Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
हास्यव्यङ्ग्य
सम्मान-अभिनन्दन संस्कृति राष्ट्रिय अभियान (खगेन्द्रप्रसाद लुइटेल) - [2005-10-25]
 AuthorMadhupark, वर्ष ३८ : अक ६

हामीकहाँ थरिथरिका हावा चल्न खास मौसम चाहिँदैन । बेमौसमी करतुतभन्दा बेजोडले चल्ने बेमौसमी हावाको महिमै अलग छ । उहिलेदेखि नै एक न एक प्रकारको बेमौसमी हावा चलाउन हामी विश्वमै नामी जाति नेपाली ! एकीकरणदेखि नै अनेक पर्व, काण्ड-उपकाण्डरूपी संस्कृति रच्दै-रचाउँदै अघि बढेका हामीले पजेरो संस्कृति, सांसद खरिदबिक्री संस्कृति, रातो पासपोर्ट बिक्री संस्कृति आदि अनेकौँ बेमौसमी हावा कति बेहोर्‍यौँ कति - यस्ता कतिपय हावा बन्दको त कुरै छोडौँ मन्द हुनेसमेत छाँट देखिँदैन । एकपछि अर्को झन् नौलोनौलो बान्कीमा देखापर्दो छ, फैलिँदो छ । वर्तमानमा चल्ने बेमौसमी हावामध्ये सम्मान-अभिनन्दन र हावादारी भाषण संस्कृतिको हावा सुनामीभन्दा पनि बेजोड छ । यसले सामान्य हावाको स्तर पार गरी हुरीबतास र आँधीबेरीकै रूप लिइसकेको छ र केके बिघ्न गरेर मत्थर हुने हो टुङ्गो छैन । वर्तमानमा प्रचलित अनेक सम्मान-अभिनन्दनका गाथा जोड्दा उन्नाइसौँ पुराण बन्ने हो कि भनी लख काट्नु पर्ने स्थिति उत्पन्न भएको छ । सुरुसुरुमा यसको हावा, केही मन्द र शुद्धरूपले चलुञ्जेल त खास फरक थिएन, तर अहिलेको वायुवेगी वहावले समग्र राष्ट्रलाई नै प्रदूषित तुल्याउने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । आफ्नै माला, आफ्नै दोसल्ला र आफ्नै खर्चमा आफ्नै सम्मान-अभिनन्दन गराउने परिपाटी वर्तमान प्रदूषणको चरम रूप हो । उहिले सामाजिक-सांस्कृतिक महìव राख्ने दोसल्लाको अहिले अर्थ र क्षेत्र मात्र होइन व्यापार पनि विस्तार भएको छ । एक थान माला, एक थान प्रशस्तिपत्र र एक थान दोसल्ला झोलामा हालेर हिँड्यो, दर्ुइचार धतुरे भेला गरायो, कसैलाई प्रमुख अतिथि बनायो, माला लगाउन लगायो, आफैँ थपडी बजायो, बस भइहाल्यो सम्मान-अभिनन्दन । कतै दर्ुइचार मनुवा जम्मा भएका ाउँमा सँगै लगेका भाडाको धुपौरेलाई उद्घोषण गरायो । अर्को भरौटेलाई भाडाको थोत्रै भए पनि क्यामरा तेर्स्याएर दर्ुइचार कुरा सोध्न लगायो, मौका परे टिभीसिभीमा पनि देखाउन लगायो, मख्ख पर्‍यो, जाँड खायो । त्यति पनि भएन भने कतै बसबाट खुत्रुक्क ओर्लियो, यताउति पल्याकपुलुक हेर्‍यो, झोलाबाट माला झक्ियो, आफ्नो माला आफ्नै गलामा भिर्‍यो । सम्मानपत्रको प|mेम हातमा बोक्यो, अनि यताउता हर्ेर्दै दारा ङच्ियाउँदै मख्ख पर्दै हिँड्यो । कुनै कोरलीको नजर आफूतिर परे जुनी नै सफल भएको ान्यो । अहिले एकथरिको दिनचर्या र पेसा नै यस्तै छ ।



अहिले भाडाको हलमा भाडाको प्रमुख अतिथि, भाडाकै माला, भाडाकै दोसल्ला, भाडाकै सम्मानपत्र, भाडाकै वक्ता र भाडाकै श्रोताबाट पनि काम चलाउन थालिसकिएको छ । प्रायोजितरूपमा दर्ुइचार जना मिलेर पालैपालो आदानप्रदान गर्ने सम्मान-अभिनन्दनको चर्तिकला झनै अर्कै हुन्छ । यसखाले सम्मानमा त एउटै दोसल्ला र प|mेमले सबैको पालो पुर्‍याइन्छ । यस्ता कतिपय त तपाईँले पनि देखेर, सुनेर वा भोगेरै अनुभव गरेकै हुनर्ुपर्छ, सबै भनेर साध्य पनि छैन । केहीचाहिँ नभनी नहुने खालका भएकाले भन्नु जरुरी छ ।

जेजसो भए पनि सम्मान भन्नेबित्तिकै जसलाई पनि लोभ लागिहाल्दो रहेछ । लम्बु रविदेखि पुड्का कविसम्म सब सम्मान ग्रहण गर्न र गराउन लम्पट देखिन्छन् । वास्तवमा सम्मान, अभिनन्दन, प्रशंसा मन पराउनु मानवीय स्वभाव नै हो, आवश्यकता र योगदानअनुसार नगरिनहुने ाउँमा गर्नु पनि पर्छ, वास्ताविक योगदानका आधारमा गरिने सम्मान राम्रो पनि हो, तर सम्पर्ूण्ा आफ्नै खर्चमा गराइने प्रायोजित सम्मान-अभिनन्दनचाहिँ आत्मरतिमा रमाउने हरिल ् कहरूका लागि मात्र उपयुक्त होला, आमरूपमा त्यसको कुनै अर्थ छैन । कसैको बिहे हुँदा पनि सम्मान, सन्तान जन्मिँदा पनि सम्मान, सानोतिनो केही भए पनि सम्मान, केही गराउनु परे पनि सम्मान, सिङ उम्रिँदा पनि सम्मान, झर्दा पनि सम्मान...। अब यसको प्रचलित परिभाषा नै फर्ेर्नुपर्ने आवश्यकता भइसकेको छ । सम्मान-अभिनन्दन समारोहमा यसो मौका पर्‍यो कि केही न केही विमोचन पनि गरिहालिन्छ । अहिले सम्मान-अभिनन्दन बदमासी लुकाउने लाइसेन्स बनेको छ । यसरी जताततै गरिने सम्मानबाट यस देशमा उत्तम मान्छेको सङ्ख्या अधिक छ भन्ने निष्कर्षआउँछ, तर त्यसो भएको भए यस्तो खत्तम स्थिति नआउनुपर्ने हो । अब कुरो मेरो बुझाइको पहुँचबाट बाहिर गइसकेको छ । मैले दर्ुइ बिसक सेवा गरेर यस राष्ट्रलाई यति दिएँ उति दिएँ, अमेरिकाको चि ् ा पर्दा पनि पूरै बसिनँ, जाँदै-आउँदै गरेँ, तर यस राष्ट्रले मलाई एक थुँगा फूल पनि दिएन, खै यहाँ मेरो सम्मान आदि भनी घुर्क्याएर आफ्नै खर्चमा खास्टो ओढ्नेहरू र निमित्त प्रमुख अतिथि भएर राग अलाप्नेहरू पनि यही छन्, मेरै आँखाका अगाडि । के गर्नु यस्तालाई साउनमा वीरगञ्ज लगेर राडी ओढाउनुपर्ने हो । यो कामचाहिँ अरू कसैले गरेनन् भने म आफैँ गरिदिने विचारमा छु ।



यहाँ राष्ट्र जोडिएकाहरू सबभन्दा बढी सम्मानका लागि लालायित देखिन्छन् । त्यसमा पनि राष्ट्रभक्तभन्दा राष्ट्रभ्रष्टहरू नै अग्रपङ्क्तिमा । वाषिर्क, पञ्चवाषिर्क वा दशकमा सबभन्दा बढी भ्रष्टाचार गर्नेहरूसमेत आफ्नै खर्चमा पाँच तारे होटलमा सम्मान-अभिनन्दन गराउने मुलुकमा अरुको त के कुरा गर्नु । यहाँ प्रायोजित रूपमा सम्मान गराउने मात्र होइन गर्ने भाटहरू पनि कम छैनन् । अहिले यो एकथरिको आजीविकाको भाँडो नै भएको छ । यस्तो कार्यक्रम तपाईंलाई पनि गर्नुपर्ने भए मैले त्यस्तालाई चिनेको छु सुटुक्क मसँग सर्म्पर्क गर्नुहोस्, चिनाइदिन्छु । पछिल्ला दिनहरूमा सम्मान-अभिनन्दनको शैलीमा संशोधन-परिमार्जन भएको छ - सम्मान गरिने लिस्ट तयार गरी निजबाट सहयोगस्वरूप यथोचित रकम असुल्ने र सहयोग गरेबापत सम्मान गर्ने, सहयोग नगर्नेलाई नगर्ने परिपाटी थालिएको छ । हालसालकै कुरा हो, एकजना मित्रले तपाईं कविताको विशेष मान्छे आदिइत्यादि भन्दै धेरै अनुनयविनय गरी एउटा कवि सम्मेलनमा आमन्त्रण गरे । त्यहाँ सम्मान कार्यक्रम भएको पनि अवगत गराए । आफ्नो बायोडाटामा एउटा सम्मान थपिने लोभले म त्यस कार्यक्रममा गएँ । त्यो कार्यक्रम साँच्चिकै बयान गर्न लायक थियो । तिथि निधो गरेका, तर थिति निधो नगरेका प्रमुख अतिथि समयमा नआइपुग्दा कार्यक्रम ढिलियो । उनी नआएपछि मैलाई निमित्त प्रमुख अतिथि बनाएर कार्यक्रम थालियो । त्यस कार्यक्रमको पूरै प्रायोजन एक धनाढ्यले गरिदिएको रहेछ, र्सवप्रथम उसैले किनेको माला र चँदुवा उसैका गलामा भिराएर मैले उसको सम्मान गरेँ । त्यसपछि ऊबाट म निमित्त प्रमुख अतिथि पनि सम्मानित भएँ । पालैपालो सम्मान ग्रहण हुँदै गयो । मायाको चिनु भन्दै एउटा ेउको पनि बाँडियो । त्यसपछि क्रमशः आयोजक समितिका पदाधिकारीहरू सम्मानित भए । उद्घोषक स्वयंले पनि अनेक विशेषणका साथ आफ्नै नाम उद्घोषण गरी मबाटै सम्मान ग्रहण गरिन् । उनीसँग गला मिलाउँदा कति मज्जा आयो त्यसको बयान गनर्ेर्ैैाह्रो छ । त्यस कार्यक्रममा एउटा मायाको चिनु तीन-चारजनालाई समेत पुर्‍याइयो । यो सम्मान कि अपमान हो म्याउन नसकी यसको पुरानो परिभाषा नै फर्ेर्नुपर्ने आवश्यकताबोध गर्दै म घर फर्किएँ ।



टाढैबाट मेरा घरका आँगनमा निकै भीडभाड देखियो । हस्याङफस्याङ गर्दै आइपुगेको त त्यहाँ पनि बालअभिनन्दन कार्यक्रमको आयोजना गरिएको पो रहेछ । टोलछिमेकका केटाकेटी जम्मा गरेर कार्यक्रम शुरु गर्न लागिएको रहेछ । प्रमुख अतिथि कसलाई बाउने भन्ने कुरामा विवाद चल्दै रहेछ । मलाई देख्नेबित्तिकै उनीहरूले मलाई नै प्रमुख अतिथि बनाएर र्सवप्रथम सम्मान गरे अनि सम्मान गरिने बालकको नाम घोषणा गर्न थाले । म पनि तिनीहरूलाई सम्मान-अभिनन्दन गर्दै गएँ । उनीहरूले जोहो गरेको माला एकजना छिमेकीको सानो तीन वर्षो बच्चालाई पुगेन, रोएर जात्रा । मैले आफ्नै माला लगाइदिएर बल्लतल्ल फकाएँ । मलाई लाग्यो - केटाकेटीलाई त सम्मान-अभिनन्दनको यत्रो मोह हुन्छ भने ूलाको के कुरा -

त्यसै दिन उता छिमेकमा पनि नारी सम्मान कार्यक्रम रहेछ । त्यसको प्रमुख अतिथिचाहिँ राष्ट्रमै नामी नारीवादी स्वास्नी कुटुवा मनुवा पो रहेछन् । त्यस कार्यक्रमबाट फर्किएकी मेरी स्वास्नीको रडाको सुरु भइहाल्यो । पहिले त कुरा बुझिनँ, तर कुराको जडचाहिँ छिमेकका श्रीमतीहरू अभिनन्दित भएका ाउँमा आफ्नु भएन भन्ने रहेछ । निकैबेर सम्झाइबुझाइ गर्दा पनि उसको गनगन रोकिएन । उसको उग्रचण्डी हुँदै पेस गरेका सम्मान सामग्रीको माग फाराम आफ्ना आयस्रोतभित्र नपर्ने हुँदाहुँदै पनि स्वीकृत गर्न म बाध्य भएँ । जसैतसै सामग्री जोहो गरी एकदिन दिउँसै फर्ुसद निकालेर आफैँ प्रमुख अतिथि भई घरमै उसलाई अभिनन्दित गरिदिएँ । त्यसपछि हाम्रो ाक ुक अलि कम भएको छ । तपाईंहरूका बीच पनि ाक ुक परेको छ भन्ने कारण पक्कै यही हुनसक्छ है, विचार गर्नुहोस्, नत्र पछि पछुताउनुपर्ला ।



अहिले सम्मान पनि अन्तर्रर्ााट्रय, राष्ट्रिय, क्षेत्रीय, अञ्चलीय, जिल्लीय, टोलीय, घरीय, आवासीय, गैरआवासीय आदि अनेक ढप र ढाँचाका अनि सम्मानका प्रकार पनि अनेक हुन थालेका छन् । खास्टो सम्मान, मायाको चिनु सम्मान, चँदुवा सम्मान, खादा सम्मान, टोपी सम्मान, कटट्ु सम्मान, लगांैटी सम्मान, दुधौरे सम्मान, सिक्री सम्मान, औँ ी सम्मान आदि के के हो के के - नमरी बाँचे कालले साँचे सम्मानका अरू कति भेराइटी देखिने हो यसै जुनीमा कुनै टुङ्गो छैन । यहाँ सम्मान गर्नेले गरिनेलाई र गरिनेले गर्नेलाई समेत चिन्ने अवस्था छैन । प्रायोजित कार्यक्रम चिनेर साध्यै छैन । एउटाका नामको सम्मान अर्कैले लिए पनि कसैलाई पत्तो हुँदैन । एउटै भाखाको सम्मानपत्रमा सयौँ-हजारौँको नाम भरी सम्मान-अभिनन्दन गर्ने परिपाटी पनि फस्टाउँदो छ । यो जतिखेर पनि सम्मान-अभिन्दनकै कुरा गर्छ, आफूले नपाएर अरूको रिस गरेको भन् ान्नु होला, त्यो सोर मात्र होइन पच्चीसै आना गलत हो, नत्र तपाईँकै मासु खाने । मैले जति सम्मान-अभिनन्दन तपाईँले यस जुनीमा त के अर्को जुनीमा समेत लिन गाहै्र छ । सुन्नुहुन्छ, मैले पाएका सम्मान-अभिनन्दन विवरण, ल सुन्नुहोस् छोटकरीमा । देशको कुनाकाप्चामा छरिएर रहेका नवप्रतिभाहरूलाई दिने अभ्रि्रायबाट विकेन्द्रितढङ्गले स्थापित पुरस्कार र सम्मानसमेत केन्द्रीकृत गराएर एकमुष्ट पारी वयोवृद्ध राष्ट्र गाइनेलाई दिएर सम्मान गरेको कुरा त थाहा होला नि होइन - नवप्रतिभालाई गरिने सम्मानसमेत आफैँ लिने नकच्चरोको औषधि के नै पो हुन्छ र - अनेकतिरको दोहोरो-तेहोरो भत्ता, वृद्धभत्ता, लत्ता, सत्ता, सम्मान-अभिनन्दन, पुरस्कार आदिका ग्रह-व्रि्रह सब असुल गरिसकेपछि एउटा गाइने अहिले सरकारी स्रोतमा निजी गाँडी सम्मानका लागि मन्त्रालय धाउन थालेको छ रे र मौका परे हेलिकोप्टर सम्मान नै हत्याउन दाउमा छ रे भन्ने सुन्नु भएको छ, त्यो व्यक्ति को हो थाहा छ - चैन भने सुन्नुहोस् - त्यो व्यक्ति मै हुँ । त्यस्ता नकच्चरावृत्ति त मसँग कति छन् कति - भनेर साध्यै छैन । अहिले म पृथ्वी नै उल्टाउने दाउमा छु र त्यसका लागि पृष् भूमि पनि तयार पारिसकेको छु । अहिले प्रमुख अतिथिको प्रमुख ेकेदार म नै भएको छु । मैले नभ्याएका वा खटाएका ाउँमा मात्र अरूले अवसर पाउँछन् । प्रत्येक दिन माला र गाला त कति जोडिन्छन् कति - म प्रमुख अतिथि हुन भनेपछि हुरुक्कै हुन्छु, त्यसको एउटा कारण पहिले आफैँ सम्मान पाइनु भए पनि खास रहस्यचाहिँ अर्कै छ । भन्न त नहुनेथ्यो, तैपनि भैगो सुटुक्क भनिदिन्छु, जेसुकै होस्- त्यो रहस्य हो कोरलीलाई माला लगाइदिने, हात मिलाउने, धाप मार्ने, काखमा राखेर कानेखुसी गर्ने निहुँले मुख र गाला जुधाउने आदि । त्यस्ता कोरेली प्रायः कार्यक्रममा हुन्छन्, नभएका ाउँमा म धेरैबेर बस्दिनँ, अर्का ाउँतिर हुँइकिइहाल्छु । तिथि भएको तर थिति नभएको मध्ये पनि प्रमुख र उमेरले पनि वृद्ध भएपछि जे गरे पनि मलाई कतैबाट छोइछिटो लाग्ने कुरै भएन ।



मैले राष्ट्रिय मात्र होइन क्षेत्रीय सम्मान पनि कम लिएको छु र - पर्ूव, पश्चिम, मध्य, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्यर्,र् इशान जताकाले सम्मान गरे पनि म नपर्ने कुरै छैन । एउटै मान्छे कही यस्तो हुन्छ, अब कुरा ढाँट्न थाल्यो भन्नु होला, तपाईँको मासु खाने ढाँटेको होइन । खाँटी कुरा के भने मेरो पैत्रिक घर पर्ूव, ससुराली पश्चिम, बसोबास मध्य, उत्तरमा मेरो मीतको घर- मितिनी आफ्नै, घर पनि आफ्नै- दक्षिणमा मेरो दोस्रो ससुराली र कर्मक्षेत्र । यी सबैतिर सम्मान कार्यक्रम गराउनर्-गर्न र प्रमुख अतिथि हुन मलाई साहै्र सहज छ । यसका लागि सबैतिर दर्ुइचार धुपौरे छोडेकै छु, कुरो मिलाइहाल्छन् । मैले यी सब ाउँमा प्रमुख अतिथि भएर कम्ती सम्मान ग्रहण गरेको छु र । आफूले मात्र होइन मेची, गण्डकी, बागमती, सेती, महाकालीहरूलाई समेत सम्मानबाट रिझाएको छु । कुरो पत्याइनसक्नु छ, तर सत्य भएकाले नपत्याइ धरै छैन । यस्तैगरी पर्ूर्वेली वा पश्चिमेली वृद्धहरूको सम्मान भनिएका बेलामा मैले धतुरे फूलको माला र चौं े खादा थुप्रै पटक ओडेको-ओडाएको छु । त्यसको लगत्तैपछि पर्ूर्वेली वा पश्चिमेली युवाहरूको सम्मान हुँदा पनि केस केल्याएर मेरो गौरवमय उपस्थिति भएकै छ र बुलेत्राका टाटाको माला र खास्टो ओढेकै छु । मध्यक्षेत्रमा खर्पने सम्मान पनि छोडेको छैन । ग्रह-व्रि्रह जेजे भनेर दिएको भए पनि सिसाको प|mेम हालेका कागज असुल्न म कहिल्यै पछि परेको छैन । जताबाट जसरी जुन काइटेरिया राखेर सम्मान कार्यक्रम गरे पनि म छुट्ने कुरै छैन । आफू मात्र हो र यी सबैजसो कार्यक्रममा मेरी प्राणप्यारी कालीमैयाँलाई पनि सम्मान गराउन पछि परेको छुइनँ । कालीमैयाँलाई काखमा राखेर जहाजमा उडेको छु, मोटरमा गुडेको छु, टाँगामा तानिएको छु, रिक्सामा हानिएको छु... ।



न्याउन्याउ गर्दागर्दै मैले सबैस्तरका सम्मान लिइसकेको छु । अब त घरमा अट्ने स्थिति पनि छैन । अलि ूलो घर बनाइदिन पनि न्याउन्याउ गरेको छु । हेरौँ, कहिले बनाइदिन्छ - यस्ता सम्मान-अभिनन्दन गराउँदागराउँदै र ताली बजाउँदाबजाउँदै अपुतालीकै रूपमा भए पनि राष्ट्र जोडिमाग्ने मेरो भित्री मनसाय पूरा भई थप भत्ता कुम्ल्याउन पाएकोमा हर्षे गद्गद् छु । अब त जतिसुकै राष्ट्रघात गरे पनि राष्ट्रवादीमा दरिइहालिन्छ बस । अब त गलामा पृथ्वी झुण्ड्याउने तीव्र इच्छा छ, त्यो कहिले हुन्छ, स्थिति मिलाइसकेको छु, तिथि टुङ्गो लाग्न बाँकी छ, टुङ्गो लाग्ने बित्तिकै तपाईँले थाहा पाइहाल्नु हुनेछ । अहिले त चाडबाडमा ससुरालीबाट निम्ता आउँदा पनि घुमाइफिराइ सम्मान-अभिनन्दनकै प्रस्ताव पारित गराउँछु । अब त त्यहाँ पनि बुझिसके सम्मान-अभिनन्दन कार्यक्रम नभए मेरो उपस्थिति हुँदैन भन्ने । म गएपछि सालीबाट मायाको चिनु सुटुक्क लिन पनि भुलेको छैन, अलि लाज मान्दै भए पनि मायाको चिनु दिन्छे मोरी । अहिले सम्मान-अभिनन्दनमा पनि तीव्र प्रतिस्पर्धा चल्न थालेको छ । पर्ूर्वेलीहरूले गाला जोडेर टोपी र धुसुरेको मालाबाट सम्मान गरेको अवस्थामा पश्चिमेलीहरू अर्कै नयाँ तरिकाको खोजी गरी छाला काढ्ने सुरमा छन् भन्ने सुन्छु, त्यसमा चाहिँ उपस्थित हुने नहुनेबारे सोच्दैछु । पश्चिमेलीहरूले राडी ओढाएर सम्मान गरे पनि हुन्छ । राडीको व्यापार पनि बढ्ने, नौलो प्रयोग पनि हुने, तर राडी सम्मान प्रचलनको सुरुआत गर्ने रहरचाहिँ मलाई छ र शीघ्र यसको थालनी गर्ने विचार गर्दैछु, इच्छुक महानुभावले पाँच हजार सहयोग राशिसहित सर्म्पर्क गर्नुहोला भन्ने नोटिस जारी गर्ने सोच्दै थिएँ । यत्तिकैमा - 'सामूहिक अभिनन्दनका लागि पश्मिेली खलासीहरूले तुरुन्त निवेदन दिनुहोला । प्रथम दसलाई मान्द्रे राडी ओढाएर सम्मान गरिनेछ ! भन्ने जरुरी सूचना पश्चिमेलीहरूका नामबाट प्रसारित भयो । यो सुनेपछि सम्मान प्रायोजन गरेर रर्ेकर्ड बनाउने मेरो इच्छा सम्मान गरिएर भए पनि पूरा गर्ने ानी दसजनाभित्रै नाम लेखाउन लागेँ र अन्त्यमा राडी ओढेरै छाडेँ ।



कति राष्ट्रघातीलाई सम्मान गरेर राष्ट्रवादी बनाइयो, कतिलाई सम्मान गर्ने र्सतमा पदासीन, गराइयो, कतिलाई दोसल्ला ओढाएका भरमा पदोन्नति गरियो यसको लेखाजोखा नै छैन । यो त छोटो विवरण मात्र हो, प्रायोजित रूपमा मिलाएका सम्मान-अभिनन्दनको त हिसाब गरेर साध्यै छैन । एकदिन टिभी क्यामेरा लिएर आउनुहोस् त मेरा सम्मानपत्र गन्न तपाईँलाई कति समय लाग्दोरहेछ, तर अन्तर्वार्ताका लागि चाहिँ कोरली प ाउनुहोला है, म त नारीवादी मान्छे, पुरुषको स्वर पटक्कै मन पर्दैन । लौ अब भन्नुहोस् त मैले सम्मान-अभिनन्दन नपाएर यसो भनेको हो र'छ त, कहाँ हुनु नि ! मैले सम्मान नपाएर होइन, पाउँदापाउँदा वाक्कदिक्क भएर यी सबै कुरा भनेको हो । श्री पशुपतिनाथ अपमानित हुन थालेका मुलुकमा हामी मनुवा कति दिन सम्मान र अभिनन्दन ग्रहण गर्ने - यर्सथ हे पशुपति, गुहृयेश्वरी, दक्षिणकाली, उत्तरकाली, मध्यकाली यस देशलाई सम्मानरूपी अजर्ीण्ा रोगबाट मुक्ति देऊ, सम्मानलाई वास्ताविक ट्रयाकमा ल्याइदेऊ, अब मेरा जति सम्मान कसैलाई नदिलाऊ । प्रमुख अतिथि भएको र सम्मान पाएको मेरो राष्ट्रिय रर्ेकर्ड अरु कसैले तोड्न नसक्ने बनाइदेऊ । कतै कसैबाट मेरो राष्ट्रिय रर्ेकर्ड तोड्न-तोडाउने काम भएमा म त मरिहाल्छु नि । अब एउटा मात्र भए पनि अन्तर्रर्ााट्रय जोडिएको सम्मान दिलाइदेऊ, त्यो ग्रहण गर्न म नर्कलोक जान परे पनि तयार छु ! अँ, मलाई छिट्टै वृद्ध भएकोमा एक मनमा चिन्ता छ भने अर्को मनमा यति धेरै जीवित भएकोमा खुसी पनि छ । चार कोरी पार गर्दा पनि सोर वर्षो जवानीजस्तो यति विघ्न चर्तिकला देखाउन, प्रमुख अतिथि हुन र भएनभएका सम्मान गर्न-गराउन पाइया छ, राष्ट्रिय रर्ेकर्ड बनाइया छ । यो कम्ती खुसीको कुरा हो र ! जो कोहीको यस्तो भाग्य कहाँ हुन्छ - यमराजले निम्तो गर्दा पनि पृथ्वी झुण्डाएर मात्र आउँछु भनी बिन्ती बिसाएको छु । त्यो पाएपछि अर्कै कुनै जुक्ति गर्नुपर्ला । निकै बाँचेर थप चर्तिकला गर्ने मनसुवा अझैँ बाँकी नै छ ।

मनुवाको मात्र के कुरा पशुपंक्षीमा समेत सम्मान-अभिनन्दन प्रकरण तीव्ररूपमा विकसित भएको घटना मेरै आँखाले देखेको छु । एकदर्ुइवटा सुन्नुहुन्छ ?

एकदिन पशुपति पुगेको मात्र के थिएँ, त्यहाँ अरू दिनभन्दा भिन्न ढङ्गले बाँदरको जमघट देखेर सुरुमा छक्क परेँ, तर म बानी परिसकेको मान्छे, कुरा बुझहिालेँ । त्यहाँ पनि र्सार्वजनिक सम्मान-अभिनन्दन कार्यक्रम रहेछ । चारपाँच माउ-बच्चा बाँदर-बाँदर्नी भेला भई यताउता हर्ेर्दै प्रमुख अतिथिको प्रतीक्षा गरिरहेका थिए । प्रमुख अतिथि निर्धारित समयभन्दा ढिलो आउने प्रचलन पुख्र्यौली भएको कुरा त्यस बाँदर अभिनन्दनले पनि देखाउँथ्यो । यत्तिकैमा गौलाशातिरबाट एउटा वृद्ध बाँदर हस्याङफस्याङ गर्दै त्यहाँ आइपुग्यो । उपस्थित सब बाँदरले कर्तल ध्वनिका साथ उसको स्वागत गरेपछि थाहा भयो प्रमुख अतिथि त्यही रहेछ । स्वयम्भूमा प्रमुख आतिथ्य ग्रहण गरी र्फकँदा ट्राफिक जामका कारण उसलाई त्यहाँ आइपुग्न ढिलो भएको भनिए पनि खास कारणचाहिँ कोरली बाँदर्नीसँगको मस्कामस्की रहेको कुरा मैले बुझहिालेँ । त्यही बेला एउटी महिला पूजा थाली लिएर मन्दिरतर्फलम्किँदै थिई, उद्घोषक बाँदर्नीले बुरुक्क उप|mेर उसका थालीको माला र गलाको खास्टो तानेर ल्याई । महिला यताउति हर्ेर्दै कराउन नभ्याउँदै त्यो माला र खास्टो वृद्ध प्रमुख अतिथिको करकमलबाट कोरली बाँदर्नीका गलामा परिसकेको थियो । प्रमुख अतिथि वृद्ध बाँदर र सम्मानित कोरली बाँदर्नी मुखामुख गरेर दाँत ङच्ियाउँदै फुत्त उप|mेर रूखको हाँगामा बसी अङ्कमाल गर्दै थुतुनु जुधाउने सुर कस्न थाले । त्यो महिला मूकदर्शक भई । सभा बिर्सजन भयो । म पनि हिँडे । त्यस्तै अर्को दिन बेलुकातिरको कुरा हो, कागहरूको राष्ट्रिय सम्मेलन कर्ीर्तिपुर गार्डर्ेेा रहेछ । कागहरूको व्यापक उपस्थिति र सुरक्षा प्रबन्धले त्यही कुरा जनाउँथ्यो । त्यहाँ काले, झाले, माले अरिङ्गाले, हल्लुँडे आदि सबै जातका कागहरू जम्मा भइसकेकाले त्यो सम्मेलन र्सवदलीय र र्सवपक्षीय भएको कुरा बुझन क िन थिएन, तर त्यो स्थिति धेरैबेर रहेन । कागहरू पर्ूर्वेली-पश्चिमेली, सत्तापक्ष-प्रतिपक्ष आदि अनेक भागमा विभाजित भई सम्मान गरिनेको सङ्ख्या बाँडफाँडमा झगडा गर्न थाले । र्सवपक्षीय सहमति मुताबिक बोलाइएका प्रमुख अतिथि मध्यक्षेत्रका गिद्धराजलाई उचित सुरक्षा प्रबन्धका कारण कार्यक्रम स्थल आइपुग्न सम्भव भएनछ र निमित्त बनाएर प ाइएको लाटोकोसेरो आइपुग्यो । ऊ आइपुग्नेबित्तिकै कार्यक्रम सुरु भयो । त्यस भेलाले राष्ट्रिय नेतृत्व चयन गर्ने र कागिनीले दक्षिण फर्किएर कराएवापत सम्मान गरिने कार्यक्रम रहेछ । एउटा के हो विमोचन गरेपछि सम्मान कार्यक्रम थालियो । सिकारु गाइनेलाई मञ्चमा उभिएर कागे स्वरमा एउटा गीत गाउनेबित्तिकै खास्टो ओढाएर सम्मान नगरे मर्ुर्मुरिएर अर्को पटकदेखि कागेगीत गाउँदिन भनी घुर्क्याउने युगमा पंक्षीमा त्यस्तो हुनु सामान्य ानी म त्यहाँबाट हिँडे ।



यस्तै बज्रवाराही मन्दिरमा हालसालै सम्पन्न परेवाहरूको राष्ट्रिय सम्मेलन तथा सम्मान कार्यक्रम हुँदै गरेको पत्ता नपाएर मन्दिरको गेटमा फोटो खिच्दै गरेको हाम्रो टोलीलाई परेवाहरूले एकमुष्ट बिस्ट्याएर दर्ुइ टनजतिको बमवषर्ा गरेको घटना मेरा मस्तिष्कमा अझै ताजै छ । त्यो पनि तिनीहरूले नेतृत्व चयन र सम्मानमा गोलमाल भइरहेको बेला हाम्रो उपस्थितिले त्यस्तो भएको भन्ने कुरा बुझयिो । आजकाल कुनै जनवार वा मनुवाको जमात देख्ने बित्तिकै त्यहाँ सम्मान-अभिनन्दन कार्यक्रम रहेछ भन्ने लागी आँखा त्यतैतिर सोझहिाल्छ । सम्मानसूचक मालाको स्तर पनि घटेर कागजी फूलमा सीमित हुनपुगेको छ । कसैलाई चाहिए मकहाँ कागजी फूल जत्ति छ, सर्म्पर्क गर्नु भएहुन्छ । अब मान्छेका तहमा र्सार्वजनिक बाटोमा हिँडिरहेका व्यक्तिलाई समातेर चन्दा असुली माला लगाइदिएर तथा पशुका तहमा गु खाइदिएबापत सुँगुरलाई, भारी बोकिदिएबापत गधालाई, मुसा खाइदिएबापत बिरालालाई, मोमो दिएबापत राँगाराँगीलाई मात्र सम्मान-अभिनन्दन गर्न बाँकी छ । यो बाँकी कार्य पनि धेरै दिन बाँकी नराखी विश्वमै सम्मान-अभिनन्दन गरिने देशहरूका कोटिमा नेपाललाई अग्रपङ्क्तिमा पुर्‍याएर अन्तर्रर्ााट्रय कर्ीर्तिमान कायम गरी राष्ट्रिय गौरव बढाउन पनि ढिलाइ नगर्ने हो कि -



x x x







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम