Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अन्तवार्ता
पहिले र अहिलेको लाहुर घर आकास धर्तीको फरक छ (टंक वनेम) - [2008-05-27]

झण्डै ४ दशक अघि मैवाखोला चुम्लोक, ढुङ्गेसागु ८ ताप्लेजुङमा जन्मनु भएका साहित्यकार टंक वनेमले झण्डै ढेड दशकको समय पल्टन घरमा विताउनु भएको थियो । वहाले लाहूरघरबाट साहित्य चिन्तन, सामाजिक चिन्तन र अनुसाशन सिकेर अवकास लिनु भयो । हाल वहा वेलायतमा सपरिववार बसोवास गर्दै आउनु भएको छ भने वहाले २ वटा राम्रा कृति पस्कि सक्नु भएको छ । लेखकको विशेषता भनेको नेपाली भाषा र लिम्बू भाषामा समानान्तर कलम चलाउनु हो । साहित्यको नजरले हेदा वहालाई जति राम्रो कवि भनेर चिनिन्छ त्यतिनै इतिहासविद् भनि चिन्न सकिन्छ । वहा संग गोर्खालीको सम्बन्धमा, आदीवासीको सम्बन्धमा लोभ लाग्दो ज्ञान र अनुभव छ । त्यसो त वहा साहित्यको सबै विधामा उत्तिकै कलम चलाउनु हुन्छ । प्रस्तुत छ अनलाइन नेपाली साहित्य मञ्चको निमित्त शसक्त लाहूरे कवि टंक वनेम ज्यू संग विश्वास दीप तिगेलाले गरेको हाँकाहाकी प्रश्नोत्तर:







१. तपाइ एक राम्रा स्रष्टा हुनुहुन्छ तर तपाई आफैले आफ्नो परिचय कसरी दिनुहुन्छ ?



टंक वनेम -र्सब प्रथम दाईलाई संम्झेर प्रश्नहरु पठाउनु भएछ धन्यवाद अनि पाठकहरुलाई बिजुली नमस्कार छ ।



म एक राम्रो स्रष्टा हो वा होइन मैले मेरो परिचय दिनु भन्दा पाठक एबं श्रोताहरुले ठहर गर्ने कुरा हो । यो प्रश्नको उत्तर दिने जिम्मा पनि म उनै प्रिय पाठकहरुलाई नैं दिन चाहान्छु ।





२. यहाको कलमले मनपराउने विधा के हो ? हाल सम्म यहाको के कति कृतिहरु छन् र कति उमेरका भए ?



टंक वनेम - मलाई मन पर्ने विधा कविता हो । अरु कुन कुन विधामा कफी गफ हुँदैछ त्यो कुरा पत्र पत्रिका भन्दा वेव साइटका पाठकहरुलाई बढी थाहा छ । कति वटा कृति र उमेर पनि सोधी हाल्नु भयो । ति दुइ जोडी कविता संग्रहका बैँस ढली सकेको छैना ।





३. तपाई एक भूतपूर्व सेना हुनुहुन्छ र हाल वेलायतमै बसोबास गरि रहनु भएको छ । आजकालका लाहूर घर र पहिलाको लाहूर घरको मुख्य फरक के छ - त्यसको कारणहरु केके हुन ?



टंक वनेम - पहिले र अहिलेको लाहुर घर आकास धर्तीको फरक छ । हामी रुपैयाँ कमाउनकै लागि लाहुरे भएका हौं ।

पहिलेका लाहुरेले माना पाउँथे अहिलेका लाहुरेले पाथी पाउँछन् । अहिलेका र्सबसाधरण जनताले सञ्चार माध्यमको जुन सुबिधा उपभोग गरि राखेका छन् । आजको दशक अगाडी थिएन । आजको लाहुर घरमा जुन स्वतन्त्रता छ तर दशक अगाडी अर्कै माहोल थियो । यो सबै समयको गति हो । बिर्सिनै नहुने अर्को कुरा हाम्रा अग्रज गोरखाली संघ सस्थाहरुले गरेको सर्घष्ाको प्रतिफल हो ।





४. तपाइहरुको पालामा लाहूरघरमा साहित्यिक गतिविधि खासै हुदैन्थ्यो भन्ने सुनिन्छ । साहित्य सिर्जना र गतिविधि गर्न त्यसवेला तपाइ पनि खुबै डराउनु भयो होला हैन



टंक वनेम - माथी नैं उल्लेख भई सकेको छ कि लाहुर घरमा किन साहित्यिक गतिविधि हुदैन्थ्यो । झन हाम्रा बाजे बराजुहरु त लर्डाई गर्नकै लागि भर्ति हुन्थे । पछिल्लो पिंडीमा त्यो दुःखदायी समय नरहे पनि संञ्चार माध्यम र तिनै पुरानो सोंचको जरा गाडिएको हुँदा अहिले जस्तो परिस्थिति जन्मन सकेन । साहित्य सिर्जना गर्दा डराउने कुरो छ त्यस्तो डराउने भए मेरो साहित्यिक यात्रा धेरै पहिले थन्को लागी सक्ने थियो ।







५. साहित्य क्षेत्र पनि एउटा हल्ला गर्ने ठाँउ हो भन्छन् वास्तवमा साहित्य के हो ?



टंक वनेम - साहित्यलाई कुन रुपले ग्रहण गरिएको छ त्यसैमा भर पर्छ । अर्को कुरा साहित्य के हो भन्ने सवाल महासागर जस्तै छ त्यसको किनारमा उभेर सागरको गहिर्‍याई यति हो भन्नु जस्तै हो ।





६. सपरिवार वेलायतमा बस्दै आउनु भएको छ । साहित्य त दुःखमा सिर्जना हुन्छ भन्छन् कसरी यो क्षेत्र संग तपाइको साइनो लाग्यो ?



टंक वनेम - दुःखमा मात्र सिर्जना हुने साहित्य ब्याक्तिबादी साहित्य हो । पल्टन घर भित्र कुनै बेला त्यस्तो भएको थियो होला । तर वर्तमान लाहुरे साहित्य यो प्रलाप भन्दा धेरै माथि उठि सकेको छ । यो क्षेत्रसंग कसरी साइनो लाग्यो भन्ने उत्तरमा धेरै कुराहरु जोडिएका छन् । कुनैं दिन सुटुक्क भनौंला ।





७. वेलायतको जीवन स्तर उच्च छ र अहिले नेपालीहरुको संख्या पनि उच्चै छ भन्न सकिन्छ । वेलायतमा धेरै नेपालीहरु लेखपढको हाँक दिन्छन तर वेलायतमा नक्कली र्सर्टिफिकेटको पनि वेलावेला हल्ला सुनिन्छ । कोहि भन्छन वेलायतका प्रायः बुद्धिजिवी नेपालीहरु डेट एक्पाएर भएका हुन्छन, घरदेश र राजनीतिको बारे अनभिज्ञ हुन्छन वास्तवविकता चाहि के हो ?



टंक वनेम - वेलायतमा उच्च जीवन शैली छ कि छैना जस्ले भोगेको छ उसैलाई मात्र थाहा छ । नेपाली पढे लेखेका र हाँक दिने मान्छे को हुन - किन वेलायतमा आएर हाँक दिएको हो - बुद्धी जीबीको भ्रममा एक्सपाएर हुनु र नहुनुमा केहि सरोकार पनि राख्दैन । राजनिति वा अरु कुनै क्षेत्रमा केहि गर्छु भन्नेले कुनै न कुनै ठाउँमा केहि कुरामा योगदान पर्‍याएकै हुन्छ । अर्को कुरा यो साहित्यिक कफी गफमा र्सर्टिफिकेटको कुरा आयो । र्सर्टिफिकेटले साहित्य लेखिन्दैन साहित्य लेख्नको लागि हृदयको ब्याडबाट मनका रहर लाग्दै कलिला बिरुवाहरु उम्रनु पर्दछ ।





८. नेपाली साहित्यको लागि वेलायत मरुभूमि हो भन्ने कसैको अभिब्यक्ति आयो भने यहाको प्रतिक्रिया के हुन्छ ?



टंक वनेम - नेपाली साहित्यको लागि वेलायत मरुभूमि हो भन्ने आँट अब कसैले गर्न सक्दैन् । डायस्पोरिक चेतनाले जर्ुर्मुराएका धेरै स्रष्टाहरु जन्मेका थिए/छन् । यति हो संञ्चार माध्यमको अभावले यसको गति केहि सुस्त भएको थियो । तर अब त्यस्तो हुने छैना । वेब साइटहरुमा हर्ेन सक्नु हुन्छ । मुलधारमा बसेर लेख्ने स्रष्टाहरुका सिर्जना भन्दा कमसल साहित्यको खेति भएको देखिन्दैन् ।







९. केही समय यता तपाइका सिर्जनाहरु वेलायतको पत्रपत्रिकामा निरन्तर पढ्न पाइएको छ । भावि योजनाहरु केके छन् ?



टंक वनेम - एउटा स्रष्टाको धर्म नै पाठकहरुलाई नयाँ नयाँ सिर्जनाहरु पस्कदै जाँनु हो । यहि काम जारी रहने छ । पत्र पत्रिकामा निस्कने आफ्नो अभिब्याक्तिहरुको आयु ज्यादै छोटो भएकोले संग्रह गर्न योग्य सिर्जनाहरुलाई संग्रह गर्ने योजनामा छु ।





१०. आधुनिक विज्ञानको जमानामा तपाई चाहि आफ्नो लिम्बू भाषाको कविता लेख्नुहुन्छ । तपाइ कसरी यस्तो रुढीवादी तर्फप्रेरित हुनुभयो ?



टंक वनेम - मैले माथि पनि उल्लेख गरि सकेको छु । साहित्य भनेको महासागर जस्तै हो । यसको गहिर्‍याई नाप्न गाहृो छ । वर्तमान लेखिन्दै आएको साहित्यलाई सन साठीको दशकतिरै अस्विकार गरि उत्तर आधुनिकवादीहरुको विचार संसारमा फैलिएको थियो । उनिहरुको विचारमा तत्कालीन लेखिन्दै आएको साहित्यले यावत समस्याहरुको समाधान गर्न सक्दैन् । त्यस्तै नेपालमा जन्मी रहेको खस भाषाका साहित्यले समेट्न नसक्ने अरु साहित्यका फाँटहरु धेरै छन् । ति नेपाली भाषाले संगसगै डोर्‍याउन नसक्ने लिम्बू भाषा,मुन्धुम् र आख्यानहरुलाई लिम्बू भाषामा कविता लेखेर हराउन लागेको मिथक बिम्बहरुलाई जोगाई राख्नु एउटा लिम्बू साहित्यकारको धर्म हो । यहि धर्मलाई निभाएको छु । रुढीवादी मानशिकताले प्रेरित भएको भन्नु भन्दा जाडोमा भुवादार स्यालको कोट लाउँने मान्छेलाई हाँसोको पात्र बनाउँनु जस्तै हो । त्यसो हो भने त लिम्बू साहित्यमा योगदान पुर्‍याउने पदमसिं मुरिङलाको जीवनीमा आधारीत पुस्तक प्रकाशन र भिडीयो बनाउनु पनि रुढीबादीकै उपज भएन र भन्या ?





११. केही बर्षअघि केही पार्टीले जातियताको, संघियताको कुरा उठाउदा उनीहरुलाई विखण्डनकारी आरोप लाग्थ्यो । अहिले त स्वयं सरकार नै ति कुराहरु भुक्दैछन्, सारा देशनै विखण्डन तर्फजाने अवस्थामा छ । तपाई चिन्तक साहित्यकारको हैसियतले देशको भविश्य कस्तो देख्नुहुन्छ ?



टंक वनेम - रगत पानी भन्दा बाक्लो हुन्छ । रातो झण्डा फर्फाएर हिज जे भनियो त्यो बिस्तारै फेरिन्दै जाँदैछ । त्यहि भएर त मुन्धुम्को कविता फलाक्न नछोडेको हो । साहित्यकारको चिन्तन भनेको नैं त्यही गएर टुङ्गिन्छ । देस जस्तो सुकै अवस्थामा गुज्रे पनि एक दिन जनताको जीत हुन्छ हुन्छ । राजा ज्ञानेन्द्र जस्तो बाद शाहले घुँडा टेक्यो भने बिखण्डनबादी भन्नेहरुले चाँडै पुत्छर लुकाउने छन् ।





१२. ताप्लेजुङ जिल्लाले तपाइलाई जन्मायो, हूर्कायो अहिले तपाई घरदेश देखि टाढा हुनुहुन्छ के तपाईसंग जन्मभूमिको लागि कुनै बोल्नमिल्ने, खोल्नमिल्ने केही सपनाहरु छन् की ?



टंक वनेम - स्व.बाबा सिंगराज वनेमको स्मृतिमा ६ भाइ छोराहरु र परिवारको ब्यक्तिगत लगानीमा ताप्लेजुङ जिल्लाकै दोश्रो ठूलो फुटबल (सिंगराज खेल मैदान) गा्रउड निमार्ण्र्ा गरिएको छ । आफ्नै जग्गा उपलब्ध गराएर ठोठ्ने प्रा.बिलाई त्यही खेल मैदानमा सार्ने तयारी हुँदैछ । पुस्तकालयको ब्याबस्था र साहित्यको गतिबिधी गर्ने सपनाहरु साँचेको छु । शायद कुनै दिन त्यही बाबाको स्मृति मैदानमा कविता पाठ गदै हुने छु । त्यहाँ नेपाली साहित्यका विभिन्न साहित्यिक वादहरु मात्र नभएर फेदाङ्मा र झाक्री लयमा पनि कविता पाठ गरिने छ । तान्त्रिक एरो नचल्ने मुन्धुम्,हाक्पारे र ख्यालीहरुले गुञ्जने छ । त्यसबेला मात्र नेपाली साहित्यको कविता लेखनले पूर्णता पाएको ठान्ने छु ।





१३. साहित्यकार टंक वनेमलाई साहित्यले के दियो ?



टंक वनेम - साहित्यमा लाग्ने मान्छेहरु लिनु भन्दा दिनु भनेर अघि सरेका हुन्छन् । धेरै पाठकहरुले नचिने पनि केहि पाठकहरुले छिनेका छन् एउटा अवकास लाहुरेले नेपाली साहित्य र लिम्बू साहित्यलाई संगसंगै डोर्‍याई रहेको छ । साहित्यले दिएको उपलब्धि भनेकै यही हो ।





१४. मैले सोध्न बिषिर्एको तर तपाईले भन्नु पर्ने केही छ ?



टंक वनेम - नेपाली मानशिकतामा लाहुरेको जुन तश्विर नाची रहेको थियो त्यो तश्विरमा बौद्धिक गहनाले सजावट गरि अब अर्कै शैलीमा प्रस्तुत गर्नु पर्दछ । जसले त्यो पूरानो लाहुरेको बुर्जुवा आकृतिलाई पूर्णरुपले परिवर्तन गर्न सकोस ।



धन्यवाद ।





तपाईंको प्रतिकृया

Biswas Bhai,

Questions well crafted and answers well put! The interview sounds like a fierce battle between two razing fires, no one wins and no one loses.

Hope to see similar pattern of questions being asked to people who can answer tough quesitons with precision.

Bhoj

nice interview.

Very nice interview

biswas deep tigela,jo sahityama urjawan byakti pani hunuhunchha,unhako sasakta interviewle jibanka sabai pata harulai sametchhanai.tehi silsilama tanka wanemle dieko aafno version manan garna laekko chha.unhako aafno.gau,aafno desh,aafno mato,aafno sanskriti,ebam limbu sahityako uththaanma kharchha gareko samaya baaastabamai ati swaagat yogya ra pranjal chha.yeti tada rahera pani aafno bhir ,paakhaa,aafno dada,kada ra aafno panlai mutuma lukaaera raakhnu wanem ko sahityik dharatal rahechha,wanemji ra ma eutai jilllako bhera pani ajjha samma bhet bheko ta chhaina,tyo pani hola.unhako sahitya ajjha majhiera jawosh,mero subhakaamana chha.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम