ष, दबाब आदिका सामूहिक र सङ्गठित गतिविधिहरू गर्नै पर्छ । यसका निम्ति संविधानको निर्माणमा गणतान्त्रिक चेतना र कर्म भएका योग्य र दिशाबोधसमेत भएका स्रष्टाको प्रतिनिधित्व जरुरी छ । तत्कालका निम्ति यिनै कुरा पूरा गराउन स्रष्टाहरूले भूमिका खेल्नुपर्छ ।









(नागार्जुन साहित्यिक प्रतिष्ठानले मिति २०६५ जेठ ४ म्i आयोजना गरेको विचारगोष्ठीमा प्रतिष्ठानका सल्लाहकार उपप्रा. रामप्रसाद ज्ञवालीद्वारा प्रस्तुत धारणापत्र )







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम