Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
मान्छेको मनपनि (भुवन सुनुवार/कतार) - [2008-06-06]

कति हलुङ्गो छ मान्छेको मनपनि,

भुर्रर उडी जान्छ सानै हावा चलेपनि ।



बहकिदा मनले भन्छ छुन्छु आकाशपनि,

भरोषा हुन्न जीवनको पलभरको जिन्दगानी ।

पाईला पाईला बाजिहरु जित्दै आएपनि,

सबैले एकदिन जानुपर्छ धरतीको माटो बनि ।



रहर कहिल्यै भरिदैन सुखजति भोगेपनि,

काललाई टार्न सकिदैन भाग्नजति खोजेपनि ।

एउटै हुन्न भावीले लेख्ने मसिपनि,

आयौ हामी धरतीमा दुइदिने पाहुना बनि ।





कति हलुङ्गो छ मान्छेको मनपनि,

भुर्रर उडी जान्छ सानै हावा चलेपनि ।









भुवन सुनुवार भानु

रामेछाप, रामपुर- ८

हालः पो. ब. नं: ४८५१, दोहा, कतार





तपाईंको प्रतिकृया

i like this porogram in the web site thanks and hope success in all time



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम