Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
निबन्ध, संस्मरण
तिमी, पर्खाल र विश्वसरकार - [2008-06-03]
 Author;

मेरो पि्य गुरु अक्सर एउटै भनाई दोहोर्याइरहनुहुन्छ जो सबैको हो उ कसैको होइन र जो कसैको होइन उ सबको हो । भनाई उहाँको मैलीक हो अथवा उहाँले कतैबाट उदृत गर्नुभएको हो थाहा छैन । तर उहाँले त्यसो भनिरहेको समयमा मैले तिमीलाई सम्झीरहेको हुन्छुभन्ने मलाई अवश्य थाहा छ ।


मेरो यसै स्तम्भ अन्तर्गतको एउटा शनिवारीय लेख पढिसकेपछि तिमीले एसएमएस मार्फत त्यसको प्रतिकि्रया दिँदै लेखेकी थियौ ुम तिमीलाई सम्झीन चाहन्न किनकी म एक्ली छु म तिमीलाई त्यतिबेला सम्झीन चाहन्छु जतिबेला म समुहमा हुनेछु । तिम्रो प्रतिकि्रया पढिसकेपछि त्यसमा निहित अर्थका सम्बन्धमा चिन्तन गर्न मन लागेको थियो । तर आफनो लेखाइमाथि कुनै टिप्पणी नगर्न तिमीले मलाई सचेत तुल्याएकी थियौ । तिमीले थप लेखेकी थियौ मेरो लेखाई कस्तो छ भनेर आज म सोध्ने छैन किनकी तिमी पुनः भ्रममा पर्नेछौु । तिम्रो निर्देशनलाई मैले उक्त समय शिरोधार्य गरेको थिए र कुनै भ्रममा नपरी तिम्रो एसएमएसको जवाफ पठाएको थिए ।


अहिले यो पत्र कोर्दै गर्दा सोचिरहेछु मेरो मानसिकता संकुचित रहेछ तिमी अपरीमेय र अनन्त रहेछौ । म स्वार्थि र व्याक्तीबादी रहेछु । मेरोजस्तो सोच र मनोदशा साधारण मानव वृत्ती हो । तर तिमी असाधारण थियौ खुला हृदय र उन्मुक्त दृष्टिकोणसहितकी । तिम्रो प्रतिकि्रया पढेर उक्त समय म दुःखी भइन भनेर तिमीलाई ढाँट्न चाहन्न । तर त्यहि अमुर्त सम्बेदनाको बीचबाट तिमीलाई नियाल्दा तिम्रो व्यक्तीत्व र अस्तीत्वलाई मैले विराट स्वरुपमा ग्रहण गरेको थिए । म साधारण थिए लघुताभाषि मात्र थिइन लघुअस्तीत्वको प्रतिरुप समेत थिए । तिमी उन्मुक्त थियौ । कसैको नहुँदानहुँदै पनी तिमी सबकी थियौ । म सबैको हुन चाहिरहेको थिए तर कसैको हुन सकिरहेको थिइन ।


तिम्रो अस्तीत्वलाई नियाल्दा मलाई अहिले विश्वमा देखा परेको मानवताको खडेरी र यस्तो दरिद्रताको परीणतीस्वरुप समाजमा व्यप्त भौतीक र मानसिक आघातका झल्को आउने गर्छ । यस्तो दरिद्रताको कारण विगठित भएको मानविय मुल्य र मान्यताको जगेर्ना गर्न केहि समय पहिलेदेखी संसारले विश्वसरकारको अवधारणालाई व्यग्रतापुर्वक नियालीरहेको छ । पर्खालविहिन समाजमाथिको यस्तो चिन्तन केहि समययता विश्वव्यापी रुपमा अगाडि बढिरहेको छ । प्लेटोको आदर्श राज्यको अवधारणा साकार हुन नपाई आदर्श विश्वको परीकल्पनाले यसलाई पछि पारीसकेको अवस्था छ । यस्तो चिन्तन दोस्रो विश्वयुद्धपछि प्रत्यक्ष स्वरुपमा देखा पर्न थालेको हो । दोस्रो विश्वयुद्धले मानविय मुल्यलाई बर्बरतापुर्वक कुल्चीनुका साथै सामाजिक आस्थालाई कमजोर बनाइदियो । विज्ञानप्रतीको मानविय दृष्टिकोणमा परिवर्तित सन्दर्भमा नकरात्मक हुन थाल्यो । मानव सभ्यताकै महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले आफनो अविष्कारले विद्यवंश निम्तयाएपछि आफनो क्षमतापप्रती खेद प्रकट गदै भनेका थिए ुयो ब्रम्हाण्डको सबैभन्दा अपुर्ण तत्व भनेकै यसको पुर्णता हो । तात्कालीन र्जमनका चान्सलर हिटलरले राष्ट्रयताको पक्षमा र कम्युनिज्मको विरोधमा भन्दै ६० लाख यहुदिको हत्या गरे । युद्धको अन्तीम चरणमा जापानको हिरोसीमा र नागासाकी सहरमा अमेरीकाले बम खसायो । मानवता र नैतीक पतनको त्यो बर्बर उदाहरण थियो । बम खसाउने व्यक्तीले समेत उक्त क्षती र त्यो अमानविय परीणामलाई सहन सकेन जसको कारण उ मानसीक रुपमा विक्ष्ाप्त बन्यो । प्रथम विश्वयुद्धले युद्धको यस्तो स्वरुपको झल्को नदिएको भने होइन । यसैको कारण सम्पुर्ण विश्वयुद्धलाई एकसुत्रिय बनाउन लिग अफ नेशनु नामक अन्तराष्ट्रिय संस्थाको गठन भएको थियो । तरपनी वैधानीक अधिकार र क्षेत्रीय मान्यताको अभावमा यसले साकार रुप लिन सकेन । विश्वमा विकसित भइरहेको असमान्य स्थीति तथा शक्ती बर्चस्व र राष्ट्रियताको होडबाजीलाई लिग अफ नेशनु ले सन्तुलनमा राख्न सकेन । छरीएर रहेको यस्तो होडबाजी पुनः एकैठाँउमा केन्द्रीत भयो र दोस्रो विश्वयुद्ध आरम्भ हुन पुग्यो । हिटलरले बेलायती उपनिवेशको मेरुदण्ड भाँचीदिए र अन्त्यमा आफनी प्रेमीका इभा ब्राउनको साथ सुरुङमुनी लुकेर सामुहीक आत्महत्या गरे । एक समय सौन्दर्यको पारखी रहेका कुशल चित्रकार हिटलरको यस्तो विभत्स र कारुणीक पतनपछि दोस्रो विश्वयुद्ध समाप्त भयो । यस युद्धबाट मानव सभ्यताले धेरै ठुलो धक्का बेहोर्नुपर्यो । फेरी त्यस्तो स्थीति नदोहोरीयोस भन्नको खातीर संयुक्त राष्ट्रसंघको स्थापना गरीयो । राष्ट्रसंघ विश्वसरकारमाथिको चिन्तनकै परीणती थियो ।


दोस्रो विश्वयुद्धपश्चात सुचना-संचारका क्षेत्रमा अभुतपुर्व सफलता प्राप्त भयो । साम्राज्यको बैधानीक अन्त्य भयो तर सैदान्तीक कलहले झन धेरै आश्रय पायो । साम्यबाद र पुँजीबादबीचको होडबाजीले राष्ट्रयता र खण्डति आस्थालाई झन व्यापक बनायो । भियतनाम-अमेरीका युद्धलाई चरम राष्ट्रबादको उत्तम नमुनाको रुपमा प्रस्तुत गर्न सकिन्छ । सैदान्तीक विमतिले नयाँ शैलीको युद्धलाई जन्म दियो । ब्रेडको अभावलाई निमीत्त कारण बनाएर तत्कालीन सोभियत संघ टुकि्रएपछि संसार एकध्रुविय हुनपुग्यो । सुचना-संचारको विकासबाट मानव सभ्यताले ठुलो फड्को मार्ने अवशर प्राप्त गर्यो । भुमण्डलीकरणको अवधारणा सुचना-संचारको अभुतपुर्व विकासकै परिणती थियो । भुमण्डलीकरण विश्व सरकारको अवधारणाप्रति परीलक्षीत छ । श्रम र पुँजीको स्वतन्त्र विचरणबाट विश्व सरकारको स्वरुपको अन्दाज लगाउन थालीएको छ । यसबाट मानिस व्यक्तीबादी बनिरहेको छ र सगसँगै विश्वव्यापी पनी । तरपनी विश्वसरकारको अवधारणाले पुर्णता पाउन सकिरहेको छैन । सम्पुर्ण विश्वलाई एकसुत्रिय बनाउने प्रयाशको बाबजुत संसार खण्डित भइरहेको छ । २१ औ शताब्दीको सुरुवातसँगै देखा परेको नवअतिबादले भुमण्डलीकरण र विश्वसरकारको सोचलाई क्रमश कमजोर तुल्याइरहेका छन् । मध्यपुर्व लादेन र अमेरीका धार्मिक अतिबादका प्रतिरुप हुन भने भ्लादीमुर पुटिन ह्युगो चाभेज मोहम्मद अहमदजिनेदान तेलको मुल्य र चीनीया मुद्रा चरम राष्ट्रबादका स्वरुप हुन् ।


खोजी गर्दै जाँदा विश्वसरकारको परीकल्पना पुर्विय दर्शन र सभ्यताको देन रहेको थाहा पाउन सकिन्छ । शतपथ ब्राम्हणले भनेका छन् ुराजाले अश्वमेध यज्ञ गराउनु आवश्यक छ किनकी अश्वमेध यज्ञ सम्पन्न गर्ने राजाले सम्पुर्ण विश्वलाई जितेको ठहर्छु । यस्तो सिद्धान्तको प्रयोग समेत भएको थियो प्राचीन आर्यवर्तमा । ययतिराज राम युधिष्ठीर आदिजस्ता राजाले अश्वमेध यज्ञ गरी आफ्नो राज्यलाई चक्रवर्ति राज्यको रुपमा स्थापित गराएका थिए । अश्वमेधलाई चुनौती दिनेले आयोजकसँग भिड्नुपथ्र्यो । महाभारतमा बब्रुबहानले युधिष्ठीरको यस्तो महाभियानलाई चुनौति दिएका थिए जसको फलस्वरुप अर्जुन र बब्रुबहानाबीच युद्ध चलेको थियो । युद्ध भएको उक्त ठाँउ आज भारतमा रहेको मणिपुर हो भनी कोहि मानवशाष्त्रिहरु दाबी गर्छन । बब्रुबाहन तत्कालीन पाताल प्रदेश अर्थात आजको अमेरीकाका राजा भएको बताउने अध्येताहरुको समेत कमि छैन । तथापी उक्त युद्धको बाबजुत अश्वमेध यज्ञको महाअभियान सफलतापुर्वक सम्पन्न भएको थियो ।


यसको अलवा १९ औ शताब्दीका महान दार्शनीक कार्ल माक्सले अघि सारेको ुविश्वका मदजुरहरु एक हौँु भन्ने नारा विश्वसरकारतर्फकै आंशीक यात्राको उद्घोष थियो भन्न सकिन्छ ।


मेरो लक्ष तिमीलाई इतिहाँस र पौराणीक विषयवस्तुका बारे अवगत गराउनु थिएन बस आफनो भावलाई विरेचीत गर्नु थियो । बाटो विराएकोमा तिमीसमक्ष क्षमा माग्दछु ।


केहि हप्ता अगाडी मनोक्रान्तीको एक कार्यक्रममा समाचार संकलनार्थ गएको थिए । मनोक्रान्ती अभियानका संस्थापक डा। योगी विकाशानन्दको शब्दमा सजिएको गितलाई उनका एक चेलाले स्वरबद्ध गरेर सबैलाई सम्मोहित बनाइरहेका थिए । तिम्रो उन्मुक्तता कसैको नभइकनपनि सबैको हुनसक्ने तिम्रो दुर्लभ क्षमतालाई योगीका शब्दमा प्राप्त गरे । योगीका शब्दमा मैले तिम्रो प्रतिबीम्ब देखे र मेरो पि्रय गुरुको वाणिभित्रको आशय पनी । गितले भनेको थियो


विज्ञान अध्यात्म कला हाम्रो संस्कार बनोस


याँहा एकएक मानव नै एकएक अवतार बनोस


यस सृष्टिको अब एउटै सरकार बनोस


सम्पुर्ण विश्व अब एउटै परीवार बनोस ।


बन्दी रहेर पनि उन्मुक्तीको परीकल्पना गर्न पाउँदा रमाइलो अनुभुति हुँदो रहेछ । यस्तो आनन्दलाई यो पत्र कोरीन्जेल प्राप्त गरे । आफनो स्वस्थ्य ठिक नरहेको तिमीले भर्खर मात्र मल्ााई फोन गरी बतएकी थियौ । तिम्रो शिघ्र स्वस्थ्यलाभको लागी इश्वरसँग प्रार्थना गर्दै आजलाई विदा माग्दछु ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम