Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
ब्यक्तिब्यक्तित्व
पाका कीर्तिमानी - [2008-06-01]

सबैभन्दा पाको उमेरमा सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने कीर्तिमानी हुन्, मीनबहादुर शेरचन, ७७ । नेपाली समय अनुसार जेठ १२ गते बिहान ८ः४० बजे उनले सगरमाथा चढेपछि संसारभर कै आरोहीहरू चकित छन् । उनले जापानी आरोही कात्सुसुके यानागिसाव, ७१, को विश्व कीर्तिमान तोडेका हुन् ।

म्याग्दीका पूवबेलायती सैनिक मीनबहादुरसग अझै राइफल पक्रदाको जोस बाकी छ । उनलाई ज्येष्ठ नागरकि भएका कारण सरकारले आरोहण दस्तुर मिनाहा गरेको थियो । यसअघि सन् २००६ मा उनले ५ हजार ८ सय ४४ मिटर अग्लो नया“ खा“गा हिमाल चढेर आरोहण अनुभव लिएका थिए । सगरमाथा चढ्ने उनको इच्छाचाहि“ जीवनको उत्तर्रार्धमा आएर मात्र सपना पूरा भएको छ । भन्छन्, इच्छाशक्ति दह्रो भयो भने सपना पूरा हुन्छ ।

नेपाल पर्वतारोहण सङ्घका अनुसार यस वर्ष२ सय २० जनाले सगरमाथा चढिसके । सङ्घका अध्यक्ष् आङछिरङि शेपा मीनबहादुर यस क्ष्त्रकै प्रेरणाको स्रोत बनेको बताउछन् । पनाति-पनातिनीको मुख देखिसकेका मीनबहादुरचाहि अब समाजसेवामा लाग्न चाहन्छन् । भन्छन्, सकुन्जेल आफूलाई रोक्दिन ।





नेपाल साप्ताहिकबाट








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम