Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
कृती समिक्षा
झमकको आस्था - [2008-05-24]

समाजले लोग्नेबिनाको शिशुको न्वारन गर्न मान्दैन । आमाको नामबाट नागरिकता दिइ“दैन । समाजलाई आमाको गर्भमा पालिएको बाबुको छोरो चाहिएको छ । बहुदल व्यक्तिगत स्वार्थसिद्ध गर्ने माद्यम बनेको छ । नेपालमा महिला भएर जन्म लिनु अभिशाप हो । यस्तै यस्तै आक्रोश र यथार्थले भरिएका शब्द स“गालो हो झमक घिमिरेको 'बेमोसमका आस्थाहरू' निवन्ध संग्रह । महिला भेदभावलाई निवन्ध संग्रहमा झमकले राम्रोसित कु“देकी छिन् । यो उनको सातौं कृति हो ।



सृष्टिको आरम्भ महिलाबाटै भए पनि लिङ्गविभेद व्यापक छ । आइमाईको भाग्य नेपाली समाजमा पुरुषले लेखिरहेको हुन्छ । आइमाईको भाग्य भनेको कुनै पुरुषको दासी बनेर उसको दासत्व स्वीकार्नु कदापि होइन । पुरुषले महिलालाई घरधन्दाको काममा सीमित गराएर अरू अधिकार आफ्नो हातमा लिएको अवस्था नेपाली समाजमा विद्यमान छ । आइमाईलाई सन्तान जन्माउने मिसिन र पुरुषलाई सृष्टिको मालिक बनाइने एकतन्त्रीय पुरुषवादी व्यवस्थाको अन्त्य गरिनु जरुरी छ ।



उनले निबन्ध संग्रहमार्फ मानिसको स्वतन्त्रता सम्मान नगर्ने धर्मलाई धर्म नमान्न आग्रह गरेकी छन् । 'मानिसको चौतर्फी शोषण गर्ने धर्म घीनलाग्दो अपराध हो ।' उहिलेका महापण्डितहरूले मानव सभ्यताको इतिहासलाई उल्टोस“ग लेखेका छन् । इतिहास सुल्ट्याएर पढ्नर्ुपर्छ । सुल्ट्याएर लेख्नु पनि पर्छ । पितृसत्तात्मक शासन-प्रणलीमा नारीको हित ह“ुदैन । बजारमा भोग्य सामग्रीको मूल्य छ तर नारीको कुनै मूल्य छैन । नारीले पुरुषको सीमाभित्र बा“धिएर जिन्दगी जिउनु हु“दैन । पुरुषका लागि महिला काम लागुन्जेल प्रिय तर बेकामे हु“दा फाल्तु वस्तु । आधुनिक आइमाई पनि पुरुषको भोग्यवस्तु हुन छाडेका छैनन् ।



झमकले अहिलेको कानुनको विरोध गरेकी छन् । बाबुआमाको सपत्तिको पहिलो हकदार छोरा, नभएमात्र छोरी । हकदार हुन छोरीको ३५ वर्षहुनैपर्ने । बिहे गरी भने सम्पत्ति फिर्ता गर्नुपर्ने । झमकको विचारमा राज्यका कानुनहरू पुरुषको हकमा बलिया बनाइएका छन् । माथिल्लो तहमा पुगेका आइमाईको दिमाग पुरुषतन्त्रले भुटेका छन् । पुरुषको कठपुतली बनेका छन् हाम्रा समाजका आइमाई ।



समाज र विश्व बदल्नेहरू आफू बदलिएका छैनन् । झमकले आफू जन्मले ठूलो जातमा जन्मिए पनि व्यवहारले अछूतकै दर्जामा जिन्दगी भोगिरहेको बताउ“छिन् । उनी मानिसको सा“झा सत्ता नबनेसम्म मानिसलाई सताउने युग अन्त्य नहुने बताउ“छिन् । नेपाललाई नेपाली भूमिमा जन्मेका सबैको साझा बनाउनुपर्नेमा उनले निवन्ध संग्रहमार्फ जोड दिएकी छन् । समग्रमा आफू कठिनतम जीवन भोगेर पनि सिर्जनशील अनुभूति लिन सक्दोरहेछ भन्ने संग्रहका रूपमा लिन सकिन्छ उनको यो कृतिलाई ।





- विक्रम गिरी








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम